पाकिस्तानी कर्णेल बेपत्ता प्रकरणमा भारतीय संलग्नताको आशंका

काठमाडौं ।

नेपालको लुम्बिनी क्षेत्रबाट रहस्यमय रुपमा हराईरहेका पूर्व पाकिस्तानी सैनिक अधिकारीमा भारतीय संलग्नताको आशंका गरिएको छ ।

पाकिस्तानी सेनावाट अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जाहिर बेपत्ता हुनुमा पाकिस्तानको अवैध गुप्तचरी गर्ने भारतीय कुलभुषण यादवलाई पाकिस्तानमा मृत्युदण्ड दिएको घटनासँग सम्वन्धित रहेको देखिएको पाकिस्तानी समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

भारतीय मिडियाहरुले समेत पाकिस्तानी कर्णेल जाहिर बेपत्ता र यादवको मृत्युदण्ड सजाए एकै समयमा हुनु, भारतीय सिमा नजिकबाट रहस्यमय ढंगबाट जाहिरलाई बेपत्ता बनाउनु तथा उनलाई नेपाल बोलाउन प्रयोग गरिएका वेवसाइट र सम्पर्क आदि भारतमा दर्ता गरिनु आदि कारण घटनामा भारतीय संलग्नता देखिएको उल्लेख गरेका छन् ।

भैरहवास्थित गौतम बुद्ध विमानस्थलवाट बाहिरिएपछि हालसम्म कुनै संकेत फेला नपरेको नेपाली अधिकारीहरुले बताइरहँदा पाँचदिन अघि बेपत्ता हबिब जाहिर रोजगारीका लागि अन्तर्वार्ता दिन ओमान भएर काठमाण्डु आएलगत्तै भैरहवा विमानस्थालमा पुगेर बेपत्ता हुनु रहस्यमय भनेका छन् ।

प्रहरी अनुसन्धान अनुसार उनी बुद्धएअरको विमान चढेर काठमाडौंबाट गौतमबुद्ध विमानस्थल उत्रेपछि अचानक सम्पर्कविहीन भएका थिए ।

नेपाल प्रहरीको विशेष ब्युरोको सहयोगमा जिल्ला, अञ्चल र क्षेत्रीय प्रहरी कार्यालयले उनको फोटो र सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको अञ्चल प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीलाई प्राप्त भएको सीसीटीभी फुटेजमा हराएको भनिएका हबिब जाहिर एउटा पछाडी भिर्ने झोला र अर्को हाते झोलावोकेर विमानस्थल बाहिरसम्म हिंडेर आएको देखिने प्रहरीको भनाइ छ ।

सिसिटिभिमा देखिए अनुसार ती हराएका व्यक्ति विमानस्थल बाहिर आएलगत्तै एकजना परिचित जस्तै देखिने अर्का व्यक्ति उनलाई लिन एक ब्यक्ति आएको जस्तो देखिन्छ ।

उनलाई लिन आएको हुनसक्ने ब्यक्ति र विमानस्थलवाट बाहिरिनकालागि प्रयोग गरिएको सवारिसाधन पहिचानकालागि पनि अनुसन्धान अधिकारीहरु खटिएको प्रहरीको भनाइ छ ।

यद्यपी यसमा नेपाल प्रहरीले कुनैपनि तथ्य पत्ता लगाउन सकेको छैन भने भैरहवा, लुम्बिनी, कपिलवस्तु, नवलपरासीस्थित होटलहरुमा निजको नाममा कुनैपनि कोठा बुक नभएको पाइएपछि उनको अपहरण नै भएको र यो योजनाबद्ध रुपमा भएको देखिएको सुरक्षाअधिकारीहरुले बताएका छन् ।

नेपालको परराष्ट्र मन्त्रालयमार्फत पाकिस्तान सरकारको औपचारिक अनुरोध प्राप्त गरेलगत्तै खोजी कार्यलाई तीव्रता दिईएपनि हालसम्म कुनै संकेत फेला नपरेको गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताएका छन् ।

पाकिस्तानी पूर्व कर्णेल लुम्बिनीबाट बेपत्ता, भारतीय संलग्नताको आशंका

बैतडीमा रुख ढलेर लाग्दा दुई जनाको मृत्यु

बैतडी ।

बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा आज रुख ढलेर लाग्दा दुईजनाको मृत्यु भएको छ ।

मत्यु हुनेमा कञ्चनपुर भीमदत्तनगर–७ का १५ वर्षीय अभिषेक भट्ट र स्थानीय सात वर्षीय निशान्त भट्ट रहेको प्रहरी चौकी खोचलेकका प्रहरी सहायक निरीक्षक हरिसिंह धामीले जानकारी दिनुभयो ।

