काठमाडौं ।
सर्वोच्च अदालतले काँग्रेस सभापती शेरबहादुर देउवाको निगाहमा वरियता मिचेर नेपाल प्रहरीको आइजिपी नियुक्त गरिएका जयबहादुर चन्दलाई सो पदमा नियुक्तीको निर्णय तत्काल रोक्न सरकारलाई आदेश दिएको छ ।

सर्वोच्चले नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरकालिन आदेश दिएको हो ।

सरकारले आइतबार विहान मात्र नेपाल प्रहरीको वरियताक्रममा तेस्रो नम्वरमा रहेका डीआईजी चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।

तर, त्यसको केही घन्टा लगतै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरकालिन आदेश दिएको छ ।

साथै चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र १३ जना डीआईजीको कार्यसम्पादन फाइल झिकाउन समेत आदेश दिएको छ ।

शुक्रबार अधिवक्ता कपिलदेव ढकालले चन्दलाई महानिरीक्षक नबनाउन सरकारलाई अादेश दिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटको सुनुवाई गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालिन आदेश दिएको हो ।

सर्वोच्चले रिट निवेदक र सरकारलाई छलफलका लागि बोलाएको छ ।

The process of the long overdue Free Student Union election to be held on February 25 at Tribhuvan University has kicked off today.

TU Rector and FSU Election Central Monitoring and Coordination Committee's Coordinator Prof Dr Sudha Tripathi shared that ehe election process will start as per the election calendar.

The TU's affiliate and offshoots campuses across the country will now publicize the voters' name list.

The TU is conducting FSU elections after eight years, in which aspiring candiates have the age limit of 28 years and they fight in a mixed electoral system.

Earlier, the varsity had announced elections on two separate occasions but it could not take place due to disputes among the students.

The student organizations aspiring to take part in the elections are required to register their organizations or unions at the Campus Election Committee today.

CPN (UML) secretary Yogesh Bhattarai has ruled out the relevance of the incumbent government adding that it has failed to hold the elections in stipulated time.

Speaking at press meet organized by Press Chautari Nepal, district chapter in Solukhumbu today, leader Bhattarai assured that his party was committed to hold the elections within the stipulated timeframe, but the government was not serious in this regard.

He further claimed that his party will win with large votes in forthcoming election.

HOLD ELECTIONS TO PREVENT CRISIS: KOIRALA
Nepali Congress leader Dr Shekhar Koirala today said that holding the local level elections is a must to save the country from any untoward crisis.

Speaking at a gathering of Nepali Congress Dang cadres of Constituency-4, Dang today, Koirala also warned that the country could plunge into a state of crisis if the election of all three levels are not held within the next 11 months.

He added that the NC should bring on board the main opposition CPN-UML and Madhes-based political parties to forge political concensus.

Referring to the NC's leading role in past revolutenary movements, Koirala stressed the need for all to embrace and follow contributions of late NC leaders Krishna Prasad Bhattarai and Girija Prasad Koirala.

Today's Cabinet meeting held at Singha Durbar has appointed Jaya Bahdaur Chand as the new Inspector General of Police.

Similarly, Singh Bahadur Shrestha has been appointed as the Inspector General of Armed Police Force.

Chand had entered into police service on April 11, 1988 as an inspector and has served as the chief of Narcotics Control Bureau.

He has also served as District Police Chief in Kathmandu and Parsa.

He had also served as the chief of Far Western Regional Office of Nepal Police and Metropolitan Traffic Police Division.

उसले
मिहिनेत गर्यो, पढ्यो,
राम्रो श्रेणिमा
स्नातकोत्तर सक्यो,
जागिर सम्बन्धी तालिम लियो,
धेरै ठाउँमा दगुर्यो,
फारम भर्यो, आवेदन दियो,
लिखितमा नाउँ निकाल्यो,
तर सधैं अन्तर्वार्तामा फेल भो,
दुनियाँले सम्झ्यो–
केटो भुसतिघ्रे भो ।

जागिरको घनचक्करमा
महिना बित्यो, वर्ष बित्यो,
बेरोजगारीमै दशक बित्यो,
वाक्क दिक्क भो,
कुनै सिप नचलेपछि
आफ्नै थातथलो फर्क्यो,
खेतबारी खन्यो, जोत्यो ।
तर गाउँमा रमिता भो,
एमए पढेर हलो जोत्यो,
दुनियाँले भन्यो,
यो त साँच्चै भुसतिघ्रे भो ।

