काठमाडौं ।
धनगढी प्रिमियर लिगमा काठमाडौं गोल्डेन्सले पहिलो जित हात पार्ने क्रममा कञ्चनपुर आइकोनिकलाई २४ रनले हराएको छ ।
काठमाडौं सोमबार भएको खेलमा सिआइवी अत्तरियासँग पराजित भएकोे थियो । त्यस्तै कञ्चनपुरले पनि पहिलो खेलमा रुपन्देही च्यालेञ्जर्सलाई हराएको थियो ।
सेती अञ्चल प्रहरीको मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको काठमाडौंले भुवन कार्कीको विष्फोटक अविजित ३६ रनको सहयोगमा ७ विकेटको क्षतिमा १४७ रन बनाएको थियो ।
कार्कीले १४ बलमा पाँच चौका र २ छक्का प्रहार गरेका थिए । काठमाडौंका लागि सुवेन्दु पाण्डेले १९, कप्तान बसन्त रेग्मीले १४, नरेश बुढायरले १० र मञ्जीत श्रेष्ठले १६ रन जोडे । सन्दिप झोरा १३ रनमा अविजित रहे ।
बलिङतर्फ कञ्चनपुरका अभिनाश कर्णले ३ विकेट लिए ।

काठमाडौं ।

प्रतिपक्षी दलहरुले मुलुकमा संविधान प्रदत्त अधिकारअनुसार हिँडडुल तथा भेला, आमसभा गर्न सुरक्षाको सुनिश्चिता दिन नसकेको भनी सरकारको आलोचना गरेका छन् ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा समय लिएर एमालेका रवीन्द्र अधिकारीले तराईमा मोर्चाका नाममा एमालेका नेता कार्यकर्ताका घरमा तोडफोड र आक्रमण हुँदासमेत सरकारले केही नगरेकोे बताउनुभयो ।

सांसद अधिकारीले सुरक्षा व्यवस्था सुनिश्चितता गर्न सरकारबाट स्पष्ट जवाफ नआएसम्म संसद बैठक अघि बढ्न नसक्ने चेतावनी दिएपछि सभामुख ओनसरी घर्तीले त्यसप्रति संसदको गम्भीर ध्यानाकर्षण भएको र त्यस सन्दर्भमा यथाशीघ्र जानकारी गराउन सरकारलाई निर्देशन दिने बताउनुभएको थियो ।

एमाले सांसदले आसन ग्रहण गरेपछि बैठक सञ्चालन भएको थियो ।

बैठकमा नेमकिपाका प्रेम सुवालले तत्काल संविधान संशोधनको आवश्यकता नरहेको बताउनुभयो ।

यसैबीच, मधेश केन्द्रित दलहरुले व्यवस्थापिका संसदको आजको बैठक पनि बहिष्कार गरेका छन् ।

बैठकको शुरुमा सभामुख ओनसरी घर्तीसँग समयमाग गरी बोल्दै सांसद अकवाल अहमद शाहले यस अघिको सीमांकनसहित संविधान संशोधनको संयुक्त प्रस्ताव फिर्ता गरेर नयाँ प्रस्ताव दर्ताको विरोध गर्नु भयो ।

काठमाडौं ।

सरकारले संविधानको नयाँ संशोधन विधेयक आज व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद् सचिवालयमा संविधान संशोधन गर्न बनेको विधेयक’ दर्ता गरेको हो ।

आज दर्ता गरिएको विधेयकमा सीमाना फेरफेर गर्ने प्रस्ताव राखिएको छैन ।

विधेयकमा संविधानको विभिन्न ११ बुँदामा संशोधनको प्रस्ताव गरिएको छ । यसअघि संसद्मा विचाराधीन रहेको सिमाना हेरफेरसहितको संशोधन विधेयक सरकारले फिर्ता लिएको थियो ।

आजको संसद् बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव फिर्ता लिदै देशको नयाँ निकासका लागि संशोधन प्रस्ताव फिर्ता लिएको बताउनु भयो ।

नयाँ संशोधन विधेयक सहमतिमा पारित हुन्छः प्रम

काठमाडौँ, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनको वातावरण बनाउन प्रतिपक्षसँग पर्याप्त छलफल गरेर ल्याइएको संविधान संशोधन विधेयक सबैको सहमतिमा पारित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्, सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सिङ्गो राष्ट्रलाई निर्वाचनमा लैजान प्रतिपक्ष र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग छलफल गरेर तयार गरिएको विधेयकमा दलबीच सहमति र समझदारी हुने बताउनुभयो ।

