थबाङ महाधिवेशनका ४ आयाम – खेम थपलिया

ऐतिहासिक कार्यहरू जनतासँग सम्बन्धित हुन्छन् । माक्र्सवाद–लेनिनवाद–माओवादमा दृढतापूर्वक उभिँदै व्यापक जनसमूहसहित सर्वहारा क्रान्तिकारी आन्दोलनको पक्षमा सङ्घर्षलाई दृढतापूर्वक उठायौँ भने मुट्ठीभरका दलाल पुँजीवादी तथा प्रतिक्रान्तिकारीहरूको लज्जाजनक र दर्दनाक पराजय अवश्यम्भावी छ । यही अवश्यम्भावितालाई थबाङ महाधिवेशनले आत्मसात गरेको छ ।

देशले विकल्प खोजिरहेको छ, नेकपाले विकल्प दिएको छ । ठोस परिस्थतिको ठोस विश्लेषण गर्दै थबाङ महाधिवेशनले सांस्कृतिक क्रान्तिको आरम्भ गरेको छ । थबाङ महाधिवेशनले नेपालको कम्युनिस्ट आन्दोलनको विघटन र विघटनको प्रक्रियालाई रोक्ने उपाय सुझाएको छ । थबाङ महाधिवेशनले साम्राज्यवादको चिहान खन्ने प्रक्रिया सुरु गरेको छ । यसले नेपालमा उत्पीडित नेपाली जनता र दलाल पुँजीवादीहरूबीचमा मुख्य अन्तर्विरोध रहेको निष्कर्ष निकालेको छ । यसले हकिन्सले भनेजस्तै विज्ञानको तुलनामा दर्शनमा विकास भन्ने कुरालाई निकै गहिराइका साथ आत्मसात गरेको छ । वास्तवमा थबाङ महाधिवेशन क्रान्तिकारी कम्युनिस्टहरूको महा–विश्वविद्यालय बनेको छ ।

यसले क्रान्तिको न्युनतम आधार खडा गरेको छ । नयाँ जनवादी क्रान्ति हुँदै समाजवादी क्रान्ति गर्ने कुरा स्यालको सिकार गर्न जाँदा बाघको तयारीसित सम्बन्धित छ । थबाङ महाधिवेशनले २ वर्षअघि पार्टीको पुनर्गठनको प्रक्रियालाई पूर्णता दिएको छ । यसले छलफलमा स्वतन्त्रता र र काम–काबाहीमा एकरूपतामा जोड दिएको छ । यसले सिद्धान्त र व्यवहारबीचको नङ र मासुको सम्बन्धमाथि जोड दिएको छ ।

भनिन्छ, कम्युनिस्टहरू वैज्ञानिक हुन् । उनीहरू नयाँ नयाँ आविष्कार गरिरहन्छन् । यो कुरा सही हो । लेनिनले भनेका छन्, “पार्टीको लक्ष्य, उद्देश्य, रणनीतिप्रति अविशवास गर्नु कायरता हो । थबाङ महाधिवेशनका यस्ता कायता पराजित भभएको छ । संशोधनवादले अज्ञानताको गुँडमा अन्डा कोरल्छ भन्ने कुरालाई गहिराइका साथ मनन गर्दै संशोधनको शिरोच्छेदन गर्ने प्रयास गरेको छ । युद्ध विचारले जितिने कुराको निष्कर्ष पनि थबाङ महाधिवेशनले गरेको छ ।
निष्कर्ष

हामीले जनतालाई जगाउनुपर्छ, हामीले पार्टीको विश्वासमाथि चिसो पानी खन्याउनुहु“दैन । हामीले महान् सफलता हासिल गर्न कदम चाल्नुपर्छ । हाम्रो सङ्घर्षशीलतालाई जारी राख्नुपर्छ । क्रान्तिका लागि सम्पूर्ण कमरेडहरू दिलोज्यान दिएर लाग्नुपर्दछ । दलाल पुँजीवादी सत्ता जसरी आउँछ, त्यहीअनुरूप सङ्घर्ष गर्ने मानसिकता थबाङ महाधिवेशनले बनाएको छ । नयाँ जनवादी क्रान्तिका साथ वैज्ञानिक समाजवादी क्रान्ति गर्ने दिशामा अघि बढ्ने प्रतिवद्धता थबाङ महाधिवेशनको आधाारभूत कुरा हो ।

क्रान्तिकारी व्यवहारलाई उच्चतामा विकास गर्दै गाउँका भोका–नाङ्गा गरिब किसानहरूसँग, सहरका अपहेलित मजदुरहरूसँग एकाकार भएर क्रान्तिलाई, एकीकृत जनक्रान्तिले देखाएको बाटोमा डोहो¥याउने प्रतिवद्धता थबाङ महाधिवेशनले गरेको छ । मध्यमवर्गमा रहेको क्षमता र परिवर्तनप्रतिको हुटहुटीलाई क्रान्तिको पक्षमा अधिकतम उपयोग गर्न पार्टी तयार रहेको छ । देशभक्त, राष्ट्रवादी, प्रगतिशील शक्तिहरूका बीचमा फराकिलो क्रान्तिकारी सम्बन्धको विकास गरेर सङ्घर्षलाई चर्काउन सकिने विश्वास पनि थबाङ महाधिवेशनले गरेको छ । क्रान्तिकारी रूपान्तरणसहित सबैखाले संशोधनवाद तथा सारसङ्ग्रहवादका विरुद्ध लडाइँको मौलिकताको विकास गर्न क्रान्तिकारीहरू एकढिक्का भएर उत्साह, साहसका साथ क्रान्तिकारी व्यवहारमा उत्रने प्रतिबद्धता पनि थबाङ महाधिवेशनको रहेको छ ।

अन्ततः त्यो प्रतिक्रियावादीहरूको कार्यनीतिका अगाडि आफूलाई असहाय भएको महसुस गर्छ र त्यसकै वरिपरि सहयोगी बन्दै लम्पसार हुन पुग्दछ । नेपालमा प्रचण्ड–बाबुरामको आज अवस्था त्यही हो । अहिले पनि नेपालमा कथित लोकतान्त्रिक संसदीय व्यवस्थाको कार्यनीतिको माध्यमबाट माओवादी आन्दोलनलाई संसदीय महाजालमा फसाउन प्रतिक्रियावादीहरूले ठूलो षड्यन्त्र गरिरहेका छन् । चकाचौध गर्दै आइरहेको भूमण्डलीकृत साम्राज्यवादका विरुद्धको सङ्घर्ष कठीन छ तर त्यसका विरुद्ध सङ्घर्ष गर्नुको कुनै विकल्प छैन । सङ्घर्षको स्तरअनुसार नै क्रान्तिकारी व्यवहारको विकास हुन्छ । वर्गसङ्घर्षको तीव्रतासँगै क्रान्तिकारी व्यवहारको विकास गर्नु थबाङ महाधिवेशनले आफ्नो जिम्मेवारी ठानेको छ ।

