निकास निस्कन्छ भने दुई चरणमा चुनाव -प्रमुख आयुक्त

बिराटनगर ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले दुइ चरणमा निर्वाचन गराउँदा राजनीतिक निकास हुन्छ भने त्यसका लागि पनि निर्वाचन आयोग तयार रहेको बताउनु भएको छ ।

निर्वाचन आयोगले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले दुई चरणमा निर्वाचन गर्ने विषयमा भने अहिलेसम्म सरकारसँग कुनै छलफल नभएको बताउनुभयो ।

डा।यादवले असहमति राख्ने दलहरुलाई पनि निर्वाचनमा सहभागी गराउन आयोगले सहजकर्ताका रुपमा छलफल गरिरहेको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा। यादवले जनताको मौलिक अधिकार सुनिश्चित गर्न पनि सबै राजनीतिक दल  निर्वाचनमा सहभागी हुनुपर्ने बताउनुभयो ।

उहाँले मतदाता नामावली, मतपत्र तथा निर्वाचन समाग्रीहरु जिल्ला जिल्लामा पु¥याउनका लागी काम शुरु भएको बताउनुभयो ।

एक प्रश्नमा प्रमुख आयुक्त डा। यादवले सेनाको बलमा स्थानीय तहको निर्वाचन गराउने पक्षमा आयोग नरहेको बताउनुभयो ।

सेना लगाएर मधेशमा निर्वाचन गराउने कुरा आफूले कहिले नभनेको समेत उहाँले बताउनुभयो ।

परिधिमा रहेर कार्यक्रम सञ्चालन गर्न प्रमुख आयुक्तको निर्देशन

काठमाडौँ  ।

आजै धनुषा र महोत्तरी जिल्लामा स्थानीय तहको निर्वाचनका लागि खटिने  मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई हैटौडामा सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले आथिक अनुशासनको परिधिभित्र रहेर निर्वाचनका कार्यक्रम सञ्चालन गर्न निर्वाचन अधिकृतहरुलाई निर्देशन दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा। यादवले  निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सुरक्षा निकायको समन्वयमा कर्मचारीको सुरक्षा प्रबन्ध गरिएको बताउनुभयो ।

प्रधानमन्त्रीद्वारा ‘पशुपतिनाथमा सात दिन’ विमोचन

काठमाडौँ  ।

प्रधानमन्त्री पुष्पकमल दाहालले डा. बिष्णु दाहालले लेख्नुभएको ‘पशुपतिनाथमा सात दिन’ नामक पुस्तकको विमोचन गर्नुहुंदै नेपाली जनताको भावना र राष्ट्रको आवश्यकता नै आप्mनो मुल एजेण्डा भएको बताउनु भएको छ ।

पशुपतिनाथका मुल भट्ट समेत रहिसक्नुभएका डा। दाहालले आफु सात दिन मुल पुजारीका रुपमा कार्य गर्दाको अनुभब पुस्तकमा समेटुनुभएको छ ।

प्रधानमन्त्रीले जनमतबाट भागेका मोर्चा नेतालाई फोन गरेर वार्तामा बोलाए

काठमाडौं ।

निर्वाचनमा जनताको मत जित्न जानबाट डराएका तराई केन्द्रित दलका नेताहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनमा नजान र सहमति र सहकार्यमा आउन फोन गरेर आग्रह गरेका छन् ।

मधेस केन्द्रित दलको बुधबारको बैठकले सरकारले पछिल्लो पटक संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्तावले आफूहरूले उठाएको माग सम्बोधन नहुने जनाउँदै आन्दोलनमा जाने निर्णय गरेपछि प्रधानमन्त्रीले वार्ताका लागि आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्रीले मधेस केन्द्रित दलका शीर्ष नेतालाई आज टेलिफोन गरी वार्ताका लागि आउन आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्रीले आज संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई वार्ता र संवादमा आउन र नमिलेका विषयलाई मिलाएर जान सरकार तयार रहेको बताएका थिए ।

प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन राष्ट्रिय आवश्यकताको विषय भएकाले कुनै पनि बहकाउमा नलाग्न र राष्ट्रिय विषयलाई वार्ता र संवादका माध्यमबाट नै हल गर्नु अत्यावश्यक रहेको बताए ।

सरकारले गत मंसीर ५ गते संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव फिर्ता लिएर गत मंगलबार नयाँ संशोधन प्रस्ताव दर्ता गराएको थियो ।

मुलुक र जनताको आवश्यकतानुसार नै सरकार अगाडि बढेको र सबै दल तथा पक्षलाई मिलाएर अगाडि जान समेत सरकार तयार रहेको प्रधानमन्त्रीको भनाइ रहेको प्रेस सल्लाहकार आचार्यले जानकारी दिए ।

PM calls on President, calls for talks and dialogue Tarai Centric Parties

Prime Minister Pushpa Kamal Dahal and President Bidya Devi Bhandari held a meeting at president's office in the Sheetal Niwas today.

The duo discussed President Bhandari’s upcoming state visit to India and other contemporary issues.

PM calls for talks and dialogue

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has urged the senior leaders of the Tarai-centric parties to avoid agitation and instead come to consensus and collaboration.

The call by the Prime Minister for a dialogue comes a day after the Madhesi Morcha, an alliance of Madhesh-centric parties decided to wage a movement after rejecting the second constitution amendment bill registered by the government at the parliament secretariat.

In a telephone call to the leaders today, Prime Minister Prachanda urged them to come to the negotiating table, according to the PM's press advisor Govinda Acharya.

Stating that local-level elections are the need of the nation, he urged the leaders not to give themselves to instigation and resolve national issues through talks and dialogue.

PM Dahal also drew attention of the leaders to focus on problem solving by joining the talks immediately after returning to the capital city.

