म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा

फाल्गुन १९, २०७३ मा प्रकाशित | 1206 views

काठमाडौं । च्याम्पियनसिप क्लब हन्डर्स्फिल्ड टाउनलाई पराजित गर्दै इंग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको प्रि क्वाटरफाइनलको रिप्ले खेलमा हन्डर्स्फिल्ड टाउनलाई ५ – १  ले पराजित गर्दै सिटी एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । हन्डर्स्फिल्डले घरेलु मैदानमा भएको प्रि क्वाटरफाइनलको पहिलो खेलमा सिटीलाई गोलरहित बराबरीमा रोकेपछि दुई टोलीबीच पुन रिप्ले खेल भएको हो । तर, सिटीको मैदानमा भएको रि प्ले खेलमा हन्डर्स्फिल्डले घरेलु टोलीलाई रोक्न सकेन ।

इतिहाद स्टेडियममा भएको खेलमा सुरुवाती अग्रता भने हन्डर्स्फिल्डले लिएको थियो । खेलको ७ औं मिनेटमा ह्यारी बुनले गोल गर्दै हन्डर्स्फिल्ड लार्ई अग्रता दिलाएका थिए । तर, सिटी खेलको ३० औ मिनेटमा लिओरी सेनको गोलबाट खेलमा फर्कियो । त्यसपछि खेलको ३५ औ मिनेटमा सर्जियो अग्युरोले गोल गरेपछि पहिलो हाफमा सिटीले २ – १ को अग्रता लियो ।

दोस्रो हाफमा सिटीले थप तीन गोल गर्यो । खेलको ३८ औ मिनेटमा पाब्लो जाबेल्टाले सिटीको अग्रता तेब्बर बनाए । खेलको ७३ औ मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ४ – १ मा पुराए । त्यसपछि खेलको इन्जुरी समयमा केलिची इहिनाचोले गोल गरेपछि सिटीले ५ – १ को जितसहित एफए कपको क्वाटरफाइनलमा स्थान पक्का गर्यो ।

-बाह्रखरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web