नेपालमा साम्राज्यवादी इशारामा देशीय दलाल तथा प्रतिक्रियावादी तत्वहरूले जनतालाई भ्रम दिएर शोषणको चक्रलाई निरन्तर घुमाइरहन आफ्ना नयाँ–नयाँ कार्यनीतिहरू बदलिरहेका छन् । जब दलाल तथा प्रतिक्रियावादीहरूले लुट र शोषणका नाङ्गो कार्यनीतिका ठाउँमा नयाँ आबरणमा भिन्न कार्यनीति अपनाउँछन्, तब कम्युनिस्ट आन्दोलनभित्रको निम्न–पुँजीवादीको एक हिस्सा अन्यौल र अकर्मण्यताको सिकार बन्न पुग्दछ ।
४. सङ्घर्षबारे

तअ ३. कुन–कुन वर्गलाई सङ्गठित गर्ने ?ूकुन–कुन वर्गलाई सङ्गठित गर्ने ? कुन कुन वर्गलाई दबाउने ? यो सङ्गठनात्मक जीवनको मूलभूत प्रश्न हो । हामीले मजदुर, किसान, मध्यम–वर्ग र देशभक्त राष्ट्रिय शक्तिलाई समेट्नुपर्छ । हामीले बुद्धिजीवी, वैज्ञानिक, इन्जिनियर र प्राविधिज्ञ, प्राध्यापक, लेखक, कलाकार, चित्रकार, स्वास्थ्यकर्मी र पत्रकारहरूसित हात मिलाउनैपर्छ । जनताका बीचमा जनवादको अभ्यास गर्दै जमिनदार, धनी किसान, प्रतिक्रान्तिकारी तत्वहरूलाई जनवादी अधिनायकवादद्वारा दबाउन सक्ने सङ्गठनात्मक संरचना बनाउनुपर्दछ । व्यापक जनताको पक्षमा उभिनु माक्र्सवाद–लेनिनवाद–माओवादको आधारभूत प्रश्न हो । प्राक्–क्रान्तिकारी अवधिमा नै क्रान्तिका आवश्यकताअनुरूप सङ्गठनात्मक संरचना बनाउनुपर्दछ । पार्टी शक्तिका अतिरिक्त आफ्ना संरक्षित शक्तिहरू, सहानुभूति राख्ने सङ्गठनहरू पनि बनाउनुपर्दछ । सबै जाग्ने र साम्राज्यवादी तथा प्रतिक्रियावादीहरूलाई लखेट्ने र संशोधनवादलाई थला पार्नेखालका सङ्गठनात्मक संरचना बनाइनुपर्दछ । यो कुरालाई थबाङ महासधिवेशनले आत्मसात गरेको छ ।

दक्षिण एसियामा माओवादी आन्दोलनलाई घनीभूत गर्ने कुरा मननीय छ । हाम्रो दलाल पुँजीपतिवर्गमाथि विजय हासिल गर्नु र त्यसको हातबाट सत्ता खोस्नु मुख्य, निर्णायक र निर्देशक लक्ष्य हो । पुँजीवादी देशका कम्युनिस्ट पार्टीको सङ्गठनसम्बन्धी कामको निर्णायक तत्व त्यस्ता सङ्गठनहरू निर्माण गर्ने हुनुपर्दछ, जसले सत्तारूढ पार्टीहरूमाथि सर्वहाराक्रान्तिको विजयलाई सम्भव र सुनिश्चित दुबै बनाओस् भन्ने कुरामा थबाङ महाधिवेशन निकै गम्भीर बनेको छ ।

कम्युनिस्ट पार्टीका निम्ति सङ्गठनको रूप सर्वथा अचूक र अपरिवर्तनशील हुँदैन । सर्वहाराको वर्गसङ्घर्षका स्थितिहरू विकासका निरन्तर प्रक्रियामा हुने परिवर्तनका अधीन हुन्छन् र परिवर्तनअनुसार सर्वहाराको सङ्गठनले अनुकूल हुने रूपहरूको गरिरहनुपर्दछ । नेपालको कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको एक आयाम भएकोले सबै देशहरूमा कम्युनिस्ट पार्टीहरूको सङ्गठन निर्माणका निम्ति समान आधार तयार गर्न आधारभूत महत्व राख्ने भएकोले कम्युनिस्ट पार्टीले आ–आफ्नो सापेक्षतामा सङ्गठनात्मक संरचनाको विकास गर्नु आवश्यक छ ।

एकपटक लेनिनले भन्नुभएको थियो, “हामीलाई एउटा क्रान्तिकारी सङ्गठन देऊ, हामी रुसलाई पल्टाइदिन्छौँ ।” यसबाट प्रमाणित हुन्छ कि क्रान्तिमा सङ्गठनको ठूलो भूमिका हुन्छ । दर्शन, सिद्धान्त, विचारलाई भौतिकी तागत भर्ने माध्यम नै सङ्गठन हो । लेनिनले सङ्गठनात्मक कामको मुख्य कार्यभार सक्षम कम्युनिस्ट पार्टी र तीअन्तर्गत रहेका सर्वहारा–क्रान्तिकारी आन्दोलनमा नेतृत्वदायी स्थान लिन योग्य निर्देशनकारी अङ्गहरूको सङ्गठन बनाउने कार्यलाई जोड दिनुभएको छ । पार्टीको सङ्गठनात्मक परिस्थितिहरू र कामका यसका आफ्ना उद्देश्य अनुकूल बनाइनुपर्दछ । कम्युनिस्ट पार्टीले क्रान्तिकारी वर्गसङ्घर्षका सबै स्थितिमा र समाजवादको स्थापना अर्थात् साम्यवादी समाजको पहिलो चरणको सङ्क्रमणकालमा अग्रदस्ता, सर्वहारावर्गको अग्रीम चौकी बन्नुपर्दछ भन्ने कुरामा लेनिनको निकै जोड थियो ।
३. सङ्गठनबारे