रहरको छोरो
गर्भमै अड्याउन पनि
आमालाई कम्ता परेको थिएन,
निकै डाक्टर, वैद्य धाएर
मनकामनामा भाकल गरेर
निक्कै मुस्किले जन्मिएको
निकै ख्याल गरेर हुर्काएको,
कुलको एकमात्र सन्तान ।
बाउले धेरै खर्चेर
निजी स्कुलमा पढाएको,
छोरो स्याहर्न,
आमाले जागिर नखाएको,
सबै हिसाब गर्दा करोडले पुग्दैन
कमाइ खुवाउने बेलामा
केटो बेरोजगार भो
दक्षता अनुसार मौका नपाउँदा
दुनियाँका नजरमा–
केटो भुसतिघ्रे भो ।

उता,
एउटा मान्छे जन्माउन,
पढाउन, बढाउन, दक्ष बनाउन
मिलियन डलरले नपुग्ने
हिसाब निकाल्दै
एउटा विदेशीले
जनशक्तिको खोजीमा
डिभी चिट्ठा खोल्यो ।
मर्नुभन्दा बहुलाउनु निको,
उसले चिट्ठा भर्यो,
पहिलो लटमै छनोटमा पर्यो
सुको खर्च नगरी विदेशीले
एउटा सक्षम भुसतिघ्रे भेट्यो,
विदेशी दंग पर्यो ।
विदेशिएको वर्ष दिनभित्रै
उसले राम्रो जागिर भेट्यो
किस्ताबन्दीमै भए पनि
घर किन्यो, गाडी किन्यो
भुसतिघ्रे भन्नेहरुलाई
देखाउनै भएपनि
फेसबुकमा राख्यो ।
मनमनै सोच्यो,
पहिलेको भुसतिघ्रे
अब कहाँ भुसतिघ्रे रह्यो र ?

यता,
उसले
देश छाड्यो,
माया मार्यो,
राष्ट्रियता बेच्यो,
यो राष्ट्रघाती हो भन्दै
छरछिमेकीहरुले
उसको जन्मघरमा
तालाबन्दी गरे ।
भुसतिघ्रे जिल्ल पर्यो,
अनि मनमनै प्रश्न गर्यो,
दिनहुँ दुईहजार
किन विदेसिइरहेका छन् ?

© भानुभक्त आचार्य, २०७३ फागुन १

काठमाडौं,फागुन १ । पूर्वप्रधानमन्त्री तथा एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल भारतीय सेनाको प्रत्यक्ष संलग्नतामा २०४६ सालमा नै राजतन्त्र उन्मूलनका पक्षमा उभिएको दाबी पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य राधाकृष्ण मैनालीले गरेका छन् । राजधानीमा शनिबार लोकार्पण गरिएको मैनालीको पुस्तक ‘नलेखिएको इतिहास’ मा माधव नेपालको प्रयासलाई तत्कालीन माले महासचिव मदन भण्डारीले ठाडै अस्वीकार गर्दै कुनै पनि हालतमा विदेशी संलग्नतामा गणतन्त्र ल्याउन नहुने अडान लिएपछि विश्राम पाएको उल्लेख छ ।

२०४६ सालको जनआन्दोलन उत्कर्षमा पुगेका बेला भारतले मुलुकमा राजतन्त्र समाप्तिका लागि सेना पठाउन प्रस्ताव राखेको नेता नेपालले तत्कालीन मालेको केन्द्रीय समितिको बैठकसमक्ष राखेको मैनालीको दाबी छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ । जनआन्दोलन निरन्तर चलिरहेका बखत पाटनको च्यासलमा मालेको केन्द्रीय समितिको बैठक बसेको थियो । त्यसबेला बैठकमा महासचिवले एजेन्डा राखेपछि केन्द्रीय सदस्यले थप एजेन्डाबारे आआफ्नो धारणा राख्ने चलन थियो । महासचिव मदन भण्डारीले एजेन्डा पेस गरेपछि माधवले सुरुमा नै प्रस्ताव राखे, ‘आन्दोलनलाई उचाइमा पुर्याउन छिमेकी भारतले यथेष्ट सहयोग गर्ने भनेको छ ।’

