जनताको मतबाट डराएको मोर्चाले फेरीपनि निर्वाचन बहिस्कार गर्ने

काठमाडौं ।

समानुपातीक सांसद बनेका र जनमतबाट अस्विकृत भएका तराई केन्द्रित राजनीति गर्दै आएका दलहरुको मधेसी मोर्चाले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।

विवादास्पद संविधान संशोधन हुनुपर्ने भारतीय हिन्दी भाषा कामकाजी बनाउनुपर्ने, नेपाली नागरिकता लिएका भारतीयलाई नेपालको सर्वोच्च पदपनि पाउने व्यवस्था गर्नुपर्ने जस्ता राष्टघाती माग गर्दै आएको मोर्चाले सरकारले स्थानिय निकायको अधिकार कटौतिगर्दै मंगलबार दर्ता गरेको संविधान संशोधन विधेयकको नयाँ प्रस्ताव पुरानो प्रस्तावभन्दा पनि पछाडि फर्केको आरोप लगाउँदै स्थानीय चुनावमा सहभागी नहुने निर्णय गरेको हो ।

मोर्चा र संघीय गठवन्धनले सरकारसमक्ष पेस गरेको ११ र २६ बुँदे मागअनुसार उनिहरुले भनेका कुराहरु संविधान संशोधन गरी सम्बोधन नगरुञ्जेल आन्दोलन  जारी रहने बताएका छन् ।

राष्ट्रपति भण्डारी भारत गएपछि सुध्रेला त भारत ?

काठमाडौं ।

छिमेकी राष्ट्र भारतको भ्रमणमा जाने हुनुभएकी राष्ट्रपति विद्या भण्डारीको आसन्न राजकीय भारत भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ ।

वैशाख ४ गते भारत भ्रमणमा गएर ८ गते फर्कने हुनुभएकी राष्ट्रपति भण्डारी पहिलो राजकीय बिदेश भ्रमणका रुपमा भारत जाने हुनुभएको हो ।

राष्ट्रपति भण्डारीले भारतीय समकक्षी प्रणव मुखर्जीसँग भेटवार्ता गर्नुका साथै उपराष्ट्रपति मोहम्मद हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

राष्ट्रपति भण्डारीले दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्नुका साथै गुजरात र उडिसाको भ्रमण गर्ने तय भएको छ ।

यो भ्रमणमा नेपाल भारत सम्वन्ध थप मजवुत हुने विश्वास लिइएको भारतीय विदेश मन्त्रालयले लेखेको छ ।

नेपालको संविधान जारीका समयमा अवरोध गर्नुका साथै राजनीतिक हस्तक्षेप र गत बर्ष नेपालमाथि ६ महिना लामो नाकाबन्दी गरेको भारत बिरुद्ध नेपालमा आक्रोस बढिरहेकै बेलामा भारतीय निम्तोमा राष्ट्रपति भण्डारी भ्रमणमा जान लाग्नुभएको हो ।

नेपालको संविधानको स्वागत समेत नगरको भारतले नेपाली सिमा मिच्दा त्यसको बिरोध गरेकै कारण कञ्चनपुरमा एक नेपालीको गोली हानी हत्या गरेपछि नेपालमा भारत बिरुद्ध झनै आक्रोश बढीरहेको छ ।

बाबुरामको नयाँ शक्ति र उपेन्द्र यादवको फोरम बिच एकता हुँदै

काठमाडौं ।

माओवादी पार्टि छाडेर नयाँ शक्ति नाम दिएर पार्टी खोल्दै प्रमुख बनेका बाबुराम भट्टराई अन्तत क्षेत्रिय राजनीति गरिरहेका उपेन्द्र यादवसँग ऐकता गर्न पुगेका छन् ।

नयाँ शक्तिको नाममा पार्टी खोलेपनि त्यसले गति लिन नसकेपछि भुरेटाकुरे पार्टी बटुल्दै आन्दोलन नर एकता गरिरहेका भट्टराईले तराई केन्द्रित क्षेत्रिय राजनीति गर्दै आएको संघीय समाजवादी फोरमसँग एकता गर्ने भएका छन् ।

नयाँ बर्षको पहिलो साता एकता घोषणा गर्ने अन्तिम तयारी गरिरहेका भट्टराई र यादवबिच यसबारेमा सहमती भएको र यसको अन्तिम गृहकार्य भइरहेको बताइएको छ ।

एकतालाई अन्तिम रुप दिन वार्ता कमिटीका साथै शीर्ष स्तरमा पनि सम्वाद चलिरहेको छ । हालै भएको पार्टीको बैठकमा नयाँ शक्तिका वार्ता टोली संयोजक रामचन्द्र झाले नयाँ वर्षको उपहारका रुपमा फोरमसँग पार्टी एकता हुने दाबी गरेका थिए ।

वार्ता कमिटीले टुंग्याउन नसक्ने विषयलाई भट्टराई र यादवले टुंग्याउने जिम्मा पाएका छन् ।

घोषणापत्र, चुनावी नारा, चुनाव चिन्ह आदीमा सहमती भएको बताइएको दुई पार्टीको एकिकरणपछि यादवले भट्टराईले पार्टी प्रमुख बनाउने र उनि दोस्रो बरियतामा बस्ने सहमती जनाएको बुझिएको छ ।

