काठमाडौं ।
सरकारले काठमाडौ उपत्यकामा २० वर्ष पुराना सार्वजनिक सवारी साधन सञ्चालनमा आजदेखि लगाएको रोकको प्रभाव राम्रो देखिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

त्यस्ता २० वर्ष पुराना सार्वजनिक सवारी साधनको सञ्चालनबारे अनुगमन गर्न विभागले काठमाडौ उपत्यकाका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा एउटा ट्याक्सीमात्र सञ्चालन भएको भेटिएको विभागका प्रवक्ता डा। टोकराज पाण्डेले जानकारी दिनुभयो ।

प्रवक्ता डा। पाण्डेका अनुशार २० वर्ष पुराना सवारी सञ्चालनमा रोक लगाएको आज पहिलो दिन पुराना सवारी साधन धनीहरुले नियमको राम्रो पालना गरेको बताउनुभयो ।

आजदेखि २० वर्ष पुराना सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउन सरकारले गरेको निर्णय कार्यान्वयनका लागि यातायात व्यवस्था विभागको टोली, ट्राफिक प्रहरी लगायत सरोकारवाला फिल्डमै गई अनुगमन गरेका थिए ।

सार्वजनिक यातायातको साझा छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले यातायात रोकमा विभेदपूर्ण ढंगले व्यवस्था लागु गरेको भन्दै असन्तुष्टि जनाएको छ ।

चितवन र सिरहामा आगलागीमा परि २ र कालीकोटमा माटोले परिएर एकको मृत्यु

चितवन ।
चितवनको भरतपुरमा आगोले जलेर एकजनाको मृत्यु भएको छ ।

गएराति करिब १२ बजेको समयमा भरतपुर उपमहानगरपालिका–११ स्थित अमन चोकनजिकै स्थानीय नरबहादुर कुमालको घरमा विद्युत् सर्ट भई आगो लाग्दा सोही घरमा बस्ने करिब ५५ वर्षीय वीरबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आगो लाग्दा घरलगायत लत्ताकपडा समेत जलेर नष्ठ भएको छ । दमकलको सहयोगमा प्रहरी र स्थानीयवासीले आधा घन्टाको अन्तरालमा आगो निभाएका थिए ।

त्यसैगरी सिराहाको मिर्चैयामा पनि आगलागिमा परि एकजनाको मृत्यु भएको छ ।

मिर्चैया नगरपालिका ८ मझुवा टोलमा आज बिहान आगलागी हुँदा स्थानीय प्रदिप रायको मृत्यु भएको हो ।

फुलगेल रायको १ तले पक्कि घरमा अचानक आगलागी हुँदा कोठामा सुतिरहेका रायको डढेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट कोठामा रहेको सम्पुर्ण लत्ताकपडा जलेर नष्ट भएको छ ।

माटाको ढिस्को खस्दा एकजनाको मृत्यु

सदरमुकाम मान्ममा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् ।

ढिस्कोले पुरिएर मान्म गाविस –८ का २३ वर्षीया सीता पाण्डेको मृत्यु भएको हो ।

जिल्ला अस्पताल कालीकोटका सिनियर अहेव कटकबहादुर महतका अनुसार घाइते छजनाको अहिले उपचार भइरहेको छ ।

डोजरले घरको जग खनेपछि माटो निकाल्न खाल्डोमा पसेका बेलो माटोको ढिस्कोले पुरिएका ती सवै जनाको स्थानीयले उद्धार गरी अस्पताल पु¥याएका हुन् ।

स्थानिय चुनावमा सेना सहित २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन हुने

काठमाडौं ।
केन्द्रीय सुरक्षा समितिको आज बसेको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना २०७३/७४ पारित गरेको छ ।

उपप्रधान एवम् गृहमन्त्री विम लेन्द्रनिधिको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकले सुरक्षा योजना पारित गरेको हो ।

विसं २०७४ वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनमा सबै सुरक्षा निकायका गरी जम्मा दुई लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा गृहमन्त्री निधिले निर्वाचनको आवश्यक तयारी पूरा गरी योजनाअनुसार अघि बढ्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।

बैठकमा गृहसचिव लोकदर्शन रेग्मी, रक्षा सचिव श्रीधर सापकोटा, नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मी, नेपाली सेनाका उपरथी बलदेव महतलगायतको उपस्थिति रहेको थियो ।