In response, the top leaders of the Madhes-centric political parties expressed their readiness to join the talks, taking the PM's call positively.

Nepal-China joint military drill

Nepali Army and the People's Liberation Army of China are holding a joint military drill for the first time in Kathmandu from coming April 16 to 25.

Dubbed 'Sagarmatha Frienship-'17' the joint exercise is being organised between the armies of the two neighbours considering possible security challenge as a result of the terrorism, that is coming across as the serious security challenge around the globe, the Nepali Army has said.

The 10-day military drill with the PLA of China is the first of its kind in course of holding joint military drill with the armies of friendly nations, according to the NA Directorate of Public Relations.

Health minister announcing new pgm

The Ministry of Health is launching the ‘My Year 2074: Healthy Myself, Healthy Nation’ campaign to make citizens aware about health and to create a healthy nation.

The one-year campaign would be inaugurated by Prime Minister Pushpa Kamal Dahal in Kathmandu tomorrow, the first day of the New Year according to the Bikram Sambat calendar, informed Health Minister Gagan Thapa during a press meet in Kathmandu today.

According to the Minister, every citizen would be encouraged to make five commitments – to abstain from tobacco and alcohol, to do regular exercise, to have regular nutritious diet, to do regular health check-up, to be aware about health of self and family – for a healthy lifestyle.

The Ministry has appealed to the citizens to extend support from their sides by fulfilling their duty.

Poll preparations almost over: CEC Yadav

Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has said the commission is ready to conduct the local polls in two phases profided that a political way out would be ensured.

He said all the all preparations for upcoming local- level elections scheduled for May 14 have been almost completed.

Apart from launching voting-related programme all over the country, the process to transport voter identity cards and ballot papers has been started, he informed today while speaking at a press conference in Biratnagar, Morang.

Training for main election officers and election officers from all the districts has also been over, according to him.

He also urged media to disseminate fact-based news related to the polls, saying help from people, political parties and media is crucial to conclude the election successfully.

RPP forms election mobilisation committee

The Rastriya Prajatantra Party ( RPP) has formed an election mobilisation committee headed by party chair Kamal Thapa in view of the upcoming local-level election.

The committee comprising party office bearers and other leaders is assigned to prepare the party election manifesto. It will also study about the necessity and probability of an election alliance with other political parties and organisations close to the party in terms of party ideologies and principle and take a decision about this accordingly, as stated by party Spokesman Sushil Shrestha.

Likewise, the party is to organise a nationwide election gathering from April 15.

बिस्केट जात्राका क्रममा लिङ्गो भाँचिदा १ को मृत्यु ,५ घाईते

भक्तपुर ।

भक्तपुरमा जारी प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्केट जात्राको चौथो दिन आज साँझ ५५ हात लामो लिङ्गो उठाउने क्रममा भाँचिए पछि एक जनाको मुत्यु हुनुका साथै ५ जना घाईते भएका छन् ।

लिङ्गो उठाउने क्रममा साँझ भाँचिएको हो । लिङ्गो भाँचिदा किचिएर परिचय नखुलेका अन्दाजी ३०,३२ बर्षका एक जनाको ज्यान गएको प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले बताउनुभयो ।

घाईते हुनेमा कमलबिनायका रत्नभक्त दुवाल(रामकृष्ण ),सुर्यबिनायकका अर्जुन सुवाल,टौमढीका बालकृष्ण लोला ,सुर्यबिनायककै सुमन तज र स्थानीय सुरेन्द्र खाईतु  रहेका छन् ।

खाईतुको सिद्घी स्मृति अस्पताल जगाती र  अन्य घाईतेको भक्तपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

एउटा लिङ्गो भाँचिए तयारी अबस्थामा राखिएको अर्को लिङ्गो क्षमा पुजा गरी उठाउने चलन छ ।

२०७३ को स्वास्थ्य क्षेत्रःस्वास्थ्य मन्त्रीको ऐतिहासिक प्रभाव,देशभित्रै पहिलोपटक कलेजो प्रत्यारोपण

काठमाडौं,चैत ३१ –  गएको वर्ष सिङ्गो मुलुकले विद्युत् कटौतीको विकराल समस्याबाट मुक्ति पाए जस्तै स्वास्थ्यका क्षेत्रमा पनि विभिन्न सुधारात्मकहरु कदमहरु चालिएका छन् । स्वास्थ्यमन्त्री गगन थापाले पदबहाली गरेको भदौ १२ गतेदेखि नै हरेक दिन कुनै न कुनै जनस्वास्थ्यका मुद्दाले सञ्चारमाध्यममा चर्चा पाइरहेका छन् । सबै प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पु¥याई जनतालाई आफ्नै ठाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्रालयले १९८ प्राथमिक स्वास्थ्य केन्द्रमा स्थायी, अस्थायी, करार र छात्रवृत्तिका चिकित्सकलाई पठाइसकेको छ । थापा मन्त्री बनेलगत्तै विभिन्न जिल्लामा सिटामोलसहितका निःशुल्क औषधि उपलब्ध नभई जनताले दुःख पाएको धेरै समाचार आए ।

त्यसको अध्ययन गर्दा जिल्लाले औषधि खरिद प्रक्रिया नै ढिला सुरु गर्ने, रकम समयमै जिल्लामा नजाने कारण देखेपछि उनले निर्देशिका नै संशोधन गरी हरेक जिल्लाले पाँच लाखसम्मको औषधि बिना टेन्डर सोझै खरिद गर्न सक्ने व्यवस्था गरेका थिए । स्वास्थ्य क्षेत्रको नीतिगत सुधार र दुर्गम र विकट गाउँठाउँमा स्वास्थ्य सेवा पु¥याउन मन्त्री र उनका सहयागीहरु लागिपरेका छन् । यस विषयमा प्रशासनिक रुपमा भने पर्याप्त सहयोग नभएको विषय पनि बाहिर आउने गरेको छ ।

