उत्तर कोरियाली नेता किमका सौतेनी दाजुको हत्या

एजेन्सी,फागुन ३ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका दाजु किम जोङ नामको मलेसियामा हत्या भएको छ।  मलेसियाको क्वालालम्पुरस्थित विमानस्थलमा ४५ वर्षको उमेरमा उनको हत्या भएको बीबीसीले उल्लेख गरेको छ। उनी साउतेनी आमापट्टिका जेठा छोरा हुन्। उत्तर कोरियामा किम जोङ उन सर्वोच्च नेता बन्नु अघि उनलाई शासनको उत्तराधिकारीको रुपमा पनि हेरिएको थियो। सन् २००१ मा उनी नक्कली राहदानीमा जापान प्रवेश गर्ने प्रयास गरेका थिए। पक्राउ परेपछि उनले जापानी अधिकारीहरुलाई आफू टोकियोको डिज्नेल्यान्ड घुम्न जान लागेको बताएका थिए।

मलेसियाको प्रहरीले विमानस्थलमा एक उत्तर कोरियाली पुरुषको मृत्यु भएको जनाएको छ। प्रहरीले मृतक व्यक्तिको पहिचान खुलाएको छैन। मेदक्षिण कोरियाको टेलिभिजन टभी चोसनका अनुसार विमानस्थलमा दुई महिलाले किमलाई विष खुवाएका थिए। किमको परिवारसँग नजिकको सम्बन्ध राख्ने बेलायती स्रोतले बीबीसलाई उनको हत्यामा विषय प्रयोग भएको बताएको छ।  सन् २०११ मा बाबु किम जोङ इलको निधनपछि भाई किम जोङले उत्तर कोरियाको शासनसत्ता सम्हाल्दै आएका छन्। त्यसपछि किम जोङ नामले सामान्य जीवन व्यथित गर्दै आएका थिए।

उनले आफ्नो अधिकांश समय मकाउ, सिंगापुर र चीनमा बिताए। सन् २०११ मा जापानी मिडियाहरुले उनको भनाई उद्र्त गर्दै भाई किमले बाबुको हातबाट शासनसत्ता लिएपछि उनी असन्तुष्ट बनेको समाचार छापेका थिए। उनी वंशजमा आधारमा शासन हस्तान्तरण हुने प्रक्रियाको विरोधमा रहेको समाचार छापिएको थियो। सन् २०१२ मा एक पुस्तकमा उनको भनाइ छापिएको थियो। यस पुस्तकमा उनले आफ्ना सौतेनी भाईले नेतृत्व क्षमता गुमाएको, उत्तर कोरिया अस्थिर बनेको र उत्तर कोरियाले चीनको जस्तै आर्थिक पुनर्निर्माण खोजेको औल्याएका थिए। यसअघि पनि उनीमाथि बारम्बार हत्याको कोसिस भएको थियो। सन् २०१२ मा उनलाई निशाना बनाएर गोली प्रहार गरेको आरोपमा एक व्यक्ति दक्षिण कोरियाको जेलमा परेका थिए।

प्रचण्डको हल्कारा बन्दै नारायणकाजी श्रेष्ठ भारतीय नेताको दैलो चहार्दै

काठमाडौं ।
भारतीय आशिर्वादमै काँग्रेसको समर्थन पाएर आफैं सहभागी भएको एमाले नेतृत्वको सरकार गिराएर प्रधानमन्त्री बनेका पुष्पकमल दाहालकोतर्फवाट भारतीय नेतासँग सत्ताबारे कुरागर्न नेता नारायणकाजी श्रेष्ठ भारतमा रहेका छन् ।

भारतीय नेताको दैलो चहार्दै भेट माग्दै श्रेष्ठ काँग्रेस सभापती शेरबहादुर देउवाले सत्ता हस्तान्तरणको माग गर्न थालेपछि दाहाल सरकार बचाइदिन माग गर्दै सहयोगको याचनामा भारतीय सत्ताधारीको समर्थन खोजिरहेका छन् ।