सिरियामाथी नाकाबन्दी लगाउन खोज्ने अमेरिका, फ्रान्स र बेलायत असफल

एजेन्सी ।
सिरियामाथि नाकाबन्दी गर्न अमेरिका, फ्रान्स र बेलायतले संयुक्त राष्ट्रसंघमा राखेको प्रस्ताव विफल भएको छ ।

राष्ट्रसंघमा पेश भएको नाकाबन्दीसम्वन्धी प्रस्ताव चीन र रसियाले विशेषधिकार अर्थात् भिटो प्रयोग गरी निष्क्रिय पारेको हो ।

सिरियाली सेनाले रासायनिक हतियार प्रयोग गरेको आरोप लगाउँदै अमेरिका, फ्रान्स र बेलायतले सिरियामाथि नाकावन्दी गर्नु पर्ने भनी राष्ट्रसंघमा प्रस्ताव पेश गरेका थिए ।

सिरियामा ५ वर्षदेखि जारी संघर्षमा सरकारी पक्षले ज्यादति गरेको भनी यसअघि राष्ट्रसंघमा परेको ७ वटा प्रस्तावलाई चीनले भिटो प्रयोग गरी असफल पारिसकेको छ ।

६० मध्ये २१ आंगिक क्याम्पसमा स्ववियु चुनाव सम्पन्न

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरका ६० वटा मध्ये २१ वटा आंगिक क्याम्पसहरुमा आज स्ववियु निर्वाचन सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष सुधा त्रिपाठीका अनुसार काठमाडौंका २१ मध्ये ७ र काठमाडौं बाहिरका ३८ मध्ये १४ क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको हो ।

निर्वाचन भएका क्याम्पसहरुमा शान्तिपूर्ण रुपमा मतदान भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

निर्वाचन हुन नसकेका क्याम्पसहरुमा स्थानीय निर्वाचन समितिले अनुकूलतामा निर्वाचन सम्पन्न गर्ने शिक्षाध्यक्ष त्रिपाठीले जानकारी दिनु भयो ।

विश्वविद्यालयसंग सम्वन्धनप्राप्त क्याम्पसहरुमा पनि आजै निर्वाचन सम्पन्न भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

पर्वतको शालिजामा उत्पादीत हाते कागज जापान निर्यात

कुश्मा ।
पर्वतको उत्तरी क्षत्र शालिजामा तयार भएका नेपाली कागजले जापानमा बजार पाएका छन् । स्वदेशको उत्पादन महगो हुने भएकाले देश भित्र भन्दा बिदेशमा नेपाली कागजको माग बढेको हो ।

जगंलमा पाईने लोक्ताको प्रशोधन बाट तयार हुने नेपाली कागज बनाउनका लागी शालिजा गाबिसको वडा नं ६ मा हम्पाल सामुदायीक लत्ता प्रशोधन केन्द्रको स्थापना गरिएको छ । उत्त केन्द्रमा हाल ५ जनाले नेपाली कागज उत्पादन गरिरहेका छन् ।

नेपाली कगजको माग बजारमा उच्च रहेपनि बजारमा स्थानिए उत्पादनको मुल्य धेरै भएका कारण खपत कम हुने गरेको छ ।

स्वदेशी बजारमा गुणस्तरिय भन्दा कम मुल्यको सामाग्री खोज्ने हुदाँ बिदेशमा निर्यात हुदाँ आम्दानी राम्रो हुने उत्पादन केन्द्रका अध्यक्ष तुल बा। खोर्जाले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय जिल्लामा उत्पादिन लोत्ताका सामान जापान निर्यात हुन थालेको छ ।

स्थानिय प्रबिधीमा उत्पादीत कागजको डायरीहरु बनाएर समेत बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । हम्पालका लेकमा पाईने लोत्ता नामको बृक्षको बोक्रा लाई प्रशोधन गरेर नेपाली कागज तयार पारीन्छ ।

नर्सिङ्ग क्याम्पस बीरगंजमा २५ बर्षपछि काँग्रेसको नेविसंघ प्यानल विजयी

बीरगञ्ज ।
चिकित्सकशास्त्र अध्ययान संस्थान नर्सिङ्ग क्याम्पस बीरगंजको आज सम्पन्न स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचनमा नेपाली काँग्रेस विद्यार्थी भातृसंस्था नेपाल विद्यार्थि संघको प्यानाल विजयी भएको छ ।