अर्काे प्रसङ्गमा उहाँले कार्य मूल्याङ्कनलाई वैज्ञानिक, पारदर्शी र वस्तुवादी बनाई अदालतको आदेशलाई सम्मान गर्दै कार्यकारी अधिकारको समेत रक्षा गर्दै प्रहरी महानिरीक्षकको नियुक्ति गरिएकोले त्यो सुशासनको नमुनाको रुपमा रहने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले राजनीतिक सहमतिका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्तिका लागि अन्तिम तयारी भइरहेको बताउनुभयो ।

प्रधानमन्त्रीले पुँजीगत खर्च ८० प्रतिशत पु¥याउने गरी काम भइरहेको जानकारी पनि दिनुभयो ।

बैठकमा सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखको नियुक्तिमा भइरहेको ढिलाइ, काठमाडौँमा देखिएको धुवाँधुलोको समस्या तथा भ्रष्टाचार, अनियमितता, पुनःनिर्माणमा भइरहेको ढिलाइबारे प्रधानमन्त्रीसँग जिज्ञासा राख्नुभएको थियो ।

Deputy Inspector General (DIG) of Police Nawaraj Silwal has again moved to the Supreme Court (SC), challenging the new appointment of Inspector General of Police (IGP).

DIG Silwal today reached the apex court to file a writ petition against the government's Monday decision to appoint Prakash Aryal to the post of Nepal Police chief.

Silwal demanded in the writ that the Monday decision of the Council of Ministers to promote Aryal as the new IGP should be scrapped so as to appoint him to the post.

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said people would be empowered with rights through the local level elections slated for May 14.

PM Dahal also urged all sides to help conclude the polls that he believed would help drive the country towards prosperity of the country.

He was speaking at 1st Chandragiri festival organised by Chandragiri Municipality.

He also pledged to make efforts to conserve the historical site while carrying out its infrastructure development.

PM Dahal inspects Koteshwor-Satdobato-Kalanki road section

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has expressed concern over delay in construction works along the Koteshwor-Satdobato-Kalanki road section.

Prime Minister Dahal's concerns came after the government and concerned agencies received numbers of public complaints, saying they are bearing the brunt of the worst condition of the roads .

There are complaints galore from locals that the traffic congestion has affected the movement of vehicles, normal life of the locals has been affected due to dust and pollution and the contractors did not pay attention in expediting the road expansion drive.

Making the onsite visit of the road section today, the Prime Minister directed the bodies concerned to speed up the construction works, said PM's Press Advisor, Govinda Acharya.

The Prime Minister expressed concern over the poor state of the roads and the vehicles and construction materials rampantly kept on the road.

Constitution amendment bill registered in parliament secretariat

The government has registered a new amendment bill of the constitution at the Legislature-Parliament secretariat today.

The Ministry of Law, Justice and Parliamentary Affairs registered the 'Bill designed to amend the Constitution of Nepal' at the secretariat.

The bill has proposed amendments to the constitution in 11 points.

Earlier, the government had withdrawn the amendment bill under consideration in the parliament.

Government withdraws constitution amendment bill

Minister for Law, Justice and Federal Affairs Ajay Shankar Nayak presented a proposal before the parliament meeting today, seeking a permission to take the bill back. The proposal presented for a decision was unanimously accepted by the meeting, according to Speaker Onsari Gharti.

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has directed newly appointed Inspector General of Police Prakash Aryal to steer police department to maintain peace and security.

PM Dahal issued this direction during the meeting with Aryal, who today made a visit to the PM at his residence in Baluwatar today.

PM Dahal also stressed the need for making strong and reliable arrangements for security to hold the local level elections in a free and fair manner, said PM's private Secretariat.

Newly appointed IGP Aryal pledges to maintain peace and security

Newly appointed Inspector General of Police (IGP) Prakash Aryal said any activities responsible for jeopardizing peace and good governance taking the advantage of transition could not be tolerated.

Delivering his speeches at a programme to welcome and congratulate him on his appointment as an IGP at the Nepal Police headquarters today, he pledged that police department would make every possible effort to stay true to their commitments to fulfill their responsibilities to implement the new constitution and hold local level elections in a free and fair manner.