‘के सहयोग ? ‘, मदनले सोधे । ‘हतियारको सहयोग’, सगर्व माधवले भने । ‘हतियार चलाउन तालिम लिनुपर्यो । हामीसँग अनुभवी कार्यकर्ता छन् ? मदनले फेरि सोधे । ‘हतियार चलाउने मानिस पनि आउँछन्’, माधवले फरर्र उत्तर दिए ।

‘आन्दोलनलाई गणतन्त्रमा पुर्याउन स्वीकार्नुपर्ने व्याख्यासमेत सुनाए माधवले’, मैनालीले आफ्नो पुस्तकको १२३ पृष्ठमा ‘राजतन्त्र हटाउने माधवको प्रस्ताव’ शीर्षकमा उल्लेख गरेका छन् ।

काठमाडौं,फागुन १ । प्रधानमन्त्री र सत्ता सहयात्री कांग्रेसबीच अविश्वास बढ्दै गएको छ । सरकार गठनका वेला कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय निर्वाचनसम्म प्रचण्ड र त्यसपछि प्रदेश र संघको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने सहमति भएको थियो । तर, पछिल्ला दिनमा प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा नगरेको भन्दै कांग्रेस नेताहरू असन्तुष्ट बनेका छन् ।

कांग्रेस पुरानै संरचनाअनुसार स्थानीय निकायको निर्वाचन गर्नुपर्ने पक्षमा छ । तर, प्रधानमन्त्री प्रचण्ड त्यसमा सहमत छैनन् । स्थानीय निर्वाचन चैतमा गराउने योजनासहित प्रधानमन्त्री बनेका प्रचण्डले त्यसमा पनि ढिलाइ गरेकोमा समेत कांग्रेस असन्तुष्ट छ । अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

सत्ता गठबन्धनको अर्काे दल राप्रपा पनि प्रधानमन्त्रीसँग चिढिन थालेको छ । आफूहरू सरकारमै रहे पनि प्रधानमन्त्रीले सत्ता सहयात्री दलको जस्तो व्यवहार नगरेको उसको गुनासो छ । संविधान संशोधन विधेयक ल्याउँदा आफूसँग सल्लाह नै नगरेको भन्दै राप्रपाले विपक्षमा मतदान गर्ने बताइसकेको छ ।

संविधान संशोधनका लागि मोर्चाले प्रधानमन्त्रीमाथि दबाब बढाइरहेको छ । संशोधनविनै निर्वाचनको मिति घोषणा भए त्यही दिनबाट आन्दोलनमा जाने चेतावनी मोर्चाले दिँदै आएको छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले शनिबार मात्रै सप्तरीमा सरकारले निर्वाचन घोषणा गरे आन्दोलन घोषणा गरी अगाडि बढ्ने बताएका छन् ।

प्रतिपक्षी एमालेलगायत नौ दल प्रधानमन्त्रीसँग सरकार गठन भएदेखि नै असन्तुष्ट छन् । १४ मंसिरमा संविधान संशोधन विधेयक दर्ता भएपछि विपक्षी थप चिढिएका छन् । एमालेले तत्काल निर्वाचनको मिति घोषणा गरी चुनावमा जान दबाब दिइरहेको छ ।

काठमाडौं,फागुन १ । प्रहरी नेतृत्व फेरिएसँगै (सर्वेन्द्र खनालको सरुवापछि) काठमाडौंका गुण्डा सलबलाउन थालेका छन्। प्रहरी मुठभेडमा दुई गुण्डा नाइके मारिएपछि गुमनामजस्तै रहेका गुण्डाहरु सक्रिय भएका हुन्। गुण्डा नाइके दिनेश अधिकारी 'चरी' र कुमार श्रेष्ठ 'घैँटे' मारिएपछि डरले भागेका गुण्डा नाइके हाल आएर आपसमै भिड्न थालेका छन्। काठमाडौंमा सुरक्षित र संवेदनशील मानिएको दरबारमार्गमा शुक्रबार काभ्रेली समूह र राम गिरी समूहबीच भिडन्त भएको छ।

