कांग्रेस नेताको धम्की-‘समयमै निर्वाचन हुन नसके सत्ता समीकरण परिवर्तन हुन्छ’

फाल्गुन ३, २०७३ मा प्रकाशित | 752 views

कैलाली,फागुन ३ ।  नेपाली कांग्रेसका पूर्व उपसभापति तथा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले समयमै निर्वाचन सम्पन्न हुन नसके सत्ता समीकरण परिवर्तन हुने बताएका छन् । कैलालीको धनगढीमा आज नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता श्रेष्ठले वैशाखको दोस्रो अथवा तेस्रो हप्तासम्ममा निर्वाचन सम्पन्न गराउने हो भने त्यसका लागि हाम्रो पार्टीले धैर्यधारण गर्ने, यदि त्यसो नभएमा पहिलेको सहमतिअनुसार सत्ता समीकरण परिवर्तन हुने जानकारी दिए।

नेता श्रेष्ठले यो संविधानलाई लागू गर्नका लागि मधेसवादी दल, आदिवासी, जनजाति, पश्चिम तराईका थारुलगायतका कुरा सुन्नु आवश्यक रहेको बताए। उनले २०७२ सालको संविधान महिलामैत्री, जनजातिमैत्री, मधेसीमैत्री रहेकाले अझै पनि संविधानमा केही कुराको कमीकमजोरी छ भने त्यसलाई संशोधन गरेर अघि बढ्नु पर्ने उल्लेख गरेका छन् ।

उक्त पत्रकार सम्मेलनमा नेता श्रेष्ठले मधेसवादी दल पनि पुरानै अवस्थामा निकायको निर्वाचन गर्दा उनीहरु पनि सहमतिमा आउने आफूले देखेको उल्लेख गरेका छन् । साथै, उनले २०७४ साल माघ ७ गतेभित्र प्रदेश र प्रतिनिधिसभाको चुनाव सम्पन्न गरेर अगाडि बढ्न नसकेकोे अवस्थामा फेरि यो संविधान दलदलमा फसी लागू भएको नठहर्ने बताए।

सम्मेलनमा संविधान संशोधनको टुङ्गो नलागीकन निर्वाचनको मिति नतोक्न मधेसवादी दलले आग्रह गरेको हुनाले यो मिति तोक्ने अवस्थामा पुग्दापुग्दै मिति तोक्नलाई अलिकति ढिलाइ भएको उनले बताएका छन्।

साथै, नेता श्रेष्ठले २०६२-६३ को जनआन्दोलनबाट २४० वर्षको राजसंस्थाको अन्त्य गरी हामीले पूर्ण लोकतन्त्र कायम गरेकाले यो संविधानलाई कार्यान्वयन गर्दै रु तीन करोड जनतालाई केन्द्रबिन्दु बनाएर सबै अगाडि बढ्नुपर्ने धारणा राखे रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web