He also made commitments to bringing anyone found guilty of illegal activity to justice and execute his responsibilities not being affected by any influence and pressure from any persons in power.

He also made a symbolic remark, urging those who were his previous competitor in the appointment process to accept the result as natural and work united ahead.

भक्तपुर ।

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा मध्यरातिसम्म भएको ढुङ्गा हानाहानमा चार प्रहरीसहित ११ जना घाइते भएका छन् ।

घाइते हुनेमा प्रहरी नायब निरीक्षक सरोज खत्री, प्रहरी सहायक निरीक्षक अम्बिका लामा, प्रहरी हवल्दार राजनकुमार खत्री, प्रहरी जवान लक्ष्मी मल्ल, भक्तपुर नगरपालिका बासिन्दामध्ये वंशगोपाल निवासी सरोज शिल्पकार, कमलविनायक निवासी सञ्जीव मधिकर्मी, सुरज ठकुरी, भनपा–३ का सुरेश जटुजु, भनपा–१३ का क्षितिज धुकुवा, मनोहर चौथी र गोकुल सुवाल रहेका छन् ।

घाइतेमध्ये प्रनानी खत्रीको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि प्रहरी अस्पताल पठाइएको र अन्य घाइतेको भक्तपुर अस्पतालमा उपचार भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

टौमढीबाट सोमबार अपराह्न ५ बजेदेखि सुरु भएको भैरवको रथ तान्ने क्रममा रथलाई माथिका बासिन्दाले गोल्मढी पुर्याएको र रथलाई पुनः तलका बासिन्दाले तानेर टौमढी ल्याइएपछि राति ९ बजेदेखि ढुङ्गा हानाहानमा भएको थियो ।

ढुङ्गा हानाहान मध्यराति १२ः३० बजेसम्म जारी रहेपछि प्रहरीले भीडलाई हस्तक्षेप गरेर तितरवितर पारेको थियो र प्रहरीले नै रथलाई टौमढीबाट तानेर गःहिटी पुर्याएको थियो ।

भक्तपुरमा आठ रात९नौ दिनसम्म मनाइने बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तानेर जात्रा मनाउने प्रचलन रहेको छ ।

रासस

काठमाडौं ।

रातारात आईजीपी नियुक्त गरेर फुली समेत लगाउन भ्याएका प्रधानमन्त्री पुष्पकमल दाहालले अब आईजीपी नियुक्तिको विधिनै नयाँ बनाउने घोषणा गरेका छन् ।

रातारात आईजीपी नियुक्तीलाई सर्वोच्चको फैसलाको सम्मान भएको जिकिर गर्दैै प्रधानमन्त्री दाहालले कार्यकारीको अधिकार समेत रक्षा भएको दाबी गरे ।

मंगलबार संसदको सुशासन समितिको बैठकमा उपस्थित प्रधानमन्त्रीले-'‘केही ढिलो त भयो । तर, हामीले जुन प्रक्रियाले आईजीपी नियुक्त गरेका छौं, यसले अदालतको फैसलालाई सम्मान गरेक छौं र आईजीपी नियुक्त गर्ने कार्यकारीको अधिकारको पनि रक्षा गरेका छौं ।’

वरियता र कार्यक्षमताका आधारमा यसअघि पहिलो नम्वरमा रहेका नवराज सिलवाललाई आईजीपी हुनबाट रोक्दै प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय विधि संगत र राजनीतिक रुपमा प्रेरित नभएको प्रधानमन्त्रीको जिकिर थियो ।

प्रधानमन्त्री दाहालले आईजीपी नियुक्तिमा राजनीतिक खिचातानी नहुने सुनिश्चित गर्न मूल्यांकन विधि नै नयाँ बनाउने समझदारी भएको जानकारी दिए ।

आईजीपी नियुक्तिमा राजनीतिक चलखेल हुँदा शान्ति सुरक्षामै असर परेको भन्दै उनले भने, भविश्यमा आईजीपी नियुक्तिमा राजनीतिक खिचातानी नहोस् भन्नका निम्ति मूल्यांकन विधि नयाँ बनााउने समझदारीमा सरकार पुगिसकको छ ।’

काठमाडौं ।

नेपाली काँग्रेस पार्टीको छत्रछायाँमा गुण्डागर्दी गर्दै आएका आपराधिक समुहका नाईके दावा लामामाथि गोली प्रहार भएको छ ।

