राप्रपाद्धारा स्थानिय निर्वाचनमा फेसबुक देखी स्थानिय टेलिभिजनसम्म प्रयोग योजना

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न स्थानिय तह निर्वाचनको प्रचारकार्यलाई प्रभावकारी  बनाउन पार्टी प्रवक्ता रोशन कार्कीको संयोजकत्वमा ९ सदस्यीय केन्दिय प्रचार प्रसार समिति गठन गरेको छ ।  समितिमा पार्टीका अर्का प्रवक्ता भूवन पाठक, केन्दिय सदस्य कोमल वली,  मोहन श्रेष्ठ, किरण गिरी, प्रदीप कुमार उदय,  रविन चाम्लिङ्ग, गोपाल पौड्याल र रेशमराज पौडल रहेका छन् ।

स्थानिय मतदाता समक्ष पार्टीका निति तथा कार्यक्रम सरल र प्रभावकारी शैलीमा पु¥याउन पार्टीले प्रचार कार्यलाई सघन रुपमा अगाडी बढाउने  निर्वाचन प्रचास समिति संयोजक कार्कीले बताउनु भयो । पार्टीले निर्वाचन प्रचारका लागि आम सञ्चार तथा सामाजिक सञ्जालका विभिन्न १५ माध्यम र २० वटा चुनावी नारा तय गरेको छ ।

पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा संघीय मामिला मन्त्री कमल थापाले आगामी स्थानीय निर्वाचनलाई केन्द्रीय प्रचार प्रसारलाई नवीन शैलीमा आक्रमक रुपमा अगाडी बढाउन  निर्देशन दिनु भएको छ । बैशाख ८ गते काठमाडौंमा  एक समारोह विच स्थानिय निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने  योजना बनाएको राप्रपाको प्रचार प्रसार सम्बन्धि कार्यलाई   प्रचार समितिले केन्द्र र स्थानिय तहलाई जोड्ने बताएको छ ।

एकताको महाधिबेशन गरी शक्ति आर्जन गरेको मान्यतामा रहेको राप्रपाले पार्टीको निति कायक्रम  र सैद्धान्तिक अडान सही हुदाहुदै पनि चुनावी कार्यक्रमलाई प्रभावकारी रुपमा आम मतदाता समक्ष प्रभावकारी रुपमा पु¥याउन नसक्दा विगतका निर्वाचनमा पछि परेको अनुभव गरेको राप्रपाले  यसपटक प्रचार कार्यलाई प्रविधि मैत्री बनाई एकीकृत रुपमा अगाडि बढाउने योजना बनाएको छ ।

त्यसका लागि राप्रपाले स्याटेलाइट टेलिभिजन, स्थानिय एफ.एम. रेडियो, पत्रपत्रिका, यूट्युव फेसबुक पेज, ट्वीट् देखि इन्स्ट्रागाम, एसएमएस,स्थानिय टेलिभिजन, अनलाईन रेडियो जस्ता माध्यम मार्फत पार्टीका उम्मेदारहरुको प्रचार गर्ने योजना बनाएको छ ।

राप्रपाले ठाउँ ठाँउमा गरिने आम सभालाई अनलाईन रेडियो  एन्ड्रोइड एप्स मार्फत प्रचार गर्ने भएको छ । त्यसैगरी जनताको माझमा राप्रपा कार्यक्रम पुस्तिका,. घरदैलोको लागि पर्चा निवाचन चिन्ह गाई अंकित टोपी वितरण गर्ने बताएको छ । स्थानिय निवाचनका लागि रापपाले ‘गाईमा मतदान, जनतालाई स्थानीय विकास अभियान’, ‘राप्रपाको चाहना, हिन्दू राष्ट्रको स्थापना’‘निरन्तरता सहितको सकारात्मक परिवर्तन,स्थानीय विकासको लागि राप्रपालाई मतदान’ र. ‘गाउँ बेँसी सहर, राप्रपाको लहर जस्ता नारापनि तय गरेको छ ।