घरनजिकै धारामा पानी खाँदै गर्दा खडकको रुख ढलेर लाग्दा उनीहरुको घटनास्थलमै ज्यान गएको थियो ।

अभिषेक पूजाआजाका लागि बाबुआमासँगै बैतडी आएको बताइएको छ ।

निर्वाचन आयुक्त भन्छन्-‘स्थानिय चुनाव जुठो सुत्केरोले रोकिन्न’

पर्वत ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले वैशाख ३१ मै एकै चरणमा देशैभरि चुनाव हुने वताउनुभएको छ ।

पर्वतको कुश्मामा निर्वाचन कार्यालयले विहिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै आयोगले पौडेलले वैशाख ३१ को निर्वाचनको ९० प्रतिशत तयारी पुरा गरेको र निर्वाचन एकै चरणमा हुने दावी गर्नुभयो ।

‘ वैशाख ३१ को महायज्ञ कुनै जुठो सुत्केरोले छेक्दैन, पौडेलले भन्नुभयो –‘निर्वाचन नहुने अहिलेसम्म कुनै संभावना देखिन्न, ।

उहाँले सुरक्षाको व्यवस्था मिलाउन सरकार संग आग्रह गर्नुभयो । पौडेलले तिनै तहको निर्वाचन नगरे संविधान नै खोस्टो हुने तर्फ संकेत गर्दै दलहरुलाई चुनाव हुने दरिलो आधार तयार पार्न भन्नुभयो ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न समय अभाव भएपनि तयारी भने तदरुकताका साथ भैरहेको जानकारी गराउनुभयो ।

निर्वाचन जनताका लागि आयोजना गरिएकाले कुनै पनि दलले निर्वाचन रोके पनि जनताले चुनाव चाहेको उहाँको भनाई थियो ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले निर्वाचनका लागि जिल्लाको सुरक्षा योजना र अन्य सबै काम भैरहेको जानकारी गराए ।

कार्यक्रममा राजनैतिक दलका प्रतिनिधी र सञ्चारकर्मीले जिज्ञासा राखेका थिए भने जिल्ला निर्वाचन कार्यालयका प्रमुख लक्षु शर्माले जिल्लामा भएका गतिबिधी बारे जानकारी गराएका थिए ।

एकदिन मात्र फुल्ने फुल हेर्न सिरहामा मेला

लहान ।

नयाँ बर्षको अबशरमा धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको सिराहा जिल्लाको लहान नगरपालिका १२ मा पर्ने सलहेश फुलबारीमा रहेको हारमको रुखमा एक दिन मात्र फुल्ने फुल हेर्न र फुलबारी भित्र रहेको राजा सलहेश र मालिनीको गहवर मंदिर मा पुजा अर्चना गर्न र मंदिरसंगै टांसिएको हारम जातको रुखमा हरेक बर्ष नयाँ बर्षमा मात्र फुल्ने बिश्वास गरिएको फुल हेर्न अहिले दर्शानार्थीहरुको घुईचो लागेको छ ।

तराईका पासवान जातीको ईष्टदेव मानिने सलहेसको पुजा गर्नाले मनोआकांक्षा पूरा हुने,सन्तान प्राप्ती हुने, छालाको रोग लगायतको रोग ब्याधी नलाग्ने जनबिश्वास रहेको छ ।

ताप्लेजुङमा पिकअप दुर्घटना, १० जना घाइते

ताप्लेजुङ ।
पाथीभराको दर्शन गरेर फर्कदै गरेको पिकअप दुर्घटना हुदा ताप्लेजुङमा १० जना घाइते भएका छ ।

फुङलिङ नगरपालिकाको सुकेटार सडक खण्डमा मे १ ज २४३७ नम्बरको पिकअप जिप गएराति दुर्घटना हुदा पाथीभरा दर्शनमा आएका सुनसरी इनरुवा ३ बस्ने ६८ वर्षिय बुद्धकुमारी सुवेदी, ४५ वर्षिय बिमला पौडेल,४० वर्षिया लक्ष्मि अधिकारी,२३ वर्षिय प्रदिप पौडेल,२० वर्षिय निमेष दाहाल,२० वर्षिय निश्चल दाहाल,३० वर्षिय प्रेक्षा सुब्बा,१८ वर्षिय दिक्षा राई आठ वर्षिय सृष्टि अधिकारी र ३३ वर्षिय अन्जु देवान घाइते बनेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानएको छ ।

घाइतेहरुको अवस्था सामान्य अवस्थामा जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । गाडी चालक फरार रहेकोले खोजिकार्य जारिरहेको प्रहरीले जानएको छ ।

