चितवन र सिरहामा आगलागीमा परि २ र कालीकोटमा माटोले परिएर एकको मृत्यु

फाल्गुन १८, २०७३ मा प्रकाशित | 763 views

चितवन ।
चितवनको भरतपुरमा आगोले जलेर एकजनाको मृत्यु भएको छ ।

गएराति करिब १२ बजेको समयमा भरतपुर उपमहानगरपालिका–११ स्थित अमन चोकनजिकै स्थानीय नरबहादुर कुमालको घरमा विद्युत् सर्ट भई आगो लाग्दा सोही घरमा बस्ने करिब ५५ वर्षीय वीरबहादुर कुमालको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आगो लाग्दा घरलगायत लत्ताकपडा समेत जलेर नष्ठ भएको छ । दमकलको सहयोगमा प्रहरी र स्थानीयवासीले आधा घन्टाको अन्तरालमा आगो निभाएका थिए ।

त्यसैगरी सिराहाको मिर्चैयामा पनि आगलागिमा परि एकजनाको मृत्यु भएको छ ।

मिर्चैया नगरपालिका ८ मझुवा टोलमा आज बिहान आगलागी हुँदा स्थानीय प्रदिप रायको मृत्यु भएको हो ।

फुलगेल रायको १ तले पक्कि घरमा अचानक आगलागी हुँदा कोठामा सुतिरहेका रायको डढेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट कोठामा रहेको सम्पुर्ण लत्ताकपडा जलेर नष्ट भएको छ ।

माटाको ढिस्को खस्दा एकजनाको मृत्यु

सदरमुकाम मान्ममा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् ।

ढिस्कोले पुरिएर मान्म गाविस –८ का २३ वर्षीया सीता पाण्डेको मृत्यु भएको हो ।

जिल्ला अस्पताल कालीकोटका सिनियर अहेव कटकबहादुर महतका अनुसार घाइते छजनाको अहिले उपचार भइरहेको छ ।

डोजरले घरको जग खनेपछि माटो निकाल्न खाल्डोमा पसेका बेलो माटोको ढिस्कोले पुरिएका ती सवै जनाको स्थानीयले उद्धार गरी अस्पताल पु¥याएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web