तर, अन्य नेताबारे सहमति हुन सकेको छैन । फोरमसँग पार्टी एकता गर्दा संघीय समाजवादीका अध्यक्ष अशोक राई वरिष्ठ र संसदीय दलको नेता भएका थिए भने राजेन्द्र श्रेष्ठ सहअध्यक्ष बनेका थिए । यि दुई नेतालाई कुन पद दिने तथा नयाँ शक्तिका रामचन्द्र झालाई के जिम्मेवारी दिने भन्ने टुंगो लागेको छैन ।

बिवादास्पद सीमांकन हेरफेरको यादव सहभागी मधेशी मोर्चाको मागमा सहमती गर्दै आएका भट्टराईले यादवसँग मिलेर यसअघि वक्तव्य समेत निकालेका थिए ।

पछिल्लो समय भारत निकट हुँदै गएको आरोप खेप्दै आएका भट्टराई उनको नयाँ शक्तिपार्टीबाट स्वच्छ छवि भएका व्यक्तिको रुपमा चिनिएका नेताहरु बाहिरिन थालेपछि अन्य साना पार्टीसँग एकता गर्न जोड दिंदै आएका छन् ।

भारतले माग गर्दै आएको तराई र पहाड अलग पारेर संघियता गर्नुपर्ने विषयमा समर्थन र उस्तै माग गर्दै आएका भट्टराई आसन्न स्थानिय चुनावमा तीन प्रतिशत थ्रेस होल्ड तथा आफ्नो नेतृत्व कमजोर हुँदै गएपछि तराईबाट मत बटुल्नेगरि यादव नेतृत्वको मोर्चासँग एकता गर्न पुगेका हुन् ।

तथापी तराईका जिल्लामा कमजोर राजनीतिक अवस्थामा पुगेको मोर्चा आफैं पछिल्लो समय आन्दोलनका नाममा भएका हिंसात्मक घटनाका कारण तराईका जिल्लामा अलोकप्रिय बन्दै गएको छ ।

वरिष्ठ उपाध्यक्षमा गोल्छा निर्वाचित: यस्तो छ गोल्छाको करिअर

काठमाडौं,चैत ३० ।  निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएका छन् । महासंघको ५१औँ वार्षिक साधारणसभाले गोल्छालाई आगामी तीन वर्षका लागि वरिष्ठ उपाध्यक्षमा निर्वाचित गरेको हो ।  महासंघको संशोधित विधानअनुसार निर्वाचित वरिष्ठ उपाध्यक्षको कार्यकाल सकिएपछि स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । यसअनुसार भवानी राणाको कार्यकाल सकिएपछि अर्थात् आगामी तीन वर्षपछि गोल्छा महासंघको अध्यक्ष बन्नेछन् ।

महासंघको १८औँ कार्यसमितिका लागि मंगलबार भएको निर्वाचनमा गोल्छाले अर्का प्रत्याशी किशोर प्रधानलाई २६ दशमलव ७ प्रतिशत मतभार अन्तरले पराजित गरेका हुन् । गोल्छाले वस्तुगतबाट ४७, एसोसिएटबाट ५ सय ४ र जिल्ला तथा नगरतर्फबाट ६१ गरी कुल ६ सय १२ मत प्राप्त गरेका हुन् । यसको मतभार कुल ६३ दशमलव ३० प्रतिशत हुन आउँछ । उनका प्रत्याशी प्रधानले वस्तुगतबाट ५१, एसोसिएटबाट १ सय २३ र जिल्ला तथा नगरतर्फबाट ४२ गरी कुल २ सय १६ मत प्राप्त गरे । यसको कुल मतभार ३६ दशमलव ७० प्रतिशत हुन आउँछ । आजको नयाँ पत्रिकामा खबर छ ।

विजयी भएलगत्तै पत्रकारलाई प्रतिक्रिया दिँदै गोल्छाले मतदातालाई धन्यवाद दिए । उनले अबको महासंघ अध्यक्ष भवानी राणाको कार्यकाललाई सफल पार्ने बताए । महासंघको नयाँ कार्यसमितिका लागि गोल्छा र प्रधान प्यानलबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनमा वस्तुगतमा प्रधान प्यानलले र जिल्लानगर तथा एसोसिएटतर्फ गोल्छाको प्यानलले बढी मत पाएका थिए । साधारणसभाले एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० सदस्यसहितको नयाँ कार्यकारिणी समिति निर्वाचित गरेको हो ।

जिल्ला-नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ

जिल्ला-नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजयी भएका छन् । प्रधान प्यानलका श्रेष्ठले उपाध्यक्षका प्रत्याशी दिनेश श्रेष्ठलाई सात मतले पराजित गरे । जिल्ला नगरतर्फबाट खसेको कुल १ सय ४ मतमध्ये विजयी श्रेष्ठले ५५ मत ल्याएका थिए । पराजित श्रेष्ठले ४८ मत ल्याए । एक मत भने बदर भएको थियो । विजयी श्रेष्ठ यअसघि महासंघको स्थानीय आर्थिक विकास समितिका सभापति थिए । उनको बैंक, आल्मुनियम, ग्रिल, जलविद्युत्, अस्पतालगायत क्षेत्रमा लगानी रहेको छ ।

वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ

वस्तुगततर्फको उपाध्यक्षमा प्रत्याशी शंकरप्रसाद पाण्डे र अनुपबहादुर मल्ललाई पराजित गर्दै उमेशलाल श्रेष्ठ विजयी भएका छन् । गोल्छा प्यानलका श्रेष्ठ ४९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्याशीहरू पाण्डे र मल्लले क्रमशः ३८ र ११ मत ल्याए । पाण्डे प्रधान प्यानलका र मल्ल स्वतन्त्र उम्मेदवार थिए । श्रेष्ठ नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष हुन् । यसअघि उनले महासंघमा उद्योग समितिको सभापतिको जिम्मेवारी निर्वाह गरेका थिए । उनी क्वेस्ट फर्मास्युटिकल्स प्रालिका सञ्चालक हुन् ।

