स्ववियु चुनाव पाँच दिनपछि सर्यो, फागुन १९ मा निर्वाचन हुने

फाल्गुन ५, २०७३ मा प्रकाशित | 862 views

काठमाडौं ।
बिप्लव माओवादी निटक विद्यार्थी संगठनको नेतृत्वका कारण फागुन १४ मा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन 'स्ववियु' को निर्वाचन माघ १९ मा हुने भएको छ ।

आज बसेको शिर्ष विद्यार्थी संगठनहरुको बैठकले स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने निर्णय गरेको छ ।

प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको बिहीबार बिहान बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बुधबार बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले निर्धारित मिति फागुन १४ मै स्ववियु निर्वाचन गर्ने निर्णय गरेकोमा त्यसको भोलिपल्ट विद्यार्थी नेताहरुले नयाँ निर्णय गरेका हुन् ।

काठमाडौंमा बसेको नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने सहभागी बैठकले १९ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्बजनिक गरिसकेको छ ।

अब विद्यार्थी संगठन बिचको सहमतीपछि त्रिभुवन विश्वविद्यालयलाई यसबारेमा जानकारी गराएर निर्वाचन मिति औपचारिक रुपमा सारिने विद्यार्थी संगठनका नेताहरुले बताएका छन् ।

यसबारेमा आजै त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनका नेताहरुबिच छलफल हुँदैछ ।
आज अपरान्ह २ बजेपछि हुने बैठकले यसलाई औपचारिकता दिएर नयाँ निर्वाचन तालिका सार्वजनिक गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web