गिरीसँग रिसइबी फेर्न मौका पर्खिएर बसेका दावा भनिने जितेन्द्र लामा नेतृत्वको समूहले आक्रमण गरेको हो। कुनैबेला ठमेलमा आधार क्षेत्र बनाएर रात्रिकालीन व्यवसायको ठूलो भाग ओगटेको काभ्रेली समूहलाई गिरीले पछ्याउँदै गएका थिए। प्रहरी प्रशासनसँग नजिकको सम्बन्ध बनाएका गिरीको रात्रिकालीन व्यवसायमा केही प्रहरी अधिकारीको लगानी रहेको चर्चा हुने गरेको छ। गिरी र लामा दुवै नेपाली काँग्रेस निकट मानिन्छन्। आजको नागरिक दैनिकमा समाचार छ ।

काठमाडौं,फागुन १ । आमूल परिवर्तनको नारा बोकेर १ फागुन २०५२ मा तत्कालीन नेकपा माओवादीले सशस्त्र १० वर्षे जनयुद्ध सुरु गरेको आइतबार (आज) २१ वर्ष पूरा भयो। तर, उद्घोषअनुसार ‘आमूल परिवर्तन’ को महसुस भने जनताले गर्न पाएका छैनन्। यो अवधि पार्टीको विचार, कार्यदिशा तथा नेतृत्वका कारण पटक–पटक माओवादीहरू फुट्ने र जुट्नेमै बिते। वर्गीय मुक्तिको नारा बोकेका माओवादी नेताहरूको व्यावहारिक रूपमा वर्ग परिवर्तन तथा कार्यशैली र जीवनशैली फेरिए पनि जनताको तहमा आमूल परिवर्तनको महसुस हुन सकेको छैन। देशमा शासन प्रणाली फेरिए पनि जनताले पाउने सेवासुविधामा कुनै परिवर्तन नभएको गुनासो सर्वसाधारणको रहने गरेको छ।

पटकपटकका आन्दोलनले सीमित व्यक्ति तथा नेतृत्वको जीवनशैली फेरिएझैं १० वर्षे जनयुद्धले पनि सोही रूप लिएर अन्त्य हुने त होइन भनेर आशंकासमेत गर्न थालिएको छ। त्यसो त माओवादी नेताहरूले एजेन्डा र आन्दोलनका लक्ष्यहरू बिर्सेर तकडभडकसहितको जीवनशैली अपनाएको, नेतृत्व वर्ग तल्लो तह तथा जनतामा जान छाडेको, जनताको मुद्दा बोक्न भुलेको भनेर पार्टीभित्रै समेत पटकपटक आलोचना हुँदै आएको छ। माओवादीले २१ वर्षअघि जुन उद्देश्य बोकेर सशस्त्र जनयुद्धको सुरु गर्यो त्यो त पूरा भएन नै शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि तय भएका उद्देश्यबाट समेत पछि हट्न थालेका छन्।

पार्टी विभाजनको सिकार बन्दा राजनीतिक जोडघटाउमा मात्र होइन, तत्कालीन राजनीतिक कार्यदिशामा समेत विद्रोहबाट आएका माओवादीहरू कमजोर देखिँदै गएको विश्लेषक बताउँछन्। माओवादी नेता गोपाल किराती संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल हुनु र जनसमुदायमा ऐतिहासिक चेतना जागरण गर्न सक्नु जनयुद्धका महत्वपूर्ण दुई ठूला उपलब्धि भए पनि आन्दोलनको उद्देश्य पूरा गर्न नसकेको बताउँछन्। ‘नेपाली जनताले आमूल परिवर्तन चाहेका थिए, हामीले जनवादी गणतन्त्र भनेर हिँडेका थियौं,’ नेता किराती भन्छन्, ‘हामी पूर्ण रूपमा सफल हुन सकेनौं, त्यसमा पहिलो कुरो त जनताले सहयोग गर्दागर्दै पनि निर्णायक सहयोग गर्ने बेलामा चुक्दा यस्तो हुन गएको हो।’

माओवादी केन्द्रका नेता देव गुरुङ माओवादी आन्दोलन २१ वर्षमा प्रवेश गर्दा ‘नेतृत्व तहमा व्यक्ति विशेषमा वर्ग उत्खनन भएको कुरालाई नकार्न नसकिने’ बताउँछन्। उनी अहिलेको मुख्य विषय राष्ट्रियता नै रहन्छ कि रहन्न भन्नेमा पुगेकाले अब सबैले राष्ट्रिय स्वाधीनताको लडाइँमा केन्द्रित हुनुपर्ने बताउँछन्। ‘जनयुद्धको लक्ष्य आमूल परिवर्तन गर्ने हो, जनणतन्त्र स्थापना गर्ने हो, राष्ट्रिय स्वाधीनता प्राप्त गर्ने हो,’ नेता गुरुङले भने, ‘तर अहिले राजतन्त्रको अन्त्यसँगै सामन्तवादको अन्त्य भए पनि अर्धउपनिवेश नवउपनिवेशमा परिवर्तन भएर झनै राष्ट्रियतामा खतरा पैदा भएको छ।’ अबको एक सूत्रीय लडाइँ नै यतिबेला राष्ट्रिय स्वाधीनताको रक्षामा लड्नुपर्ने उनी बताउँछन्।