अध्यक्षमा प्रशंसा पाण्डेय, सचिवमा प्रशिद्धिकी कार्की, कोषध्याक्षमा मोनिका जैसवाल निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा सिता सिटौला, विनि साह, भुमिका न्यौपाने, रिता सापकोटा लगायत विजय भएको क्याम्पस प्रमुख मुन रानाले बताउनुभयो ।

कुल १ सय ६५ मतदाता रहेको यस क्याम्पसमा नेवि संघले ९० मत प्राप्त गरेको थियो । २५ बर्ष पछि पहिलो पटक नर्सिङ्ग क्याम्पस बीरगंजमा नेविसंघ विजयी भएको हो ।

रुकुम स्ववियु चिर्वाचनमा प्रचण्ड माओवादीको अखिल क्रान्तिकारीको बर्चस्व

रुकुम ।
स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएका क्याम्पसहरुमा अखिल क्रान्तिकारीहरुको नेतृत्व पाएको छ । रुकुमका ३ क्याम्पस मध्ये १ मा निर्वाचन, १ मा सहमतिमा नेतृत्व चयन भएको छ भने एउटा क्याम्पसमा स्थगित भएको छ ।

राडिज्युला शिक्षा क्याम्पस आठविसकोटमा निर्वाचन, मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा सहमतिमा र जहारी क्याम्पस खोलागाउँमा चुनाव स्थगित भएको हो । राडिज्युला शिक्षा क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको प्यानल भारी मतका साथ विजयी भएको छ ।

५९ मतदाता मध्ये ४४ मत खसेकामा ३५ मत ल्याएर सभापतिमा क्रान्तिकारीका खुमराज ओली विजयी भए । उनका प्रतिद्धन्दी एमाले निकट अनेरास्ववियुका रमेश हमालले ६ तथा नेपाल विद्यार्थी संघका समिर शाहीले १ मत प्राप्त गरे । १ मत भने बदर भएको थियो ।

त्यस्तै सचिवमा २५ मतका साथ शसिराम भण्डारी र कोषाध्यक्षमा ३३ मतका साथ बिन्दु शाही निर्वाचित भएकी छन् । सदस्यमा ३३ मत ल्याएर विपना शाह, ३१ मत ल्याएर चाँदनी चन्द र ३२ मत ल्याएर आस्था मल्ल निर्वाचित भईन ।

त्यस्तै मुसिकोट खलंगा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नारायण केसी निर्वाचित भएका छन् । जिल्लाका विद्यार्थी संघ संगठनविचको सहमतिमा केसी सभापतिमा निर्वाचित भएका हुन ।
उपसभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका चिरञ्जिवि मल्ल, सचिवमा नेपाल कम्निष्ट पार्टी निकट अखिल क्रान्तिकारीका दिपक बिष्ट, सह सचिवमा एमाले निकट अनेरास्ववियुका तिलक पुन र कोषाध्यक्षमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका सृजना खड्का निर्वाचित भए ।

सहमतिका आधारमा अखिल क्रान्तिकारीले २ पदाधिकारी सहित ७ सदस्य, अनेरास्ववियुले १ पदाधिकारी सहित २ सदस्य, नेविसंघले र अखिल क्रान्तिकारीले १/१ पदाधिकारी र नयाँ शक्ति नेपाल निकट नयाँ शक्ति विद्यार्थी युनियनले १ सदस्य लिएका हुन् ।

जहारी क्याम्पसमा भने असहज परिस्थितिका कारण चुनाव गराउने वातावारण नभएपछि चुनाव स्थगित गर्नुपरेको क्याम्पसले सूचना टासेर जानकारी दिएको छ । अव उक्त क्याम्पसमा चुनाव कहिले हुने भन्ने अन्यौल छ । जिल्लाका ४ ओटा क्याम्पसमा यसअघि नै अखिल क्रान्तिकारी निर्विरोध निर्वाचित भैसकेको छ भने शितल क्याम्पस चौरजहारीमा सहमतिमा नेतृत्व चयन भएको थियो ।