बौद्ध नयाँ बस्तिमा बस्दै आएका लामा दिव्य पार्टी प्यालेसभित्रै रहेको क्लबमा जिम गर्न जाने क्रममा आज गोली प्रहार भएको हो ।

उनको अवस्था खुल्न सकेको छैन भने कति गोली लागेको प्रहरीले खुलाएको छैन । गुण्डा लामाको अहिले नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

छबिलालको छवि राम्रो देखिएन, शेरबहादुर देउवासम्मको दावालाई साथ

हाल छबिलाल जोशी बन्जाडे काठमाडौं प्रहरीको प्रमुख भएर आएलगत्तै गुण्डा नियन्त्रण गर्ने यसअघिका एसएसपी विक्रमसिंह थापाको अभियानलाई अझ कसिलो बनाउने घोषणा गरेका थिए ।

तर उनको बोली कसिलो त आयो काम भने ठिक उल्टो । त्यसैको उपज बनेको छ पछिल्लो समय काठमाडौंमा गुण्डाहरुको दादागीरि र सक्रियता ।

बन्जाड काठमाडौं आएपछि गुण्डा नाइके राम गिरी र दावा लामाबीच ठमेलमै दोहोरो भिडन्त भयो । तर उनले त्यसमा पक्राउ र कारवाही कसिलो गर्न सकेनन् ।

सोही भिडन्तको निरन्तरता बन्यो मंगलबार गौरीघाटस्थित दिव्य पार्टी प्यालेसमा भएको गोलीकाण्ड । ठमेलमा राम गिरीमाथि दावा लामाले आक्रमण गरेका थिए । गौरिघाटमा दावामाथि राम गिरी समूहले नै आक्रमण गरेको देखिएको छ ।

ठमेल काण्डमा प्रहरीले दावालाई ज्यान मार्ने उद्योगमा पक्राउ गरेपनि राम गिरीलाई सार्वजनिकस्थलमा होहल्ला गरेर शान्ति सुरक्षमा चुनौती दिएको भन्दै सार्वजनिक अपराधको मुद्दा लगाएको थियो । उनीहरु दुवै राजनीतिक पहुँचबाट छुटे ।

दावा लामालाई काभ्रे क्षेत्र नम्बर १ का कांग्रेस सांसद तीर्थ लामाले छुटाएका थिए । तीर्थ लामा काँग्रेसमा गुण्डागर्दीबाटै शेरबहादुर देउवाको निगाहमा सांसद बनेका व्यक्ति हुन् ।

उनी यसअघि पनि गुण्डा नाइके दावालाई छुटाउन हनुमान ढोकामा प्रहरी कार्यालय पुगेका थिए । सांसद लामा आफैं पनि गुण्डा नाइकेबाट शेरवहादुर देउवा निकट हुँदै सांसद बनेका हुन् ।

काठमाडौं,चैत २९ । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमार्फत हुने तस्करीमा उच्च सुरक्षा अधिकारी पक्राउ परेको करिब तीन महिनापछि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सका वरिष्ट पाइलट समातिएका छन्। एयरलाइन्सका करिब तीन दशक पुराना पाइलट सुवर्ण अवाले ९३ हजार ६ सय अमेरिकी डलरसहित विमानस्थलमा पक्राउ परेका हुन्। विमानस्थलमार्फत हुने तस्करीमा पाइलट संलग्न हुनु विश्वमै दुर्लभ घटना मानिन्छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। आइतबार राति साढे ११ बजे दुबईका लागि जहाज उडाउन विमानस्थलभित्र भित्रिने क्रममा भएको सुरक्षा जाँचमा ५५ वर्षिय अवालेको 'ह्यान्ड क्यारी'मा उक्त परिमाणको डलर फेला परेको थियो।