परिवर्तित जटिल परिस्थितिलाई चिरेर क्रान्तिकारी कार्यदिशामा अघि बढ्न पार्टी नेतृत्वसहित सिङ्गो पार्टी–पङ्क्तिमा अदम्य साहसको माग भइरहेको छ । नेतृत्व दुई तरिकाले गर्न सकिन्छ– एउटा असल, अर्को कमसल । कमसल नेतृत्व बुद्धू–लम्पटहरूको नेतृत्व हो भने असल नेतृत्व क्रान्तिकारीहरूको हो । वैज्ञानिक समाजवादी सत्ता ल्याउने सङ्घर्षमा बुद्धू–लम्पटहरूलाई पूरै निषेध गरिनुपर्दछ । नेतृत्वले तातेको फलामलाई तुरुन्तै आकार दिन सक्नुपर्दछ । वर्गसङ्घर्षलाई सही ढङ्गले अगाडि बढाउनाले नै महान् नेताहरू जन्मन्छन्, महान् विचारकहरू जन्मन्छन्, महान् विचारहरू जन्मन्छन् र फुल्छन् र तिनले परिस्थितिलाई सुवासित गराउँछन् ।

कम्युनिस्ट पार्टी भनेको नेताहरूको सङ्गठन हो । विश्व इतिहासमा महान् सङ्घर्षका लागि असल र सक्षम नेतृत्व अपरिहार्य हुन्छ । असल नेता हुन पार्टी आफैँसँग असल नेतृत्व हुनैपर्दछ भन्ने कुरामा लेनिनले जोड दिनुभएको छ । अधिकतम प्रहारशक्ति र सङ्घर्षको परिवर्तनशीलतानुसार कम्युनिस्ट पार्टी र यसका नेतृत्वदायी अङ्गमा आफूलाई अनुकूलन क्षमताको उचित संयोजन नै वर्गसङ्घर्षमा नेतृत्वको पूर्व–मान्यता हो । साथै, सफल नेतृत्वका निम्ति सर्वहारा जनसमूहसँग घनिष्टतम् सम्बन्ध एकदमै आवश्यक हुन्छ । नेतृत्व जनताको पछि–पछि हुनुहुँदैन ।

यो एकीकृत जनक्रान्तिले गरेको नेतृत्वसम्बन्धी परिकल्पना हो । थबाङ महाधिवेशनले महान् सपना र बलिदानी भावनासहितका नेतृत्व टिम चयन गरेको छ । क्रान्तिमा लिडरसिपको महत्वपूर्ण भूमिका हुन्छ । उदाहरणार्थ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तात्कालीन सोभियत सङ्घका राष्ट्रपति मिखाएल गोर्भाचोभका एजेन्ट रहेको तथ्यलाई लिन सकिन्छ । इतिहास र क्रान्तिमा मानिसको भूमिका निकै महत्वपूर्ण हुने गर्दछ । नेतृत्वमा अन्धराष्ट्रवाद हावी भएपछि सबै कम्युनिस्ट र यहुदीहरू सबैलाई मार्नुपर्छ भन्ने हिटलरहरू कसरी जन्मिँदा रहेछन् ! नेतृत्वको मूल्याङ्कनको विषय पनि महत्वपूर्ण हुन्छ । थबाङ महाधिवेशनले स्तालिनको सही मूल्याङ्कन गर्दै स्तालिनबारे गरिएको कैयौँ मूल्याङ्कनमाथि पुनर्मूल्याङ्कन गरेको छ । दुनियाँलाई सिध्याउँछु, खान्छु भन्ने हिटलर अन्तमा कसरी आत्महत्या गरेर मर्नुप¥यो ! थबाङ महाधिवेशनले नेतृत्वको चौतर्फीको भूमिकालाई सुपष्ट व्याख्या गरेको छ ।

नेतृत्व निकै महत्वपूर्ण कुरा हो । नेतृत्वमा विचलन आउनेवित्तिकै आन्दोलन कसरी सिद्धिने रहेछ भन्ने कुरा प्रचण्ड–बाबुरामले देखाइसकेका छन् । थबाङ महाधिवेशनले कमरेड विप्लवलाई पुनः मूल नेतृत्व अर्थात् महासचिवमा निर्वाचित गरेको छ । साथै, अन्य जिम्मेवार कमरेडहरूलाई पनि नेतृत्वमा चयन गरेको छ । केन्द्रीय समिति ५ हजारसम्म बनाउनेहरू (माके) का लागि यो महाधिवेशन जादु पनि लाग्न सक्छ ।
२. नेतृत्वबारे

नेपाल जस्तो देशको क्रान्तिको चरित्र जनवादी नै हुन्छ, यसलाई एकीकृत जनक्रान्तिले पूरा गर्दछ । नेपालमा राष्ट्रियता र जनवादी क्रान्ति परिपूरक रहँदै आएको छ । दलाल पुुँजीवाद र भूमण्डलीकृत साम्राज्यवादका विरुद्ध कठोर लडाइँको आवश्यकता छ । विश्वदृष्टिकोणको निर्माण गर्दै क्रान्तिको निशाना आफैँलाई बनाउनुपर्दछ भन्ने रूपान्तरणको मूल सिद्धान्तलाई थबाङ महाधिवेशनले पक्रेको छ । सांस्कृतिक क्रान्तिलाई सही तरिकाले नबुझीकन माक्र्सवाद–लेनिनवाद–माओवादको विकास असम्भव छ ।

नेपाल कम्युनिस्ट पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद नै रहेको छ । अप्रिल थेसिसको एक अंश हेरौँ, ‘पार्टीले राजनीतिक र कुटनीतिक क्षेत्रमा थुप्रै सम्झौताहरू गर्न सक्दछ तर हजाराँै सहिदहरूको रगतको बलमा नेपाली जनताले आर्जन गरेको आफ्नो वास्तविक शक्ति जनमुक्ति सेना र जनताको हातमा आएको हतियारलाई कदापि छोड्नेछैन । जनताको अभिमतअनुसार यसको नाम र संरचनामा हेरफेर हुन सक्दछ तर साम्राज्यवादी र प्रतिक्रियावादीहरूलाई फाइदा हुने गरी तथा उनीहरूको इच्छा र आग्रहमा यसको नाम पनि बदलिनेछैन’, (दस्ताबेज, २०६३ ः दुई कार्यनीतिक अप्रिल/वैशाख थेसिस) ।