जिल्लाका सिम्रुतु शिक्षा क्याम्पस रुघाँ, सिस्ने शिक्षा क्याम्पस रुकुमकोट, स्यार्पू बहुमुखी क्याम्पस बाँफिकोट र सानिभेरी शिक्षा क्याम्पस सिमु्रतुमा अखिल क्रान्तिकारी यसअघिनै निर्विरोध विजयी भएको हो भने शितल क्याम्पस चौरजहारीमा अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियुका विचमा भागबण्डाका आधारमा सहमतिमा स्ववियु नेतृत्व चयन गरिएको थियो ।

अहिले सम्म टुंगो लागेका जिल्लाका ७ ओटै क्याम्पसको स्ववियु सभापतिमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् । निर्विरोध भएकामा सम्पुर्ण प्यानलनै विजयी भएको छ भने र सहमतिमा भएकामा पनि सभापतिमा भने अखिल क्रान्तिकारीकै उम्मेदवार विजयी भएका छन् ।

सिन्धुलीका निर्वाचन भएका ५ मध्ये ४ क्याम्पसमा अनेरास्ववियुको जित

सिन्धुली ।
सिन्धुलीका ५ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । जिल्लाका १६ मध्ये ५ वटा क्याम्पसमा मात्र स्ववियु चुनाव भएको हो ।

गौमति बहुमुखी क्याम्पस माडीबजार, शिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटार, सरस्वती बहुमुखी क्याम्पस डकाहा, भिमेश्वर बहुमुखी क्याम्पस खुर्कोट, लाम्पान्टार बहुमुखी क्याम्पस लाम्पान्टारमा मात्र स्ववियु निर्वाचन कार्यतालिका अनुसार निर्वाचन सम्पन्न भएको हो ।

५ वटा क्याम्पसमध्ये ४ वटा क्याम्पसमा अनेरास्ववियुले जित हासिल गरेको छ भने लाम्पान्टार बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंघको संयुक्त प्यानल विजयी भएको छ ।

विद्यार्थी संख्यामा कमी र क्याम्पस प्रशासनले चासो नदिदा जिल्लाका ११ वटा क्याम्पसमा भने स्ववियु निर्वाचन हुन नसकेको हो ।

निर्वाचन आचारसंहिता जारी, मन्त्रीहरु भन्छन्-‘खर्च, सरुवा र उद्घाटन गर्न पाउनुपर्यो’ (पूर्णपाठ सहित)

काठमाडौं ।
निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि आचारसंहिता २०७३ जारी गरेको छ ।

आचारसंहिता उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्ति, नेपाल सरकार, स्थानीय निकाय तथा सार्वजनिक संस्था, कर्मचारी तथा आमसञ्चारका माध्यम, गैरसरकारी संस्था र पर्यवेक्षकका लागि लागु हुनेछ ।

आयोगले स्थानीय तहको निर्वाचन आचारसंहिताका बारेमा आज आयोगमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्रीहरु र नेपालसरकारका सचिवहरुलाई जानकारी गराएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले गृह मन्त्रालयले निर्वाचनका लागि स्थानीय तह निर्वाचन सुरक्षा योजना बनाई कार्यान्वयन सुरु गरेको जानकारी दिए ।

उपप्रधानमन्त्री निधिले निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान आयोग, नेपाली सेना, म्यादी प्रहरी गरी दुई लाख २६ सुरक्षाकर्मी परिचालन हुने जानकारी दिए ।

उपप्रधानमन्त्री निधिले संभावित २१ हजार मतदान केन्द्रलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाईएको बताए ।
उनले निर्वाचनलाई स्वच्छ र विश्वसनिय बनाउन सरकारले आयोगलाई सहयोग गर्ने र आचारसंहिता एवं निर्देशनलाई पूर्णरुपले पालना गर्ने उल्लेख गरे ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले निर्वाचनलाई आवश्यक पर्ने बजेट अर्थमन्त्रालयले निकासा दिइसकेको बताए ।

मन्त्री महराले नियमित कार्यक्रममा परेका विकासका योजनालाई अगाडि बढाउन आयोगले सहजिकरण गर्नुपर्ने धारणा राखे ।
उनले राजनीतिक दलकै सहमतिमा आचारसंहिता आएको हुँदा सवैदल र सरकारले आचारसंहिता पालना गर्नुपर्ने जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनिय रुपमा सम्पन्न गर्ने माध्यम आचारसंहिता रहेकाले यसलाई पालन गराउन आयोग प्रतिबद्ध रहेको बताए ।