एसोसिएटमा चन्द्र ढकाल निर्विरोध

महासंघको एसोसिएटतर्फको उपाध्यक्षमा चन्द्र ढकाल निर्विरोध निर्वाचित भएका छन् । एसोसिएटतर्फको उपाध्यक्षमा अरूको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । यसअघि एसोसिएट उपाध्यक्षका आकांक्षी मानिएका उद्यमीहरू ज्ञानेन्द्रलाल प्रधान र सौरभ ज्योतिले ढकाललाई समर्थन गरेका थिए । एसोसिएट उपाध्यक्षमा निर्वाचत ढकाल यसअघि महासंघको विदेशी तथा एनआरएन लगानी प्रवद्र्धन समितिका सभापति थिए । उनी आइएमई ग्रुपका अध्यक्ष ढकालको रेमिट्यान्स, बैंक, जलविद्युत्, आइटी, केबलकारलगायत विभिन्न क्षेत्रमा लगानी रहेको छ ।

पदभार हस्तान्तरण बुधबार

निर्वाचित वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारी तथा नयाँ कार्यकारिणी समितिले बुधबार पदभार ग्रहण गर्नेछन् । त्यस्तै, बुधबार नै अध्यक्ष पशुपति मुरारकाले वरिष्ठ उपाध्यक्ष भवानी राणालाई पदभार हस्तान्तरण गर्नेछन् । निर्वाचनसँगै सोमबारबाट सुरु भएको महासंघको ५१औँ साधारणसभा पनि सम्पन्न भएको छ ।

गोल्छाको करिअर

सफल उद्यमी शेखर गोल्छा यसअघि नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष थिए । उनले त्यसअघि महासंघमा दुईपटक कार्यसमिति सदस्य भएर काम गरिसकेका छन् । कार्यसमिति सदस्य, उपाध्यक्ष तथा विभिन्न फोरमका सभापतिसमेत गरेर उनले महासंघमा झन्डै १० वर्ष बिताइसकेका छन् । औद्योगिक घराना गोल्छा अर्गनाइजेसनका पछिल्लो पुस्ताका गोल्छा स्मार्ट उद्यमीका रूपमा समेत परिचित छन् । गोल्छा अर्गनाइजेसनमा कार्यकारी निर्देशकका रूपमा उनले अटोमोबाइल, औषधि उद्योग, बैंक तथा बिमा, इलेक्ट्रोनिक्स, निर्यातलगायत विभिन्न क्षेत्रका व्यवसाय सञ्चालन गरिरहेका छन् ।

निर्वाचित सदस्यहरू

प्रदेश नं. १ : रोहितप्रसाद प्रसाई (१३मत)

प्रदेश नं. २ : गणेशप्रसाद लाठ (निर्विरोध)

प्रदेश नं. ३ : कमलकुमार श्रेष्ठ (निर्विरोध)

प्रदेश नं. ४ : निर्माणकुमार श्रेष्ठ (१०मत)

प्रदेश नं. ५ : भीमबहादुर थापा क्षेत्री (निर्विरोध)

प्रदेश नं. ६ : लंकमान श्रेष्ठ (६ मत)

प्रदेश नं. ७ : प्रकाशबहादुर राउत (निर्विरोध)

संस्थापक सदस्य सूमह : अविनाश बोहोरा (निर्विरोध)

द्विराष्ट्रिय उवासंघ सदस्य : अजय मुडभरी (निर्विरोध)

वस्तुगततर्फका निर्वाचित सदस्य र प्राप्त मतः

अञ्जन श्रेष्ठ (७३ मत)

सन्दिपकुमार अग्रवाल (७१)

प्रकाशसिंह कार्की (६१)

सुकुन्तलाल हिराचन (६१)

शिवप्रसाद घिमिरे (५९)

आकाश अधिकारी (५६)

ई. विनोद ढकाल (५५)

तिलचन्द्र भट्टराई (५३)

कमला श्रेष्ठ (५२)

जयप्रसाद शिवाकोटी (५१)

सुरेन्द्रकुमार श्रेष्ठ (५१)

हेमराज ढकाल (५१)

रविनकुमार श्रेष्ठ (५०)

सुनिलगोपाल श्रेष्ठ (५०)

निर्वाचित सदस्य (एसोसिएटतर्फ) र प्राप्त मत

ओमबहादुर राजभण्डारी (५९६)

ज्ञानेन्द्रलाल प्रधान (५८९)

अशोककुमार तोदी (५८६)

प्रबलजंग पाण्डे (५८६)

गोपाल खनाल (५८५)

सौरभ ज्योति (५८५)

भरतराज आचार्य (५८४)

विजयसिंह वैद्य (५८२)

मंगेशलाल श्रेष्ठ (५५९)

आनन्दकुमार अग्रवाल बगारिया (५५१)

साहिल अग्रवाल (५४८)

रञ्जितराज आचार्य (५४६)

सुनिलनारायण श्रेष्ठ (५४६)

अशोककुमार टेमानी (५४१)

राजेशकुमार अग्रवाल (५३६)

रामशरण थपलिया (५२९)

ज्योत्सना श्रेष्ठ (४९६)

कृष्णप्रसाद दुलाल (४६०)

मनीषकुमार अग्रवाल (४५८)