भारतले चाहे अनुसार काम गर्ने आश्वासन र विश्वास दिलाउँदै दाहाल सरकारको आयु बढाउन सहयोग मागिरहेका श्रेष्ठले भारतीय नेताहरुसँग हालको सरकारले गरिररहेको भारतका हितका कामबारेमा सन्देश सुनाउने छन् ।

नेपाली बिमानस्थलमा भारतीय ऐयरफोर्सका जवानलाई राख्न दिन रातारात मन्त्रिपरिषदबाट निर्णय गराएको दाहाल सरकारले भारतीय इशारामै देशभर बिरोध भइरहँदा समेत संघियताको विषयमा संशोधन प्रस्ताव पेश गर्दै पूर्ववत संघिय संरचना फेर्न लागिरहेको छ ।

भारतीय राष्टपतिको भ्रमण गराएर चिनियाँ राष्टपतिको नेपाल भ्रमण रोकेको दाहाल सरकारले चिनियाँ नेता तथा अन्य परियोजना अघि बढ्न समेत अवरोध र आवश्यक सहयोग नगरि अड्काउँदै आइरहेको छ ।

सत्ता बाहिर रहँदा नेपालको आन्तरिक मामिलामा भारतले गर्ने हस्तक्षेपको कडा विरोध गर्दै आएपनि श्रेष्ठ दाहालका दुत बनेर हल्कारा बन्दै भारतीय नेताको दैलो चहार्न पुगेपछि उनको राष्टियता र सत्ता स्वार्थ र भारत भक्ती छलंग भएको छ ।

श्रेष्ठले भारतीय नेसनल कांग्रेसका महासचिव डीपी त्रिपाठी, विपक्षी कांग्रेसका नेताहरु करण सिंह, मनिसंकर अय्यर तथा आनन्द शर्मासँग भेटघाट गरिसकेका छन् । उनले भारतीय जनता पार्टीका महासचिव राममाधवसँग मंगलबार भेटघाट गर्ने कार्यक्रम छ ।

राजनीतिकबाहेक प्रशासनिक तहमा श्रेष्ठले गरेको भेटघाटका बारेमा भने श्रेष्ठ र दिल्लीस्थित नेपाली दुतावासले केही पनि बताएको छैन ।

पोखरेलले पाए निमित्त आइजिपीको जिम्मेवारी

काठमाडौं ।
वरिष्ठता र कार्यक्षमता विपरित काँग्रेस सभापती शेरबहादुर देउवाको दवावमा प्रहरी महानिरिक्षक बनाइएका जयबहादुर चन्दलाई सर्वोच्चले पदमा बहाल हुन नदिएपछि सरकारले चोरबाटो अपनाउँदै निमित्त आइजिपीको जिम्मेवारी दिनेशचन्द्र पोखरेललाई दिएको छ ।

नियमावलीले प्राविधिक तर्फका अतिरिक्त महानिरीक्षक 'एआइजी' डा. दिनेशचन्द्र पोखरेललाई निमित्त आइजिपी नियुक्त गर्न नमिल्ने भएपछि नियमावलीले परिवर्तन गरेर सरकारले उनलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

नियमानुसार वरियताका आधारमा बढी अंक ल्याउने मुनिको प्रहरी अधिकृतलाई कायममुकायम तोक्नुपर्ने थियो। यस आधारमा डिआइजी नवराज सिलवाल स्वतः कार्यवाहक आइजिपी बन्ने स्थिति आएपछि मन्त्रिपरिषदले सिलवाललाई आइजीपी हुन नदिन यस्तो गरेको हो ।

प्रहरी संगठनभित्र राजनीतिक हस्तक्षेप वढाउँदै सरकारले अपर्झट विना औचित्य नियमावली आफुखुसी फेर्दै निमित्त आइजीपी बनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । प्रचलित नियमावलीले प्राविधिक तर्फका एआइजीलाई निमित्त पद दिन रोक लगाएको थियो ।

