पोखरा ।

पूर्व प्रधानमन्त्री त्यसमाथि देशकै ठूलो दलका प्रमूख हुन् शेरबहादुर देउवा । तर दुखको कुरा उनै देश टुक्राउने षड्यन्त्र भइरहेको भन्दै भाषण दिंदै हिँड्छन् ।

चुनावका मुखमा जनतालाई चर्का भाषण दिने नाममा देश टुक्राउने षड्यन्त्र भइरहेको भाषण गरेपनि उनले कसले र कसरी केही कहिल्यै बताउँदैनन् ।

पछिल्लो समय प्रहरी प्रमूख आफुले भनेकै व्यक्ति हुनुपर्ने भन्दै हस्तक्षेप गर्दा आलोचना खेपेका देउवा त्यसअघि भारत लगातार घुम्न जानुका साथै चीन बिरोधी नेताहरुलाई भेटेर नभेटेको भनि झुट बोल्दा बदनाम भएका थिए ।

यस्तै बदनामीलाई जोगाउन चुनावी भाषणका क्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पहाडी र मधेसीबीच द्वन्द्व सृजना गरेर देशलाई टुक्राउने षड्यन्त्र भइरहेको बताएका छन् ।

पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन सफल बनाउन सहयोग गर्न मोर्चालाई आग्रह गरे ।

देउवाले स्थानीय निर्वाचनका लािग लागि जिल्लाबाटै उम्मेदवारको नाम पठाउन नेता कार्यकर्तालाई सुझाव दिए ।

उनले स्थानीय निर्वाचनमा विद्रोह र अन्तरघात गर्नेलाई कडा कारबाही गरिने पनि बताए । तर दुखको कुरा देश टुक्राउने षड्न्त्र भइरहेको भाषण दिएका देउवाले यस्तालाई करावाही र आफु त्यस्ता विरुद्ध कडा रुपमा उत्रने भन्ने खालको कुनै अभिव्यक्ति समेत दिएनन् ।

निर्वाचन नभए लोकतन्त्र समाप्त हुन्छ ः नेता पौडेल

केही दिनअघि नेपाल स्विजरल्याण्ड भन्दा अघि बढिसकेको, पहाडमा पर्यटकको लर्को लाग्ने, नेपाललाई सुनको डल्लो जस्तो बनाउने भन्ने चुनावी भाषण दिएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन नभए लोकतन्त्र समाप्त हुने बताएका छन् ।

नेपाल प्रेस युनियनले आज तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले भने “मुलुकमा स्थानीय तहको निर्वाचन टार्ने कोसिस भइरहेको छ तर त्यो गलत हो ।”

मधेसी मोर्चाको मागप्रति लक्ष्यित गर्दै नेता पौडेलले भने “सुधारिएको प्रस्ताव संसद्मा दर्ता भएको छ । संविधान संशोधनको प्रक्रिया अगाडि बढेको छ ।”

पटक पटकको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि निर्वाचन अपरिहार्य रहेको नेता पौडेलको भनाइ छ ।

काठमाडौँ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले बिनाअक्सिजन १० पटक सगरमाथा चढ्नुभएका आङरिता शेर्पाको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ ।

मष्तिस्क र कलेजोमा समस्या देखिएपछि राजधानीको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत शेर्पालाई आज अस्पतालमा भेट गरी मन्त्री गिरीले स्वास्थ्य उपचारका लागि राज्यले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो ।

काठमाडौं ।

महालेखा परिक्षकको कार्यालयले महालेखा परिक्षकको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ ।

राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यबाहक महालेखा परिक्षक सुकदेव भट्टराई खत्रीले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्नुभएको हो ।

काठमाडौं ।

व्यवस्थापिका संसदको विकास समितिले राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको निर्देशन मात्र धेरै देखिएको काम भने कछुवागतिमा भएको भन्दै सरकारको जवाफ मागेको छ ।

समितिले आयोजनाहरु तोकिएको समय भित्रै पुरा गर्न सरकारलाई पुन निर्देशन समेत दिएको छ ।

समितिको आज बसेको बैठकले, राष्ट्रिय गौरवको आयोजना भनी सरकारले महत्वपुर्ण प्राथमिकता दिए पनि पोखरा, निजगढ, र भैरहवा अन्तरािष्ट्रय विमान स्थलको निर्माण तथा काठमाडौंको त्रिभुवन अन्तराष्ट्रि विमान स्थलको स्तरोन्तरी कार्यमा ढिलाइ हुनुको चित्तबुझदो जवाफ सरकारसंग माग गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री दिलनाथ गिरी, राष्ट्रिय योजना आयोगका सदस्य डा चन्द्रकान्त पौडेल, अर्थ मन्त्रालयका अधिकारी तथा आयोजना प्रमुखहरुबाट आयोजनाहरुको प्रगति, निर्माण कार्यमा भइरहेको ढिलाइ, काममा देखिएको समस्या र चुनौतिकावारेमा जानकारी लिंदै समितिले काममा ढिलाइ गरी राष्ट्र र जनतालाई ठग्ने कार्य नगर्न सचेत गराएको छ ।

