एल्भसलाई नमिठो हार चखाउँदै बार्सीलोना शीर्ष स्थानमा

फाल्गुन १, २०७३ मा प्रकाशित | 1137 views

एजेन्सी, फागुन १ ।  डिफेन्डिङ च्याम्पियन बार्सीलोना स्पेनिस ला(लिगाको शीर्ष स्थानमा उक्लिएको छ। एल्भसलाई उसैको घरेलु मैदानमा ६-० को नमिठो हार चखाउँदै बार्सीलोना शीर्ष स्थानमा उक्लिएको हो। बार्सिलोनाको सहज जितमा स्वारेजले २ र नेमार , मेस्सी र राकिटिकले १-१ गोल गरे । लिगमा २२ खेल खेलेको बार्सीलोना ४८ अंकसहित शीर्ष स्थानमा छ।

मेन्डिजोर्रोजा रंगशालामा बार्सीलोनालाई लुइस सुआरेजले ३७ मिनेटमा सुरुवाती गोल गरेका थिए। ४० मिनेटमा नेइमारले गोल थपेपछि बार्सा पहिलो हाफमा २-० ले अघि रह्‍यो। दोस्रो हाफमा बार्साले ९ मिनेटको अन्तरमा  थप ४ गोल थप्यो। लियोनल मेसीले ५९ औं मिनेटमा गोल गरेपछि ३-० ले अघि बढेको बार्सीलोना एलभसकै खेलाडीले गरेको आत्मघाती गोलपछि ४-० ले अघि रह्यो।

एलेक्सिसले ६३  औं मिनेटमा आत्मघाति गोल गरेका थिए। लगत्तै दुई मिनेटपछि इभान राकिटिकले बार्साबाट गोल गरे। त्यसको २ मिनेटपछि सुआरेजले अर्को गोल गरेका थिए। लिगमा यस जीतसँगै बार्सीलोनाले २२ खेलबाट ४८ अंक जोड्यो। दोस्रो स्थानको रियल म्याड्रिडको ४६ अंक छ।

तर रियलले अहिलेसम्म  १९ खेलमात्रै खेलेको छ। रियलले नेपाली समयअनुसार आइतबार बिहान १ बजेर ३० मिनेट जाँदा सुरु हुने खेलमा ओशासुनाको सामना गर्नेछ। यस खेल जित्न सके रियल लिगको शीर्ष स्थानमा फर्कनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web