यो सँगै आइजिपी उपेन्द्रकान्त अर्याल र ९ जना एआइजीले सोमबारबाट अवकाश पाएका छन् ।

अर्याल सोमबार साँझै पोखरेललाई जिम्मेवारी हस्तान्तरण गर्दै बिदा भएका छन् ।

जापानमा चारतलाबाट खसेर नेपाली युवाको मृत्यु

टोकियो ।
अध्ययनका लागि जापान आएका एक नेपाली विद्यार्थीको चारतला माथिवाट खस्दा निधन भएको छ ।

जापानको दक्षिणी टापु ओकिनावामा अध्ययनरत दांग घर भएका संजिव चौधरीको घरबाट खसेर निधन भएको हो ।

चौधरीसँगै जेएसएल जापानी भाषा विद्यालयमा अध्ययनरत उनका साथिहरुले दिएको जानकारी अनुसार मंगलवार बिहान करिव २ बजेर १५ मिनेट जादाँ बस्दै आएको होस्टेलको चौथो तलामा साथिहरुसँग गफ गरेर निक्लने क्रममा उनि खसेको र उनको चौधरीको घटनास्थलमै निधन भएको हो ।

केही सामान खसेको जस्तो ठूलो आवाज आएपछि चौधरीकै साथिहरुले उनलाई भूईमा लडेको देखेका थिए । लगत्तै प्रहरी बोलाएपनि घटनास्थलमै रगताम्मे भएर निधन भइसकेको पाइएपछि अस्पताल नलगिएको बताइएको छ ।

सामान्य अवस्थामा देखिएका चौधरी करिव १ बजेराती कामबाट फर्किएका थिए । कामबाट फर्कीएर होस्टलको अर्को कोठामा साथिहरुसँग गफ गरेर फर्कीएका चौधरीको निधनको कारण खुल्न सकेको छैन ।

भाषा विद्यालय अध्ययन सक्ने तयारीमा रहेका चौधरीको निधनबारे प्रहरीले जानकारी लिने काम गरिरहेको छ । उनले आत्महत्या गरेका हुन् वा हत्या एवं असावधानिवस लड्न पुगेर निधन भएको बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मादक पदार्थ पनि सेवन नगरेका तथा सामान्य अवस्थामा देखिएका चौधरी लडेको चौथो तल्लामा उज्यालो समेत पर्याप्त रहेकाले उनको निधन लड्न पुगेर भन्दापनि असावधानि वा आफैं हाम फालेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान सहित सोधपुछ र अनुसन्धान गरिररहेको छ ।

इन्भेष्टमेन्ट बैंकको पैसा कर्मचारीले नै चोरेपछि

धनगढी ।
कैलालीको धनगढीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट हराएको भनिएको २२ लाख ७० हजार रुपैयाँ बैंककै कर्मचारीले चोरेको पत्ता लगोको छ ।

प्रहरीका अनुसार बैंकमा कामगर्ने एक कर्मचारीले आफ्नै भाउजुको कोठामा लगेर रकम लुकाएको पाइएको हो ।

रकम चोरीमा संलग्न बैंकका कर्मचारी गोविन्द उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकको एटिएममा राख्नका लागि तयार पारिएको रकम शुक्रबार बैंक भित्रबाटै हराएको बताइएको थियो ।

पैसा हराएदेखि नै शंकाको घेरामा रहेका कर्मचारी उपाध्यायसहित बैंकका सुरक्षा गार्डलाई प्रहरीले आइतबार पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा बैंकका कर्मचारी उपाध्यायले रकम चोरी गरेको स्वीकार गरेपछि रकबारे खुलासा भएको हो ।

उनले चोरी गरेको रकम अत्तरिया नगरपालिका वडा नम्बर १० स्थित लीला जोशीलाई राख्न दिएका थिए । भाउजु नाता पर्ने जोशीको घरबाट प्रहरीले रकम बरामद गरेको एसपी अर्जुन चन्दले जानकारी दिए ।

