काठमाडौं,चैत ३१ । सर्वोच्च अदालतले हत्या आरोपमा फरार रहेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेललाई पक्राउ गर्न प्रहरी महानिरीक्षकको नाममा सात दिनको आदेश जारी गरेको छ । अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको अवहेलना सम्बन्धी मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टरार्इको एकल इजलासले ढुंङ्गेललाई सात दिनभित्र पक्राउ गर्न आदेश जारी गरेको हो ।

सर्वोच्चले २०६६ साल पुस १९ गते ढुंगेललाई द्वन्द्वकालीन मुद्दामा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो। त्यसपछि बाबुराम भट्टराई नेतृत्वको तत्कालीन सरकारले २०६८ साल कात्तिक २२ मा सजाय माफीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। २०७२ साल पुस २३ गते सर्वोच्चले उत्प्रेषणको आदेश जारी गर्दै आममाफी सिफारिस कार्यान्वयन गर्न रोक लगाएको थियो। माओवादीले भने सशस्त्र द्वन्द्वकालीन मुद्दाको छिनोफानो सत्य निरुपण आयोगले मात्र गर्नुपर्ने भन्दै आएको छ । सर्वोच्चको आदेशपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अप्ठेरोमा परेको छ ।

टोकियो ।

नेवा: अन्तर्राष्ट्रिय फोरमले विगतका बर्षहरुमा जस्तै यो बर्षपनि शान्तिका दुत भगवान गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर जापानमा कार्यक्रम गर्ने भएको छ ।

हरेक वर्ष झैँ यो वर्ष पनि बुद्ध जयन्ती समारोह आयोजना गर्न लागिएको नेवा : अन्तर्राष्ट्रिय फोरमका शिव तण्डुकारले जानकारी दिनुभयो ।

२०१७ मे १३ तारिख शनिवारको दिन टोक्यो हाचिओजिमा अवस्थित 'जिन्तोईन् बिहारमा' कार्यक्रम गरिने भएको छ ।

२५६१ औं बुद्ध जयन्ती समारोहमा सम्पूर्ण जापानवासी नेपालीहरूलाई भाग लिन आयोजक संस्थाले अनुरोध समेत गरेको छ ।

उक्त्त समारोहमा शान्ति दुत गौतम बुद्ध , बुद्धको जन्मस्थल लुम्बिनी र बुद्ध ज्ञान सम्बन्धि चर्चा तथा पुजा आराधनाको कार्यक्रम राखिएको तण्डुकारले जानकारी दिनुभयो ।

भगवान गौतम बुद्धको जन्मस्थल भारतमा भएको भन्नै झुट प्रचार तथा गलत सन्देश अझै जापानीमाझ रहेकाले यस्ता कार्यक्रमले बुद्ध जन्मस्थल तथा नेपालबारेमा समेत राम्रो सन्देश जाने अपेक्षा गरिएको आयोजकले बताएको छ ।

मनोरञ्जनात्मक कार्यक्रमहरु अत्यधिक हुने गरेको जापानमा छिटफुट रुपमा हुने नेपालको पहिचान तथा संस्कृती र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने यस्ता आध्यात्मिक कार्यक्रममा सहभागीता जनाइदिन फोरमका महासचिव रहनुभएका तण्डुकारले सबैसँग आग्रह गर्नुभयो ।

कार्यक्रम हुने :- मिति: २०१७ मे १३ तारिख शनिवार

समय: बिहान १०:०० बजे ~ १५:०० बजे सम्म

स्थान: 17-19 Honcho Hachioji टोक्यो

हेटौँडा ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आर्थिक अनुशासनको परिधिभित्र रहेर निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

धनुषा र महोत्तरी जिल्लामा स्थानीय तहको निर्वाचनका लागि खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई बुधबार यहाँ सम्बोधन गर्दै उहाँ निर्वाचन प्रयोजनका लागि आवश्यक जनशक्ति परिचालन गर्दा जिल्लाभित्रका कर्मचारीलाई प्राथमिकता दिन पनि सुझाव दिनुभयो ।

