काठमाडौं ।

निर्वाचनमा जनताको मत जित्न जानबाट डराएका तराई केन्द्रित दलका नेताहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनमा नजान र सहमति र सहकार्यमा आउन फोन गरेर आग्रह गरेका छन् ।

मधेस केन्द्रित दलको बुधबारको बैठकले सरकारले पछिल्लो पटक संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्तावले आफूहरूले उठाएको माग सम्बोधन नहुने जनाउँदै आन्दोलनमा जाने निर्णय गरेपछि प्रधानमन्त्रीले वार्ताका लागि आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्रीले मधेस केन्द्रित दलका शीर्ष नेतालाई आज टेलिफोन गरी वार्ताका लागि आउन आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्रीले आज संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई वार्ता र संवादमा आउन र नमिलेका विषयलाई मिलाएर जान सरकार तयार रहेको बताएका थिए ।

प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन राष्ट्रिय आवश्यकताको विषय भएकाले कुनै पनि बहकाउमा नलाग्न र राष्ट्रिय विषयलाई वार्ता र संवादका माध्यमबाट नै हल गर्नु अत्यावश्यक रहेको बताए ।

सरकारले गत मंसीर ५ गते संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव फिर्ता लिएर गत मंगलबार नयाँ संशोधन प्रस्ताव दर्ता गराएको थियो ।

मुलुक र जनताको आवश्यकतानुसार नै सरकार अगाडि बढेको र सबै दल तथा पक्षलाई मिलाएर अगाडि जान समेत सरकार तयार रहेको प्रधानमन्त्रीको भनाइ रहेको प्रेस सल्लाहकार आचार्यले जानकारी दिए ।

32.48¡ÆC