बागमती सफाई अभियान अन्र्तगत बुद्धनगर पुल क्षेत्र सरसफाई

काठमाडौं ।

बाग्मती नदी सफाइ अभियानमा आज पनि सयौंको जनसहभागिता रह्यो ।

बाग्मती सफाइ अभियान अन्तर्गत आज काठमाडौंको बुद्धनगर पुल आसपासको दुइ समय मिटरबाट  १२ टन भन्दा बढी फोहोर निकालिएको छ ।

सफाइ अभियानमा तीनै सुरक्षा निकाय, अधिकारकर्मी, स्थानीय जनता तथा सरकारी गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बाग्मती सफाइ अभियान दुइसय पांच हप्तादेखि हरेक शनिवार विहान  हुंदै आएको छ ।

यसैगरी आजैदेखि काठमाडौंको चक्रपथ सफाइ अभियान पनि शुरु गरिएको छ ।

चक्रपथको बसुन्धरा क्षेत्रको दुइ सय मिटरबाट करीव १० टन फोहोर उठाइएको छ ।

अबदेखि हरेक हप्ताको शनिवार बागमती सफाइ अभियान जस्तै चक्रपथ सफाइ अभियान पनि जारी रहनेछ ।

चक्रपथ सफाइ अभियानको  शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले, कुचो समाइ फोहोर बढारेर शुभारम्भ गर्नु भएको हो ।

त्यस अवसरमा उहांले प्रदुषणमुक्त शहर बनाउन जनचेतना बढाउने उद्देश्यले अभियान थालिएको बताउनु भयो ।

उहांले रोग र प्रदुषण मुक्त हुने हो भने आफ्नो आसपासमा फोहोर नगर्न र फोहोर भए सफाइ अभियानमा जुटन सबैलाई आग्रह गर्नु भयो ।

चक्रपथ सफाइ अभियानमा राजनीतिज्ञ, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

भालुले आक्रमणमा गरी १ गम्भिर घाइते, ३ बाख्रा मरे

वीरगञ्ज ।

पर्साको सुवर्णपुर गाँउपालिका ३ निर्मलवस्ति स्थित सिकारीवासमा आज साँझ भालुले आक्रमण गरी एक जनालाई गम्भिर घाईते बनाएको छ । भालुले आक्रमण गरी ३ वटा बाख्रालाइ समेत मारेको छ ।

घरमा बसिरहेको अवस्थमा जंगलबाट आएको भालुले एक्कासि आक्रमण गर्दा स्थानिय मनोज चौधरी गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।

घाईत चौधरीको अहिले नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा उपचार भईरहेको छ ।

सोही क्रममा भालुले घाइते चौधरीको ३ वटा बाख्रालाई आक्रमण गरी मारेको प्रहरीले जनाएको छ ।

आगलागीबाट रु १५ लाखको क्षति

राजविराज ।

सप्तरीको पोर्ता गाविस–६मा गए राति आगलागी हुँदा करिब  १५ लाख रुपैयाँको क्षति भएको छ ।

स्थानीयवासी सतयदेव पघैया यादवको थ्रेसरमेसिन बाट सल्केको आगोले उनको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगद पूर्ण रुपमा जलेर नस्ट  भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयवासी, प्रहरी र राजविराजबाट आएको वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताइएको छ ।

पर्वतमा असिनापानीले वालीनालीमा क्षती

पर्वत ।

पर्वतमा असिनापानीले लाखौँको क्षती भएको छ । जिल्लाको फलेवास नगर र महाशिला गाउँपालिकाका विभिन्न वडामा असिनापानीले लाखौँको वालीनाली नष्ट गरेको छ ।

गएराती असिनापानीले महाशिला गाउँपालिका ६ फलामखानी र फलेवास नगरपालिका ७ ठानामौला, ८ लिमिठाना ९ भंगारा र ११ पाङराङमा मकै, गहुँ र फलफुल खेती नष्ट गरेको स्थानीय कृषकहरुले जनकारी दिएका छन् ।

फलामखानीमा करिव १ सय हेक्टर खेतमा लगाएको मकै असिनाले सोत्तर पारेको स्थानीय डिलवहादुर सुनारले जानकारी दिनुभयो ।