‘अर्धउपनिवेश नवउपनिवदेशमा परिवर्तन भएको छ, यसले नेपालको राष्ट्रियता नै खतरामा पार्ला जस्तो भएको छ, नेपालको रक्षा हुन्छ कि हुन्न, भन्ने पनि प्रश्न छ,’ गुरुङले भने। १० वर्षे माओवादी सशस्त्र विद्रोहमा सामेल तर नयाँ शक्ति पार्टीमा आबद्ध नेता देवेन्द्र पौडेल गणतन्त्र, संघीयता घोषणा र आंशिक रूपमा समावेशिता समेटेर संविधान जारी हुनु जनयुद्धको जग ठान्छन्। तर पटकपटकका आन्दोलनले नेताको जीवन शैली र कार्यशैली फेरिए पनि आमसर्वसाधारणको जीवनशैली फेरिन नसकेको उनको बुझाइ छ।

‘अधिकार प्राप्तिका लागि पटकपटक आन्दोलन भयो, २००७, २०४६, अनि १० वर्षे जनयुद्ध पनि एउटा आन्दोलन हो, आन्दोलनले नेताको जीवनशैली बदलिए पनि जनताको समृद्धि भएन,’ उनले भने। पौडेलले राजनीतिक आन्दोलन हुँदै आए पनि अब जनताले महसुस हुने गरी परिवर्तन ल्याउन सुशासन र समृद्धिको आन्दोलन लड्न बाँकी रहेको समेत बताए। आमूल परिवर्तनको मुख्य एजेन्डा बोकेर १ फागुन २०५२ मा सशस्त्र विद्रोहमा होमिएको माओवादी २०६३ सालमा विस्तृत शान्ति सम्झौता गर्दै शान्ति प्रक्रियामा सामेल बनेको थियो। शान्ति प्रक्रियामा सामेलसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दोस्रो पटक सरकारको नेतृत्व गरिरहेका छन्।

अर्का नेता (हाल नयाँ शक्ति) डा. बाबुराम भट्टराईले समेत सरकारको नेतृत्व सम्हालिसकेका छन्। यद्यपि, युद्धकालीन घटनाको अझै अन्त्य हुन सकेको छैन। जनयुद्धकै घटनालाई लिएर अहिले पनि कतिपय माओवादी नेता तथा कार्यकर्ताकै विरुद्ध अदालतमा मुद्दा छन् भने कोही सजायका भागीदारसमेत बनिरहेका छन्।

आजको राजधानी दैनिकमा समाचार छ ।

एजेन्सी, फागुन १ । डिफेन्डिङ च्याम्पियन बार्सीलोना स्पेनिस ला(लिगाको शीर्ष स्थानमा उक्लिएको छ। एल्भसलाई उसैको घरेलु मैदानमा ६-० को नमिठो हार चखाउँदै बार्सीलोना शीर्ष स्थानमा उक्लिएको हो। बार्सिलोनाको सहज जितमा स्वारेजले २ र नेमार , मेस्सी र राकिटिकले १-१ गोल गरे । लिगमा २२ खेल खेलेको बार्सीलोना ४८ अंकसहित शीर्ष स्थानमा छ।

मेन्डिजोर्रोजा रंगशालामा बार्सीलोनालाई लुइस सुआरेजले ३७ मिनेटमा सुरुवाती गोल गरेका थिए। ४० मिनेटमा नेइमारले गोल थपेपछि बार्सा पहिलो हाफमा २-० ले अघि रह्यो। दोस्रो हाफमा बार्साले ९ मिनेटको अन्तरमा थप ४ गोल थप्यो। लियोनल मेसीले ५९ औं मिनेटमा गोल गरेपछि ३-० ले अघि बढेको बार्सीलोना एलभसकै खेलाडीले गरेको आत्मघाती गोलपछि ४-० ले अघि रह्यो।