प्रमुख आयुक्त डा. यादवले अतिआवश्यक र औचित्यपूर्ण कुरामा आयोग बाधक नबन्ने तर सामान्य प्रकृतिका कार्यक्रमको उद्घाटन, शिलान्यासलगायतका विषयमा आयोगले कडाइ गर्ने उल्लेख गरे ।

आचार संहिताले मन्त्रीहरुलाई निर्वाचन प्रचार प्रशारमा रोकलगाए पनि दलका नेताहरुले गर्ने प्रचार प्रशारमा भने रोक लगाएको छैन ।

प्रमुख आयुक्त डा. यादवले स्थानीय पुन संरचना आयोगको प्रतिवेदनको अभावमा काम गर्न कठिनाइ भएकाले प्रतिवेदन छिटो उपलब्ध गराउन माग गरे ।

कार्यक्रममा मन्त्रीहरु अर्जुन नरसिंह के.सी, हितराज पाण्डे, वालकृष्ण खाँण, गगन थाापा, वीक्रम पाण्डे, दीपक खड्का, जीवनबहादुर शाही, सीतादेवी यादवलगायतका मन्त्रीहरुले निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र र गाउँमा जान पाउनुपर्ने, नियमिय प्रक्रियाद्वारा खालिभएका पदहरु पूर्ति गर्नपाउनु पर्ने, पूर्वनिर्धारित कार्यक्रमानुसार शिलान्यास र उद्घाटन गर्न पाउनुपर्ने माग गरेका थिए ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले राजनीति दल र सरोकारवालाहरुसंग छलफल गरेरै आचारसंहिता ल्याइएकाले निर्वाचनको स्वच्छता र विश्वसनियताका लागि सवैले आचारसंहिता पूर्णरुपले पालना गर्नुपर्ने बताए ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले आचारसंहितामा भएको व्यवस्थाको बारेमा जानकारी गराएका थिए ।

यस्तो छ निर्वाचन आचारसंहिता

मिति ः २०७३/११/१८

प्रेस विज्ञप्ति

१. निर्वाचन आयोगले मिति २०७३/११/१७ गते गरेको निर्णय अनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा ४९ ले दिएको अधिकार प्रयोग गरी आदेश जारी गरेकोछ । उक्त आदेशमा आगामी २०७४ साल बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको घोषणा हुनु पूर्व गाभिन वा एकीकरण हुन निवेदन दिएको रहेछ भने प्रचलित कानून बमोजिम आयोगमा दर्ता कायम रहेका दुई वा दुईभन्दा बढी राजनीतिक दलहरू एक आपसमा गाभिन वा एकीकरण भई नयाँ राजनीतिक दलको रूपमा कायम हुन चाहेमा राजनीतिक दलले त्यसरी गाभिन वा एकीकरण हुन मञ्जुर गरेको कुनै एक राजनीतिक दलको नाममा वा नयाँ नाममा राजनीतिक दलको रूपमा दर्ता हुने सम्बन्धमा आवश्यक व्यवस्था गरेको छ ।

२. निर्वाचन आयोगले आज मिति २०७३÷११÷१८ गते नेपाल सरकारका मन्त्रिहरू तथा नेपाल सरकारका सचिवहरूसँग स्थानीय तहको निर्वाचनमा निर्वाचन आचार संहिताको पालना गर्ने सम्बन्धमा छुटृाछुटृै छलफल गरेको छ । मन्त्रीज्यूहरूसँगको छलफलमा आफ्नो मन्तव्य राख्दै आयोगका मा.निर्वाचन आयुक्त सुधीर कुमार शाहले आचार संहिताको आवश्यकता माथि प्रकाश पार्दै स्थानीय तहको निर्वाचन स्वतन्त्र र स्वच्छ वातावरणमा सम्पन्न गर्न नेपाल सरकारको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नु भयो ।