नेपाल वायु सेवा निगमको फ्लाइट नम्बर २२९ को जहाज उडाउनु अघि राती ११ बजे अवाले नेतृत्वको आठ सदस्यिय 'क्रियु' सुरक्षा जाँचमा थियो। अवालेको लगेज पहिलो एक्स रे मेसिनमा जाँच गर्दा सुरक्षाकर्मीले शंकास्पद भन्दै त्यसपछिको जाँचलाई सतर्क बनाएका थिए। प्रहरीको अन्तिम जाँचमा भने अवालेको ह्यान्डक्यारी खानतलासी गरिएको प्रहरीले जनाएको छ। खानतलासी गर्दा लगेजभित्र ठुलो परिमाणको डलर पानी टेपले बेरिएको फेला परेको थियो। लगत्तै, सुरक्षाकर्मीले अवालेलाई नियन्त्रणमा लिएको थियो। त्रिभुवन बिमानस्थल प्रहरीका निमित्त प्रमुख एसएसपी प्रेम चन्दले प्रहरीको अन्तिम खानतलासीका क्रममा अवालेको ह्यान्डक्यारीमा ठुलो परिमाणमा डलर फेला परेको बताउनु भयो।

'शंका लागेपछि खानतलासी गर्नु हाम्रो जिम्मेवारी थियो। पाइलटकै ब्यागमा यस्तो हुँदा हामी छक्क पर्र्यौ', एसएसपी चन्दले भने। विमानस्थलमा उडान भर्ने पाइलट तथा 'क्रियु'को जाँचका लागि छुट्टै बाटोको ब्यवस्था हुने नागरिक उड्यन प्राधिकरण अन्तर्गत त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताउनु भयो। 'तर, बाटो फरक भएपनि पाइलट र क्रियु सदस्यको लगेज, ह्यान्डब्याग तथा बडि जाँच कडाईसाथ गरिएको हुन्छ', ठाकुरले भने। नेपाल बायु सेवा निगमका महाप्रबन्दक सुगतरत्न कंशकारले पाइलट प्रकरणले आफु स्तब्ध भएको बताए। 'उहाँजस्तो अनुभवी, इमान्दार पाइलट यस्तो घटनामा पक्राउ पर्दा म र मेरो संस्था स्तब्ध छौं', कंशकारले भने। पक्राउलगत्तै अवालेलाई काठमाडौं प्रहरी परिसर बृत, गौशालामा बुझाईएको थियो। अवाले पक्राउ परेपछि प्राधिकरणले 'रिजर्भ' पाइलट महेशमान डंगोललाई काठमाडौं–दुबई फ्लाइट उडान गर्न लगाएको थियो। यसअघि गत पुसमा त्रिभुवन विमानस्थलबाट साढे ३३ केजी सुन पक्राउ पर्दा विमानस्थलका तत्कालिन एसएसपी श्याम खत्रीको पनि संलगनता दखिएको भन्दै केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको थियो। त्यसपछि चार जना थाई भिक्षुणी पनि ठुलो परिमाणको डलरसहित त्रिभुवन विमानस्थलबाटै समातिएका थिए। उनीहरु थाइल्यान्ड उड्न लागेको अवस्थामा समातिएका थिए। नेपाल राष्ट्र बैंकको विदेशी विनियम ऐन अनुसार विदेश जाँदा कुनैपनि ब्यक्तिले अधिकतम २५ सय डलर साथमा लिएर जान सक्छन्। नेपाल राष्ट्र बैंकका सह प्रवक्ता राजेन्द्र पन्डितले सर्वसाधारणको हकमा यो ब्यवस्था भएपनि पाइलटको हकमा सम्बन्धित संस्थाले ब्यवस्था गर्न सक्ने बताउनु भयो। तर नेपाल बायु सेवा निगमका महा प्रबन्धक सुगतरत्न कंशकारले पाइलटकै लागि भनेर त्यस्तो छुट्टै ब्यवस्था नभएको बताउनु भयो।