माओवादी सौन्दर्यशास्त्र, नयाँ सांस्कृतिक मूल्य र नयाँ यथार्थपरक कला–साहित्यले सबैखाले संशोधनवादसित सङ्घर्ष गरिरहेको छ । यसलाई पुँजीकृत गर्न आवश्यक छ । नाम परिवर्तन नेपालमा कम्युनिस्टहरूको केन्द्र बनाउने सदिच्छा हो । नेपालको सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउने यसको मूल लक्ष्य हो ।

नाम परिवर्तनले पनि थबाङ महाधिवेशन विशेष चर्चामा रह्यो । पार्टीको नाम सैद्धान्तिक कुरा हो । २००६ नेपाल कम्युनिस्ट पार्टीको प्रस्थानबिन्दु हो । यो विश्व कम्युनिस्ट आन्दोलनको एक टुकडी पनि हो । त्यसो हुँदा ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्नु वैज्ञानिक हुने निष्कार्ष थबाङ महाधिवेशनले गरेको छ । नेपाली धर्ती हजारौँ सहिदका रगतले सिञ्चिएको १० वर्षका जनयुद्धले माओवादीलाई संसारभर स्थापित ग¥यो । माओवादी आमूल परिवर्तनकारी, क्रान्तिकारी शक्तिको रूपमा स्थापित छ । महान् बेपत्ता र घाइते योद्धा तथा जनसमुदायको भावना लतपतिएको छ ।

नेपालको नयाँ जनवादी क्रान्तिको राजनीतिक कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ हो । यहाँ नगर–समाज, नयाँ श्रमिकवर्ग, विज्ञान–प्रविधिको विकास, दलाल शक्तिको विकास मिश्रित जनबसोबास र देशभक्त शक्तिको उपस्थितिको चर्चा गरिएको छ । थबाङ महाधिवेशनले सांस्कृतिक रूपान्तरणमा जोड दिँदै नेता, कार्यकर्ता र जनताको लागि पृथक–पृथक तर ठोस अर्थनीतिको प्रक्षेपण गरेको छ । कम्युनिस्ट समाजको निर्माण तथा विकास गर्ने कुरा थबाङ महाधिवेशनको अर्को महत्वपूर्ण पाटो हो ।

आजको निगम पुँजीवाद, त्यसको भूमण्डलीय स्वरूप, सूचना प्रविधिको विकास, प्रतिस्पर्धात्मक राजनीति र नगर–समाजको विकासलगायत थुप्रै कारणले आजको विश्व लेनिन र माओकालीनभन्दा विकसित र भिन्नै भएको निष्कर्ष पनि थबाङ महाधिवेशनले निकालेको छ । साथै, एकीकृत जनक्रान्तिबाट मात्रै नेपाली क्रान्तिलाई पूर्णता दिन सकिने निष्कर्ष पनि थबाङ महाधिवेशनको अर्को महत्वपूर्ण पक्ष हो । ‘एकीकृत जनक्रान्ति’ एक्काइसौँ शताब्दीमा विकास भएको विश्व राजनीतिका विशेषताहरू र नेपाली समाजका विशेषताहरूको विश्लेषणका आधारमा गरिएको वैज्ञानिक संश्लेषण हो ।

यो पनि एकको दुईमा विभाजन हुन्छ तर दुईलाइन सङ्घर्षमा यसको सजातीय र विजातीय कोणको सही व्याख्या गर्ने काम थबाङ महाधिवेशनले गरेको छ । चेतना/मस्तिष्क उच्चतम् पदार्थ हो । पदार्थको गति, शक्ति सञ्चितीकरण तथा प्रवाहलाई ठीक तरिकाले बुझ्नुपर्दछ । पार्टीमा दुईलाइन सङ्घर्ष हुन्छ तर त्यसमा क्रान्तिकारीले सदैव अर्को सुधारवादी लाइनलाई कि त खाइदिनुपर्छ, कि त त्यसबाट विद्रोह गरेर अलग्गिनुपर्छ । दार्शनिक नीति सम्बन्धमा थबाङ महाधिवेशनले गरेको यो महत्वपूर्ण आयाम हो । आलोचना÷आत्मालोचना मानिसहरूका बीचमा हुने अन्तर्विरोध हल गर्ने विधिलाई पनि थबाङ महाधिवेशनले आत्मसात गरेको छ ।

थबाङ महाधिवेशनले नीतिसम्बन्धी व्यापक छलफलका साथ महत्वपूर्ण निष्कर्ष निकालेको छ । यसले माक्र्सको ‘संसारलाई बुझ्ने र व्याख्या गर्ने मात्र होइन, बदल्ने कुरा मुख्य हो’ भन्ने संश्लेषणलाई थप संश्लेषण गर्दै अब बदल्ने कुरा मात्र होइन कि त्यसको रक्षा गर्ने कुरा, त्यसको निरन्तर विकास गर्ने कुरालाई जोड दिएको छ । हरेक वस्तु एकको दुईमा विभाजन हुन्छ । पार्टी पनि वस्तु हो ।
१. नीतिबारे

क्रान्ति गर्ने कुरा मात्र ठूलो होइन रहेछ, ठूलो कुरा त त्यसको रक्षा र विकास गर्नु, उत्पीडित जनतालाई स्वशासकीय भूमिकामा स्थापित गर्न थबाङ महाधिवेशनले विशेष्ष दिशानिर्देश गरेको छ । थबाङ महाधिवेशनका नीति, नेतृत्व, सङ्गठन र सङ्घर्षजस्ता ४ आयाममा रहेका छन् । यहाँ थबाङ महाधिवेशनको ४ आयामबारे सङ्क्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ः

थबाङ बन्द–सत्र ऐतिहासिक रूपमा सम्पन्न भयो । जनएकता, जनप्रतिरोध र आमूल परिवर्तनको पक्षमा निरन्तर खडा हुँदै आएको थबाङ फेरि पनि केन्द्रीय विषय बन्न सफल भयो । थबाङ महाधिवेशनपछि नेपालको राजनीतिले नयाँ मोड लिएको छ । नेपाली क्रान्तिलाई पूर्णता दिन तथा समाजवादी सत्तालाई समृद्ध बनाउन यो महाधिवेशनले विशेष मिहिनेत गरेको छ ।