छलफल कार्यक्रममा आयोगका सचिव श्री गोपीनाथ मैनालीबाट आयोगले २०७३/११/१८ गतेदेखि लागू गरेको आचार संहितामा रहेका मुख्यमुख्य विषयको प्रस्तुतीकरण भए पछि मा.मन्त्रीज्यूरूबाट विभिन्न विज्ञासा र सुझावहरू राख्नु भएको थियो ।

छलफल कार्यक्रमको अध्यक्षता गर्दै मा.प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले राजनीतिक दलहरूसँग गहनरूपमा छलफल गरेर नै निर्वाचन आयोगले आचार संहिता तयार गरी राजपत्रमा प्रकाशित गरिसकेको छ । राजनीतिक दलको सहमतिमा तयार भएको निर्वाचन आचार संहिता अनुसार राजनीतिक दल तथा सरकारको तर्पmबाट पालना हुने कुरामा आयोग विश्वस्त रहेको कुरा उल्लेख गर्दै आचार संहिता कार्यान्वयन गर्नका लागि सम्बन्धित सबैलाई अनुराध गर्नु भएको थियो । साथै, आयोगले हालै जारी गरेको स्थानीय तह निर्वाचन व्यवस्थापनमा सहयोग पु¥याउन नेपाल सरकारलाई दिएको १९ बुँदे निर्देशन तथा शान्ति सुरक्षा सम्बन्धी ४ बुँदे निर्देशन र स्थानीय तह निर्वाचन आचार संहिता अनुकूल कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्न सम्बन्धित मा.मन्त्रीहरूलाई अनुरोध गर्नु भएको थियो । कार्यक्रममा मा.उपप्रधान तथा अर्थ मन्त्री श्री कृष्णवहादुर महराले आयोगले जारी गरेको निर्देशनहरू तथा निर्वाचन आचार संहिताहरू पालन गरी निर्वाचनलाई स्वच्छ र स्वतन्त्ररूपमा सञ्चालन गर्न प्रतिवद्ध रहेको व्यहोरा वताउनु भयो भने मा.उपप्रधान तथा गृहमन्त्री श्री विमलेन्द्र निधीले आचार संहिता पालना गर्नु पर्ने सबैले निर्वाचन आचार संहिता पालना गर्ने गराउने तर्फ सरकार प्रतिवद्ध रहेको कुरा व्यक्त गर्दै पदीय दुरुपयोग नहोस् भनी स्वतन्त्र निर्वाचनको लागि सुरक्षाको सम्पूर्ण बन्दोवस्ती गरेको कुरा बताउनु भएको थियो । कार्यक्रममा मा.मन्त्रीहरू अर्जुन नरसिंह के.सी., सीतादेवी यादव, बालकृष्ण खाँण लगायत २१ जना मन्त्री तथा राज्यमन्त्रीहरूको उपस्थिति रहेको थियो ।

३. नेपाल सरकारका सचिवहरूसँग आचार संहिता कार्यान्वयन सम्बन्धी गरिएको अर्को कार्यक्रममा आचार संहिता पालना गर्नको लागि नेपाल सरकारका सचिवहरूले गर्नुपर्ने जिम्मेवारी बारे छलफल भएको थियो । कार्यक्रममा मन्तव्य दिदै नेपाल सरकारका मुख्य सचिव डा.सोमलाल सुवेदीले प्रत्येक मन्त्रालयमा निर्वाचन सम्पर्क व्यक्ति ९ँयअब िएयष्लत) तोकी निर्वाचन आयोगबाट मन्त्रालयमा प्राप्त हुने निर्देशन छिटो माध्यमबाट जिल्ला तथा स्थानीय तहसम्म पु¥याई कार्यान्वयन गर्न उपस्थित सबै सचिवहरूलाई निर्देशन दिनु भएको थियो । साथै, गृह मन्त्रालयले आचार संहिता पालना गर्ने सम्बन्धमा सबै जिल्ला प्रशासन कार्यालयलाई समेत आवश्यक व्यवस्था मिलाउन निर्देशन दिदै नेपाल सरकारका सम्पूर्ण निकाय तथा कर्मचारीहरूले निर्वाचन आचार संहिता पूर्ण रूपमा पालना गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा नेपाल सरकारका सचिवहरूबाट राखेका विभिन्न जिज्ञासाहरूको जवाफ दिँदै मा.प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता केन्द्रदेखि स्थानीयस्तरसम्म पालना गर्ने व्यवस्था मिलाउन निर्देशन दिनु भएको भएको थियो । उपरोक्त दुवै कार्यक्रममा आयोगका मा.सदस्यहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरी प्रसाद पौड्याल र सुधीर कुमार शाह तथा आयोगका सचिव श्री गोपीनाथ मैनाली लगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