मन्त्री थापा सात–आठ महिनाको स्वास्थ्य मन्त्रालयको कार्य अनुभवमा राष्ट्रिय पोलियो खोप कार्यक्रममा स्वास्थ्यकर्मीको असहयोग आफ्नो जीवनकै दुःखद् भएको बताउछन । स्थानीय तहको निर्वाचन गराउने उद्देश्यले सरकार गठन भएकाले स्वास्थ्य मन्त्रालयको सेवालाई पनि सोहीअनुरुप विकेन्द्रित गर्ने, आधारभूत काम बिग्रिएको भत्किएका संरचनालाई पाँच वर्षभित्रमा बनाउने र स्वास्थ्य क्षेत्रको सुधार गर्ने तीन विषयलाई मन्त्री थापाले प्राथमिकतामा राखेर काम गरिरहेको भएको छ । जनशक्ति व्यवस्थापन पनि उनको प्राथमिकतामा छ ।

नीतिगत उपलब्धि

सरकारले यसै वर्ष मानवअङ्ग प्रत्यारोपण नियमावली २०७३ ल्याई देशभित्रै पहिलोपटक कलेजो प्रत्यारोपण सेवा सुरु गरेको छ । यो नियमावलीले अब मस्तिष्कघात भई मृत्यु भएकाको आठ अङ्ग लिन र प्रत्यारोपण गर्न मिल्ने बाटो खुला गरेको छ । मस्तिष्क मृत्यु भएकाबाट दुई मिर्गौला, दुई फोक्सो, प्याङ्क्रियाज, सानो आन्द्रा र आँखा अर्को व्यक्तिमा प्रत्यारोपण गर्न मिल्छ । सरकारले यसै वर्षबाट बाथमुटु रोगको शल्यक्रिया निःशुल्क गरेको छ । मिर्गौला रोगीको लागि अब डायलासिस सेवा निःशुल्क भएको छ । वैशाख १ गतेदेखि मिर्गौला प्रत्यारोपण सेवा पनि निःशुल्क हुने घोषणा भइसकेको छ । त्यसका लागि सरकारले चालु आवमा रु डेढ करोड छुट्याइसकेको छ । तर यो आवमा जति प्रत्यारोपण हुन्छ त्यसका लागि अपुग रकम थप हुने मन्त्रालयको भनाइ छ ।

स्वास्थ्य क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि भनेको सर्वोच्च अदालतले २०७३ असार ३० गते निःसन्तान दम्पतीले अन्य महिलाको कोख भाडामा लिएर सन्तान जन्माउन पाउने सरोगेसी सेवालाई कानुनी मान्यता दिएको छ । पहिले सरोगेसी सेवालाई सरकारले कानुनी मान्यता दिएको थिएन । त्यसबाहेक विशिष्टलाई १५ लाखभन्दा बढी उपचार खर्च नदिने, नवजात शिशुको निःशुल्क उपचार, सैनिक अस्पताल सर्वसाधारणका लागि खुल्ला, सबै सरकारी अस्पताल ९ देखि ३ बजेसम्म खुल्ला गर्नुपर्ने, (३ देखि ५ विस्तारित सेवा) सञ्चालन हुने, सबै अस्पतालमा सूचना केन्द्र राख्नुपर्ने व्यवस्था पनि यसै वर्षदेखि सुरु गरिएको छ ।

मन्त्रालयले सबै प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरण, औषधि र चिकित्सक पुगेको दाबी गरेको छ । अघिल्लो सरकारले थालेको हरेक सरकारी अस्पतालको आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने व्यवस्थालाई निरन्तरता दिँदै केन्द्रीय अस्पतालमा ३० लाख, क्षेत्रीय अस्पतालमा २५ लाख, उपक्षेत्रीयमा २० लाख, अञ्चलमा रु १५ लाख र जिल्लास्तरमा रु तीन करोड ४४ लाख बीउ पुँजी पठाएको छ । बिना दर्ता सञ्चालन भएका स्वास्थ्य संस्था कानुनी दायरामा ल्याउन दर्ता प्रक्रिया थालिएको छ भने दर्ता र नवीकरणबिना सञ्चालन भएका स्वास्थ्य संस्थालाई कारबाही गरिने व्यवस्था भएको छ ।

स्वास्थ्यमन्त्रीका प्रमुख सल्लाहकार प्रताप पौडेलले झन्डै ७०० चिकित्सक करारमा नियुक्त गरिएको जानकारी दिनुभयो । हरेक प्राथमिक स्वास्थ्य केन्द्रदेखि जिल्ला अस्पतालमा चिकित्सक र विशेषज्ञ चिकित्सक पु¥याइएको पनि मन्त्रालयले दाबी गरेको छ । प्रतिष्ठान, निजी मेडिकल कलेजसँगको सहकार्यमा जिल्ला अस्पतालमा आकस्मिक शल्यक्रियासहितको विशेषज्ञ सेवा सुरु गर्ने सम्झौता पनि गरिएको छ । सुर्तीजन्य पदार्थ जथाभावी बेच्न रोक लगाउँदै छुट्टै अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ । खोप निर्देशिका, एम्बुलेन्स निर्देशिका, प्रयोगशाला निर्देशिका, मदिरा नियन्त्रण तथा नियमन नीति, नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, स्वास्थ्य संस्था स्थापना तथा सञ्चालन निर्देशिका, चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा सुविधासम्बन्धी कार्यविधि मन्त्री परिषद्बाट पारित भइसकेको छ । त्यसैगरी, वैदेशिक तालिम र भ्रमणसम्बन्धी मापदण्ड, सामुदायिक अस्पताललाई दिने अनुदानसम्बन्धी निर्देशिका, चिकित्सक आचारसंहितासमेत पारित भई कार्यान्वयनको चरणमा छ । मदिरा ऐन, आयुर्वेद नीति, मेडिकल काउन्सिल ऐन, औषधि ऐन, प्रजनन स्वास्थ्य ऐन, गुणस्तर सुनिश्चिततासम्बन्धी ऐन, मानसिक स्वास्थ्य नीति, अपाङ्गतासम्बन्धी नीति, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, बिमा ऐन, जनस्वास्थ्य ऐन, एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजनालगायतका विषय पनि छिट्टै मन्त्रिपरिषद्मा लाने तयारी भइरहेको प्रमुख सल्लाहकार पौडेल जानकारी दिए । यीमध्ये धेरै विषय संशोधन गरी ल्याउन लागिएको छ ।

