<p>काठमाडौं,फागुन ८ । नेपाल वायुसेवा निगमको विमानमा यात्रु विरामी भएपछि भारतको नयाँ दिल्लीमा अवतरण गरिएको छ। यात्रुको स्वास्थ्यमा समस्या आएपछि क्याप्टेन विजय लामाले उडाएको निगमको सगरमाथा विमान दिल्लीमा अवतरण गरिएको हो ।<br></p><p>त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सयुक्त अरब इमिरेट्स दुबईका लागि उडेको विमानमा मेडिकल इमरजेन्सी अवतरण गरिएको क्याप्टेन विजय लामाले फेसबुकमा उल्लेख गरेका छन् । यात्रुको स्वास्थ्य र सुरक्षा आफूहरुको पहिलो प्राथमिकता भएको बताउँदै लामाले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।<br></p>
16.42¡ÆC