साझा बसको रात्रिकालीन सेवा सुरु, जहाँ अाेर्लिए पनि २५ रुपैयाँ भाडा

फाल्गुन ४, २०७३ मा प्रकाशित | 1251 views

काठमाडौं,फागुन ४ । साझा यातायातले उपत्यकामा मंगलबारदेखि रात्रिकालीन बस सेवा सुरु गरेको छ। साझाले पाँचवटा रुटमा बेलुका ९ देखि ११ बजेसम्म एउटाएउटा बस सञ्चालनमा ल्याएको छ। साझाका अनुसार एउटा बस अस्पताल क्षेत्रलाई मध्यनगर गरी लगनखेल पाटन अस्पताल–त्रिपुरेश्वर आँखा अस्पताल– वीर अस्पताल–महारागञ्ज टिचिङ–बाँसबारी गंगालाल–न्युरो अस्पताल रुटमा सञ्चालनमा ल्याइएको छ। बाँकी ४ वटा बस न्युरोडबाट नयाँ बानेश्वर–कोटेश्वर, मैतीदेवी–पुरानो बानेश्वर–गौशाला–चाबहिल, त्रिपुरेश्वर–कालीमाटी–कंलकी र ठमेल–सोह्रखुट्टे–नयाँ बसपार्क रुट सञ्चालन गरिएको छ ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डले रात्रिकालीन सेवा भएकाले यात्रु जहाँ अाेर्लिए पनि २५ रुपैयाँ भाडा लिइने जानकारी दिए। ‘बन्द, हडताल, चाडपर्व पनि बस चालू राखिनेछ,’ उनले भने।   साझाले फागुन १ मा १० वटा डिलक्स र एउटा नमुना सेमी लो फ्लोर बस खरिद गर्न बोलपत्र आह्वान गरिसकेको छ । यी ११ बस ६ महिनामा खरिद गरेर सञ्चालनमा ल्याउने योजना रहेको जानकारी पाण्डेले दिए। ‘बस थप्नका लागि आर्थिक स्रोत जुटाउन काठमाडौं महानगरपालिकासँग थप ५ करोड रुपैयाको शेयर बिक्री गर्ने सम्झौता भएको छ’ उनले भने ।

यसअघि महानगरपालिकाले १० करोड रुपैया शेयर खरिद गरिसकेको छ। सेमी लो फ्लोर बस समथर सडकमा चल्छ। बस सममान्यतया अन्य भन्दा महंगो हुन्छ । बसमा चढ्न र ओर्लन अपांगता भएका व्यक्ति, अशक्त र बिरामीहरुलाई लिफ्टको जरुरत नपर्ने साझाले जनाएको छ । पछिल्लो समय सञ्चालनमा ल्याइएका अपांगमैत्री बस म्यानुअल लिफ्टको थियो। उपत्यका बाहिर लामो दुरीमा साझाका ६ वटा बस सञ्चालनमा छन्।  काठमाडौ–बागलुङ, बीरगञ्ज र भैरहवा चल्ने बसमा २० प्रतिशत भाडा छुट गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत पाण्डेले उपत्यकामा चल्ने बसमा कार्डबाट भाडा तिर्न सकिने व्यवस्था गर्न स्मार्ट ट्राभल कार्डको परीक्षण अन्तिम चरणमा पुगेको जानकारी दिए। ‘सुरुमा लगनखेल–नयाँबसपार्क चल्ने १० वटा गाडीमा मेसिन जडान गरिनेछ,’ उनले भने, ‘सर्वसाधारणले केही दिनमै बस चढ्दा स्मार्ट कार्डबाट भाडा तिर्न सक्नेछन् ।’

यात्रुले बसको ढोकामा राखिएको डिभाइसमा कार्ड सेन्सर गराएपछि भाडाबापतको रकम आफैं काटिनेछ।  कार्ड रिचार्ज गर्न सहचालकलाई रकम बुझाएर वा साझाको कार्यालयमा सम्पर्क गर्न सकिने साझाले जनाएको छ। भाडाबापत काटिएको रकम साझाको नेपाल राष्ट्र बैंकस्थित खातामा जम्मा हुनेछ।  आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web