भावी योजना

सबै जिल्लामा पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन भिआइए टेस्ट हुने, २० स्थानमा प्रजनन स्वास्थ्य शिविर गर्ने, सात प्रदेशमा प्रयोगशाला स्थापना, स्वास्थ्य सेवा ऐनको तयारी ९ (ख)को विवादको अन्त्य, पुल दरबन्दी सिर्जना, ५० श्ययाभन्दा बढी श्यया भएका अस्पतालमा सामाजिक सेवा एकाइ गठन गर्ने व्यवस्था, पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्थाबारे पनि छलफल भइरहेको छ । यसबोहक एक हजार स्वास्थ्य चौकीमा नसर्ने रोगको परीक्षण गर्न सम्बन्धित जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ । सहरी जनतालाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउन सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना गर्न काठमाडौँ महानगरपालिकासँग सम्झौता भइसकेको छ । सबै प्राथमिक स्वास्थ्य केन्द्रदेखि केन्द्रीय अस्पतालसम्म उपकरणको व्यवस्था गर्न उपकरण खरिद प्रक्रिया भइसकेको पनि मन्त्रालयको भनाइ छ ।

स्वास्थ्यका नीतिगत विषयलाई बलियो बनाई कार्यान्वयन गर्न सकिए भावी सन्ततिलाई काम गर्न सजिलो हुने मन्त्री थापाको विश्वास छ । जटिल रोगको उपचार निःशुल्क गर्दा राज्यको आर्थिक भारले भ्याउँदैन भनी भइरहेको टिप्पणीमा उनले भने, “संविधानमा स्वास्थ्य मौलिक हकका रुपमा राखेका छौँ । डब्लुएचओको मापदण्डअनुसार हामीले स्वास्थ्यमा बजेट छुट्याउन सकेमा आर्थिक भार व्यवस्थापन हुन्छ ।

ठूला व्यक्तिले अहिले पनि राज्यबाट लाखौँ रुपैयाँ लिई विदेशमा उपचार गर्न हुने अनि जनताका लागि निःशुल्क उपचार गर्न आर्थिक भार पर्छ भन्नु गलत हो ।” मन्त्री थापाले चालेका कदमको प्रशंसा गर्दै पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्रले भन्छन “उहाँले जुन उद्देश्यका साथ दिनरात खटेर काम गर्नुभएको छ, त्यो उद्देश्य पूरा गर्न हाम्रो साथ आवश्यक छ । पहिलेको नेतृत्वले थालेका कामलाई निरन्तरता दिँदै परिमार्जन र संशोधन गर्दै लैजानुभएको छ । त्यो सकारात्मक कदम हो ।” स्वास्थ्य सेवाको क्षेत्रमा झन्डै ५० वर्ष बिताएका जनस्वास्थ्यविद् डा बद्री पाण्डेले स्वास्थ्यसम्बन्धी नीतिलाई कार्यान्वयनमा लान सके ठूलो उपलब्धि हुने बताउछन। जनतालाई आफ्नो स्वास्थ्यप्रति सचेत बनाउन सरकारले आव २०७४ लाई ‘मेरो स्वास्थ्य मेरो वर्ष’ को रुपमा मनाउने तयारीसमेत गरेको छ । रासस

फर्केर हेर्दा खेलकुद क्षेत्र ‘२०७३’ :फुटबल,भलिबलमा सफलता,क्रिकेट संघलाई विवादले छोडेन

काठमाडौं । २०७३ हामीबाट विदा हुँदैछ । अन्य क्षेत्रले जस्तै नेपाली खेलजगत्ले पनि वर्ष २०७४ लाई स्वागत गर्दै छ। यो १२ महिनाको अवधिलाई फर्किएर हेर्दा खेलकुद क्षेत्रमा निकै उतारचढाव देख्न सकिन्छ । जसमध्ये सातौं राष्ट्रिय खेलकुद र ओलम्पिक मुख्य रह्यो। जसमध्ये भलिबललाई २०७३ फाप्यो। नेपाली भलिबलले माल्दिभ्समा भएको सेन्ट्रल जोनल अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो कांस्य पदक जितेर इतिहास रच्यो।  यो वर्ष नेपाली फुटबलका सुखद रह्यो तर क्रिकेटका लागि दुःखद । फुटबलमा नेपालले एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय उपाधि जित्नुका साथै फुटबल संघले लामो समयपछि नयाँ नेतृत्व पायो । यता क्रिकेटमा भने नेपाललाई गहिरो चोट लाग्यो । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आन्तरिक विवादलाई कारण देखाउँदै नेपालको क्रिकेट संघलाई निलम्बन गरिदियो ।

भलिवलमा नेपाली टोली भाग्यमानी,पहिलो अन्तर्राष्ट्रिय मेडल

नेपाली भलिवलका लागि बर्ष २०७३ अविष्मरणीय बर्षको रुपमा रहृयो । ४१ बर्षको अन्तर्राष्ट्रिय सहभागिताको इतिहासमा नेपाली पुरुष भलिवलले पहिलो पटक अन्तर्राष्ट्रिय मेडल जित्न सफल भयो । यही चैतमा माल्दिभ्समा सम्पन्न एसियन भलिबल संघ (एभीसी) सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली पुरुष टोलीले कास्य पदक जितेको हो । जुन नेपाली भलिबल टोलीले एभीसी र अन्तराष्ट्रिय भलिबल महासंघ फिभबाट आयोजित तथा मान्यता प्राप्त प्रतियोगितामा जितेको पहिलो पदक हो। नेपाली पुरुष भलिबल सन् १९७६ मा पाकिस्तानमा भएको काइदेआजम भलिबल प्रतियोगितामार्फत अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएको थियो।