कमरेड किरणसित सम्बन्ध–विच्छेद गरेपछि नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनले नयाँ पार्टी, नयाँ कार्यदिशो र नयाँ नेतृत्व पायो तर तत्अुनरूपको सङ्गठनात्मक संरचना पाएन । त्यसलाई पूर्ति गर्ने र सोहीअनुरूप राजनीतिक, वैचारिक तथा दार्शनिक रूपले पार्टीलाई अझ माथि उठाउने उद्देश्यका साथ पार्टीके ८औँ माहधिवेशन आयोजना गरियो । काठमाडौंमा लाखौँ जनताका उपस्थितिमा ऐतिहिासिक उद्घाटन सत्र सम्पन्न भएपछि बन्द–सत्रका लागि थबाङ प्रस्थान गरियो ।
थबाङ महाधिवेशनका ४ आयाम – खेम थपलिया

म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा

काठमाडौं । च्याम्पियनसिप क्लब हन्डर्स्फिल्ड टाउनलाई पराजित गर्दै इंग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको प्रि क्वाटरफाइनलको रिप्ले खेलमा हन्डर्स्फिल्ड टाउनलाई ५ – १  ले पराजित गर्दै सिटी एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । हन्डर्स्फिल्डले घरेलु मैदानमा भएको प्रि क्वाटरफाइनलको पहिलो खेलमा सिटीलाई गोलरहित बराबरीमा रोकेपछि दुई टोलीबीच पुन रिप्ले खेल भएको हो । तर, सिटीको मैदानमा भएको रि प्ले खेलमा हन्डर्स्फिल्डले घरेलु टोलीलाई रोक्न सकेन ।

इतिहाद स्टेडियममा भएको खेलमा सुरुवाती अग्रता भने हन्डर्स्फिल्डले लिएको थियो । खेलको ७ औं मिनेटमा ह्यारी बुनले गोल गर्दै हन्डर्स्फिल्ड लार्ई अग्रता दिलाएका थिए । तर, सिटी खेलको ३० औ मिनेटमा लिओरी सेनको गोलबाट खेलमा फर्कियो । त्यसपछि खेलको ३५ औ मिनेटमा सर्जियो अग्युरोले गोल गरेपछि पहिलो हाफमा सिटीले २ – १ को अग्रता लियो ।

दोस्रो हाफमा सिटीले थप तीन गोल गर्यो । खेलको ३८ औ मिनेटमा पाब्लो जाबेल्टाले सिटीको अग्रता तेब्बर बनाए । खेलको ७३ औ मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ४ – १ मा पुराए । त्यसपछि खेलको इन्जुरी समयमा केलिची इहिनाचोले गोल गरेपछि सिटीले ५ – १ को जितसहित एफए कपको क्वाटरफाइनलमा स्थान पक्का गर्यो ।

-बाह्रखरी

संविधान संशोधन विधेयक तत्काललाई स्थगित गर्न प्रधानमन्त्री र देउवाको प्रस्ताव

काठमाडौं : संविधान संशोधन विधेयक पारित गर्न दुई तिहाइ मत नपुग्ने निश्चितप्राय: देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले संसदीय प्रक्रियामा रहेको संविधान संशोधन विधेयक तत्कालका लागि स्थगन गर्ने प्रस्ताव गरेका छन्।

दाहाल र देउवाले स्थानीय तहको संख्या बढाउने र राष्ट्रिय सभाको निर्वाचन मण्डलबाट स्थानीय तहको प्रतिनिधित्व हटाउने विषयमा भने लचिलो हुने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस, माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक र संयुक्त मधेसी मोर्चाबीच बुधबार बसेको संयुक्त बैठकमा प्रधानमन्त्री दाहालले सुरुमै संशोधन प्रस्ताव स्थगित गरेर निर्वाचनमा सहभागी हुन मोर्चालई आग्रह गरेका थिए।

तर, मोर्चाले भने यसलाई ठाडै अस्वीकार गर्दै मधेसको मुद्दा सम्बोधन नभई निर्वाचनमा जान नसकिने र हुन पनि नदिने अडान दोहोर्‍याएको थियो।  'अब संविधान सोशोधन हुने अवस्था छैन।

पास हुनसक्ने अवस्था भए अघि बढाउनु राम्रो हो। तर पारित नहुने भएपछि किन भोटिङमा लैजाने ?' प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, '२ नम्बर प्रदेशमा स्थानीय तहको इकाई बढाएर निर्वाचन गरौँ।' प्रधानमन्त्रीको भनाइमा सही थाप्दै काँग्रेस सभापति देउवाले बैठकमा सहभागी राप्रपा अध्यक्ष कमल थापालाई लक्षित गर्दै भने, 'संशोधन अघि बढाए कमल (थापा) जीले नै भोट हाल्नु हुन्न। पास नहुने विधेयकलाई किन भोटिङमा लैजाने ? निर्वाचनमै जाउँ।'

कान्तिपुर दैनिकमा समाचार छ ।

गृहमन्त्रीलाई चेतावनी दिँदै ओलीले भने, ‘उदण्डता एमालेलाई स्वीकार्य छैन’

काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले पार्टीको मेची-महाकाली अभियान बिथोल्ने प्रयास भए सह्य नहुने चेतावनी दिएका छन्। शुक्रबारबाट सञ्चालन हुन लागेको तराई राष्ट्रिय जागरण अभियानबारे जानकारी दिन बुधबार पार्टीद्वारा आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले त्यस्तो चेतावनी दिएका हुन्। ‘हामीले अप्रिय घटना भए जिम्मेवारी लिनुपर्ने वक्तव्य जारी गरिसकेका छौँ, त्यसलाई लाइट्ली (हल्का) नलिनु होला,’ ओलीले भने, ‘हामी कसैका र्‍याली, सभा बिथोल्ने असंवैधानिक र अलोकतान्त्रिक काम गर्दैर्नौँ, त्यो उद्दण्ड व्यवहार एमालेलाई स्वीकार्य हुनेछैन ।