बिस्केट जात्रा अन्तर्गत आज लिङ्गो ढालिंदै

भक्तपुर ।

नववर्षको आगमनसँगै सुरु हुने भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्केट जात्राको पाँचौ दिन आज ५५ हात लामो लिङ्गो  ढालिंदैछ ।

नयाँ वर्ष वैशाख १ गतेका दिन आज दिनभर जात्रा गरी साँझ लिङ्गो ढालिन्छ ।

हिजो साँझ लिङ्गो उठाउने क्रममा पहिलो लिङ्गो भाँच्चिएर एकजनाको ज्यान गएको थियो भने पाँचजना घाइते भएपछि स्थानीयवासीले राति १० बजे अर्को लिङ्गो उठाएका थिए ।

स्थानीयका अनुसार लिङ्गो भाँचिनुलाई अपसगुन र अनिष्टको सङ्केतको रुपमा लिने गरिएको छ ।

नाग र नागिनीको प्रतीकको रूपमा लिइने लिङ्गो ढाल्न साँझ हजारौँ स्थानीयवासी सहभागी हुने गर्दछन् ।

तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी साँझ लिङ्गो ढालिन्छ । लिङ्गको कोखामा नाग र नागिनीको प्रतीकस्वरूप दुइटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ डोरीले तानी आठ कुनामा बसेर लिङ्गो ढालिन्छ ।

लिङ्गाको कोखामा झुन्ड्याइएका दुई ध्वजालाई वीरध्वजा, विश्वध्वजा  र आकाशभैरवका ध्वजासमेत भनिन्छ ।

लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि,सहकाल आउनाका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविद् बताउँछन् ।

लिङ्गो ढाले लगतै खँला टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एकआपसमा जुधाइने परम्परा रहेको छ ।

साँझपख दुमाजु देवीको जात्रासमेत गरिन्छ ।

स्थानीय निर्वाचनमा भाग लिन तराई केन्द्रित दललाई माओवादी केन्द्रको आग्रह

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) ले असन्तुष्ट मधेस केन्द्रित दलहरूलाई स्थानीय तहको निर्वाचनमा भाग लिन आग्रह गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले वार्ता र संवादबाट समस्याको समाधान गर्दै निर्वाचनमा सहभागी हुन मधेस केन्द्रित दललाई आग्रह गरेको हो ।

पार्टीले समग्र स्थानीय तहको निर्वाचनको तयारी, नेता तथा कार्यकर्ताको सक्रियता र उम्मेदवारको चयनलगायत विषयमा समेत छलफल गरेको छ ।

द्धन्द्धका घटना छानविनको प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष द्वन्द्वका घटनाहरु छानविन र त्रिभूवन विश्व विद्यालय र कृषि तथा वन विज्ञान विश्व विद्यालयको समस्या समाधान सम्वन्धी दुई छुट्टा छुट्टै कार्यदलले प्रतिवेदन बुझाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशी नेतृत्वको कार्यदलले त्रिभूवन विश्व विद्यालय र कृषि तथा वन विज्ञान विश्व विद्यालयको समस्या समाधानसहितको प्रतिवेदन पेश गरेको छ ।

त्यसैगरी, द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानविन एवं परिक्षण सम्वन्धी कार्यदलले शान्ति तथा पुनर्निर्माण मन्त्री सीतादेवी यादवलाई बुझाएको प्रतिवेदन उहाँले प्रधानमन्त्री दाहाललाई बुझाउनु भयो ।

प्रतिवेदनमा १५ हजार ३ सय ५ घटनाहरुको छानविन तथा अध्ययन विवरणसहित आवश्यक सुझाव दिइएको छ । प्रधानमन्त्रीले महत्वपूर्ण सुझावसहितको प्रतिवेदन समयमा नै पेश गरेकोमा कार्यदललाई धन्यवाद दिनुहुदै प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने बताउनु भयो ।

९ बालबालिकालाई ०७३ सालको ‘नइदेरुनीखपू बाल पुरस्कार’

काठमाडौं ।

नइ प्रकाशनले आ–आफ्ना ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने पाँच वर्षदेखि १५ वर्षसम्मका नौ बालबालिकालाई २०७३ सालको ‘नइदेरुनीखपू बाल पुरस्कार’ प्रदान  गर्ने निर्णय गरेको छ ।

प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा आज बसेको बैठकले बहुआयामिकतर्फ शाश्वत घिमिरे, साहित्यतर्फ अर्चना उप्रेती, चित्रकलातर्फ सौजन्य श्रेष्ठ, गायनतर्फ किम्ती श्रेष्ठ, नृत्यतर्फ श्रीयाशाक्य र खेलकुदतर्फ कमलबहादुर थापा मगरलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । ताम्रपत्रसहित ती पुरस्कारको राशि जनही रु दश हजार छ ।