को हुन् अवाले? ३३

वर्षअघि जुनियर को पाइलटका रुपमा निगममा सेवा सुरु गरेका अवोल पछिल्लो समय निगमको एयरबसका वरिष्ठ पाइलट थिए। अवालेले ट्वीनटर , बोइङ हुँदैं डेढ वर्षअघि मात्र एयर बस 'न्यारो बडी' उडान थालेका थिए। एक महिनाअघि मात्र निगमले उनलाई इमानदार र लगनशिल पाइलटका रुपमा सम्मानित गरेको थियो। उनले ट्वीनटर जहाजका लागि पाइलट प्रशिक्षण गराएका पाइलटहरु अहिले अन्तर्राष्ट्रिय एयर बस जहाज उडान भरिरहेका छन्। जसमा निगमका वरिष्ठ पाइलट विजय लामासमेत पर्छन्। क्याप्टेन लामाले अवाले आफुभन्दा तीन वर्ष सिनियर कर्मचारी भएको बताउँदैं उनी अत्यन्तै मिलनसार र पेशाप्रती इमानदार रहेको बताए। अवालेले आफ्नै खर्चमा को पाइलट तालिम लिएका थिए।उनी अबको डेढ महिना पछि हुने एयर बस उत्पादन कम्पनीमा एयर बस प्रशिक्षकको तालिम लिन छनौट समेत भएका थिए। सिनामंगलको सम्पन्न परिवारका अवालेका दुई छोरीमध्ये एक जना अमेरिकाको हाबर्ड विश्वविधालय र अर्की हङकङमा अध्ययन गरिरहेका छन्। हाल निगमका आठ जना एयरबस पाइलट छन्। एयर बसको हरेक उडानमा प्रमुख पाइलट, अर्को एक जना रिजर्भ पाइलट र फ्लाइट अफिसर हुन्छन्। हाल निगमसँग दुई वटा एयरबस छन्। निगमका एक वरिष्ठ पाइलटका अनुसार पाइलटको संख्याका कारण यसअघि नै समस्या आएको अवस्थामा यो घटनाले समस्या थपिएको बताए।

काठमाडौं,चैत २९ । डीआईजी नवराज सिलवाल र जयबहादुर चन्दबीचको करिब २ महिना लामो संघर्षपछि प्रकाश अर्याल नेपाल प्रहरीको महानिरीक्षक भएका छन्। यसअघि नै भइसकेको कार्यसम्पादन मूल्यांकनको अध्ययन गरी प्रतिवेदन पेस गर्न बनेको समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले अर्याललाई प्रहरी प्रमुख बनाएको हो।

सर्वोच्च अदालतले भने कार्यसम्पादन मूल्याङ्कनमा डीआईजी नवराज सिलवाललाई अगाडि देखाएको थियो। गत ८ चैतको सर्वाेच्चको फैसलामा भनिएको छ, ‘कार्यसम्पादन मूल्यांकनअनुसार आर्थिक वर्ष २०६९/०७० देखि २०७२/०७३ सम्म चार वर्षको कुल औसत अंक हेर्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने नवराज सिलवाल, दोस्रोमा प्रकाश अर्याल, तेस्रोमा बमबहादुर भण्डारी र चौथोमा जयबहादुर चन्द रहेको देखियो ।’ तर, सरकारले गठन गरेको समितिले गरेको अध्ययनअनुसार कार्यसम्पादन मूल्याङ्कनमा १५४.२ नम्बरसहित अर्याल पहिलो स्थानमा र १५२.६७ सहित सिलवाल दोस्रो नम्बर छन्। त्यस्तै, बमबहादुर भण्डारीको १५०.०२ र जयबहादुर चन्दको १४७.३३ नम्बर छ।

मन्त्रिपरिषद्ले महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठको संयोजकत्वमा समिति बनाई प्रतिस्पर्धीको नम्बर जोड्न लगाएर धेरै नम्बर भएका अर्याललाई आईजीपी बनाएको हो। कार्यसम्पादन मूल्यांकनका प्रतिस्पर्धीमध्ये औसत उच्चतम अंक प्राप्त गरेको व्यक्तिलाई आईजीपी तत्काल नियुक्त गर्न सर्वाेच्चले परमादेश दिएको थियो। प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले परमादेश दिएको हो। नयाँ पत्रिका दैनिकमा समाचार छ ।

काठमाडौं,चैत २९ । सर्वोच्च अदालतको आदेशलाई ‘सम्मान गर्दै’ मन्त्रिपरिषद्ले सोमबार डीआईजी प्रकाश अर्याललाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । अर्यालले सोमबार राति नै गृहसचिव लोकदर्शन रेग्मीद्वारा गृह मन्त्रालयमा दज्र्यानी चिह्न ग्रहण गरी प्रहरी प्रधान कार्यालय पुगेर कार्यभार सम्हालेका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दोस्रो वरियताको दाबी गर्दै क्याबिनेट बहिष्कार गरेका कारण झन्डै तीन सातासम्म बैठक बस्न नसकी अन्ततः सोमबार साँझ उनकै अनुपस्थितिमा भएको बैठकले विगत चार वर्षको कार्यसम्पादनका आधारमा अर्याललाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि मन्त्रिपरिषद्ले अर्का डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक पदमा नियुक्त गरेपछि वरियतासँगै आफ्नो पात्रतालाई अवमूल्यन गरेको दाबीसहित सर्वोच्च पुगेका डीआईजी नवराज सिलवालले चन्दको नियुक्ति रद्द गराउन सफल भए पनि क्याबिनेटले अर्याललाई कार्यसम्पादनअनुसार अगाडि ठहर्याएको हो ।

