काठमाडौं ।

नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सङ्क्रमणकालको आवरणमा शान्ति–सुव्यवस्थामा खलल पार्ने कुनै गतिविधि क्षम्य नहुने बताउनुभएको छ ।

महानिरीक्षक भएपछि आज प्रहरी प्रधानकार्यालयमा प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै महानिरीक्षक अर्यालले संविधान बनेसँगै स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयन गर्नका लागि आवश्यक अभिभारा पूरा गर्न प्रहरी सङ्गठनले आफ्नो भूमिकामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सिलवाल पुनः अदालतमा

प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सरकारले गैरकानुनी रुपमा प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको भन्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री, गृहमन्त्रालय लगायतलाई विपक्षी बनाई दायर गरिएको निवेदनमा आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा पाउने कानुनप्रदत्त हकमाथि आघात सिर्जना भएको हुँदा मन्त्रिपरिषद्को सोमबारको निर्णय बदर गरी आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गरिएको छ ।

कालाजारबाट सर्लाहीमा ६ को मृत्यु

सर्लाही, २९ चैत । सर्लाहीमा कालाजार रोगबाट पछिल्लो समयमा ६ जनाको मृत्यु भएको छ भने कही सिकिस्त विरामी भएका छन् ।

ईश्वपुर नगरपालिकाको भक्तिपुर राइटर खोरमा पाँच जनाको मृत्यु भएपछि मात्र त्यहाँ कालाजार रोगको महामारी फैलिएको पता लागेको हो ।

कालाजार फैलिएको पता लागेपछि धरान तथा जिल्लाबाट राईटरखोरमा गएको टोलीले रगत परिक्षण गर्दा १४ जनामा कालाजारको लक्षण फेला परेको जनाएको छ ।

गएको चैत २२ गतेका दिन ३६ वर्षिय नथुनी माझीको मृत्यु भएपछि एक स्थानियले प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेललाई रोगबाट व्यक्तिहरु मरिरहेको जानकारी दिएका थिए ।

साथै भक्तिपुरका स्थास्थ्य चौकीमा जानकारी गराउँदा पनि कुनै चासो नलिएको गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारीले स्वास्थ्यकर्मीको टोली पठाउँदा मात्र कालाजार रोग फैलिएको पता लागेको थियो ।

कालाजार फैलिएको क्षेत्र जंगल छेउमा मुसहर, डोम, पासवान लगायत बस्ने दलित बस्ती रहेको छ ।

कालाजारबाट मृत्युहुनेमा २६ वर्षिय मेघनाथ माझी, ३२ वर्षिय बिलाश माझी, २५ वर्षिय उर्मिला देवी माझी र २६ वर्षिय विक्रम माझी रहेका छन् ।

कालाजार प्रभावित क्षेत्रमा सरसफाई गर्नुका साथै औषधी छर्किने काम सुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत रामकैलाश रायले जानकारी दिनुभयो ।

16.73¡ÆC