सिन्धुली ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले स्वच्छ, निष्पक्ष र भयरहित तरिकाले निर्वाचन सफल पार्न म्यादी प्रहरीलाई आग्रह गर्नुभएको छ ।

सिन्धुलीमाढीमा आज आयोजित कार्यक्रममा प्रमुख आयुक्त डा. यादवले निर्वाचन सम्पन्न गर्न म्यादी प्रहरीको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो ।

निर्वाचन व्यवस्थापनसम्बन्धी क्षेत्रीय गोष्ठी विराटनगरमा सुरु

विराटनगर, ३० चैत्र । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी क्षेत्रीय गोष्ठी आज विराटनगरमा सुरु भएको. छ ।

निर्वाचन कार्यालयको आयोजनामा भएको गोष्ठीमा मोरङ, सुनसरी, धनकुटा, भोजपुर तथा सप्तरी जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको सहभागिता रहेको छ ।

गोष्टीको उद्घाटन गर्नुहुदै निर्वाचन आयुक्त नरेन्द्र दाहालले हिमाल, पहाड, तराइ, मधेश सबैतिर एकै चरणमा निर्वाचन गर्ने गरी आयोगले आफनो काम अगाडी बढाएको बताउनुभयो ।

कार्यक्रममा उच्चस्तरीय प्रसासन सुधार अनुगमन आयोगका अध्यक्ष काशीराज दाहाल, उच्च अदालत विराटनगरका कायम मुकायम मुख्य न्यायधीश विदुरविक्रम थापा लगायतले गोष्ठीको महत्वमाथि प्रकाश पार्नु भएको थियो ।

मतदाता शिक्षासम्बन्धी अभियान २४ जिल्लामा हुने

काठमाडौं, ३० चैत्र । आगामी स्थानीय तह निर्वाचनमा महिला, दलित र अल्पसंख्यक समुदायको अर्थपूर्ण सहभागिताका लागि ‘महिला, दलित र अल्पसंख्यक अभियान’ विभिन्न २४ जिल्लामा सुरु हुने भएको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमअन्तर्गतको निर्वाचन सहयोग परियोजनाले आगामी बैशाख १ गतेदेखि अभियान सञ्चालन गर्ने छ ।

प्रशिक्षणको आज काठमाडौंमा उद्घाटन गर्दै निर्वाचन आयोगका सहसचिव दीपक सुवेदीले स्थानीय तहमा महिलाको सहभागिताका लागि नीतिगत र संरचनागत व्यवस्था गरिएको बताउनुभयो ।

सिराहा, उदयपुर, बाँके, रोल्पा, रुकुम, प्यूठान, कपिलवस्तु, दाङ, जुम्ला, दैलेख, कालिकोट, तेह्रथुम, झापा, मोरङ, सुनसरी, डडेल्धुरा, बर्दिया, कैलाली, बैतडी, सर्लाही, महोत्तरी, नवलपरासी, पर्वत, र बाग्लुङ जिल्लामा अभियान सञ्चालन हुने छ ।

महोत्तरीमा दुई सय ५६ मतदान केन्द्र तोकियो

महोत्तरी, ३० चैत्र । आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लामा दुई सय ५६ मतदान केन्द्र तोकिएको छ ।

बर्दिबास, गौशाला, जलेश्वर गरी तीन नगरपालिका र १२ गाउँपालिका रहेको महोत्तरीमा यसअघि दुई सय ३३ मतदान केन्द्र रहेकामा प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले २५ मतदान केन्द्र थप, पाँच संशोधन र दुईवटा खारेज गरिएको जिल्ला निर्वाचन अधिकारी पिङ्की रायले बताउनुभयो ।

महोत्तरीमा स्थानीय तह निर्वाचनका लागि यसपालि तीन लाख आठ हजार चार सय दुई मतदाता रहेका छन् ।

काठमाडौं ।

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन गर्दा आवश्यक पर्ने दलको आधिकारिक दस्तखत आज निर्वाचन आयोगमा बुझाएको छ ।

दस्तखत बुझाएपछि पत्रकारहरसँग कुराकानी गर्दै रक्षामन्त्री एवम् काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले मेयर र उपमेयर पदको मनोनयन दर्तामा पार्टी सभापति शेरबहादुर देउवा र बाँकी पदहरुको मनोनयन दर्ताका लागि पार्टी पदाधिकारी र केन्द्रीय सदस्यले दस्तखत गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