क्रिकेटका लागि बिर्सनलायक वर्ष, आंशिक सफलता

२०७३ साल नेपाली क्रिकेटका लागि बिर्सनलायक वर्षको रुपमा देखियो । क्रिकेट संघलाई भने विवादले छोडेन। वैशाखमा आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गर्यो। तर नेपाललाइ आईसीसीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न भने छुट दियो। क्यानलाई आईसीसीले निलम्बन गरेलगतै अखिल नेपाल फुटबल संघमा पनि भाँडभैलो मच्चिएको थियो। तर समयमै चुनाव गरेपछि समस्या समाधान भयो। नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद फेरि चर्कियो। रुक्म शमशेर राणा अध्यक्ष भएको एनओसीले सातदोबाटोस्थित एनओसी भवनमा ताला लगाइदियो। जीवनराम श्रेष्ठ र राणाबीचको विवादले नेपाली खेलकुदमा अझै अन्योल बढाएको छ।

नेपाली क्रिकेटमा यो वर्ष केहि सफलता भने देखियो । नेपाली क्रिकेटमा यो वर्षको सबैभन्दा ठूलो र महत्वको प्रतियोगिता आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्यो । चौथो चरणमा नेदरल्याण्ड्स भ्रमण गरेको नेपालले पाचौं चरणमा केन्यासँग कीर्तिपुर मैदानमा जम्काभेट गर्यो विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चौथो चरणमा गत साउन २९ र ३० मा दुई खेल खेलेकोमा नेपालले एकमा जित र एकमा पराजयको नतिजा निकालेको थियो ।

त्यस्तै पाचौं चरणमा नेपालले गत फागुन २८ र ३० गते कीर्तिपुर मैदानमा केन्याबिरुद्ध खेल्यो । र एक खेलमा जित र एकमा पराजित भयो । सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवशीय विश्वकप छनौटको सुरुवाती खुड्किलो मानिएको यस प्रतियोगितामा नेपाल छैटौं स्थानमा छ । नेपालले १० खेलबाट ४ जित र ६ हारको साथ १० अंक जोडेको छ । प्रतियोगितामा दुई चरणका खेल बाँकी रहँदा नेपाल विश्वकपमा छनौट हुने संभावना निक्कै कमजोर देखिन्छ । नेपालले हङकङ र युएईसँग खेल्न बाँकी छ । महिला क्रिकेट भने हङकङमा भएको आईसीसी महिला विश्वकप छनोट एसियामा उपविजेता बन्यो। उपविजेता बनेर एसिया कप खेलेको सोही टोली प्रतियोगिताकै कमजोर सावित भयो।

फुटबलले थप्यो उपाधि (१ उपाधि, ४ जित, २ बराबरी र १ हार)

नेपाली फुटबलका लागि वर्ष २०७३ सफल रह्यो। नेपालले २०७३ मै एएफसी सोलिडारिटी कपको उपाधि उचाल्यो। एएफसीले एसिया कप छनोटबाट बाहिरिएका टोलीहरुलाई समेटेर सोलिडारिटी कप आयोजना गरेको थियो। फुटबलको महादेशीय प्रतियोगितामा नेपालले उपाधि जितेको यो नै पहिलो अवसर हो।

एएफसी कप २०१७ छनोटमा समूह विजेता बनेर थ्रीस्टार क्लबले प्लेअफ छनोट पार गर्यो। तर एन्फाको लापरबाहीले दोस्रो चरणमा खेल्न नपाएपछि थ्रीस्टारले ६ करोड रुपियाँ क्षतिपूर्ति माग्यो। सूत्रका अनुसार एक करोड दिएर विवादलाई टुंग्याउने दाउमा एन्फा देखिए पनि थ्रीस्टार असहमत नै रह्यो। यस्तै थ्रीस्टारले भारतको गुवाहाटीमा भएको ६४औं संस्करणको फाइनलमा इस्ट बंगाललाई हराउँदै बोर्डो कप ट्रफी उचाल्यो।

ओलम्पिकमा सहभागितामै सिमित

यसै वर्ष रियो डे जेनेरियोमा ओलम्पिक सम्पन्न भयो। जहाँ नेपाली पौडीवाज गौरीका सिंह सबैभन्दा कम उमेरकी खेलाडीबाट चर्चित बनिन् भने अन्य नेपालीको प्रदर्शन फितलो नै रह्यो। ओलम्पिकमा नेपालबाट ५ खेलमा ७ खेलाडीले सहभागिता जनाए । ओलम्पिकको छनौट चरणमा असफल भएका नेपाली खेलाडीहरु वाइल्ड कार्ड र वर्ल्ड एक्सेसमार्फत सहभागिता जनाएका हुन् । जुडो, तेक्वान्दो र आर्चरी खेलमा नेपालले वाइल्ड कार्ड पाएको थियो भने पौडी र एथ्लेटिक्स वर्ल्ड एक्सेस मार्फत सहभागिता सम्भव भएको थियो ।

नेपाली खेलाडीहरुमा तेक्वान्दोकी निशा रावल, जुडोकी फूपूल्हामू खत्री, आर्चरीका जितबहादुर मोक्तान, एथ्लेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराई तथा पौडीका गौरिका सिंह र शिरिष गुरुङ सहभागी थिए ।

