सरकारी गाडी मन्त्री, नेता र आसेपासेले दुरुपयोग गरे-सचिवहरु

फाल्गुन १८, २०७३ मा प्रकाशित | 857 views

काठमाडौं ।
उच्च सरकारी पदाधिकारीहरुहरुका लागि सुविधाको सवारी साधन दुरुपयोग बढेको भन्दै सरकारका सचिवहरुले आपत्ति जनाएका छन् ।

उपयोग सम्बन्धमा सरकारको स्पष्ट नीति हुनुपर्नेमा जोडदिंदै उनिहरुले सरकारी गाडी मन्त्री र नेताका मान्छेले मनलाग्दी दुरुपयोग गरिरहेको बताएका हुन् ।

सुविधाको गाडी संचालन गर्ने नीति र व्यवस्था गर्ने छुटृै निकाय नहुंदा कतिपय अवस्थामा गाडी सुविधा पाउनै पर्नेले नपाउने र नपाए पनि हुनेले पाइरहेको अवस्थामा सरकारी खर्च बढेको भन्दै सरकारका सचिवहरुले यस सम्बन्धी स्पष्ट नीति बन्नु पर्नेमा जोड दिएका छन् ।

व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समिति अन्तर्गत सरकारी सवारी साधनको उपयोग सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले आज सिंहदरवारमा सबै मन्त्रालयका सचिव तथा सहसचिवसंग गरेको छलफल कार्यक्रममा नेपाल सरकारका सचिवहरुले  सुविधामा सवारी साधन उपलव्ध गराउने व्यवस्था सेवा प्रवाहको महत्व र आवश्यक्ताको आधारमा हुनुपर्ने व्यवस्था गर्न उपसमितिलाई सुझाव दिए ।

त्यस अवसरमा सचिवहरुले मन्त्रालय र सरकारी  निकाय मातहतमा धेरै सवारी साधन भएको जस्तो देखिए पनि प्रयाप्त नभएको, भएका गाडि पनि २० पुराना धेरै भएको, जिल्ला तहमा कार्यालय भएको तर गाडि नहुंदा कामको प्रकृति अनुसार प्रभावकारिता देखाउन नसकिएको, आवश्यक्ताको आधारमा भन्दा दवाव र प्रभावमा सवारी साधनको दुरुपयोग बढेको जस्ता विषयमा उपसमितिलाई जानकारी गराएका थिए ।

साथै सरकारी सवारी साधनको उपयोग सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिका संयोजक सांसद जनक राज जोशीले, सरकारसंग कति सरकारी सवारी साधन छन भन्ने समेत तथ्यांक नहुनु दुःखद हो भन्दै यसको खोजी गरी सवारी साधनको दुरुपयोग रोक्ने समिति लाग्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web