एलेक्सिसले ६३ औं मिनेटमा आत्मघाति गोल गरेका थिए। लगत्तै दुई मिनेटपछि इभान राकिटिकले बार्साबाट गोल गरे। त्यसको २ मिनेटपछि सुआरेजले अर्को गोल गरेका थिए। लिगमा यस जीतसँगै बार्सीलोनाले २२ खेलबाट ४८ अंक जोड्यो। दोस्रो स्थानको रियल म्याड्रिडको ४६ अंक छ।

तर रियलले अहिलेसम्म १९ खेलमात्रै खेलेको छ। रियलले नेपाली समयअनुसार आइतबार बिहान १ बजेर ३० मिनेट जाँदा सुरु हुने खेलमा ओशासुनाको सामना गर्नेछ। यस खेल जित्न सके रियल लिगको शीर्ष स्थानमा फर्कनेछ।

काठमाडौं,माघ २९ । ऊर्जामन्त्री जनार्दन शर्माले जिम्मेवारी सम्हालेलगत्तै १ भदौमा विद्युत् प्राधिकरणलाई महसुल नतिर्ने ठूला ग्राहकको लाइन काट्न निर्देशन दिए । ११ अर्ब ७९ करोड वार्षिक घाटामा र ३७ अर्ब सञ्चित नोक्सानीमा रहेको प्राधिकरणलाई नाफामा लैजाने घोषणासमेत गरे । त्यसयता प्राधिकरणले एक अर्बभन्दा बढी बक्यौता असुली गरेको छ । नियन्त्रण अभियानसँगै अहिले करिब तीन प्रतिशत विद्युत् चुहावट घटेको अनुमान छ ।

विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेशराज काफ्लेले राजीनामा दिएपछि २९ भदौमा कुलमान घिसिङ नियुक्त भए । घिसिङले लोडसेडिङ अन्त्यको प्रयास, चुहावट नियन्त्रण अभियान र निर्माणाधीन अलपत्र आयोजनाका काम अगाडि बढाएका छन् । सातजना सिनियरलाई छाडेर कुलमानलाई कमान्ड दिने जोखिम ऊर्जामन्त्रीले उठाए । कुलमानले त्यो जोखिमलाई अवसरका रूपमा प्रयोग गरे । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

३१ भदौमा ३७ बुँदे प्रतिबद्धतामार्फत स्वदेशी लगानीमा जलविद्युत् आयोजना निर्माण गर्न ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम घोषणा गरे । ३७ मध्ये करिब २७ बुँदा कार्यान्वयनको चरणमा रहेको ऊर्जा मन्त्रालयले जनाएको छ । २५ पुसमा ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रममा अहिलेसम्म ३ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता प्राप्त भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

दार्चुलामा निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको साँघुरिएको (इस्क्विचिङ)को सुरुङ खुलाउन ६ असोजमा प्राधिकरण, ठेकेदार र परामर्शदाताबीच ८ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गराए । एक हजार २ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि गोरखा र धादिङका आयोजना प्रभावित जग्गाको मुआब्जा निर्धारण गरिएको छ ।

भूकम्पपछि निर्माण सुरु हुन नसकेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको पहुँच सडकलगायतका काम नेपाली सेनामार्फत गराउन मन्त्रिपरिषद्बाट निर्णय भएको छ । यसबाट आयोजना निर्माणको बाटो खुलेको छ । २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माणका लागि आयोजना विकास सम्झौता (पिडिए) भएको छ । यो आयोजना कोरियन लगानीमा निर्माण हुन लागेको हो ।

नेपालको समग्र ऊर्जा क्षेत्रको पुनर्संरचनाको प्रक्रिया पनि सुरु भएको छ । यसका लागि विद्युत् उत्पादन कम्पनी र प्रसारण ग्रिड कम्पनीको स्थापना गरिएको छ । कार्यकारी प्रमुख र सञ्चालक छनोट गरी कम्पनीले काम थालिसकेको छ । विद्युत् व्यापार र इन्जिरियरिङ कम्पनी पनि खुल्ने क्रममा छन् ।

जलाशययुक्त, पिकिङ रन अफ रिभर र अमेरिकी डलरमा विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरिने आयोजनाको दर निर्धारण भएको छ ।

