गृहमन्त्रीलाई चेतावनी दिँदै ओलीले भने, ‘उदण्डता एमालेलाई स्वीकार्य छैन’

फाल्गुन १९, २०७३ मा प्रकाशित | 634 views

काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले पार्टीको मेची-महाकाली अभियान बिथोल्ने प्रयास भए सह्य नहुने चेतावनी दिएका छन्। शुक्रबारबाट सञ्चालन हुन लागेको तराई राष्ट्रिय जागरण अभियानबारे जानकारी दिन बुधबार पार्टीद्वारा आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले त्यस्तो चेतावनी दिएका हुन्। ‘हामीले अप्रिय घटना भए जिम्मेवारी लिनुपर्ने वक्तव्य जारी गरिसकेका छौँ, त्यसलाई लाइट्ली (हल्का) नलिनु होला,’ ओलीले भने, ‘हामी कसैका र्‍याली, सभा बिथोल्ने असंवैधानिक र अलोकतान्त्रिक काम गर्दैर्नौँ, त्यो उद्दण्ड व्यवहार एमालेलाई स्वीकार्य हुनेछैन ।

’ एमालेले अध्यक्ष ओलीसहित शीर्ष र केन्द्रीय नेताहरूको सहभागितामा ५ चैतसम्म ठूलो जनसमूह उतार्ने गरी झापादेखि कञ्चनपुरसम्म जागरण अभियान चलाउँदै छ। केही दिनअघि गृहमन्त्री विमलेन्द्र निधिले एमाले तराई आए प्रतिवादमा उत्रिन कार्यकर्तालाई निर्देशन दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै ओलीले कडा चेतावनी दिएका हुन्। म गृहमन्त्रीलाई सम्झाउन चाहन्छु– गृहमन्त्री कुनै दल या भूगोलविशेषको होइन, एमाले उहाँलाई मनपर्छ या पर्दैन, बेग्लै कुरा हो, एमाले भवितव्य आइपरेर बनेको पार्टी होइन, संवैधानिक हैसियतसहित उपस्थित छ। उहाँको कर्तव्य देशमा शान्ति–सुव्यवस्था कायम गर्ने हो, भ्रम फिँजाउने होइन। कुनै अप्रिय घटना भए जवाफदेही हुनुपर्ने वक्तव्य जारी गरिसकेका छौँ।

यसलाई लाइट्ली (हल्का) नलिनुस्, गृहमन्त्रीजी। हामीले धेरै गृहमन्त्री देखेका छौँ। कसैका पनि सभा, र्‍याली हामी बिथोल्दैनौँ, त्यसो गर्नु असंवैधानिक र उद्दण्ड व्यवहार हुन्छ, त्यसलाई एमालेले स्वीकार गर्दैन। एमालेलाई लखेट, आउन नदेऊजस्ता कुराहरू पनि आएका छन्, हतार नगरौँ, चुनावमै भेटौँला। किन दन्तबजान गर्नु ? वक्तृत्वकलामा जित्नुछैन एमालेलाई, चुनावमै भेटौँला। प्रधानमन्त्रीको सम्बोधन गज्जब अस्ति साँझ एउटा सम्बोधन आयो। प्रधानमन्त्रीको त्यो सम्बोधन गज्जबको लाग्यो, कसले वितण्डा मच्चायो ? कसले मधेस र पहाडबीच साम्प्रदायिकता भड्काउन खोज्दै छ ? तर, म अहिले त्यतापट्टि जान चाहन्न। यो संविधानले अधिकार र अवसरमा कतै विभेद गरेको छैन। सुशासनका पक्षमा भोलि संशोधन गर्नुपर्ने पनि हुन सक्छ, तर संविधानले ठग्यो भन्दै भ्रम फिँजाइएको छ। एमाले र केपी ओली मधेसविरोधी भन्दै भ्रम फैलाइएको छ। सरकारको नेतृत्वको अवसर पाउँदा एमालेले जति तराईलाई कसैले बजेट छुट्याएन, भविष्यमा पनि त्यति छुट्याउन गाह्रै पर्ला। यदि मेरै नाममा कसैको ‘बिजनेस’ चल्छ भने त्यो राम्रै कुरा हो, तर देशकै लागि विषाक्त मिसाइल बिक्री गर्नु राम्रो होइन,' ओलीले भनेका छन्। नयाँपत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web