सातौं राष्ट्रिय खेलकुद बिभागीय टोलीलाई सफलता

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बिभागीय टोलीले सफलता हात पार्यो । प्रत्येक दुई बर्षमा हुनुपर्ने प्रतियोगिता पाँच बर्षपछि हुँदा खेलाडीहरुले उत्साहपूर्वक सहभागिता जनाएका थिए । पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो । बिराटनगरको शहीद रंगशालामा उद्घाटन भएको खेलकुद धरानको एन्फा टेक्निकल सेन्टरको मैदानमा समापन गरिएको थियो । मोरङको बिराटनगर, सुनसरीको इटहरी, इनरुवा, धरान र दुहवी त्यस्तै झापाको दमक, बिर्तामोड, काँकडभिट्टा र भद्रपुर, इलाम, राजविराज र सिरहा बजारमा सातौं राष्ट्रिय खेलकुदको आयोजना भए ।

दुई सय ९४ स्वर्ण, दुई सय ९४ रजत र चार सय ४७ कास्य पदकका लागि भएको प्रतियोगितामा नेपाली सेना पहिलो, सशस्त्र प्रहरी बल दोस्रो, नेपाल प्रहरी तेस्रो भयो भने मध्यमाञ्चल विकास क्षेत्र चौँथो भयो। झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, उदयपुर, कास्की र पोखरामा प्रतियोगिता अन्तर्गतका विभिन्न इभेन्टहरु भएका थिए। २९४ स्वर्ण, २९४ रजत र ४४७ काश्य गरी १०३५ पदकका लागि भएको स्पर्धामा नेपाली सेनाले सबैभन्दा धेरै सफलता हासिल गर्‍यो ।

सेनाले १०८ स्वर्ण, ६१ रजत र ४३ काश्य गरी जम्मा २१२ पदक हासिल गर्‍यो । ४७ स्वर्ण ४२ रजत र ५६ काश्य गरी सशस्त्र प्रहरीको एपिएफले १४६ पदक जित्यो । ४० स्वर्ण ३७ रजत र ४० काश्य जितेर नेपाल पुलिसले तेस्रो स्थान कब्जा गर्‍यो । बिभागबाहिर मध्यमाञ्चल पहिलो भयो । उसले ३१ स्वर्ण, ४९ रजत र ५७ काश्य जित्यो ।

ऊर्जा क्षेत्र ‘२०७३’ ऊर्जा क्षेत्रको उपलब्धिले देश उज्यालो,कुलमानको चमत्कार सधै चर्चामा

काठमाडौं,चैत ३१ । गत साल चैतमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुन्थ्यो । उद्योग व्यवसाय चौैपट थियो । मुलुकमा केही हुँदैन भन्नेको जमात पनि ठूलै थियो । सरकारले कार्ययोजना भने नयाँ नयाँ ल्याएको थियो तर कार्यान्वयनको अवस्था भने कछुवाको गतिमा नै थियो । नेपाली नागरिकमा आशाभन्दा निराशा बढी थियो । सरकारले वायुदेखि थर्मल ऊर्जाको विषयमा समेत चर्चा परिचर्चा गरकै थियो । तर उपभोक्ता दैनिक १२ घन्टाको विद्युत्भार कटौतीका कारण आहात थिए । सरकारको उक्त चर्चालाई धेरैले हावादारी भन्दै उडाएका थिए । दैनिक मैनबत्ती किन्नुपर्ने बाध्यता एकातिर थियो भने मोबाइल फोन चार्ज गर्नसमेत कति बेला बिजुली आउँछ भनेर कुर्नुपर्ने बाध्यता थियो ।

समय बदलियो, सरकार परिवर्तन भयो, नागरिकका आशा पनि बदलिए । गत साउन २० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा निर्वाचित भए । सरकारले ऊर्जा मन्त्रालयको जिम्मा जनार्दन शर्मालाई दियो । शर्मा सार्वजनिक लेखा समितिको सभापतिको भूमिकामा रहेर मुलुकको ऊर्जा क्षेत्रको समस्याका बारेमा जानकार थिए। प्रधानमन्त्री भएकै दिन दाहालले विद्युत्भार कटौतीकोे अन्त्य र उज्यालो नेपालको परिकल्पना नै सरकारको महत्वपूर्ण कार्यभार भएको घोषणा गरे।

सरकारले उज्यालो नेपाल अभियानको घोषणा त गर्यो, कार्यान्वयन गर्ने निकाय नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मुकेशराज काफ्ले थिए । उनको कार्यशैलीका बारेमा सकारात्मकभन्दा नकारात्मक टिप्पणी नै बढी हुने गरेको थियो । केही नयाँ काम गर्ने लक्ष्यका साथ ऊर्जा मन्त्रालयको जिम्मेवारीमा पुगे पनि प्राधिकरणको नेतृत्वबाट काम नहुने देखेपछि ऊर्जामन्त्री शर्मा गत भदौको दोस्रो साता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटे । प्रसङ्ग अरू थिएन, प्राधिकरणका कार्यकारी प्रमुख रहेका काफ्लेलाई हटाएर सो स्थानमा कुलमान घिसिङलाई ल्याउने । ऊर्जामन्त्री शर्माले केही समय पहिले पत्रकारसँगको अनौपचारिक छलफलमा भनेका थिए, “सभापति देउवाले हटाउनुस् काफ्लेलाई भन्ने वचनले नै काम गर्यो ।”

गत भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ नियुक्त भए । प्राधिकरणको उच्च कर्मचारीमध्ये वरियतामा एघारौँ नम्बरमा रहनुभएका घिसिङको नियुक्तिलाई प्राधिकरणका उपकार्यकारी निर्देशकहरु स्वीकार गर्न तयार भएनन् । त्यसमध्ये केही त सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगे ।