’ एमालेले अध्यक्ष ओलीसहित शीर्ष र केन्द्रीय नेताहरूको सहभागितामा ५ चैतसम्म ठूलो जनसमूह उतार्ने गरी झापादेखि कञ्चनपुरसम्म जागरण अभियान चलाउँदै छ। केही दिनअघि गृहमन्त्री विमलेन्द्र निधिले एमाले तराई आए प्रतिवादमा उत्रिन कार्यकर्तालाई निर्देशन दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै ओलीले कडा चेतावनी दिएका हुन्। म गृहमन्त्रीलाई सम्झाउन चाहन्छु– गृहमन्त्री कुनै दल या भूगोलविशेषको होइन, एमाले उहाँलाई मनपर्छ या पर्दैन, बेग्लै कुरा हो, एमाले भवितव्य आइपरेर बनेको पार्टी होइन, संवैधानिक हैसियतसहित उपस्थित छ। उहाँको कर्तव्य देशमा शान्ति–सुव्यवस्था कायम गर्ने हो, भ्रम फिँजाउने होइन। कुनै अप्रिय घटना भए जवाफदेही हुनुपर्ने वक्तव्य जारी गरिसकेका छौँ।

यसलाई लाइट्ली (हल्का) नलिनुस्, गृहमन्त्रीजी। हामीले धेरै गृहमन्त्री देखेका छौँ। कसैका पनि सभा, र्‍याली हामी बिथोल्दैनौँ, त्यसो गर्नु असंवैधानिक र उद्दण्ड व्यवहार हुन्छ, त्यसलाई एमालेले स्वीकार गर्दैन। एमालेलाई लखेट, आउन नदेऊजस्ता कुराहरू पनि आएका छन्, हतार नगरौँ, चुनावमै भेटौँला। किन दन्तबजान गर्नु ? वक्तृत्वकलामा जित्नुछैन एमालेलाई, चुनावमै भेटौँला। प्रधानमन्त्रीको सम्बोधन गज्जब अस्ति साँझ एउटा सम्बोधन आयो। प्रधानमन्त्रीको त्यो सम्बोधन गज्जबको लाग्यो, कसले वितण्डा मच्चायो ? कसले मधेस र पहाडबीच साम्प्रदायिकता भड्काउन खोज्दै छ ? तर, म अहिले त्यतापट्टि जान चाहन्न। यो संविधानले अधिकार र अवसरमा कतै विभेद गरेको छैन। सुशासनका पक्षमा भोलि संशोधन गर्नुपर्ने पनि हुन सक्छ, तर संविधानले ठग्यो भन्दै भ्रम फिँजाइएको छ। एमाले र केपी ओली मधेसविरोधी भन्दै भ्रम फैलाइएको छ। सरकारको नेतृत्वको अवसर पाउँदा एमालेले जति तराईलाई कसैले बजेट छुट्याएन, भविष्यमा पनि त्यति छुट्याउन गाह्रै पर्ला। यदि मेरै नाममा कसैको ‘बिजनेस’ चल्छ भने त्यो राम्रै कुरा हो, तर देशकै लागि विषाक्त मिसाइल बिक्री गर्नु राम्रो होइन,' ओलीले भनेका छन्। नयाँपत्रिका दैनिकमा समाचार छ ।

रवीन्द्र मिश्र नेतृत्वको पार्टीको नाम ‘साझा पार्टी’, चुनाव चिन्ह ‘तराजु’

काठमाडौं ।

दशकौंको
पत्रकारिता पेशा छाडेर समाजमा लोकप्रिय र स्वच्छ छवि भएका व्यक्तिहरु
समेटेर रविन्द्र मिश्रले निर्वाचन आयोगमा साझा पार्टी नामको दल दर्ता
गर्नुभएको छ ।

साझा पार्टीले बुधबार पार्टीको नाम र चुनाव चिन्ह तराजु सुरक्षित राख्न भन्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।

निर्वाचन
घोषणा भइसकेको कारण नयाँ दल दर्ता नभई दलको नाम र चुनाव चिन्ह सुरक्षित
गर्न निवेदन दिएको र आयोगले निवेदन लिएको सामाजिक अभियन्ताको रुपमा परिचित
रहेका मिश्रले दल दर्ता पछि जानकारी दिनुभयो ।

बीबीसी नेपाली सेवाको
नेपाल प्रमूखको रुपमा कार्यरत मिश्रले मंगलबार मात्रै सो पदबाट राजीनामा
दिंदै राजनीति थाल्ने घोषणा गर्नुभएको थियो ।

साझा पार्टीको फेसबुक पेज फलो गर्न यहाँ क्लिक गर्न सकिन्छ भने ट्वीटर ह्यान्डलको लागि यहाँ क्लिक गर्न सकिन्छ ।

फोटोमा क्रमश दायांबाट: द हिमालयन टाइम्‌का पूर्व सम्पादक अजयभद्र खनाल, कृषिविज्ञ डा.उमेद पुन, पूर्व सचिव किशोर थापा, निर्वाचन आयोगका सचिव गोपी मैनाली, पार्टी संयोजक रवीन्द्र मिश्र, अधिवक्ता ओमप्रकाश अर्याल र पत्रकार प्रकाशचन्द्र परियार।

६ लाखको बीबीसीको जागिर छाडेर रबिन्द्र मिश्र राजनीतिमा (विस्तृत विवरण)

राजनीतिमा होमिन बीबीसीबाट राजीनामा

प्रेस विज्ञप्ति
मिति: १७ फागुन २०७३ (28 February 2017)

केही समययता म लगायत कैयौं साथीहरूले नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रटी) र उत्कृष्टता (मेरिटोक्रसी) अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो भने यो देशको रूपान्तरण हाम्रो जीवनकालमा सम्भव छैन भन्ने तर्क गर्दै आएको कतिपय पाठक तथा शुभेच्छुकलाई विदित नै छ।

त्यस्तो सुसंस्कृत राजनीतिको सशक्त जग निर्माण गर्न सके दशकौंको स्वार्थलिप्त, दोहनकारी, आडम्बरी र अपारदर्शी राजनीतिका कारण देशको दुर्दशाबाट दिक्क भएका तर यो देश बनाउन सकिन्छ भन्ने विश्वास बोकेका स्वदेश तथा विदेशमा रहेका नेपालीले अवश्य साथ दिनेछन् भन्ने हाम्रो निष्कर्ष हो। हाम्रो उद्देश्य सबै क्षेत्रका इमान्दार र क्षमतावान नेपाली मिलेर स्वच्छ राजनीतिको बलमा देशलाई रूपान्तरण गर्ने साझा मञ्च निर्माण गर्नु हो। देशको ठूलो जनसमुदाय त्यसरी एक ढिक्का हुँदा “अस्तित्वमा आउने तर कहिल्यै देशको समृद्धिमुखी नेतृत्व गर्नै नसक्ने” अर्को एउटा राजनीतिक पार्टी होइन, देशलाई आमूल परिवर्तनकारी दिशामा डोर्‍याउन सक्ने नेतृत्व निर्माण हुनसक्छ भन्ने हाम्रो ठम्याई हो।