असिनाले चिचिला लाग्दै गरेका सुन्तला, वेलौती,काती लगायतका फलफुलका फुल झारेको छ ।

करिब एक घण्टा परेको असिनाले वालीनाली र फलफुल खेतीमा नराम्रो संग क्षती पु¥याएको लिमिठानाका हरिराम रेग्मीले जानकारी दिनुभयो ।

सुन्तलाको पकेट क्षेत्र लिमिठाना, ठानामौला र पाङराङका कृषकहरुलाई असिनाले सवैभन्दा वढि क्षती पु¥याएको छ । असिनाले प्रत्येक परिवारलाई १२ लाखको क्षती गरेको कृषक रेग्मीले वताउनुभयो ।

काक्रोको विउ उत्पादन गर्ने नारायणस्थान विउ उत्पादन समुहकी अध्यक्ष माया पाठकले लाखौँ क्षती भएको जानकारी गराउनुभयो ।

Skating center to be built in Pokhara

The first skating centre is currently under construction within the surrounding area of the Pokhara stadium in Pokhara sub metropolitan city.

The centre which bears the hallmarks of an international level is first of its kind in Nepal.

According to Western Regional Sport Development Committee's Chairman, Khagraj Poudel, the Committee will complete the construction of the skating centre within 21 days in a budget of  25,000 dolor.

The main aim of the skating centre is to produce skating athletes who can represent Nepal in the next Olympic Games.

Narayanghat – Muglin road section resumes

Transportation along the Narayanghat – Muglin road section  resumed from last night after the local authorities cleared the landslide debris at the Charkilo area.

According to the Area Police Office, Muglin, the landslide struck at 8 pm blocking the route. The landslide debris was cleared and transportation resumed at 11 pm.

The local administration has urged travelers to use alternate route to avoid any accident as the location is prone to more landslides.

Naya Shakti begins hunger strike

As many as 68 parties among the Naya Shakti Party Nepal today  began a relay hunger strike against the law that granted party-wise election symbols to the parties represented in the Parliament only.

The leaders began the hunger strike at the Shanti Batika of Ratna Park from today. The strike would last till April 21.

The parties have also said they would obstruct the programmes of voters’ education to be carried out by the Election Commission at the local level and other programmes related to election monitoring and observation to be carried out by the government and NGOs.

Of late, the parties have been protesting the Local Level Elections Act, which forbids parties outside the Parliament to get party-wise symbols for the upcoming polls, in the run-up to the May 14 local level elections.

अबको निकास आर्थिक विकास बताउने भट्टराईले नामै नसुनिएका ६८ दल बटुलेर अनसन थाले

काठमाडौं ।

निर्वाचनमा आफुले भनेको चुनाव चिन्ह पाउनुपर्ने भन्दै दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टीका प्रमुख बाबुराम भट्टराईले नामै नसुनेका दलहरु समेटेर अनसन थालेका छन् ।

अबको निकास आर्थिक विकासको नारा दिएर नयाँ शक्ति पार्टी खोलेका भट्टराई पछिल्लो समय आन्दोलनमा मात्र सिमित छन् ।

संविधान जारिपछि बिरोध गर्दै तराई केन्द्रित दलहरुलाई उकास्न कहिले तराई त कहिले भारत धाएका भट्टराई स्थानिय चुनाव हुने पक्का देखेपछि निर्वाचनको संघारमा चुनाव चिन्ह माग्दै अनसनमा बसेका छन् ।

रोचक कुरा त के भने भट्टराईले अहिलेसम्म नामै नसुनिएका दलहरु भेला पाएरे ६८ वटा दलको आन्दोलन भन्दै अनसन थालेका छन् ।

संसदमा रहेका दलहरुलाई मात्रै दलीय चुनाव चिन्न प्रदान गर्ने कानुनी व्यवस्था रहेकोमा त्यसको बिरुद्ध उत्रँदै भट्टराईले शंखधर शाख्वा रत्नपार्कस्थित शान्ति वाटिकामा ६ दिने अनसन थालेका छन् ।