जलविद्युत् आयोजनाको लाइसेन्स प्रक्रिया सरलीकृत गर्न जलविद्युत् आयोजनाको लाइसेन्ससम्बन्धी नयाँ कार्यविधि जारी भएको छ । सय मेगावाटसम्मका आयोजनाको लाइसेन्स विद्युत् विकास विभागले नै जारी गर्न पाउने व्यवस्था गरिएको छ ।

वर्षौँदेखि अलपत्र खिम्ती–ढल्केबर, हेटौँडा–मातातीर्थ–स्युचाटार प्रसारण लाइनको समस्या समाधानको पहल भएको छ । अहिले दुवै प्रसारण लाइनको निर्माण सकिएको छ ।

विद्युत् चोरीमा कर्मचारी नै संलग्न रहेको भेटिएपछि नियन्त्रण गर्न प्राधिकरणमा अपरेसन सञ्चालन भयो । एकदेखि ५ तहसम्मका झन्डै दुई हजार पाँच सय कर्मचारीको एकैपटक सरुवासमेत गरिएको छ ।

एजेन्सी ।
अबैध रुपमा अमेरिकामा बसेकालाई उनिहरुको देश फर्काउन राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन गर्दै यहाँको प्रहरीले विभिन्न राज्यमा व्यापक छापा मार्न थालेको छ ।

गत जनवरी २६ को कार्यकारी आदेश कार्यान्वयन स्वरुप अमेरिकामा सरकारका संघीय एजेण्टहरुले कागजपत्रबिहिनहरुलाई पक्राउ गर्नका लागि छापामार्न सुरु गरेको हो ।

बिहिबार र शुक्रबार इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारीहरुले कम्तीमा ६ वटा राज्यमा छापा मारेर कैयन कागजपत्रबिहिन आप्रवासीहरुलाई पक्राउ गरेको वासिंटन पोष्टले सरकारी अधिकारीहरुलाई उदृत गर्दै समाचार लेखेको छ ।

पक्राउ पर्नेहरुमध्ये अधिकांश पुरुषहरु रहेको र उनिहरु अमेरिकामा रहन पाउने आवश्यक कागजात नभएकाहरु भएको बताइन्छ ।
इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले छापामार्न थालेपछि कागजपत्र हुनेहरुलाई साथमा नागरिक भएको प्रमाण, ग्रिनकार्डको फोटोकपी वा आईडी राख्न तथा कागजपत्र नहुनेहरुलाई सावधानी अपनाउन कानुनविदहरुले सुझाव दिएका छन् ।

कुनै अपराधमा संलग्न नरहेका कागजपत्रबिहिन आप्रवासीहरुलाई पनि निशाना बनाइएको जनाइएको छ ।

ट्राफिक स्टपहरु र चेकप्वाइन्टमा समेत इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारीहरुले गतिविधि तीब्र पारेको बताइन्छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकाबाट अपराधमा संलग्न ३० लाख कागजपत्रबिहिन आप्रवासीहरुलाई देशनिकाला गर्ने प्रतिबद्धता जनाएअनुरुप इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले गतिविधि तीब्र पारेको हो ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका प्रवक्ताले एटलान्टा, लस एन्जलस र अरु दुईवटा शहरमा काम गर्ने स्थान र घरहरुमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले कागजपत्रबिहिनमाथि छापा मारेको पुष्टी गरेका छन्

बिहिबार र शुक्रबार इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टका अधिकारीहरुले क्यालिफोर्नियाको भिस्टा, पोमोना र कम्पटन, टेक्सासको अष्टिन, डलास र फ्लुजरभिल, भर्जिनियाको अलेक्जान्द्रिया, अन्नानडेल, नर्थ क्यारोलिनाको चार्लोट, बर्लिंगटन, फ्लोरिडाको प्लान्ट सिटी, न्युयोर्कको हड्सन भ्याली, कन्सासको विचिटा लगायतका क्षेत्रमा छापामारेका छन् । नर्थ क्यारोलिना र अष्टिनमा चेकप्वाइन्टमा आकस्मिक जाँच गरेर आईडी मागेको पनि जनाइएको छ ।

आप्रवासीका लागि सुरक्षित शहर भनेर चिनिने स्यांचुअरीसिटीमा ती सिटीहरुका नीतिलाई चुनौतीदिनका लागि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले छापा मार्न थालेको जनाइएको छ ।