त्यसका लागि एउटा समूह लामो समयदेखि वैचारिक र रणनीतिक मन्थनमा सक्रिय थियो। सो समूहले अब आफ्नो गृहकार्यलाई कार्यरूपमा परिणत गर्ने आत्मविश्वास हासिल गरेको छ। तसर्थ मैले बीबीसी नेपाली सेवाको प्रमुखको पदबाट राजीनामा दिएको छु। बीबीसीसँगको लामो आबद्धता, मेरो लेखन तथा परोपकारी अभियानका क्रममा मैले देशभित्र र बाहिर आमनेपालीबाट पाएको विश्वास, स्नेह र सहयोगलाई म सधैं सम्झिरहने छु। त्यसका लागि मैले जति आभार प्रकट गरे पनि त्यो अपर्याप्त नै हुनेछ भने म मेरा सहकर्मी र बीबीसीप्रति पनि सदा आभारी रहिरहने छु।

मैले शुरू गर्न आँटेको राजनीतिक यात्रामा त्यो विश्वास, स्नेह र सहयोग अनि हाल गृहकार्यमा संलग्न साथीहरूले दिएको प्रेरणा र शक्तिले अत्यन्तै ठूलो ऊर्जा प्रदान गरेको छ। कतिपय शुभेच्छुकहरूले हाल विद्यमान कुनै पार्टीमार्फत नै राजनीतिकरूपमा अगाडि बढ्दा उपयुक्त हुने सल्लाह नदिएका होइनन्। तर विद्दयमान पार्टीहरूमार्फत अगाडि बढ्ने हो भने “आफू बदलिने तर समग्र देश नबन्ने” निष्कर्षमा पुगेका कारण मैले यो अलग र चुनौतिपूर्ण बाटो चयन गरेको हुँ।

हामी छिटै कल्याणकारी लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्रलाई आत्मसात गर्ने नयाँ पार्टीमा तल्लो निकायदेखि तपाईंको सहभागितासहितको संगठन निर्माण र सम्बन्धित अन्य विषयबारे थप जानकारी उपलब्ध गराउनेछौं। कुनै दलमा आबद्ध नभएका, अन्य दलमा आबद्ध भए पनि ती दलबाट यो देशको हित हुनै सक्दैन भन्ने निष्कर्षमा पुगेका र अन्य विभिन्न सामाजिक संघ-संगठनमा आबद्ध भएर समाजको सकारात्मक रूपान्तरणका लागि काम गरिरहेका सबै नेपालीहरूलाई हामी शान्त, सौम्य, देशभक्तिपूर्ण र विकासमूखी राजनीतिक उभारका लागि हामीले निर्माण गर्न लागेको मञ्च उपयोग गर्न आग्रह गर्दछौं।

विगतका भएका यस्ता वैकल्पिक प्रयास, तिनका कमजोरी र विफलताबारे हामी अनभिज्ञ छैनौं। तिनबाट हामीले पाठ सिकेका छौं – तर्सिएका छैनौं। साथसाथै, हामी अधिकांश पेशागत राजनीतिक पृष्ठभूमिबाट नआएकोले यो यात्रा राजनीतिक पृष्ठभूमिबाट आएकाहरूका लागि भन्दा बढी असहज हुनेछ भन्नेमा हामीलाई कुनै भ्रम छैन। तर सुसूचित तयारीका साथ एउटा प्रतिबद्ध समूहले राजनीतिमा इमान्दार, दूरदृष्टिपूर्ण, सशक्त र राष्ट्रव्यापी हस्तक्षेप नगरी कुनै पनि देशको समष्टिगत रूपान्तरण सम्भव भएको छैन। हामी तयार भयौं – गाउँ-गाउँ, बस्ती-बस्तीमा, अनि विदेशका नगर तथा शहरहरूमा तपाईं पनि तयार रहन हामी हार्दिक आह्वान गर्दछौं। तत्कालका लागि भने देशका हरेक टोल-टोलमा कम्तिमा ७ जना वा संभव भए त्यो भन्दा बढी संख्याको समूह निर्माणका लागि जुट्न हामी विनम्र आग्रह गर्दछौं, जुन छिटै पार्टीको संगठन निर्माणको आधारशिला हुनेछ। विदेशमा बस्ने नेपालीहरूको साथ र सहयोगका लागि हामी विशेष व्यवस्था गर्नेछौं र उनीहरूलाई विदेशका नगर तथा शहरहरूमा ‘सदभाव समूह’हरू निर्माण कार्य तत्काल अगाडि बढाउन हामी हार्दिक अपिल गर्दछौं।

संसारमा हामीभन्दा ज्यादै नै प्रतिकूल अवस्थामा रहेका देशले पनि १० देखि २० वर्षको बीचमा राजनीतिक स्थिरता प्राप्त गर्न र विकासलाई तीव्र गति दिन सकेका छन् भने हामीले नसक्ने कुरै छैन। हामीले शुरु गर्न लागेको यो यात्रा केवल १०/१२ जना सांसदलाई संसद्‌मा पठाएर “राजनीति” गर्नका लागि होइन – यो देशको नेतृत्व गरेर नेपाली राजनीतिको चरित्र र सिंगो देश नै रूपान्तरण गर्नका लागि हो। तसर्थ हामीलाई विफल हुने या ठीकै मात्र गर्ने सुविधा छैन। यस यात्रामा हामीलाई तपाईंको आशीर्वाद र सहयोग प्राप्त हुनेछ भन्ने हामीले विश्वास लिएका छौं भने तपाईंलाई हाम्रो सहयोग अवश्य मिल्ने नै छ।
यो असाधारण रूपले स्रोत र साधन सम्पन्न तर राजनीतिक कारणले सधैं अस्थिर र अविकसित देशको भविष्य बनाएरै छोड्ने र समृद्ध नेपालका सूचकहरू कुनै पनि हालतमा हेरेरै मर्ने हाम्रो अठोट हो! ताकि, हाम्रा सन्ततिले बुढा बाउ-आमालाई नेपालमा छोडेर आयआर्जन, अलिकति सहज जीवनयापन र वृत्ति विकासका लागि विदेशिनु नपरोस्, बरू तिनले यो देशमा विदेशीलाई समेत रोजगारी दिन सकून्।

रवीन्द्र मिश्र
पूर्व-प्रमूख, बीबीसी नेपाली सेवा
www.facebook.com/rabindramishra.nepal
twitter.com/RabindraMishra

Government facilities misused mostly by politicos

The good governance and monitoring committee of the Legislature-Parliament has concluded that the government facilities were misused a lot.

