एजेन्सी ।
मलेसियाको बिमानस्थल भित्रै उत्तर कोरियाली नेता किम जोङ(अनका सौतेनी दाइको घातक विशालु सुई लगाएर गरिएको हत्यामा संलग्न आरोपमा त्यहाँको प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

मलेसियाली प्रहरीले क्वालालम्पुर बिमानस्थल नजिकबाट ति महिलालाई सिसिटिभि फुटेजका आधारमा पक्राउ गरिएको बताएको छ ।

पक्राउ गरिएकी महिलासँग भियतनामको परिचयपत्र रहेको पाइएको भन्दै प्रहरीले हत्यामा संलग्न देखिएका दुई महिला मध्ये अर्का एक र सहयोगीहरुको खोजि भइरहेको बताएको छ ।

प्रहरीले उनलाई २८ वर्षीया दोआन थी हुओङ भनेर चिनाएको बताइन्छ ।

त्यो प्रकरणमा उत्तर कोरियाली गुप्तचर ठानिएका दुइजना महिला संलग्न भएको र उनीहरु ट्याक्सी चढेर विमानस्थलबाट भागेको दक्षिण कोरियाली सञ्चारमाध्यमले मलेसियाली अधिकारीहरुलाई उदृत गर्दै बताएका छन् ।
यद्यपी यसबारेमा मलेशियाली प्रहरीले केही बताइसकेको छैन ।

जापानी सञ्चार माध्यमहरुले हत्याका क्रममा विशालु सुई प्रयोग गरिएको दावी गरेको छ । बिमानस्थल भित्र रहेको एटिएम मेसिन नजिक पुगेको समयमा किम जोङका भाईमाथि आक्रमण गरिएको उल्लेख गरेका छन् । जापानी सञ्चार माध्यमहरुले हत्यामा उत्तर कोरियाली सरकारको समेत संलग्नताको आशंका गरेका छन् ।

उत्तर कोरियाले किम जोङ नामको मृत्युप्रति कुनै प्रतिक्रिया जनाएको छैन । उनि किमजोङ सत्तामा आएपछि उनको सत्ता निरंकुश भएको आरोप लगाउँदै सन् २०१२ मा उत्तरकोरियाबाट भोगेका थिए ।

त्यसपछि चीन, हगंकगं, सिंगापुर, मलेसिया लगायत स्थानमा बस्दै आएका उनिमाथि चीनमा रहँदा समेत गाडीको ठक्कर दिएर हत्याको प्रयास गरिएको र त्यसमा उत्तर कोरियाको संलग्नता रहेको आरोप लाग्दै आएको छ ।

18.12¡ÆC