(सूर्य प्रसाद शर्मा) सहसचिव एवं प्रवक्ता

सरकारी गाडी मन्त्री, नेता र आसेपासेले दुरुपयोग गरे-सचिवहरु

काठमाडौं ।
उच्च सरकारी पदाधिकारीहरुहरुका लागि सुविधाको सवारी साधन दुरुपयोग बढेको भन्दै सरकारका सचिवहरुले आपत्ति जनाएका छन् ।

उपयोग सम्बन्धमा सरकारको स्पष्ट नीति हुनुपर्नेमा जोडदिंदै उनिहरुले सरकारी गाडी मन्त्री र नेताका मान्छेले मनलाग्दी दुरुपयोग गरिरहेको बताएका हुन् ।

सुविधाको गाडी संचालन गर्ने नीति र व्यवस्था गर्ने छुटृै निकाय नहुंदा कतिपय अवस्थामा गाडी सुविधा पाउनै पर्नेले नपाउने र नपाए पनि हुनेले पाइरहेको अवस्थामा सरकारी खर्च बढेको भन्दै सरकारका सचिवहरुले यस सम्बन्धी स्पष्ट नीति बन्नु पर्नेमा जोड दिएका छन् ।

व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समिति अन्तर्गत सरकारी सवारी साधनको उपयोग सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले आज सिंहदरवारमा सबै मन्त्रालयका सचिव तथा सहसचिवसंग गरेको छलफल कार्यक्रममा नेपाल सरकारका सचिवहरुले सुविधामा सवारी साधन उपलव्ध गराउने व्यवस्था सेवा प्रवाहको महत्व र आवश्यक्ताको आधारमा हुनुपर्ने व्यवस्था गर्न उपसमितिलाई सुझाव दिए ।

त्यस अवसरमा सचिवहरुले मन्त्रालय र सरकारी निकाय मातहतमा धेरै सवारी साधन भएको जस्तो देखिए पनि प्रयाप्त नभएको, भएका गाडि पनि २० पुराना धेरै भएको, जिल्ला तहमा कार्यालय भएको तर गाडि नहुंदा कामको प्रकृति अनुसार प्रभावकारिता देखाउन नसकिएको, आवश्यक्ताको आधारमा भन्दा दवाव र प्रभावमा सवारी साधनको दुरुपयोग बढेको जस्ता विषयमा उपसमितिलाई जानकारी गराएका थिए ।

साथै सरकारी सवारी साधनको उपयोग सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिका संयोजक सांसद जनक राज जोशीले, सरकारसंग कति सरकारी सवारी साधन छन भन्ने समेत तथ्यांक नहुनु दुःखद हो भन्दै यसको खोजी गरी सवारी साधनको दुरुपयोग रोक्ने समिति लाग्ने बताए ।

जयबहादुर चन्द प्रहरी प्रमूख नियुक्ती रोक्ने सर्वोच्चको आदेश यथावत

काठमाडौं ।
सर्बोच्च अदालतले प्रहरी प्रमुख नियुक्तिमा जारी अल्पकालीन अन्तरीम आदेशलाई निरन्तरता दिने पैmसला गरेको छ ।

आज हरिकृष्ण कार्की र तेज बहादुर केसीको संयुक्त इजलासले गरेको निर्णयमा सरकारलाई तिन दिन भीत्र लिखित जबाफ पेश गर्न पनि भनिएको सह–रजिष्टार महेन्द्र नाथ उपाध्यायले बताउनुभयो ।

सर्बोच्चको आदेशसंगै अब मुद्धाको टुङ्गो नलागेसम्म प्रहरी प्रमुख नियुक्तिको बाटो बन्द भएको छ ।

सरकारले डि.आई.जी जय बहादुर चन्दलाई प्रहरी महानिरिक्षक बनाउने निर्णयसंगै उक्त निर्णयलाई रोक लगाउन माग गर्दे सर्बोच्चमा रिट दायर भएको थियो ।

19.87¡ÆC