अनसनका क्रममा भट्टराईले दलीय चुनाव चिन्न संसद बाहिरका दललाई नदिने नियम तर्कसंगत नभएको बताए । तर भट्टराई स्थानिय चुनाव घोषणा हुँदासम्म तत्काल चुनाव हुन नहुने भन्दै बिरोधमा थिए त्यतिखेर भट्टराईले दलिय चुनाव चिन्हको माग गरेको अवस्थामा संभव हुने भएपनि मतपत्र समेत छापिइसक्न लागेको बेलामा चुनाव चिन्ह माग गर्नु निर्वाचन बिथोल्ने वा स्थगित गराउने मनसाय रहेको राजनीतिक विश्लेषकहरुले बताउन थालेका छन् ।

स्थानीय तह निर्वाचन ऐनमा संसदमा नरहेका दललाई दलीय चुनाव चिन्न नदिने व्यवस्था गरिएको छ ।

काठमाडौंको मेयरमा पूर्व सचिव तथा बागमती सरसफाई अभियन्ता किशोर थापाको उमेदवारी

काठमाडौंको मेयरमा पूर्व सचिव तथा बागमती सरसफाई अभियन्ता किशोर थापाको उमेदवारी

काठमाडौं ।

नेपाल सरकारका पूर्व सचिव तथा बागमती सफाई अभियानका अग्रणी व्यक्तित्व किशोर थापाले काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका छन् ।

रबिन्द्र मिश्र नेतृत्वको साझा पार्टीका केन्द्रीय संयोजन समितिका सदस्य समेत रहेका थापा स्वच्छ छविका नेपाल सरकारका कर्मचारीका रुपमा परिचित छन् ।

साझा पार्टीले आफ्ना मूल्य(मान्यता तथा आदर्शलाई आत्मसात र प्रवर्द्धन गर्ने स्वतन्त्र उमेदवारलाई पार्टीले समर्थन गर्ने बताइरहँदा थापाको उमेद्वारी घोषणा भएको हो ।

इमान, जमान, क्षमता र सदाचारमा कहलिएका सक्षम पूर्व सचिवले नै देशकै राजधानीको मेयरका लागि साझा पार्टीको समर्थनमा स्वतन्त्र उमेदवारी दिने घोषणाले एकाएक चर्चा पाएको छ । काठमाडौंमा ठूला मानिएका काँग्रेस, एमाले र माओवादी पार्टीले उमेद्वार समेत छान्न नसकिरहेको बेलामा उनिहरुका लागि किशोर थापाको उमेद्वारी कडा प्रतिस्पर्धी बन्ने निश्चित देखिन्छ ।

आर्किटेक्ट इन्जिनियर थापाले शहरी विकास, शिक्षा र पर्यटन तथा नागरिक उड्डयन जस्ता महत्त्वपूर्ण मन्त्रालयहरूमा सफलतापूर्व सचिवको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

निष्कलङ्क छविका साथ अवकाश लिएका थापा काठमाडौंको सडक विस्तार गर्ने तथा दशकौंदेखि अवरूद्ध रहेको मेलम्ची खानेपानी आयोजनालाई तीव्रता दिने काममा महत्वपूर्ण भूमिका खेल्ने नेपाल सरकारका सचिव समेत हुन् ।

नेपालको बिस वर्षे ऊर्जा विकास योजना तथा बाहिरी चक्रपथ र अन्य कयौँ महत्त्वपूर्ण आयोजनाको नेतृत्व किशोर थापाकै कार्यमा नेपाल सरकारले गरेको थियो ।

शहरी योजनाका स्नातकोत्तर थापा केही समयअघिसम्म म्यानमारको राष्ट्रिय आवास नीति निर्माणमा अन्तर्राष्ट्रिय विज्ञका रूपमा समेत कार्यरत थिए ।

सङ्घीयता अन्तरगत स्थानीय तहमा उल्लेख्य अधिकार रहेको सन्दर्भमा काठमाडौं महानगरको मेयरमा निर्वाचीत भएमा थापाले आफ्ना अनुभव, योग्यत र क्षमताले काठमाडौं महानगरपालिकालाई साँच्चैको महानगर बन्न लायक काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

थापाले राजधानीको निरन्तर खस्किंदो अवस्थालाई सुधार गरी संमृद्ध, गतिशील, सुन्दर, सुविधाजनक र स्वच्छ महानगर निर्माणका लागि आफुले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

