सरकारले सुरक्षाको सुनिश्चितता दिन सकेनः प्रतिपक्षी दल

चैत्र २९, २०७३ मा प्रकाशित | 692 views

काठमाडौं ।

प्रतिपक्षी दलहरुले मुलुकमा संविधान प्रदत्त अधिकारअनुसार हिँडडुल तथा भेला, आमसभा गर्न सुरक्षाको सुनिश्चिता दिन नसकेको भनी सरकारको आलोचना गरेका छन् ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा समय लिएर एमालेका रवीन्द्र अधिकारीले तराईमा मोर्चाका नाममा एमालेका नेता कार्यकर्ताका घरमा तोडफोड र आक्रमण हुँदासमेत सरकारले केही नगरेकोे बताउनुभयो ।

सांसद अधिकारीले सुरक्षा व्यवस्था सुनिश्चितता गर्न सरकारबाट स्पष्ट जवाफ नआएसम्म संसद बैठक अघि बढ्न नसक्ने चेतावनी दिएपछि सभामुख ओनसरी घर्तीले त्यसप्रति संसदको गम्भीर ध्यानाकर्षण भएको र त्यस सन्दर्भमा यथाशीघ्र जानकारी गराउन सरकारलाई निर्देशन दिने बताउनुभएको थियो ।

एमाले सांसदले आसन ग्रहण गरेपछि बैठक सञ्चालन भएको थियो ।

बैठकमा नेमकिपाका प्रेम सुवालले तत्काल संविधान संशोधनको आवश्यकता नरहेको बताउनुभयो ।

यसैबीच, मधेश केन्द्रित दलहरुले व्यवस्थापिका संसदको आजको बैठक पनि बहिष्कार गरेका छन् ।

बैठकको शुरुमा सभामुख ओनसरी घर्तीसँग समयमाग गरी बोल्दै सांसद अकवाल अहमद शाहले यस अघिको सीमांकनसहित संविधान संशोधनको संयुक्त प्रस्ताव फिर्ता गरेर नयाँ प्रस्ताव दर्ताको विरोध गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web