बाँकी रकमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पैसा हराएको जानकारी पाएपछि इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे हेलिकप्टर चार्टर गरी शनिबार धनगढी पुगेका थिए ।

सर्वोच्चको अर्को आदेश, जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा पदस्थापन नगर्नु

काठमाडौं ।
काँग्रेस सभापती शेरबहादुर देउवाको दबावमा नेपाल प्रहरीको आइजीपीमा मन्त्रिपरिषदबाट नियुक्त गरिएका डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा पदस्थापन नगर्न सर्वोच्च अदालतले अर्को आदेश दिएको छ ।

आफूलाई प्रहरी महानिरीक्षक बनाउनु पर्ने माग गर्दै डीआईजी नवराज सिलवालले दायर गरेको रीटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले चन्दलाई पदस्थापन नगर्न नगराउन सरकारको नाममा अन्तरिम आदेश दिएको हो ।

स्थानिय निर्वाचनमा काँग्रेसलाई जिताउन समर्थन गर्ने र आफुपनि सुदुर पश्चिमको भएको भन्दै देउवाको निवास चाहर्दै काँग्रेसको आशिर्वादमा प्रहरी प्रमूख हुनखोजेका चन्दलाई सो पदमा बहाल नगराउन हिजै सर्वोच्चले अन्तरिमकालिन आदेश जारि गरिसकेको छ ।

चन्दलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय ८ गतेभित्र पेश गर्न सर्वोच्चले आज आदेश दिएको छ । रीट निवेदकको तर्फबाट अधिवक्ताहरु शम्भु थापा, तुलसी भट्ट, टिकाराम भट्टराई, गोविन्द बन्दी लगायतले बहस गरेका थिए ।

त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठि चढेको गाडीमा आगजनी

काठमाडौं ।
आसन्न स्ववियु चुनावलाई लिएर फोनमा धम्कि आइरहेको बताएकी त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठी चढेको गाडीमा आगजनी भएको छ ।

दुई जना युवाले बा २ च ५६५० नम्बरको सरकारी गाडीमा आगजनी गरेका हुन् ।

त्रिपाठीका अनुसार गाडीबाट हातमा समाचार जर्वजस्ती ओराल्दै, चालकलाई समेत ओर्लन धम्की दिएर उनिहरुले आगो लगाएका हुन् ।

आगो लगाएपछि भागेका उनिहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

देशद्रोही सिके राउतलाई थप दस दिन थुन्न आदेश

सिरहा ।
भारतीय संरक्षण र पश्चिमा देशको आशिर्वादमा तराईका जिल्लाहरुमा देश टुक्राउने अभिव्यक्ति दिंदै देशद्रोही काम गर्दै हिंड्दै आएका सिके राउतलाई अदालतले प्रहरीलाई थप १० दिन थुन्न आदेश दिएको छ ।

राज्यविरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाइएका राउत बिरुद्ध सिरहा जिल्ला अदालतले दोस्रो पटक यस्तो आदेश दिएको हो ।

स्वतन्त्र मधेशको पक्षमा गतिविधि गर्दै आएको आरोपमा धनुषाको जनकपुरमा पक्राउ गरी ईलाका प्रहरी कार्यालय लहानले मुद्दा दायर गरेपछि अदालतमा पेश गरिएका राउतलाई पहिलो पटक माघ २१ गते सिरहा जिल्ला अदालतले अनुसन्धानका लागि दस दिनसम्म थुनामा राख्ने आदेश दिएको थियो ।

राउतलाई जिल्ला सदरमुकाम सिरहास्थित अदालत लैजाने क्रममा उनका समर्थकहरुले मध्यान्ह सिरहाको हेमनारायण चोक र अदालत आगाडी प्रदर्शन गरेका छन् ।

प्रहरीले प्रदर्शन रोक्न खोज्दा प्रहरीमाथि ढुंगामुढा गर्न खोजेपछि प्रहरीले सामान्य लाठीचार्ज गरेको थियो ।

राउतको सिहाईको माग गर्दै प्रदर्शनमा उत्रिएका केही उग्रप्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