During a meeting of the committee, Secretary at Ministry of Commerce, Naindra Upadhyay claimed that the ministry secretary would use the vehicle only for assigned task.

According to him, most of the vehicles were very old, dysfunctional and requiring hefty amount for repair.

It was also shared at the meeting that the people in the higher level are taking double benefit for travel- jeep and airplane.

दलहरु एकीकरण भएर स्थानिय चुनाव लड्न पाउने

काठमाडौं ।

निर्वाचन आयोगले आयोगमा दर्ता रहेका राजनीतिक दलहरु एकीकरण भई निर्वाचन लड्न पाउने जनाएको छ ।

स्थानीय तह निर्वाचनको घोषणा हुनु पूर्व गाभिन वा एकीकरण हुन निवेदन दिएका दलहरू एक आपसमा गाभिन वा एकीकरण भई नयाँ राजनीतिक दलको रूपमा कायम हुन चाहेमा राजनीतिक दलले कुनै एक राजनीतिक दलको नाममा वा नयाँ नाममा राजनीतिक दलको रूपमा दर्ता हुनसक्ने व्यवस्था गरिएको आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ४९ अनुसार दल एकीकरण हुन सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

Government facilities misused mostly by politicos

The good governance and monitoring committee of the Legislature-Parliament has concluded that the government facilities were misused a lot.

During a meeting of the committee, Secretary at Ministry of Commerce, Naindra Upadhyay claimed that the ministry secretary would use the vehicle only for assigned task.

According to him, most of the vehicles were very old, dysfunctional and requiring hefty amount for repair.

It was also shared at the meeting that the people in the higher level are taking double benefit for travel- jeep and airplane.

Election code of conduct comes into force, ministers object to some conditions

The election code of conduct-2073 BS issued by the Election Commission (EC) targeting the local poll announced for May 14 this year has come into force from today.

Election candidates, political parties,  people concerned, the government, local bodies and public organisations, employees, media, non government organisations and observers must follow the code of conduct.

The EC organised a programme today to inform Deputy Prime Ministers and Ministers about the election code of conduct.

The EC said it is fully determined and responsible as well for holding the election in a free and fair atmosphere.

However, sitting ministers have expressed discontent over some conditions included in the code of conduct mainly the banning them from attending any foundation stone laying and inauguration ceremonies of development projects.

They said they should be allowed to visit the respective election constituencies and villages to such programmes as scheduled in the government policy and programme and the budget statement.

Chief Election Commissioner Dr Ayodhi Prasad Yadav said the election scheduled for May 14 is the election of local level not the national one and ministers were not allowed to attend such events as they represent the government.

On the occasion, CEC Yadav demanded the government send the report of the Local Level Restructuring Commission to the EC soon.

The EC has completely banned the use of helicopters (except for people involved in election related works) for other purposes by the government and political parties.

On the occasion, Deputy Prime Minister and Minister for Home Affairs, Bimalendra Nidhi said the government has enforced the' Local- Level Election Security Plan' and made other security arrangements bearing in mind the local pool scheduled for May 14.

According to him, government plans to mobilise over two thousands hundred security personnel all during the election.

Deputy Prime Minister Krishna Bahadur Mahara pledged the timely release of budget necessary for conducting the election. He was of the view that the code of conduct for the local poll should not be a hurdle in the implementation of the regular development works.

Minister for Urban Development Arjun Narsingh KC said the election code of conduct should not bar ministers to attend the foundation stone laying and inauguration ceremonies in their respective constituencies and hometowns.

Minister for Culture Tourism and Civil Aviation Jeeban Bahadur Shahi questioned the government, how it would conduct the election in remote areas without the use of helicopter.

Local level election security plan approved

The meeting of the central security committee approved the local level election security plan 2073/74.

The meeting chaired by Deputy Prime Minister and Minister for Home Affairs Bimalendra Nidhi endorsed the plan developed for the local elections scheduled for May 14. As per the plan, all the 226,000 security personnel in the three security bodies of the state would be mobilized for the election.

On the occasion, Home Minister Nidhi directed the heads and representatives of all security agencies to start making preparations as per the plan.

Hungary to provide Rs 11.20 billion loan to Nepal at minimal interest rate

The Government of Republic of Hungary has agreed to provide loan assistance of 100 million Euro, equivalent to Rs 11.20 billion, at minimal interest rate (below one per cent) to Nepal under its Line of Credit for the development of hydropower sector.

Hungarian Minister for Foreign Affairs and Trade Péter Szijjártó, during his meeting with Minister for Foreign Affairs Dr Prakash Sharan Mahat in Geneva yesterday informed about this.

Minister Mahat is presently in Geneva in course of attending the 34th Session of the United Nations Human Rights Council (UNHRC).

During the meeting, the Hungarian Minister said the Government of Hungary had decided to give fellowship to 10 Nepali students every year for study in the universities of Hungary.

On the occasion, the two discussed the matters relating to bilateral relations and mutual interests.

Nepal urged to carry out home work on OBOR concept

China has encouraged Nepal to benefit from the One Belt One Road concept and urged it to carry out home work to that end.

Speaking at a programme organised by China Study Centre today, China's Ambassador to Nepal, Yu Hong expressed the belief that Nepal could reap benefit from this project which has been brought forth to give an impetus to the economic collaboration by maintaining coordination among the people, market, the economy and culture.

The Chinese ambassador stated that the concept introduced by China since 2013 was an important issue which would connect the south, south-east, eastern central and middle-east Asia.

she expressed the confidence that there would be the highest level of participation from Nepal in the OBOR International Summit to be held in Beijing, China.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web