निर्वाचनको सुुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सुरक्षा निकायको समन्वयमा कर्मचारीको सुरक्षा प्रबन्ध गरिएको जानकारी पनि उहाँले दिनुभयो ।

तराईका जिल्लाका मतदान केन्द्रमा महिलाका लागि छुट्टै मतदान केन्द्र सञ्चालन गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

धनुषा र महोत्तरी जिल्लामा खटिने ३२ जना निर्वाचन अधिकृतलाई निर्वाचन सञ्चालन र व्यवस्थापनबारे जानकारी दिन निर्वाचन आयोगले दुई दिने प्रशिक्षण कार्यक्रम बुधबार हेटौँडामा सुरु गरेको हो ।

भक्तपुर ।

नववर्षको आगमनसँगै सुरु हुने भक्तपुरमा जारी प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्केट जात्राको चौथो दिन आज ५५ हात लामो लिङ्गो उठाईंदै छ । तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी लिङ्गो भेलुखेलस्थित ल्योसिङ्खेलमा साँझ हजारौं जात्रालुको सहभागीतामा उठाइन्छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उठाउने गरिन्छ ।

कुमाले टोलमा बिहान लिङ्गो उठाएपछि दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई भेलुखेल लगेपछि साँझ हातसहितको नागनागिनीको प्रतीक रहेकोे तान्त्रिक विधिद्वारा तयार पारिएको इन्द्रध्वजासहितको ५५ हात लामो लिङ्गो उठाइन्छ ।

लिङ्गो उठाउनुअघि दिउँसो भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पु¥याउने चलन छ । लिङ्गो उठ्नासाथ स्थानीय बाराही देवीको जात्रा मनाइन्छ ।

भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हातहरू नीलो कपडाले बेरिएको हुन्छ ।लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ ।

लिङ्गो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छन् । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ ।

बिस्केटको पाँचौँ दिन अर्थात नयाँ वर्ष वैशाख १ गते भोली ५५ हाते लामो लिङ्गो ढालिन्छ । त्यसको लगतै खँला टोलम भैरवनाथ र भद्रकालीको रथलाई एकआपसमा जुधाइने परम्परा रहेको छ ।

दाङ ।
आयल निगमको प्रदेशस्तरीय इन्धन डिपो राख्नका लागि स्थान छनौटको प्रत्रिया सुरु भएको छ । हालसम्म प्रदेश स्तरिय इन्धन डिपो स्थापनाका लागि जग्गा नपाएपछि पछिल्लो समय अैलानी र बगर छेउका जग्गाहरुको खोजि सुरु गरिएको हो ।
नेपाली काँग्रेसका नेता बुद्धिराम भण्डारी नेतृत्वको टोलीले तुलसीपुर उप–महानगरपालिका वडा नं १२ अन्तरगतको ग्वारखोला अन्तरगतो गरगरुवा क्षेत्रको जग्गाको अवलोकन गरेको छ ।
त्यहाँ रहेको झन्डै १० विगाहा जग्गामा इन्धन डिपो स्थापना गर्न सहज हुने नेकपा एमालेका जिल्ला उपाध्यक्ष हुकुमबहादुर बस्नेतले समेत बताउनु भयो ।
उक्त स्थल राप्ती लोकमार्ग अन्तरगत जनउभार पसलदेखि झन्डै २ किलोमिटर पुर्व तर्फ पर्दछ । नेपाली काँग्रेसका नेता एवं सांसद भण्डारीले ग्वार खोलालाई ५० मिटरमा डोर्याएर त्यहाँ इन्धन डिपो स्थापना गर्न सकिने बताउनु भयो ।
तर यो भूभाग टरिगाँउ एयरपोर्ट देखि ८ किलोमिटर दक्षिण र त्यसदेखि पूर्व २ किलोमिटर गरि कुल १० किलोमिटरको दुरीमा रहेको छ ।
त्यस्तै उक्त टोलिले टरिगाँउ एयरपोर्ट नजिकैको दोघरेजाने बाटो क्षेत्रको जग्गाको समेत अनुगमन गरेको छ । विकल्पका रुपमा अवलोकन गरिएको उक्त स्थान भने जनमुखी प्राविको जग्गा हो । तर यो जग्गापनि अैलानी नै हो । यहाँ झन्डै सात विगाह जग्गामा आइल निगमको क्षेत्रीय डिपो स्थापना गर्नका लागि दोस्रो विकल्पका रुपमा प्रस्ताव गरिने सांसद भण्डारीले बताउनु भयो । दोस्रो विकल्पको रुपमा अवलोकन गरिएको स्थानभने टरिगाँउ एयरपोर्ट देखि झन्डै २ किलोमिटरको दुरीमा मात्रै छ ।
त्यसैले यो नै इन्धन डिपो स्थापनाको लागि उपयुक्त स्थान भएको तत्कालिन तुलसीपुर नगरपालिकाका काँग्रेसका नगर कार्यबहाक सभापति भिमप्रशाद भण्डारीले बताउनु भयो । यि दुई ठाँउहरु इन्धन डिपोको लागि प्रस्तावको रुपमा प्रस्तुत गरिएमा इन्धन डिपो स्थापनाको काम सूरु हुने सांसद बुद्धिराम भण्डारीले विश्वास व्यक्त गर्नुभयो ।

