<p>कैलाली ।<br>नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले संविधान संशोधन प्रस्तावलाई थाती राखेरै भएपनि आगामी बैशाख/जेठ भित्रै स्थानीय तहको निर्वाचन गराइनु पर्ने बताउनु भएको छ ।</p><p>नेपाली काँग्रेस कैलाली क्षेत्र नं.१ ले आज टिकापुर गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री डा. कोइरालाले अहिलेको मुख्य कार्यभार संविधान कार्यान्वयन भएकाले त्यसका लागि तिन वटै निर्वाचन सम्पन्न गर्न आवश्यक रहेको बताउनु भयो ।<br></p>
25.12¡ÆC