साझा पार्टी नेपालले अबको मेयरको नेतृत्वले शहरी योजना र व्यवस्थापनका विविध क्षेत्रमा लिने निर्णयले यहाँका वासिन्दाको जीवनको गुणस्तर र काठमाडौं महानगरको भविष्य निर्धारण गर्ने भएकाले यो वास्तविकतालाई मनन गर्दै काठमाडौं महानगरपालिकाको मेयरका लागि किशोर थापा जस्तो सक्षम र उपयुक्त उमेदवारलाई मत दिन आग्रह समेत गरेको छ ।

काठमाडौं महानगरपालिकाका लागि थापाको कार्य योजना तथा उनको सहयोगीका रूपमा उपमेयरका लागि उमेदवारी थापाले छिटै सार्वजनिक गर्ने बताइएको छ ।

थापाको उमेदवारीको समर्थनका लागि साझा पार्टी काठमाडौंले महानगरवासीमा हार्दिक अपील समेत गरेको छ ।

को हुन् किशोर थापा ?

किशोर थापा २०१६ सालमा काठमाडौंको चोभारमा जन्मिएका हुन् ।

२०३१ सालको एसएलसी परीक्षामा प्रथम श्रेणीमा प्रथम भएका थापाले ल्याबोरेटरी स्कूल कीर्तिपुरबाट एसएलसी गरेका हुन्  ।

उनले कलकत्ता विश्वविद्यालयबाट आर्किटेक्चरमा स्नातक र दिल्लीको स्कूल अफ प्लानिङ एण्ड आर्किटेक्चरबाट शहरी योजनामा स्नातकोत्तर गरेका छन् ।

उनले हम्फ्रे फेलोशीप कार्यक्रमअन्तर्गत अमेरिकाको रर्टगर्श विश्वविद्यालयमा आवास र शहरी योजनामा शोधकार्यका लागि छात्रवृत्ति पाएका थिए ।

२०३९ सालबाट सरकारी सेवामा प्रवेश गरेका उनले शहरी विकास योजना तथा भवन निर्माण विभागको महानिर्देशक, भौतिक योजना तथा निर्माण मन्त्रालयमा सहसचिव, जलशक्ति आयोगको कायममुकायम सचिव हुँदै सचिव र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवलगायतको जिम्मेवारी वहन गरिसकेका थापाले  निर्वाचन आयोगमा सचिवको रुपमा समेत सफल कार्यभार सम्हालेका थिए ।

शुभकाना नयाँ बर्षको ! आज बैशाख १ गते नयाँ बर्ष २०७४

काठमाडौं ।

आज विक्रम संवत् २०७४ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपाल सहित विश्वभर रहेका नेपालीहरु एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने सङ्क्रान्तिलाई मेष अर्थात् वैशाख सङ्क्रान्ति भनिन्छ । यो नै विक्रम सम्बतको पहिलो दिन हो ।

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन पनि हो ।

प्रत्येक व्यक्तिले गत वर्ष गरेका कामको सफलता असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् ङ्कल्प गर्ने गर्दछन् ।

आज बिहानै स्नान गर्ने, घर, कोठा–आगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।

विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाईई विक्रम संवत् बताइन्छ ।

नेपालमा मात्र मौलिकरुपमा यो संवत् भारतमा सरकारी संवत शक संवत भएपनि व्यवहारमा इस्वी संवत चलेको पाइन्छ ।

विसं १३५ देखि शक संवत, विसं ६३३ देखि मानदेव संवत, विसं ९३६ देखि नेपाल संवत चलेको जानकारीसमेत उनले दिए । यी संवतमध्ये अहिले मानदेव संवतको चलन हराइसकेको छ ।

विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विसंको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको पाइन्छ ।

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन छ ।

काठमाडौँको बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा पर्ने वाग्द्वार ९बागमती नदीको उद्गमस्थल०, टोखा चण्डेश्वरी नगरपालिकाको सपनतीर्थ र कीर्तिपुर नगरपालिकाको चम्पादेवीमा आज विशेष मेला लाग्छ ।