निर्वाचित सदस्य (जिल्ला नगरतर्फ) र प्राप्त मत

उमेश डालमिया (९०)

सुरकृष्ण वैद्य (८६)

राजन श्रेष्ठ (८२)

मनीषलाल प्रधान (८०)

कृष्णप्रसाद शर्मा (७८)

कृष्णप्रसाद श्रेष्ठ: नेपालगन्ज (७८)

दीपक लम्साल (७८)

कृष्णप्रसाद श्रेष्ठ : अर्घाखाँची (७५)

ध्रुवराज श्रेष्ठ भारी (७४)

राजेन्द्रकुमार श्रेष्ठ (७३)

दिलसुन्दर श्रेष्ठ (७२)

निरक केसी (७१)

किशोरकुमार आचार्य (६८)

सुरेन्द्रप्रसाद श्रेष्ठ (६८)

चन्द्रकान्त अधिकारी (६५)

राजकुमार न्यौपाने (६३)

कल्याण जोशी (६१)

देवकुमार श्रेष्ठ (५८)– आधा कार्यकाल

सुदर्शन कार्की (५८)– आधा कार्यकाल

अब नेपालमा भएका हजार र पाँच सयका भारु नोट साटिने, एक जनाले कतिसम्म साट्न पाउँछन् ?

काठमाडौं, चैत ३० । अर्थ मन्त्रालयले भारतीय पक्षको आग्रहअनुसार प्रतिबन्धित भारु नोट सटही व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । प्रतिबन्धित पाँच सय र हजार दरका भारु नोट प्रतिव्यक्ति ४ हजार ५ सय मात्र सटही गर्न भारतीय पक्षको आग्रह छ । भारत सरकारले पुराना पाँच सय र हजार दरका नोट प्रतिबन्ध लगाएपछि नेपालीसँग भएको ती नोट सटही हुन सकेको छैन । नेपाल र भारतबीच प्रतिव्यक्ति सटही सुविधा दिने अधिकतम सीमाबारे कुरा नमिल्दा नेपालीस“ग भएको तोकिएका दरका सबै भारु सटही हुने वा नहुने अन्योल भएको छ ।

अर्थ मन्त्रालयले भारतले दिएको सीमाअनुसार नै नेपालीसँग रहेको पुराना भारु नोट सटहीको व्यवस्था गर्न राष्ट्र बैंकलाई मंगलबार पत्राचार गरेको छ । पहिलो चरणमा भारतको प्रस्तावअनुसार नै सटही सुविधा दिने र पछि थप भारु नोट सटहीका लागि सरकार र राष्ट्र बैंकबाट पहल गर्ने निर्णय भएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

राष्ट्र बैंकले प्रतिव्यक्ति २५ हजार भारुसम्म ठूला नोट बोकेर आउजाउ गर्नसक्ने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याइएकाले सोही परिमाणमा नोट सटही सुविधा दिन माग गरेको थियो । तर, भारतले प्रतिव्यक्ति चार हजार पाँच सय भारुसम्म सटही सुविधा दिन तयार रहेको र १८ चैत (३१ मार्च) सम्मको समय दिएको थियो । सटही रकमको अधिकतम् सीमामा कुरा नमिलेपछि नेपाली पक्षले कुनै जवाफ दिएको छैन ।

सरकारले सटही सुविधा स्वीकार गर्न निर्देशन दिए पनि अब नेपालीसँग भएको नोट साटिने सम्भावना भने ज्यादै न्यून रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । ‘भारतीयको नियत नै नेपालीसँग भएको पैसा सटही गर्नुहुन्न भन्नेमा देखिन्छ,’ राष्ट्र बैंकका एक उच्च अघिकारीले भने, ‘अब उनीहरूले नोट साटिदिन्छन् भन्ने हामीलाई लाग्दैन ।’

केन्द्रीय बैंकका डेपुटी गभर्नर तथा नोट सटहीबारे वार्ता गर्न गठित टोलीका संयोजक चिन्तामणि सिवाकोटीले पनि नोट सटही हुने सम्भावना न्यून रहेको बताए । ‘हामीले कानुनी आधारसहित २५ हजार भारु सटहीको प्रस्ताव गरेको हो, त्यसमा उनीहरूले लामो समयसम्म चासो नदिएर अन्तिममा ४५ सय भारुको प्रस्ताव गरे,’ उनले भने, ‘त्यतिवेला पनि चार दिनको समय दिएर निर्णय लिन भनिएकाले अब नोट सटही हुन्छ भन्नेमा धेरै आशावादी हुने ठाउँ छैन ।’

भारतीय पक्षले ४५ सय भारुसम्म सटही सुविधा दिनेबारेमा पनि लिखित प्रतिबद्धता दिन अस्वीकार गरेको राष्ट्र बैंक स्रोतले बताएको छ । ‘दुई साताअघि नेपाल आएको भारतीय टोलीले मौखिक आग्रहमा ४५ सयसम्म भारु साटही सुविधा दिन तयार भएको बताएको थियो,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘तर, लिखित प्रतिबद्धता वा सम्झौता गर्न उनीहरूले त्यसवेला पनि अस्वीकार गरेका थिए ।’

२५ हजार भारुसम्म सटही गर्नुपर्ने कानुनी जटिलताको अघि ४५ सय रुपैयाँको प्रस्ताव गरेको भारतीय पक्षले लिखित सम्झौता नगर्ने स्पष्ट पारेको ती अधिकारीले बताए । उनले भने, ‘हामी लेखेर दिन सक्दैनौँ, तपाईं ४५ सयसम्म साट्न राजी हो भने खबर गर्नुस् भनेका थिए ।’

