काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आवधिक निर्वाचन गर्ने जिम्मेवारी पूरा गर्न निर्वाचन आयोग सक्षम हुनुपर्ने बताएकी छिन् ।

पहिलो निर्वाचन दिवसका अवसरमा आयोगले आज काठमाडौंमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले तोकिएको समय सीमाभित्रै सबै निर्वाचन सम्पन्न गर्नु अहिलेको प्रमुख कार्यभार भएको बताइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दलसँगको छलफल र समन्वयमा छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताए ।

प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने विधि आवधिक निर्वाचन भएको उल्लेख गरे ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले तीनै तहको निर्वाचन समय सीमाभित्रै सम्पन्न गर्न आयोगले आवश्यक तयारी गरेको जानकारी दिए ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले आयोगले प्रकाशन गरेको ‘नेपालको निर्वाचन इतिहास’ नामक पूस्तक सार्वजनिक गरेकी थिइन् ।

कार्यक्रममा निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्तहरु, पूर्व आयुक्तहरु र बीस वर्ष सेवा गरेका आयोगका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

३/४ दिनभित्रै निर्बाचनको घोषणा हुन्छः प्रवक्ता भुषाल

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले आगामी बैशाख महिनाभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी ३/४ दिनभित्रै निर्वाचनको घोषणा गरिने बताएकी छिन् ।

आज ललितपुरमा आयोजित रुपान्तरण विषयक कार्यक्रममा प्रवक्ता भुषालले देशमा विकृति र विसंगति बढदै गएकोले त्यस्ता विकृति र विसंगतिको अन्त्य गर्नेतर्फ राजनीतिक दलहरुले महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा एपेक्स कलेज काठमाडौंका प्राचार्य एलपी भानू शर्मा र समाजसेवी प्रमिला प्रसाई उप्रेतीले राज्यलाई केन्द्रबिन्दूमा राखेर काम गर्नुपर्ने धारणा राखेका थिए ।

20.87¡ÆC