नेताहरुलाई फेरी शितलनिवास बोलाइन् राष्ट्रपतिले

काठमाडौं ।
पछिल्लो पटक डाकेको नेताहरुको बैठकमा शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलिलाई औंलो ठड्याएर चुप लाग भनेपछि बैठक विषयमा प्रवेश गरेपनि बैमनस्यताका कारण बिना निस्कर्ष सकियो ।

त्यसपछि नेताहरुका बिचका सामुहिक छलफल नभएपनि दुई पक्षिय र सत्तापक्षिय छलफलहरु भइरहेका छन् ।

तर फागुनको पहिलो साता मिति घोषणा गरेर जेठको पहिलो साता स्थानीय चुनाव गराउने बताइरहेको सरकार र सत्ताधारिले सर्वदलिय बैठक राखेर समस्या समाधानमा गम्भिर पहल गरेको छैन ।

यसैलाई मध्यनजर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन मिति घोषणा, संविधान संशोधनका विषय र निकासमा रहेर छलफल गर्न राष्ट्रपति भवन शिलत निवासमा प्रमुख दलहरुका शिर्ष नेताहरुलाई डाकेकी छिन् ।=

आजै शितलनिवासमा अपरान्ह चार बजेपछि हुने छलफलमा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र साना केही दलका शीर्ष नेताहरुलाई बोलाइएको छ ।

पछिल्लो पटक नेपाल प्रहरीको आइजीपी नियुक्तीमा सत्तापक्षकै बिचमा मनमुटाव भइरहँदा हुन लागेको सर्वदलिय छलफलले विवादका विषयमा छलफल भएपनि निकास निस्कनेमा अझै आशंका रहेको छ ।

बाबुरामको बर्बराहठ ! केपी ओली र सिके राउत एउटै सिक्काका दुई पाटा

जनकपुर ।
आफु प्रधानमन्त्री हुँदा संवैधानिक समितिको विज्ञ समुह बैठकमा विज्ञको उपाधि दिंदै नियोजित रुपमा किसे राउतलाई आमन्त्रण गरेर देश टुक्राउने अभिव्यक्ति दिएर नेपाली राजनीतिमा चिनाइदिएका बाबुराम भट्टराईले राउतलाई एमाले अध्यक्ष केपी ओलीसँग तुलना गरेका छन् ।

देश टुक्राउने अभिव्यक्ति दिंदा प्रहरीले पक्राउ गरेपछि राउतको बचाउ गर्दै अभिव्यक्ति स्वतन्त्रताको उपमा जोड्दै छाड्न माग गर्ने उनै डा. उपाधि भट्टराईले जनकपुर आएर भने उनै राउतलाई पूर्व प्रधानमन्त्री समेत रहेका वलीसँग तुलना गर्दै दुवै जना एक सिक्काका दुई पाटा भएको भाषण दिएका छन् ।

नयाँ शक्ति नेपाल पार्टी खोलेर अध्यक्ष बनेका भट्टराईले देशमा अतिवादी चिन्तन हावी भएको बताइरहँदा उनले भारतले नेपालमाथि नाकाबन्दी गर्दा त्यसको बिरुद्ध कहिल्यै मुख नखोल्ने आफु बचाउ गर्ने सिके राउतलाई नदाँजी त्यसको बिरोध गर्ने वलीलाई एकै भएको बताउन भ्याए ।

मधेसमा देखिएको असन्तुष्टिलाई सम्बोधन नगरिएकै कारण मधेसमा सीके राउत प्रवृति हावी भएको भन्दै घुमाउरोगरि देश द्रोही सिके राउतको बचाउ गरेका भट्टराईले संविधान संशोधन गरेर मात्रै स्थानीय चुनावमा जानु उत्तम विकल्प भएको बताए ।

स्मरणीय छ देशभर बिरोध भइरहेको कथित संघिय संरचना फेरबदल भारतीय योजना र दबाबमा भएको बताइरहँदा भट्टराई भने यसलाई पारित गर्नुपर्ने पक्षमा उभिंदै आएका छन् ।