घिसिङलाई कार्यकारी बनाउनुभन्दा पहिल्यै प्रधानमन्त्रीको नेतृत्वमा दर्जनौँ बैठक भए काठमाडौँ उपत्यकामा पहिलो चरणमा कसरी विद्युत्भार कटौती अन्त्य गर्न सकिन्छ भनेर । प्रधानमन्त्री, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, ऊर्जामन्त्री शर्मा, प्राधिकरणको निर्देशकको हैसियतले घिसिङ, ऊर्जाविज्ञ मोहनराज पन्तलगायतको छलफलले एउटा निष्कर्ष निकाल्यो । त्यो निष्कर्ष थियो, काठमाडौँ उपत्यकालाई दसैँ आसपासमा नै विद्युत्भार कटौती अन्त्य गर्र्न र जनतामा नयाँ आशाको सञ्चार गराउने । त्यसका लागि अर्थ मन्त्रालयले आवश्यक बजेट दिने भयो, गृह मन्त्रालयले सुरक्षा प्रदान गर्ने र प्राधिकरणले आवश्यक तयारी गर्ने ।

प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त हुनुअगावै सरकारको योजनाअनुसार ऊर्जा मन्त्रालयमा विद्युत्भार प्रेषण केन्द्र, प्राधिकरणका केही अधिकारी र केही ऊर्जा क्षेत्रका जानकारका बीचमा समेत कयौँ पटक छलफल भए । कार्यकारी प्रमुख घिसिङले भार प्रेषण केन्द्रमा बसेर उपत्यकाको माग र आपूर्तिको वस्तुगत प्रतिवेदन तयार पारे । निष्कर्ष निकालियो तीन सय १० मेगावाट विद्युत् साँझमा काठमाडौँ उपत्यकामा ल्याउन सकियो भने विद्युत्भार कटौती अन्त्य गर्न सकिन्छ ।

भदौ २९ गते आधिकारिकरुपमा सरकारले नियुक्त गरेपछि ऊर्जामन्त्री शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, घिसिङलगायतले चपली सबस्टेसन, बानेश्वर सबस्टेसन तथा काठमाडौँका अन्य सबस्टेसन र प्रसारण लाइनको स्थलगत अवलोकन गरे ।

दसैँलगत्तै अनौपचारिकरुपमा काठमाडौँ उपत्यकामा विद्युत्भार कटौती अन्त्य भयो, तर घोषणा भने भएको थिएन । उपभोक्ता ‘के चमत्कार भयो ? बिजुली त जाँदैन त भन्न थालेका थिए । चौबिसै घन्टा विद्युत् पाउनु पनि चमत्कारकै विषय थियो । तिहार लागेपछि प्राधिकरणले अनौपचारिकरुपमा चौबिसै घन्टा विद्युत् उपलब्ध गराउन थाल्यो । तिहारको लक्ष्मी पूजाको दिन घिसिङ साँझ ५ बजेपछि विद्युत्भार प्रेषण केन्द्र स्युचाटार पुगे । साँझ पर्दै गयो, विद्युत् मागको पारो क्रमशः बढ्दै गयो ।

तिहारका कारण एकाधबाहेक उद्योगधन्दा चलेका थिएनन् । विद्युत् माग तीन सय १५ मेगावाट हुँदै तीन सय २० मेगावाटमा पुगेर रोकियो । घिसिङ त्यो दिन सम्झँदै भन्छन्, “मलाई असाध्यै डर लागेको थियो । प्रधानमन्त्री, ऊर्जामन्त्रीको कडा निर्देशन थियो । जसरी भए पनि काठमाडौँको विद्युत् कटौती पूर्णरुपमा शून्यमा झार्ने । विद्युत् माग बढ्दै गर्दा म बेचैन भएको थिएँ । साथमा भार प्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठलगायतको टोली साथमा थियो । माग बढ्दा धान्न सकिँदैन कि भन्ने डरले के होला के होला भन्ने लागेको थियो । भार प्रेषण केन्द्रको छतमा बसेर काठमाडौँ उपत्यकालाई हेरेँ । जताततै उज्यालो थियो । सबैका घरमा बत्ती बलेको थियो ।” रातको ९ बजेपछि बिस्तारै विद्युत् माग घट्न थाल्यो ।

प्राधिकरणको परीक्षण सफल भएको थियो । ऊर्जामन्त्री शर्माले योजना सफल भएको भन्दै घिसिङ र उनको समूहलाई फोन गरेर बधाई दिए । प्रधानमन्त्रीले ऐतिहासिक सुरुवात भएको भन्दै थप के गर्नुपर्छ सोझै आफू कहाँ आएर भन्न आग्रह गरे। अघिल्लो साल मैनबत्ती, जेनेरेटरका भरमा उज्यालोको पर्व दीपावली मनाउने नागरिक विद्युत् पाएर खुसी भए । प्राधिकरणको सफलता राजधानी विद्युत्भार कटौतीमुक्त भन्ने समाचार सार्वजनिक भएपछि मात्रै खुसीको कारण थाहा पाएका थिए नागरिकले । वर्षाकालमा समेत अँध्यारोमा बसेका राजधानीवासी मात्रै होइन यतिखेर मुलुक नै विद्युत्भार कटौतीमुक्त भएको छ ।

औद्योगिक कोरिडोरमा दैनिक चार घन्टा मात्रै विद्युत् कटौती हुने गरेको छ । गत वर्ष १० घन्टा विद्युत् पाउने उद्योगी–व्यवसायीले यस वर्ष दैनिक २० घन्टा विद्युत् पाएका छन् । सरकारले अगाडि सारेका कार्यक्रममध्ये हालसम्म २७ बुँदामा उपलब्धि हासिल गरेको छ ।