काठमाडौँको उत्तर पश्चिमी भेगस्थित टोखाको खहरे अर्थात् सपन तीर्थमा आजका दिन स्नान गरेमा कुष्ठरोग एवम् लुलो लङ्गडोपना हटी पुनः शारीरिक तन्दुरुस्तता प्राप्त हुने जनविश्वास छ । भक्तपुरमा बिस्केट जात्राको रौनकता वैशाख १ गतेकै दिन बढ्ने गर्दछ ।

नयाँ वर्षका दिन स्नान, दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास पनि रहेको छ ।

आज विक्रम संवत २०७४ साल वैशाख १ गते, २०७३ साललाई बिदाइ गरेर आज शुक्रबारदेखि नयाँ वर्ष २०७४ लाई स्वागत गरिएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिंदैछ ।

नयाँ वर्षको पहिलो दिन सार्वजनिक विदा दिने प्रचलन पनि रहेको छ । विक्रम संवत्लाई आधार मानी हरेक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाइन्छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा र वैदिक समय अङ्कनमा आधारित छ ।

विसं अङ्ग्रेजी पात्रोभन्दा झण्डै ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ । सूर्यसँग सम्बन्धित भएकाले यसमा ग्रह नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् । नयाँ वर्षमा विभिन्न नयाँ काम सुरु गर्ने, एकआपसमा शुभकामना आदान गर्ने, वर्ष शुभ रहोस् भनी विभिन्न शक्तिपीठमा दर्शन गर्न जाने प्रचलन छ ।

विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ ।

सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो । नयाँ वर्षका अवसरमा काठमाडौंको उत्तरी भेगमा रहेको बुढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा रहेको वाग्द्वारमा विशेष स्नान मेला लाग्छ । यसैगरी टोखा चण्डेश्वरीको सपनातीर्थ र कीर्तिपुरमा रहेको चम्पादेवीमा पनि मेला लाग्ने गरेको छ ।

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख सङ्क्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखाली पूण्य कमाइने धार्मिक विश्वास पनि रहँदै आएको छ । नयाँ वर्षकै अवसरमा भक्तपुरमा एकसाता लामो बिस्केट जात्रा मनाइन्छ ।

अमेरिकी शक्तिशालि बम प्रहार अफगानिस्तान बिरुद्ध-पूर्व राष्ट्रपति करजई

एजेन्सी ।

अमेरिकाद्धारा अफगानिस्तानमा प्रहार हालसम्मकै शक्तिशालि भनिएको बमको त्यहाँका पूर्व राष्ट्रपति हमिद करजईले बिरोध गरेका छन् ।

अरुको देशमा आतंककारीको नाममा मानववस्ति रहेको ठाउँमा बम प्रहार गरिनु निन्दनिय भएको करजईले बताएका छन् ।

आफ्नो देशमा अमेरिकी बम प्रहार र परिक्षण आतंकवाद बिरुद्ध नभई अफगानिस्तानका बिरुद्ध भएको भन्दै उनले यसका बिरुद्ध अफगानि नागरिक उभिनुपर्ने बताएका छन् । करजईले भने अमेरिकाले अफगानिस्तानलाई प्रयोगशाला बनाएको छ, अमेरिकालाई रोक्न अफगानहरु नै लाग्नुपर्छ ।

उता अमेरिकाले बिहिबार आइएस आतंककारीविरुद्ध भन्दै अफगानिस्तानको मानववस्ति रहेको ठाउँमा प्रहार गरेको बम अहिलेसम्मकै सबैभन्दा ठूलो भएको बताएको छ ।

अफगानिस्तानमा सुरुङ बनाएर लुकेका करिब सात हजार आइएस लडाकुमाथि लक्षित भएको बताईएको ११ हजार किलो नन–न्यूक्लियर बमबाट ताजा विवरणहरु अनुसार त्यसमा कम्तिमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त मिसन निकै सफल भएको दाबि गरेका छन् । उक्त बमको निर्माण लागत झण्डै एक करोड ६० लाख डलर प्रति बम रहेको छ ।

उक्त बमको परिक्षण सन् २००३ मा गरिएपनि अहिलेसम्म त्यसलाई कहिल्यै पनि प्रयोग गरिएको थिएन ।