भारतीय पक्षले सर्वसाधारणसँग प्रतिव्यक्ति ४५ सय भारुका दरले बैंक खातामा जम्मा गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकलाई भनेको थियो । त्यसरी बैंकमा जम्मा भएको पैसा सटही गरिदिने उनीहरूको भनाइ थियो । ‘उनीहरूले असल नियत राखेका थिए भने त्यस्तो हलो अड्काउने कुरा गर्ने नै थिएनन्,’ राष्ट्र बैंकका अर्का एक अधिकारीले भने, ‘अब उनीहरूले दिएको समयसीमासमेत सकिइसकेपछि यो कुरा अघि बढाएर हामीले राहत पाउने सम्भावना ज्यादै न्यून छ ।’

राष्ट्र बैंकले भारतीय पक्षको नियत बुझेको र कानुनले खुला गरेको व्यवस्थालाई बन्देज गर्नेगरी निर्देशन जारी गर्दा असजिलो पर्ने देखेपछि सरकारको मुख ताकेर बसेको थियो । सरकारले अहिले सटही गर्न निर्देशन दिएपछि अब आफूहरू सोही निर्देशनबमोजिम अघि बढ्ने डेपुटी गभर्नर सिवाकोटीले बताएका छन् आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

खुमबहादुरलगायत यी ४ नेताको सकियो राजनीति ,यस्तो छ कारण

काठमाडौं,चैत ३० । भ्रष्टाचार, फौजदारी मुद्दालगायत कसुरमा दोषी ठहर व्यक्तिले अबदेखि दलको साधारण सदस्यसमेत बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले मस्यौदा गरेको राजनीतिक दलसम्बन्धी विधेयक गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट पारित भएर संसद्मा दर्ता भएको थियो । दफावार छलफलका लागि संसद्ले गत मंसिरमा राज्य व्यवस्था समितिमा विधेयक पठाएको थियो ।

आजको नयाँ पत्रिकामा खबर छ– कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित ११ सदस्यीय उपसमितिले चार महिना छलफल गरेर तयार पारेको विधेयक ९ चैतमा संसद्बाट पारित भएको थियो । मस्यौदामा ६ वर्षका लागि मात्र दलको सदस्यता नरहने व्यवस्था भए पनि संसद्बाट पारित हुँदा आजीवन प्रतिबन्ध लगाउने व्यवस्था पारित भएको छ । सो विधेयक सोमबार राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेपालको कानुन बनेको छ ।

दफावार छलफलमै सदस्यताबारे बहस

दलसम्बन्धी विधेयकमा दफावार छलफल गर्दा सदस्यतासम्बन्धी बुँदामा व्यापक बहस गरेर निर्णय लिइएको राज्य व्यवस्था समितिको उपसमितिका संयोजक आनन्दप्रसाद ढुंगानाले बताए । ढुंगानाले भने, ‘राजनीतिलाई शुद्धीकरण गर्न र राजनीतिक दलमा लागेका नेता–कार्यकर्ता समाजमा सम्मानित भएर बाँच्ने स्थिति बनाउन यस्तो कानुन आवश्यक छ भनेर व्यापक छलफल भयो । सर्वसम्मत निर्णय गरेर यस्तो व्यवस्था गरेका हौँ ।’

कांग्रेसका केही सांसदले अदालतले दोषी प्रमाणित गरेका खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जयप्रकाश प्रसाद गुप्ताको नामै लिएर उनीहरूको राजनीतिक भविष्य के हुने भन्ने प्रश्न उठाएका थिए । उनीहरूले अदालतले दोषी ठहर गरेका व्यक्तिलाई निश्चित अवधिका लागि मात्र सदस्य बन्नबाट रोक्ने व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए । उपसमितिले कानुनी पृष्ठभूमि भएका प्रमुख दलका सांसदलाई पनि बोलाएर यस विषयमा परामर्श लिएको थियो । त्यस क्रममा कांग्रेस सांसद राधेश्याम अधिकारीले निश्चित अवधि तोकेर रोक लगाउनुपर्ने मत राखेको स्रोत बताउँछ । तर त्यस्तो सजाय पाएकालाई आजीवन प्रतिबन्ध लगाउने व्यवस्था पारित भएको छ ।

यस्तो छ नयाँ ऐनमा व्यवस्था

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १४

उपदफा २ (१) : दलको सदस्यता वितरण गर्दा देहायको योग्यता पुगेको नेपाली नागरिकलाई वितरण गर्नुपर्नेछ :

(क) अठार वर्र्ष उमेर पूरा भएको,

(ख) भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय नपाएकोे

स्थानीय तह निर्वाचन ऐन २०७३ दफा १३

दफा १३ः उम्मेदवारको अयोग्यता : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिनेछ :

(च) भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री–वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको

चार नेता जसको राजनीति सकियो

१. खुमबहादुर खड्का

कांग्रेस नेता खुमबहादुर खड्कालाई सर्वोच्च अदालतले ३० साउन ०६९ मा भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ बिगो र त्यति नै जरिवाना गर्ने फैसला सुनायो । पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको भन्दै सर्वाेच्चका तत्कालीन न्यायाधीशहरू कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले खड्कालाई दोषी ठहर गरेको थियो । जेल सजाय भुक्तान गरिसकेका खड्का अहिले कांग्रेस केन्द्रीय सदस्य छन् । तर, राजनीतिक दलसम्बन्धी कानुनअनुसार खड्का अब कांग्रेसको पार्टी साधारण सदस्यसमेत बन्न पाउँदैनन् । उनी अहिले पनि कांग्रेसको उपसभापतिको दाबेदार हुन् ।