एजेन्सी ।
संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता संवन्धी निकायले ईराकको पश्चिमी मोसुलबाट दुई लाख ८५ हजार जनता विस्थापित भएको जनाएको छ ।

लामो समयदेखि द्धन्द्धग्रस्त क्षेत्रमा अहिले पनि लडाई जारी रहेकाले विस्थापित हुनेहरुको संख्या पनि बढीरहेको राष्ट्रसङ्घीय अधिकारीहरुले मङ्गलबार जनाएका छन् ।

ईराकको पश्चिम मोसुल र पुर्बी मोसुल गरी दुवै ठाउबाट विस्थापित हुनेहरुको कुल सङ्ख्या ३ लाख ५५ हजार पुगेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसका प्रवक्ता स्टेफन डुजरिकले पत्रकार सम्मेलनमा बताउनुभयो ।

गत अक्टोबर देखि अहिले सम्म मोसुलमा मोसुलमा भएको सैन्य कारबाहीमा परी मोसुलबाट ४ लाख ४६ हजार विस्थापित भएका छन् । ती मध्ये ९१ हजार जना भने फिर्ता भएको बताइएको छ ।

काठमाडौं ।

आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि आवश्यक पर्ने विभिन्न प्रकारका निर्वाचन सामग्री चीन सरकारले हस्तान्तरण गरेको छ ।

अन्तर्रा्ष्ट्रिय विमानस्थलमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई नेपाल स्थित चीनका राजदूत यु होङ्गले करिब रु १४ करोड ४० लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरे ।

पत्रकारसँग कुरा गर्दै सचिव मैनालीले निर्वाचनका लागि आवश्यक पर्ने सामग्री मित्रराष्ट्र चीन, संयुक्त राष्ट्रिय विकास कार्यक्रम (युएनडिपी), भारतसँथ माग गरिएकोमा चीन सरकारसँग आग्रह गरिएका सामग्री प्राप्त भएको जानकारी दिए ।

भारतले नेपाल सरकारले मागेको निर्वाचनका सामग्री नदिएको मैनालीले बताए । नेपालमा स्थानि चुनावमा असयोग गर्ने देखिएको भारतले चुनावमा सामग्री समेत नदिएर असहयोग गर्न खोजेको देखिएको छ ।

एजेन्सी ।

रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलमा १ सय गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन् ।