तर अझै पनि एमओएबी अमेरिकी सेनाको सबैभन्दा शक्तिशाली गैर परमाणु बम भने होइन ।

म्यासिभ अर्डनेन्स पेनिट्रेटर भनिने एमओपी साढे तेह्र टन भन्दा बढी क्षमताको बम अमेरिकाले बनाइसकेको छ।

अमेरिकासँग मदर रुससँग फादर अफ बम

रुसले पनि आफ्नै पराम्परागत प्रकृतिको शक्तिशाली बम बनाएको छ जसलाई उसले ुफादर अफ अल बम्स ९एफओएबी०ु अर्थात बमहरुको पिताको नाम दिएको छ ।

एफओएबी इन्धन र वायु मिश्रित बम हो जसलाई थर्मोबेरिक अस्त्र पनि भन्ने गरिन्छ ।

बिबिसिमा उल्लेख भए अनुसार थर्मोबेरिक बम दुई चरणमा विस्फोट हुन्छन् ।

पहिलो विस्फोटनले विस्फोटक पदार्थहरु छरिवरि पार्छ। ती पदार्थ दोस्रो चरणमा पड्कन्छन् । त्यसले विनाशकारी चापयुक्त तरंग सृजना गर्छ ।

एमओएबी जस्ता बमको मूल प्रभाव भनेको त्यसले पार्ने मनोवैज्ञानिक असर ठानिन्छ। भयङ्कर शक्तिशाली विस्फोटका कारण सिर्जना हुने त्रासले शत्रुमाझ अत्यन्त ठूलो प्रभाव पार्ने यसको उद्देश्य हुन्छ ।

वन क्षेत्रलाई सम्याएर हेलिकोप्टर अवतरण गर्ने स्थान निर्माण गर्न प्रयोग गरिने बीएलयू९एटिटु डेजी कटर र त्यस्तै प्रकृतिका अस्त्रहरुको प्रयोगपछि एमओएबीको बिकास गरिएको हो ।

एलाबामामा रहेको एरोनटिक्स कम्पनी डाइनेटिक्सले सबैभन्दा पहिला एमओएबी बम बनाएको हो ।

यता अमेरिकाको हालसम्मकै शक्तिशालि भनिएको ‘मदर अफ अल बम्स’ भनिने उक्त बम इस्लामिक स्टेटले प्रयोग गर्ने गुफाहरुलाई लक्षित गरी पूर्वी अफगानिस्तानको नाङ्गहार प्रान्तमा खसालिएको थियो । एक जना स्थानीय गभर्नरले बिस्फोटन भएको ठाउँमा निक्कै उचाईसम्म आगोको लप्का देखिएको बताएका छन् ।

बीबीसीका अनुसार अमेरिकी विमानमार्फत अफगानिस्तानको नाङ्गहार प्रान्तस्थित आचिन जिल्लामा झण्डै नौ मिटर लामो उक्त बम खसालिएको थियो । पाकिस्तानी सीमा नजिकै अवस्थित गुफै गुफा रहेको उक्त दुर्गम पहाडी क्षेत्रमा पातलो मानवबस्ती रहेको बीबीसीले बताएको छ ।

स्थानीय समय साँझको साढे सात बजे तिर प्रहार गरिएको उक्त बम बिस्फोटनको अवाज दुई वटा छिमेकी जिल्लाहरुमा सुनिएको जनाइएको छ।

एकदमै ठूलो र भूउपग्रह प्रणालीबाट निर्देशित उक्त बम कुनै पनि फौजी कारबाहीमा पहिलो पटक प्रयोग गरिएको ठानिएको छ ।

बिशेष किसिमको विमानबाट प्यारासुट मार्फत खसाइने उक्त बमले ठूलो भूभागमा बिस्फोटन गराउने समार्थय राख्छ।

अफगानिस्तानको राष्ट्रपति कार्यालयका एक जना प्रवक्ताले सो विस्फोटले ठूलो क्षति गराएको जनाएका छन् । यद्यपी अफगान सरकारले यसबारेमा कुनै आधिकारीक प्रतिक्रिया जनाईसकेको छैन ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web