प्रचण्ड सरकारले वरिष्ठता र क्षमता नहेरी आइजीपी छानेपछि सर्वोच्चमा नवराज सिलवालको रिट

काठमाडौं ।
वरिष्ठता मिच्दै काँग्रेस सभापती शेरबहादुर देउवाको दवावमा सरकारले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षमा नियुक्त गरेपछि त्यसको बिरोध गर्दै वरिष्ठता र कार्य कुशलतामा पहिलो नम्वरमा रहेका नवराज सिलवाल आफुलाई आइजीपीमा नियुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।

जयबहादुर चन्दलाई आइजीपी नियुक्तको निर्णय बदर गराउन माग गर्दै सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सिलवालले आइतबार दिउँसो आफूलाई आइजीपी बनाउनुपर्ने मागसहितको रिट सर्वोच्च अदालतमा दायर गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकले आइतबार बिहान तेस्रो वरियतामा रहेका चन्दलाई आइजीपी बनाउने निर्णय गरेको थियो ।
यद्यपी सर्वोच्च अदालतले केहीबेर अघि मात्र मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगराउन भन्दै अन्तरिमकालिन आदेश जारि गरिसकेको छ ।

सिलवालको रिटमा आइजीपीको विषय सार्वजनिक सरोकारको भएको उल्लेख गर्दै मन्त्रिपरिषदको अधिकारमा बाह्य हस्तक्षेप भएको भन्दै नियुक्ती प्रक्रियामा उनले असन्तुष्टि समेत जनाएका छन् ।

सिलवालले नेपाल प्रहरीको कार्यसम्पादन, मूल्यांकन, वरिष्ठतालगायत आधार विपरित चन्दलाई आइजीपीमा नियुक्ति गरिएकोमा आपत्ति जनाएका छन्।

डिआइजी सिलवालले मन्त्रिपरिषद्को निर्णय रोक्न अन्तरिम आदेश जारी गर्न माग गर्दै प्रहरी नियमावली अनुसार वरिष्ठता र कार्य सम्पदाद मुल्यांकनका आधारमा आइजीपी नियुक्त गर्न समेत माग गरेका छन् ।

वरियता र वरिष्ठता मिच्दै देउवाको करबलमा जयबहादुर चन्द आइजिपीमा नियुक्त

काठमाडौं ।
नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाको करबल, उनको क्षेत्रको भएकै आधार र भावी निर्वाचनमा काँग्रेसलाई सहयोग गर्ने आश्वासन पाएपछि गृहमन्त्री बिमलेन्द्र निधिले प्रस्ताव गरेका विवादास्पद नेपाल प्रहरीका डिआइजि जय बहाजुर चन्द नेपाल प्रहरीको प्रमुखमा नियुक्त भएका छन् ।

नेपाल प्रहरीको २५ औं प्रहरी प्रमुखमा आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले वरिष्ठताक्रम मिच्दै चन्दलाई नियुक्त गरेको हो।

सरकारका प्रवक्ता एवम् संचारमन्त्री राम कार्कीले प्रहरी प्रमुखमा डिआइजी चन्द र सशस्त्र प्रहरी बलको प्रमुखमा एआइजी सिहंबहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बै‌ठकले गरेको बताए ।

वरिष्ठताक्रम तथा योग्यताको आधारमा समेत चन्द नवराज सिलवाल र प्रकाश अर्यालपछि तेस्रो नम्बरमा रहेका चन्द शेरबहादुर देउवाका विश्वासपात्र रहेको बताइएको छ ।

लागुऔषध ब्युरो प्रमुखको जिम्मेवारी सम्हाल्दै आइरहेका चन्दले नियुक्ती पछि १४ महिना नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

चन्द विसं २०४४ सालमा प्रहरी निरीक्षक 'इन्स्पेक्टर' पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

यसैगरि आजकै मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी बलको प्रमुखमा एआइजी सिहंबहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्रीले जानकारी दिएका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web