आयोजनाबाट कम क्षमतामा विद्युत् उत्पादन गर्ने, उद्योगलाई विद्युत् दिएर उपभोक्तालाई अँध्यारोमा राख्ने, कमिसन लिएर सोलार, इन्भटर र ब्याट्रीको कारोबार गर्नेहरु भने सरकारको निर्णय पछि विरोधमा उत्रिए । तर नेपाल उद्योग वाणिज्य महासङ्घले विद्युत्भार कटौतीको अन्त्य पछि उद्योग व्यवसायमा सुनौलो युग सुरु भएको भन्दै सरकारको पक्षमा वक्तव्य जारी गर्यो । विरोध गर्ने तैँ चुप मै चुपको अवस्थामा पुगे । यस अवधिमा ‘ऊर्जा सङ्कट तथा विद्युत् विकास दशकसम्बन्धी कार्ययोजना २०७२’ कार्यान्वयनका लागि धेरै काम भएका छन् ।

सो अवधिमा ३० मेगावाटको चमेलियाको प्रगति ९८ प्रतिशत पुगेको छ भने १४ मेगावाटको कुलेखानी तेस्रो सम्पन्न हुने चरणमा छ । सरकारले ‘नेपालको पानी जनताको लगानी’ नाराका साथ आम लगानीकर्तालाई लगानीका लागि अनुरोध गरेको छ । सो अवधारणामा हालसम्म रु पाँच अर्ब बराबरको प्रतिबद्धता प्राप्त भएको छ ।

पछिल्लो सात महिनामा प्राधिकरणको आम्दानी रु ६ खर्ब दुई करोड ७२ लाख बढेको छ । चार प्रतिशत चुहावट कम हुँदा रु एक अर्ब २० करोड प्राधिकरणलाई नाफा भएको छ । गत वर्ष रु ११ अर्ब घाटा बेहोरेको प्राधिकरणको हालसम्मको घाटा रु ३७ अर्ब पुगे पनि केही समयभित्रै घाटा पूर्ति गर्न सकिने विश्वास बढेर गएको छ । गत भदौमा प्राधिकरणको वार्षिकोत्सवमा ऊर्जामन्त्री शर्माले घाटामा गएको प्राधिकरणलाई नाफामा लैजाने घोषणा गरेका थिए ।

यस्तै सरकारको जोड बलका कारण हालसम्म निजी प्रवद्र्धकले उत्पादन गरेको एक सय ४५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । भारतबाट तीन सय ६५ मेगावाट विद्युत् आयात भइरहेको छ । यस्तै कालीगण्डकी, मध्यमस्र्याङ्दी, मस्र्याङ्दी तथा कुलेखानी पहिलो र दोस्रोलाई साँझको समयमा मात्रै चलाएर पिकिङ लोड धानिएको छ ।

यसैगरी वर्तमान सरकार गठन भएलगत्तै पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन गर्न डिपिआर मस्यौदा तयार भएको छ । लामो समयदेखि विवादमा फस्दै आएको रक्सौल परवानीपुर, कुशाहा कटैया प्रसारण लाइन सम्पन्न भएको छ । यस्तै न्यू बुटवल गोरखपुर प्रसारण लाइनको काम सुरु हुने चरणमा पुगेको छ ।

यस्तै सरकारले सुनकोसी, दूधकोसी, ठोसे–खिम्ती–शिवालय, नौमुरे, बबई, नलसिंहगाड, उत्तरगङ्गाजस्ता जलविद्युत् आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने आवश्यक प्रक्रिया सुरु गरिसकेको छ । राष्ट्रिय गौरवको आयोजानका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितलाई रु पाँच अर्ब मुआब्जा वितरण सुरु भएको छ भने नलसिंहगाड जलविद्युत् आयोजनाको डिपिआरको काम पचास प्रतिशतको हाराहारीमा पुगेको उर्जा सचिव उपाध्याय बताउँछन ।

यसैगरी चीन, भारत तथा सार्क क्षेत्रका मुलुकको सहयोगमा १० हजार आठ सय मेगावाटको कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजनाको अध्ययन अगाडि बढाउने तयारी गरिएको छ । खिम्ती–ढल्केबर र हेटौँडा–स्युचाटार प्रसारणलाइन निर्माण सम्पन्न भएको छ । ती आयोजना वर्षौंदेखि विवादको भुँमरीमा फसेका थिए ।

एक सय ४० मेगावाटको तनहुँ सेती आयोजनाको निर्माण कार्य अघि बढेको छ । कोसी करिडोर, मस्र्याङ्दी–काठमाडौँ, समुद्रटार–काठमाडौँलगायतका प्रसारणलाइन आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विद्युत् सेवा वितरणलाई प्रभावकारी बनाउन स्मार्ट ग्रिड एन्ड मिटरिङ कार्यका लागि बोलपत्र आह्वान भइसकेको छ ।

त्यसैगरी विद्युत् उत्पादन तथा राष्ट्रिय प्रसारण ग्रिड स्थापना भई प्रमुख कार्यकारी अधिकृतहरू छनौट भई काम सुरु भइसकेको छ । विद्युत् व्यापार कम्पनी तथा इन्जिनियरिङ परामर्श कम्पनी स्थापना हुने चरणमा छन् ।

मन्त्रालयका अनुसार, जलविद्युत् अनुमतिपत्रलाई सरलीकृत गरी एक सय मेगावाटसम्मका विद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी अधिकार विद्युत् विभागका महानिर्देशकलाई दिइएको तथा कानुनी सुधारको व्यवस्थाअन्तर्गत विद्युत् नियमन आयोग विधेयक संसद्मा पेस भइसकेको छ । ऊर्जा सङ्कट विधेयकको मस्यौदा तयार भइसकेको छ । ऊर्जा क्षेत्रमा सबैभन्दा बढी सफलता पाएको र अँध्यारो युगबाट उज्यालो युगमा प्रवेश गरेको वर्षमा रुपमा २०७३ बिदा भएको छ ।

रमेश लम्साल-रासस

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web