गएराति भएको च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा जर्मन क्लब वार्यन म्युनिखविरुद्ध एक सुन्यले पछि परेको स्थितिमा रियल मड्रिडका लागि दुई गोल गरेका रोनाल्डोले नयाँ कीर्तिमानी बनाएका हुन् ।

वार्यन म्युनिखविरुद्ध दुई गोल गर्दै पहिलो लिगमा रियल मड्रिडलाई २-१ गोल अन्तरको जित दिलाएका रोनाल्डोले व्यक्तिगत तर्फ च्याम्पियन्स लिगमा १०० औं गोल पूरा गर्ने पहिलो खेलाडीका रुपमा रेकर्ड समेत बनाए ।

रोनाल्डो योसँगै च्याम्पियन्स लिग फुटबलमा १०० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

१०० गोल पुरा गर्ने क्रममा रोनाल्डोले वार्यन म्युनिखविरुद्ध खेलको ४७ औं र ७७ औं मिनेटमा गोल गरेका हुन्

च्याम्पियन्स लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी रोनाल्डोले यो सिजनको च्याम्पियन्स लिगमा भने चार गोलमात्रै गरेका छन्। अघिल्लो सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाएका रोनाल्डोले समूह चरणको खेलमै १७ गोल गरेका थिए ।

काठमाडौं ।

सर्वाधिक उचाइमा डिजेइङ गरेर विश्व किर्तिमान राखेका डिजे छेवाङ शेर्पालाई काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै गिनिज वल्र्ड रेकर्डको तर्फबाट प्राप्त गरेको किर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

डिजे छेवाङले सन् २०१६ को अक्टोबर २७ मा मनाङ जिल्लाको थोरङ ला पासमा ५ हवार ४ सय १६ मिटर उचाइमा डिजेइङ गरेर विश्व किर्तिमान कायम गरेका थिए ।

समारोहमा डिजे छेवाङले थोरङ ला पासमा डिजेइङ गर्नु सजिलो काम नभएको तर सजिलो भएको भए विश्व कीर्तिमान पनि नबन्ने अनुभव सुनाए ।

छेवाङले नेपाली कलाकारको रुपमा आफ्नो क्षेत्रबाट पर्यटन प्रवर्द्धनमा योगदान दिने उदेश्यले सवैभन्दा अग्लो स्थानमा डिजेइङ गरेको बताए ।

भूकम्पपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालका पर्यटन क्षेत्रको बारेमा नकारात्मक सन्देश गएकोमा डिजे छेवाङले उक्त गलत सन्देशलाई चिर्दै नेपाल पर्यटनका लागि सुरक्षित छ भन्ने सन्देश दिन उक्त डिजेइङ गरेको बताए ।

काठमाडौं ।

निर्वाचनमा ३ प्रतिशत थ्रेस होल्ड राखेपछि भुरेटाकुरे पार्टी खोल्दै अध्यक्ष बन्नेहरुले उस्तै दलहरुसँग मिल्ने क्रममा पूर्व सांसद टंक राईले पनि आफ्नो पार्टी माओवादी केन्द्रमा बिलय गराएका छन् ।

राई नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रमा बिलय भएको हो ।

बिहीबार माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा औपचारिक कार्यक्रम आयोजना गरी एकता घोषणा गरिएको छ ।

सीपी मैनाली नेतृत्वको नेकपा मालेबाट अलग भएर टंक राईले नेपाल कम्युनिष्ट पार्टी खोलेका थिए । तर संगठनात्मक ढाँचा कम नेता बढी भएर अस्तित्व संकटमा रहेको बेलामा निर्वाचनमा थ्रेसहोल्ड राखेपछि राईले पार्टी बिलय गराएका हुन् ।

नेकपा माओवादी केन्द्रमा बिलय गराएपछि राईलाई पार्टी हेडक्वार्टर सदस्यको जिम्मेवारी दिइने बताइएको छ । उनको पार्टीका रामहरि कार्की, अम्बेर राई लगायतले भने पोलिटव्यूरो सदस्यको जिम्मेवारी पाउने भएका छन् ।