यसैगरी ‘नइ कोपिला पुरस्कार’ गायनमा एन्जेल राई र नृत्यमा सम्राज्ञीश्री बस्नेतलाई समर्पण गर्ने भएको छ । ताम्रपत्रसहित सो पुरस्कारको राशि जनही रु सात हजार छ ।

त्यस्तै ताम्रपत्रसहित रु पाँच हजार राशिको ‘नइचिचिला पुरस्कार’ पाँच वर्षीया प्रिन्सा विश्वकर्मालाई नृत्यतर्फ दिइने छ ।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच ३ गतेबाट सैन्य अध्यास

काठमाडौं ।

नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच पहिलो पटक आगामी वैशाख ३ देखि १२ गतेसम्म काठमाडौँमा संयुक्त सैन्य अभ्यास हुने भएको छ ।

विश्वको गम्भीर सुरक्षा चुनौतीका रुपमा देखापरेको आतङ्कवादबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी सगरमाथा फ्रेन्डसिप– १७ नाम दिएर दुई देशका सेनाबीच सो तालिम सञ्चालन गरिने नेपाली सेनाले जनाएको छ ।

छिमेकी तथा अन्य मित्र राष्ट्रको सेनासँग सञ्चालन हुँदै आएका संयुक्त तालिम तथा अभ्यासलाई निरन्तरता दिने क्रममा पहिलो पटक चीनको जनमुक्ति सेनासँग दशदिने तालिम हुने सैनिक जनसम्पर्क निर्देशनालयले आज जनाएको छ ।

तालिमका क्रममा विपद् व्यवस्थापनलगायत साझा हित र सरोकारका विषयमा पनि छलफल हुने पनि सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

चिकित्सा शिक्षा विधेयक संशोधन गर्न सांसदहरुको सुझाव

काठमाडौं ।

व्यवस्थापिका संसदमा विचाराधीन रहेको चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई व्यापक छलफल गरी संशोधन गरेर मात्र पास गर्न सांसदहरुले सुझाव दिनु भएको छ ।

व्यवस्थापिका संसद अन्तर्गत महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको  आज बसेको बैठकमा विधेयकको संशोधन प्रस्ताव माथि भएको छलफलको क्रममा सांसदहरुले यस्तो सुझाव दिनु भएको हो ।

छलफलको क्रममा सांसदहरुले नेपालमै चिकित्सा शिक्षा लिन सहज हुने र शिक्षामा पहुँच पुग्ने गरी विधेयक आउनु पर्ने भन्दै विचाराधिन अवस्थामा रहेको विधेयकलाई जस्ताको तस्तै पास गर्न नहुनेमा जोड दिनु भयो ।

बैठकमा नेकपा एमाले सम्बद्ध सांसदहरुले, उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने भनी विधेयकमा गरिएको व्यवस्था आपत्तिजनक, अव्यवहारिक र निरंकुश शैलीको भन्दै विधेयकलाई सरकारले फिर्ता नै लिनु पर्ने दबाब दिनु भयो ।

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले विधेयकलाई फिर्ता लिन नहुने भन्दै मेडिकल शिक्षालाई थप व्यवस्थित गर्ने सम्बन्धमा परेका संशोधन प्रस्ताव तथा सांसद र विशेषज्ञहरुको सुझावलाई समेत समेटी विधेयकलाई संशोधन सहित छिटो पास गर्नु पर्ने बताउनु भयो ।

यस्तो छ गगन थापाको ‘मेरो वर्ष २०७४’ अभियान

काठमाडौं ।

स्वास्थ्य मन्त्रालयले म स्वस्थ, मेरो देश स्वस्थ भन्ने नाराका साथ मेरो वर्ष २०७४ अभियान शुरु गर्ने भएको छ ।

नयाँ वर्ष २०७४ को उपलक्ष्यमा  भोलि बैशाख १ गते बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दशरथ रङ्गशालाबाट यो अभियानको शुभारम्भ गर्नु हुने छ ।

मेरो वर्ष २०७४ को अभियानवारे स्वास्थ्य मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री गगन थापाले, व्यक्ति र परिवारलाई स्वस्थ राखी सिंगो देशलाई नै स्वस्थ राख्नु अभियानको सोच रहेको बताउनु भयो ।

मेरो वर्ष २०७४ को अवसरमा स्वास्थ्य मन्त्रालयले  स्वस्थ जीवनका लागि मेरा ५ प्रतिवद्धता भनी सार्वजनिक गरेको छ ।

पांच प्रतिवद्धतामा म रक्सी, चुरोट र सुर्तिजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थय परिक्षण गराउँछु तथा  म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु भन्ने रहेको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web