दलहरु एकीकरण भएर स्थानिय चुनाव लड्न पाउने

फाल्गुन १८, २०७३ मा प्रकाशित | 1055 views

काठमाडौं ।

निर्वाचन आयोगले आयोगमा दर्ता रहेका राजनीतिक दलहरु एकीकरण भई निर्वाचन लड्न पाउने जनाएको छ ।

स्थानीय तह निर्वाचनको घोषणा हुनु पूर्व गाभिन वा एकीकरण हुन निवेदन दिएका दलहरू एक आपसमा गाभिन वा एकीकरण भई नयाँ राजनीतिक दलको रूपमा कायम हुन चाहेमा राजनीतिक दलले कुनै एक राजनीतिक दलको नाममा वा नयाँ नाममा राजनीतिक दलको रूपमा दर्ता हुनसक्ने व्यवस्था गरिएको आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ४९ अनुसार दल एकीकरण हुन सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web