पछिल्लो समय रामबहादुर थापा बादल, मातृका यादव र मणि थापा पनि माओवादी केन्द्रको हेडक्वाटर सदस्य बन्दै पार्टी एकता गरेर बसेका छन् ।

खोटाङबाट ०४८ र ०५१ मा नेकपा एमालेका सांसद बनेका राई पछि मालेमा लागेपनि महासचिव सीपी मैनालीसँग बैचारिक मतभिन्नता पछि आफ्नै पार्टी खोलेका थिए ।

काठमाडौं ।

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित दर्ता गरेको छ । लिग अन्तर्गत बुधबार भएको खेलमा रुपन्देहीले सिवाइसी अत्तरियालाई ४२ रनले हराएको हो ।

एक सय ३० रनको लक्ष्य पछ्याएको अत्तरियाले दुई बल बाँकी हुँदा सबै विकेट गुमाएर ८७ रन मात्रै बनायो । उसका लागि कप्तान ज्ञानेन्द्र मल्ले ३० तथा विनोद लामाले १८ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । रुपन्देहीका शाहब आलमले चार तथा बिक्रम सोबले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धा्रित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २९ रन बनायो । उसका लागि राजेश मगरले ३१, प्रकाश केसीले नटआउट २९ तथा पुष्प थापाले २१ रन बनाए ।

सिवाइसीका प्रदिप ऐरी र विनोद लामाले समान दुई दुई विकेट लिए । लगातार दुई खेल जितेको शक्ति गौचन कप्तान रहेको रुपन्देही चार अंकसहित शीर्ष स्थानमा छ । दुई अंकसहित सिवाइसी तेस्रो स्थानमा छ ।

त्यस्तै लिग अन्तरगत दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले विराटनगर किंग्सलाई ८६ रनले हराएको छ । १ सय ७४ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स ८७ रन बनाउँदा १९ औँ ओभरमा अल आउट भएको हो ।

विराटनगरका अमित श्रेष्ठले १३ बलमा ३ रन, आशिफ शेखले १३ बलमा २ रन, राकेश कर्णले १० बलमा २ रन मात्र बनाए । यस्तै दिपेन्द्र सिंह ऐरी २४ बलमा ३१ रन बनाउँदा सन्तोष भट्टको बलमा बोल्ड आउट भए । कप्तान शरद भेषावकरले १६ बलमा १३ रन बनाए । काठमाडौंका सन्तोष भट्टले तीन, भुवन कार्की र बसन्त रेग्मीले दुई दुई साथै मञ्जित श्रेष्ठ र सोमपाल कामीले एक एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धा्रित २० ओभरमा ५ विकेट जाँदा १ सय ७३ रन बनाएको थियो । काठमाडौंका लागि नरेश बुढाएरले २२ बलमा १३ रन, सुभेन्दु पाण्डेले २५ बलमा २७ रन, बसन्त रेग्मीले २४ बलमा ३० रन, सुमित महर्जनले २७ बलमा अविजित ४४ रन साथै सोमपाल कामीले २० बलमा ३९ रन बनाएका थिए । विराटनगरका लागि शरद भेषावकरले दुई साथै सुशील कँडेल र सन्दिप लामिछानेले एक एक विकेट लिए ।

काठमाडौं ।

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक पदमा प्रकाश अर्याललाई बढुवा गर्नुको कारण अगामी वैशाख १५ गतेभित्र लिखित रुपमा पेस गर्न सरकारका नाममा आज कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले रिटको सुनवाई आगामी बैशाख १९ गतेको पूर्ण इजलासमा हुने आदेश भएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सरकारले गैरकानुनी रूपमा प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको भन्दै आफूलाई महानिरीक्षक बनाउन माग गरेर हिजो सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।