२. जयप्रकाशप्रसाद गुप्ता

कांग्रेसका पूर्व नेता तथा तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ता पनि अब कुनै पनि राजनीतिक दलको सदस्यसम्म बन्न पनि अयोग्य भएका छन् । ९ फागुन ०६८ मा सर्वोच्च अदालतले सञ्चारमन्त्री नै रहेका वेला गुप्तालाई अकुत सम्पत्ति कमाएको अभियोगमा दोषी ठहर गरेको थियो । अकुत सम्पत्ति कमाएको ठहरसहित सर्वाेच्चका तत्कालीन न्यायाधीशद्वय तर्कराज भट्ट र सुशीला कार्कीको संयुक्त इजलासले डेढ वर्ष कैद र ८४ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

३. चिरञ्जीवी वाग्ले

कांग्रेस नेता चिरन्जीवी वाग्लेलाई पनि ६ वर्षअघि सर्वाेच्च अदालतले अकुत सम्पत्ति मुद्दामा दोषी ठहर गरेको थियो । सर्वाेच्चका तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र वरिष्ठ न्यायाधीश खिलराज रेग्मीको संयुक्त इजलासले दुई करोड तीन लाख रुपैयाँ जरिवाना र १८ महिना जेल सजायको फैसला सुनाएको थियो । फैसलाअनुसार उनले पनि सजाय भुक्तान गरिसकेका छन् ।

४. बालकृष्ण ढुंगेल, माओवादी नेता

द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठमाथि गोली हानी हत्या गरेको आरोपमा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई अदातले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । सरकारले उनको मुद्दा फिर्ता लिने निर्णय गरे पनि अदालतको निर्णय कार्यान्वयन गर्न सर्वाेच्चले निर्देशन दिएको थियो । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीशहरू सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली तथा ओमप्रकाश मिश्रको इजलासले ढुंगेललाई माफी दिन नमिल्ने भन्दै दोषी ठहर गरेको थियो । दलसम्बन्धी कानुन र अदालतको फैसलाले उनी अब दलको सदस्य हुन पाउनेछैनन् ।

शुद्धीकरण गर्न व्यवस्था

आनन्दप्रसाद ढुंगाना

उपसमिति संयोजक

पछिल्लो समय राजनीतिप्रति मान्छेहरूमा वितृष्णा पैदा भएको छ । राजनीति विशुद्ध समाजसेवा हो भन्ने भावना जनतामा जागृत गराउन आवश्यक थियो । यही सोचमा हामीले कडा व्यवस्था गरेका हौँ । कुनै व्यक्तिविशेषलाई लक्षित गरेर यस्तो व्यवस्था गरेका होइनौँ । नकारात्मक राजनीति रोक्न र राजनीतिक शुद्धता कायम गर्न, राजनीतिक दल र तिनका नेता–कार्यकर्ता समाजमा सम्मानित हुने वातावरण निर्माण गर्न सर्वसम्मतिले कानुनी व्यवस्था गरेका हौँ । यो आवश्यक पनि थियो ।

शुद्धीकरण दलबाट

रामेश्वर फुँयाल

एमाले सांसद

राजनीतिक दल र लोकतन्त्र दुवैको शुद्धीकरणलाई सँगसँगै लैजान आवश्यक छ । राजनीतिक दलबाटै शुद्धीकरण गर्नुपर्छ भनेर हामीले यस्तो व्यवस्था गरेका हौँ । भ्रष्टाचार गरेको प्रमाणित भएकालाई दलको सदस्यबाटै रोकेर पार्टीको पनि शुद्धीकरण गर्ने उद्देश्यका साथ यस्तो व्यवस्था गरेका हौँ ।

दोषीलाई सुरुमै रोक्नुपर्छ

रेखा शर्मा

माओवादी सांसद

राजनीतिमा कसैलाई आरोप लाग्दैमा रोक्ने भन्ने होइन । तर, अदालतबाटै प्रमाणित भएका र राजनीतिलाई नै भ्रष्टीकरण गर्न खोज्नेहरूलाई सदस्यता नदिएर दलहरूको पनि शुद्धीकरण गर्नुपर्छ भन्ने उद्देश्य हो । दलहरूप्रति हुने नकारात्मक टीका–टिप्पणी रोक्न र शुद्धीकरण गर्न तथा नैतिकतासहितको राजनीति अगाडि बढाउन यस्तो व्यवस्था गरिएको हो । दलको सदस्य हुनु भनेको भोलि पार्टी अध्यक्ष पनि बन्नु हो । दोषी व्यक्तिलाई सुरुमै रोक्नुपर्छ भन्ने नै उद्देश्य हो ।

