सिन्धुलीका निर्वाचन भएका ५ मध्ये ४ क्याम्पसमा अनेरास्ववियुको जित

फाल्गुन १८, २०७३ मा प्रकाशित | 768 views

सिन्धुली ।
सिन्धुलीका ५ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । जिल्लाका १६ मध्ये ५ वटा क्याम्पसमा मात्र स्ववियु चुनाव भएको हो ।

गौमति बहुमुखी क्याम्पस माडीबजार, शिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटार, सरस्वती बहुमुखी क्याम्पस डकाहा, भिमेश्वर बहुमुखी क्याम्पस खुर्कोट, लाम्पान्टार बहुमुखी क्याम्पस लाम्पान्टारमा मात्र स्ववियु निर्वाचन कार्यतालिका अनुसार निर्वाचन सम्पन्न भएको हो ।

५ वटा क्याम्पसमध्ये ४ वटा क्याम्पसमा अनेरास्ववियुले जित हासिल गरेको छ भने लाम्पान्टार बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी र  नेविसंघको संयुक्त प्यानल विजयी भएको छ ।

विद्यार्थी संख्यामा कमी र क्याम्पस प्रशासनले चासो नदिदा जिल्लाका ११ वटा क्याम्पसमा भने स्ववियु निर्वाचन हुन नसकेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web