पार्टी केन्द्रिय समितिको निर्णयसहित दस्तखत बुझाउन मन्त्री खाँण, परराष्ट्रमन्त्री एवं केन्द्रीय सदस्य डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य एन. पी. साउद, मुख्य सचिव कृष्णप्रसाद पौडेल आयोग पुग्नु भएको थियो ।

दलको आधिकारिक दस्तखत बुझाउने आज अन्तिम दिन अहिलेसम्म ६३ राजनीतिक दलहरुले आधिकारिक दस्तखत आयोगमा बुझाएका छन ।

स्थानीय तहको निर्वाचनका लागि बैशाख ३१ गते मनोनयन दर्ता गर्दा उम्मेदवार कुन दलको हो भन्ने छुट्याउन र दलको आधिकारीक उम्मेदवारको पहिचान गर्न सजिलो होस् भनेर आयोगले दलको आधिकारिक दस्तखत माग गर्ने निर्णय गरेको थियो ।

काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानिय निकायको अधिकार कटौति गर्ने गरि पुष्पकमल दाहाल सरकारले तयार पारेको संविधान संशोधन प्रस्तावको समर्थन गर्ने भएको छ ।

सरकारमा सहभागी रहेको राप्रपा पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाको अध्यक्षतामा आज बसेको राप्रपा केन्द्रीय पदाधिकारीहरुको बैठकले आगामी निर्वाचनमा आन्दोलनरत दलहरु निर्वाचनमा सहभागी हुने सुनिश्चित भएमा आफ्नो फरक मतको बाबजुद देशलाई राजनीतिक निकास दिनका लागि संशोधन प्रस्तावको समर्थन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता सुशील कुमार श्रेष्ठले जानकारी दिए ।

The Supreme Court (SC) has issued a show cause order in the name of government to furnish a written response within April 28 regarding the promotion of Prakash Aryal to the post of Inspector General of Nepal Police.

A single bench of Justice Ishwor Prasad Khatiwada issued the order.

SC's Spokesperson Mahendra Prasad Upadhyay said that the hearing of the writ petition filed by the Deputy Inspector General (DIG) of Nepal Police Nabaraj Silwal shall be held on May 2 in the full bench

Vice-President Nanda Bahadur Pun has said that tourism sector is main basis for the economic prosperity of the country.

On the third anniversary of the Shikhar Post Media today, Vice-President Pun stressed the need of paying attention towards tourism promotion, saying development in the country is not possible without tourism promotion.

He said that the private sector should take initiatives for the development of tourism sector.

Accepting that development construction has not taken a momentum due to lack of attention of the state, the Vice-President expressed the belief that the country could get its new face within next 10 years.

An international conference on understanding climate change and enabling climate action in the Hindu Kush Himalaya has kicked off in the capital.
The primary objective of the conference is to foster cooperation among participating countries by raising awareness about climate change and to enable climate action in the Hindu Kush Himalaya by encouraging climate investments and through mutual learning and sharing.
The conference is jointly organized by the Ministry of Population and Environment and the International Centre for Integrated Mountain Development (ICIMOD), with the participation of the Intergovernmental Panel on Climate Change (IPCC). The conference started yesterday.
Around 200 persons including policymakers, the private sector, civil society, journalists and youth from 15 countries including Nepal, Afghanistan, Bangladesh, Bhutan, China, India, Myanmar and Pakistan, are attending the conference.

The International Sports Conference will be held in Solukhumbhu on April 14.

To be organised by the Nepal Martial Arts Self Defence Association, the conference that will take place at Pattale in Solukhumbu Municipality will be participated by representatives from various countries, said the Association central president DB Ranapal.

The preparations have reached their final stage, he said.

The conference aims to make Solukhumbu known to international level through sports and it will also take a positive step in promoting tourism in Nepal, he said.

President Bidya Devi Bhandari is paying a State Visit to India from 17 to 21 April 2017 at the invitation of the President of India, Pranab Mukherjee. She will be staying at the Rashtrapati Bhavan in New Delhi as the State Guest.

According to a press release issued by the Ministry of Foreign Affairs today, on 18 April, President Bhandari will attend the Ceremonial Reception and inspect a Guard of Honour at the Rashtrapati Bhavan.

She will also pay homage to Mahatma Gandhi at Rajghat and visit Yamuna Biodiversity Park.

On the same day, President will pay call on her Indian counterpart Pranab Mukherjee and attend a Banquet hosted by him. Shri Mohammad Hamid Ansari, Vice President, Shri Narendra Modi, Prime Minister and some senior Cabinet members of the Government of India will call on President Bhandari.

During the visit, the President will also visit Gujarat and Odisha. President Bhandari will return home on 21 April 2017.