सुर्य अंकित झण्डा च्यातेर फालेको विषयमा एमालेको आक्रोस

पप्पु गुरुङ्, ३० चैत्र, माहाकाली नगरपालिका । नेकपा एमालेको सुर्य अंकित च्यात्दै दिशा लगाएर झण्डा फालिएको बारे नेकपा एमाले माहाकालीले घोर आपत्ती जनाउदै आक्रोश ब्यक्त गरेका छन् । स्थानिय निर्वाचनलाई लक्षित गर्दै आईतवार दिन भरी लागेर माहाकाली नगरपालिका वडा नं. ७ को बाबाथान बजारमा लगाईएको करिब ७० थान चुनावी झण्डा मध्यरातमा नचिनेको समुहले दिशा लगाउदै च्यातेर फालेको प्रति नेकपा एमाले नगर कमिटिले घोर निन्दा गरेको छ् । मध्यरातमा नचिनेको मान्छेको समुहले गरेको अभद्र ब्यवहार प्रति नेकपा एमाले नगरकमिटिको गम्भीर ध्यानाकर्षण भएको नेकपा एमाले नगरकमिटि अध्यक्ष किशोर कुमार लिम्बुले बताएका छन् । सोमवार मध्यरातमा मोटरसाईकलमा सवार नचिनेका ब्यक्तीको समुहरुले खोका छाप्रामा लगाईएको झण्डालाई च्यातेर तथा दिशा लगाउदै फ्याकिदिएको थिए । यस सम्बन्धमा बाबाथान प्रहरी चौकीलाई जानकारी गराएको नेकपा एमाले जिल्ला कमिटि सदस्य राजिव खड्काले बताएका छन् । स्थानिय निर्वाचनमा एमालेको देश भरी लहर आईरहेको बेला बिरोधी दलहरुका केही तत्वहरुले यस्तो अवान्छित कृयाकलाप गरेको जिल्ला सदस्य खड्काले आरोप लगाएका छन् । माहाकाली नगर क्षेत्रमा समेत एमालेको जनलहर आएको डर मान्दै बाबाथान बजारमा गएराती एमाले कार्यकर्ता माथी डर, त्रासको माहौल बनाउदै नेकपा एमालेको झण्डालाई बिस्तापित गर्ने षडयन्त्र गरेको बिपक्ष दलहरुका कार्यकर्ताको अभद्र ब्यवहार प्रति आम जनसमुदायहरु लाई जानकारी गराउदै स्थानिय निर्वाचनको मर्म तथा आचार संहिताको भावना विपरीत कार्य गर्ने जो कोहीलाई तत्काल कार्वाही गर्न एमालेले सबै सरोकारवालालाई आग्रह गर्दै हिजो एक प्रेस बिज्ञप्ती प्रकाशित गरेको छ् । “स्थानिय निर्वाचनको संघारमा गरिउको यस्ता अवान्छित कृयाकलाप प्रति घोर आपत्ती जनाउदै तत्काल सुर्य अंकित चुनावी झण्डालाई च्यात्ने तथा दिशा लगाउने ब्यक्ती तथा समुहलाई कानुनी दायरामा ल्याउन माँग गर्दछौं” बिज्ञप्तीमा भनिएको छ् । आसन्न स्थानिय निर्वाचनको समयमा गरिएको यस्तो घृणित कार्य प्रति सबै दलहरु एक्कबद्धता भई आउदै गरेको स्थानिय निर्वाचन शान्ती, भयरहित तथा निश्पक्ष बनाउन सहयोग गर्न समेत सबैमा अपिल गरेको  छ् । राती झण्डा फालिए पनि आज फेरी एमालेका कार्यकर्ताहरुले बाबाथान बजार लगाएत खोका छाप्रा क्षेत्रहरुमा झण्डा टाङेका छन् ।

‘पहिलो प्राथमिकता शान्ति सुव्यवस्था’-नवनियुक्त महानिरीक्षक, सिलवाल अदालतमा

काठमाडौं ।

नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सङ्क्रमणकालको आवरणमा शान्ति–सुव्यवस्थामा खलल पार्ने कुनै गतिविधि क्षम्य नहुने बताउनुभएको छ ।

महानिरीक्षक भएपछि आज प्रहरी प्रधानकार्यालयमा प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै महानिरीक्षक अर्यालले संविधान बनेसँगै स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयन गर्नका लागि आवश्यक अभिभारा पूरा गर्न प्रहरी सङ्गठनले आफ्नो भूमिकामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सिलवाल पुनः अदालतमा

प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सरकारले गैरकानुनी रुपमा प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको भन्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री, गृहमन्त्रालय लगायतलाई विपक्षी बनाई दायर गरिएको निवेदनमा आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा पाउने कानुनप्रदत्त हकमाथि आघात सिर्जना भएको हुँदा मन्त्रिपरिषद्को सोमबारको निर्णय बदर गरी आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गरिएको छ ।

कालाजारबाट सर्लाहीमा ६ को मृत्यु

सर्लाही, २९ चैत । सर्लाहीमा कालाजार रोगबाट पछिल्लो समयमा ६ जनाको मृत्यु भएको छ भने कही सिकिस्त विरामी भएका छन् ।

ईश्वपुर नगरपालिकाको भक्तिपुर राइटर खोरमा पाँच जनाको मृत्यु भएपछि मात्र त्यहाँ कालाजार रोगको महामारी फैलिएको पता लागेको हो ।

कालाजार फैलिएको पता लागेपछि धरान तथा जिल्लाबाट राईटरखोरमा गएको टोलीले  रगत परिक्षण गर्दा १४ जनामा  कालाजारको लक्षण फेला परेको जनाएको छ ।

गएको चैत २२ गतेका दिन ३६ वर्षिय नथुनी माझीको मृत्यु भएपछि एक स्थानियले प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेललाई रोगबाट व्यक्तिहरु मरिरहेको जानकारी दिएका थिए ।

साथै भक्तिपुरका स्थास्थ्य चौकीमा जानकारी गराउँदा पनि कुनै चासो नलिएको गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारीले स्वास्थ्यकर्मीको टोली पठाउँदा मात्र कालाजार रोग फैलिएको पता लागेको थियो ।