सरकारको निर्णयपछि सिलवालले अदालतको अपमान भएको उल्लेख गर्दै यसपल्ट पनि न्यायालयको ढोका ढक्ढक्याउने मनस्थिति बनाएका छन् । ‘कानुन र अदालतको सर्वोच्चताका लागि म फेरि सर्वोच्च जानैपर्छ,’ सिलवालले सोमबार राति अन्नपूर्णसँग भने, ‘को भयो भने मेरो चासो होइन, म न्यायका लागि अन्तिमपटक अदालत जान्छु ।’ सिलवाल र चन्द दुवै अर्याललाई महानिरीक्षकको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रममा सहभागी भएनन्।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेस गर्न समिति गठन गरेको थियो । उक्त समितिमा गृह, प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालय सचिव र निमित्त प्रहरी प्रमुख थिए । समितिले पेस गरेको कार्यसम्पादनको नम्बरका आधारमा डीआईजी अर्याललाई प्रहरी प्रमुख बनाउने निर्णय भएको हो ।

कार्यसम्पादनमा नवनियुक्त आईजीपी अर्यालको चार वर्षको औसत १५४ अंक छ । समितिले पेस गरेको मूल्यांकनअनुसार सिलवालको १५२.४ अंक मात्र छ भने डीआईजी बमबहादुर भण्डारीको १५०.२ र जयबहादुर चन्दको १४७ अंक रहेको सरकारले जानकारी दिएको छ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले कार्यसम्पादनका आधारमा बढी अंक भएका अर्याललाई सरकारले सर्वोच्चको फैसलाको मर्मअनुसार नै आईजीपीमा नियुक्त गरेको बताए । ‘सर्वोच्चको फैसलाको मर्मअनुसार कार्यसम्पादनमा औसत रुपमा बढी भएकाले अर्याललाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय सरकारले गरेको हो,’ कार्कीले मन्त्रिपरिषद् बैठकपछि संवाददातासँग भने ।

सरकारले फागुन १ गते डीआईजी चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरे पनि उनले फुली लगाउन नपाउँदै सर्वोच्चले निर्णय कार्यान्वयनमा रोक लगाएर नियुक्ति बदर गरेको थियो । सर्वोच्चले चैत ८ गते गरेको फैसलामा चन्दको बढुवा खारेज गर्दै कार्यासम्पादनमा उच्च अंक पाउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दिएको थियो । सर्वोच्चले चार वर्षको कार्यसम्पादनमा सिलवाल नै पहिलो नम्बरमा देखिएको जिकिर गर्दै सिलवाललाई नै प्रहरी प्रमुख बनाउनुपर्ने आशयसहितको परमादेश दिएको थियो । तर कार्यसम्पादनमा अर्याल अघि देखिएपछि उक्त फैसलामा नै प्रश्न उब्जिएको छ । यसअघि चन्दलाई आईजीपी बनाउने निर्णयमा सर्वोच्चले रोक लगाएपछि सरकारले प्राविधिकतर्फका एआईजी डा. दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको थियो ।

२०४४ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा प्रवेश गरेका अर्यालले त्यतिबेला १ नम्बरमा थिए । डीएसपी र एसपी हुँदा पनि एक नम्बरमै बढुवा भएका उनी तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारको पालामा दुई नम्बरमा पुगेपछि सिलवाल एक नम्बरमा उक्लिएका थिए ।

निधि बैठकमा गएननउपप्रधानमन्त्रीको वरियताक्रममा असन्तुष्ट उपप्रधान एवं गृहमन्त्री निधि सोमबारको मन्त्रिपरिषद बैठकमा सहभागी भएनन् । उनी अर्का उपप्रधानमन्त्री थापाभन्दा तल्लो वरियतामा नबस्ने घोषणा गर्दै बैठकमा सहभागी नभएका हुन् । उनीनिकट स्रोतका अनुसार निधिले अब कुनै पनि मन्त्रिपरिषद् बैठकमा सहभागिता जनाउने छैनन् ।