राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको निर्देशन बढी काम कछुवा गती

चैत्र ३०, २०७३ मा प्रकाशित | 920 views

काठमाडौं ।

व्यवस्थापिका संसदको विकास समितिले राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको निर्देशन मात्र धेरै देखिएको काम भने कछुवागतिमा भएको भन्दै सरकारको जवाफ मागेको छ ।

समितिले आयोजनाहरु तोकिएको समय भित्रै पुरा गर्न सरकारलाई पुन निर्देशन समेत दिएको छ ।

समितिको आज बसेको बैठकले, राष्ट्रिय गौरवको आयोजना भनी सरकारले महत्वपुर्ण प्राथमिकता दिए पनि  पोखरा, निजगढ, र भैरहवा अन्तरािष्ट्रय विमान स्थलको निर्माण तथा काठमाडौंको त्रिभुवन अन्तराष्ट्रि विमान स्थलको स्तरोन्तरी कार्यमा  ढिलाइ हुनुको चित्तबुझदो जवाफ  सरकारसंग माग गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री दिलनाथ गिरी, राष्ट्रिय योजना आयोगका सदस्य डा चन्द्रकान्त पौडेल, अर्थ मन्त्रालयका अधिकारी तथा आयोजना प्रमुखहरुबाट  आयोजनाहरुको प्रगति, निर्माण कार्यमा भइरहेको ढिलाइ, काममा देखिएको समस्या र चुनौतिकावारेमा जानकारी लिंदै समितिले काममा ढिलाइ गरी राष्ट्र र जनतालाई ठग्ने कार्य नगर्न सचेत गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web