कालाजार फैलिएको क्षेत्र जंगल छेउमा मुसहर, डोम, पासवान लगायत बस्ने दलित बस्ती रहेको छ ।

कालाजारबाट मृत्युहुनेमा २६ वर्षिय मेघनाथ माझी, ३२ वर्षिय बिलाश माझी, २५ वर्षिय उर्मिला देवी माझी र २६ वर्षिय विक्रम माझी रहेका छन् ।

कालाजार प्रभावित क्षेत्रमा सरसफाई गर्नुका साथै औषधी छर्किने काम सुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत रामकैलाश रायले जानकारी दिनुभयो ।

विश्व बैंकद्वारा १० अर्ब बढी ऋण सहयोग

काठमाडौं ।

विश्व बैंकले नेपाललाई वित्तीय क्षेत्रको दीगो विकासका लागि करिब १० अर्ब ७० करोड रुपियाँ ऋण सहयोग प्रदान गर्ने भएको छ ।

बजेटरी सहयोगका रुपमा राष्ट्रिय कोषमा प्राप्त हुने सहयोग रकम सरकारले आवश्यकता एवम् प्राथमिकताका क्षेत्रमा खर्च गर्न सक्ने अर्थ मन्त्रालयले जनाएको छ ।

सहयोगसम्बन्धी सम्झौतामा अर्थ सचिव डा. शान्तराज सुवेदी र विश्व बैंकका नेपालस्थित देशीय निर्देशक क्युमिआओ फानले आज अर्थ मन्त्रालयमा हस्ताक्षर गर्नुभयो ।

ऋण सहयोग वित्तीय क्षेत्रको विकास, वित्तीय प्रणालीको पुनर्निर्माण एवं सुदृढीकरण, वित्तीय क्षेत्रका कानूनी संरचनाको सुदृढीकरण र बैकिङ क्षेत्रमा सुशासन तथा पारदर्शिता लगायतका क्षेत्रमा उपयोग हुने जानकारी अर्थ मन्त्रालयले दिएको छ ।

स्थानिय चुनाव एकैपटक प्रमुख-आयुक्त, ५५ संस्थाद्धारा पर्यवेक्षण निवेदन

काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय तह निर्वाचनको मिति सार्ने वा दुई पटक गरेर निर्वाचन सम्पन्न गर्ने बिषयमा अहिलेसम्म नसोचिएको बताउनुभएको छ ।

निर्वाचन अधिकृतहरुका लागि आयोजना गरिएको तालिममा प्रमुख निर्वाचन आयुक्त यादवले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त यादवले असहमतिका बाबजुद पनि तराई केन्द्रीत दल सहमतिमा नै निर्वाचन प्रक्रियामा आउने विश्वास व्यक्त गर्नुभयो ।

पोखरामा आज आयोजित पत्रकार भेटघाटमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गराउन आयोग अन्तिम चरणमा पुगेको बताउनुभयो ।

निर्वाचन पर्यवेक्षणका लागि ५५ वटा संस्थाद्वारा निवेदन

स्थानीय तहको निर्वाचन पर्यवेक्षणका लागि ५५ वटा सघ संस्थाले निवेदन दिएका छन ।

५५ निवेदनमध्ये ४९ वटा काठमाडौबाट र बाँकी आवेदन दैलेख, पर्सा र सुर्खेतबाट परेको निर्वाचन पर्यवेक्षण व्यवस्थापन इकाइले जनाएको छ ।

पर्यवेक्षण गर्न चाहने सघ संस्थालाई यही चैत २८ गतेसम्म आवेदन दिन आयोगले सूचना जारी गरेको थियो ।

आखेटोपहार नष्ट गरिने

काठमाडौं ।

व्यवस्थापिका–संसद् आजको बैठकमा सभामुखसँग समय लिएर वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीले मुलुकमा हालसम्म चोरी सिकारबाट बरामद आखेटोपहारलाई छिट्टै सार्वजनिक रुपमा कानुनअनुसार नष्ट गर्ने मन्त्रालयको कार्ययोजना रहेको जानकारी दिनुभयो ।

आखेटोपहार लामो समयसम्म भण्डार गर्दा कुहिने र मक्किने तथा सुरक्षा खर्च बढ्ने भएकाले चितवनको टिकौलीमा संकलित आखेटोपहार संसदीय समितिको निर्देशनानुसार नष्ट गर्न लागिएको मन्त्री भण्डारीले स्पष्ट पार्नुभयो ।

युनिभर्सिटीकपको उपाधि मीनभवनलाई

काठमाडौं ।

युनिभर्सिटी कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल कमर्श क्याम्पस मीनभवनले जितेको छ । शंकरदेव क्याम्पसलाई ६ विकेटलाई हराउँदै नेपाल कमर्श क्याम्पसले उपाधि जितेको हो ।

१ सय ३२ रनको लक्ष्य नेपाल कमर्श क्याम्पसले १८ ओभर १ बलमा ४ विकेट जाँदा भेट्टायो ।

नेपाल कमर्श क्याम्पसका लागि धिरज अधिकारीले ३८ र अभिनाश अधिकारीले ३५ रन बनाए । पहिले ब्याटिङ गरेको शंकरदेवले निर्धारीत २० ओभरमा ९ विकेट जाँदा १ सय ३१ रन बनाएको थियो ।

शंकरदेवका प्रकाश विष्टले ३६ रन बनाएका थिए ।

विजेता नेपाल कमर्श क्याम्पसले १ लाख र उपबिजेता शंकरदेवले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web