निकास निस्कन्छ भने दुई चरणमा चुनाव -प्रमुख आयुक्त

चैत्र ३१, २०७३ मा प्रकाशित | 878 views

बिराटनगर ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले दुइ चरणमा निर्वाचन गराउँदा राजनीतिक निकास हुन्छ भने त्यसका लागि पनि निर्वाचन आयोग तयार रहेको बताउनु भएको छ ।

निर्वाचन आयोगले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले दुई चरणमा निर्वाचन गर्ने विषयमा भने अहिलेसम्म सरकारसँग कुनै छलफल नभएको बताउनुभयो ।

डा।यादवले असहमति राख्ने दलहरुलाई पनि निर्वाचनमा सहभागी गराउन आयोगले सहजकर्ताका रुपमा छलफल गरिरहेको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा। यादवले जनताको मौलिक अधिकार सुनिश्चित गर्न पनि सबै राजनीतिक दल  निर्वाचनमा सहभागी हुनुपर्ने बताउनुभयो ।

उहाँले मतदाता नामावली, मतपत्र तथा निर्वाचन समाग्रीहरु जिल्ला जिल्लामा पु¥याउनका लागी काम शुरु भएको बताउनुभयो ।

एक प्रश्नमा प्रमुख आयुक्त डा। यादवले सेनाको बलमा स्थानीय तहको निर्वाचन गराउने पक्षमा आयोग नरहेको बताउनुभयो ।

सेना लगाएर मधेशमा निर्वाचन गराउने कुरा आफूले कहिले नभनेको समेत उहाँले बताउनुभयो ।

परिधिमा रहेर कार्यक्रम सञ्चालन गर्न प्रमुख आयुक्तको निर्देशन

काठमाडौँ  ।

आजै धनुषा र महोत्तरी जिल्लामा स्थानीय तहको निर्वाचनका लागि खटिने  मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई हैटौडामा सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले आथिक अनुशासनको परिधिभित्र रहेर निर्वाचनका कार्यक्रम सञ्चालन गर्न निर्वाचन अधिकृतहरुलाई निर्देशन दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा। यादवले  निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सुरक्षा निकायको समन्वयमा कर्मचारीको सुरक्षा प्रबन्ध गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web