काँग्रेसबाट मेयर देखी वडाअध्यक्ष सम्म सिफारिसको यस्तो व्यवस्था

चैत्र ३०, २०७३ मा प्रकाशित | 946 views

काठमाडौं ।

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन गर्दा आवश्यक पर्ने दलको आधिकारिक दस्तखत आज निर्वाचन आयोगमा बुझाएको छ ।

दस्तखत बुझाएपछि पत्रकारहरसँग कुराकानी गर्दै रक्षामन्त्री एवम् काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले मेयर र उपमेयर पदको मनोनयन दर्तामा पार्टी सभापति शेरबहादुर देउवा र बाँकी पदहरुको मनोनयन दर्ताका लागि पार्टी पदाधिकारी र केन्द्रीय सदस्यले दस्तखत गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

पार्टी केन्द्रिय समितिको निर्णयसहित दस्तखत बुझाउन मन्त्री खाँण, परराष्ट्रमन्त्री एवं केन्द्रीय सदस्य डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य एन. पी. साउद, मुख्य सचिव कृष्णप्रसाद पौडेल आयोग पुग्नु भएको थियो ।

दलको आधिकारिक दस्तखत बुझाउने आज अन्तिम दिन अहिलेसम्म ६३ राजनीतिक दलहरुले आधिकारिक दस्तखत आयोगमा बुझाएका छन ।

स्थानीय तहको निर्वाचनका लागि बैशाख ३१ गते मनोनयन दर्ता गर्दा उम्मेदवार कुन दलको हो भन्ने छुट्याउन र दलको आधिकारीक उम्मेदवारको पहिचान गर्न सजिलो होस् भनेर आयोगले दलको आधिकारिक दस्तखत माग गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web