नेपालमै मात्र बिदा । नेपाल र भारतको राष्ट्रपति आउँदा जाँदा नेपालमै मात्र बिदा

काठमाडौं ।

भारतीय राष्ट्रपति नेपाल आउने भएकै कारण नेपालमा सार्वजनिक बिदा दिएको पुष्पकमल दाहाल सरकारले राष्ट्रपति विद्या भण्डारी भारत जाँदा समेत सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

रोचक कुरा के भने भारतले न त उसका राष्ट्रपति नेपाल आउँदा भारतमा बिदा दिएको छ न त हाम्रो राष्ट्रपति भारत जाने दिननै कुनै बिदा दिएको छ ।

भारतप्रति नरम र भक्तिभाव देखाउने गरि नेपालमै मात्र बिदा दिर्ने निर्णय भएपछि यसको सामाजिक सञ्जालमा फेरी बिरोध सुरु भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले सोमबार एकदिन विदा दिने निर्णय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार भारतको औपचारिक भ्रमणमा जाँदैछिन् । भण्डारी राष्ट्रपति भएपछि यो पहिलो विदेश भ्रमण हो ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले उनको भारत भ्रमणको तालिका स्वीकृत पनि गरेको छ ।

राष्ट्रपति भण्डारीले भारत बसाईको क्रममा समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग शिष्टाचार भेट गर्नेछिन् । राष्ट्रपति भण्डारी भारतमा हुने विभिन्न स्वागत समारोहमा सहभागी हुनेछिन् । उनले गुजरात र उडिसा राज्यको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

यसअघि राष्ट्रपति भण्डारीको औपचारिक निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जीले गत कात्तिक २७ देखि २९ गतेसम्म नेपालको भ्रमण गरेका थिए ।

मुखर्जीको नेपाल भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले मन्त्रीपरिषद बैठक डाकेर उनि आउने र जाने दिन सार्वजनिक बिदा दिएको थियो । यसको चर्को बिरोध भएपनि सरकारले लाज ढाक्नको लागि त्यसलाई सच्याएर भारत र चीनका राष्ट्रपति आउँदा अब जहिले पनि बिदा दिने भनि निर्णय तोडमोड गर्दै बिरोध छल्न खोजेको थियो ।

प्रधानमन्त्री देउवा वार्ता, मोर्चा चुनावमा आए सार्ने बिरोध जसरीपनि टार्ने

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न स्थानिय निर्वाचन बिरोध गरिरहेको तराईकेन्द्रित दलहरु चिर्वाचनमा आएमात्र केहीदिन सार्न सकिने बताएका छन् ।

दुई नेताबिचको भेटमा काँग्रेस नेताहरुले चुनाव सार्न सकिने भनि भाषण दिइरहँदा प्रधानमन्त्री दाहालले यसबारेमा जिज्ञासा राखेको र सभापती देउवाले मधेशी मोर्चा चुनावमा आएमात्र सार्नुपर्ने धारणा राखेको बताइएको छ ।

बैशाख ३१ को चुनाव कुनै हालतमा नसर्ने भन्दै दुई नेताले बिरोध र बन्द हडताल जसरीपनि टार्ने भन्दै यसको लागि दुई चरणमा निर्वाचन गर्न सकिने बारे छलफल गरेका छन् ।

निर्वाचनको मिति केही दिन सार्दैमा मधेसी मोर्चा चुनावमा भाग लिने कुनै ग्यारेन्टी नभएको देउवा लगायतका नेताहरुले बताएका थिए ।

देउवासँगको भेटमा प्रधानमन्त्री दाहालले पनि मधेसी मोर्चाले स्थानीय चुनावमा भाग लिने ग्यारेन्टी नभएको अवस्थामा चुनाव सार्न नहुने बताएका थिए ।

यसैवीच मधेसी मोर्चाका नेताहरुले आफूहरु स्थानीय चुनावमा कुनै हालतमा नआउने भन्दै पहिले संसदीय चुनाव गर्नुपर्ने कुबेलाको प्रस्ताव अघि सारेका छन् ।

श्रोतका अनुसार मोर्चाका नेताहरुसँग सत्तापक्षका नेताहरुको कुराकानी हुँदा उनीहरुले केही दिन मिति सारे पनि आफूहरु स्थानीय तहको चुनावमा नआउने भन्दै बरु पहिले संसदको चुनाव हुनुपर्ने र स्थानीय तहको चुनाव प्रदेशले गराउनुपर्ने बिवादास्पद माग अघि सारेका छन् ।

मोवाइल चार्ज गर्ने क्रममा उदयपुरमा एकको मृत्यु

उदयपुर ।

मोवाइल चार्ज गर्ने क्रममा करेण्ट लाग्दा उदयपुरमा आईतवार एक युवाको ज्यान गएको छ ।

जिल्लाको त्रियुगा नगरपालिका–१० बोक्से स्थित करमगाछिका १६ बर्षिय चित्रबहादुर बिकको ज्यान गएको हो ।

उनको त्रियुगा नगरपालिका–२ जोगिदह स्थित दिदीको घरमा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार मोवाइल चार्ज गर्ने क्रममा करेण्ट लागेर घाइते भएका बिकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

मृतक बिकको शब पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाईएको छ ।

मधेशी मोर्चाले निर्वाचन बहिस्कार भने लगत्तै बीरगञ्जमा बम आतंक

बीरगञ्ज ।
अज्ञात समूहले वीरगंजको घण्टाघर देखि बसपार्क जाने लिंक रोडमा आज दिउंसो शंकास्पद अवस्थामा छोडेको कालो झोलाले सो क्षेत्रमा झण्डै २ घण्टा देखि आतंक मच्चिएको छ ।

झोलामा बम भएको र धुवा समेत निस्किएको जानकारी स्थानियबासिन्दाले प्रहरीलाई गराएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले घटना स्थललाई घेराबन्दी गरेको छ ।

घण्टाघर नजिकै शंकास्पद बस्तु भेटिएसंगै सो क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

शंकास्पद वस्तु भेटिएपछि प्रहरी तथा सशस्त्र प्रहरीले लिंक रोड हुदै बस पार्कबाट घण्टाघर आउने र घण्टाघरबाट बस पार्क जाने सडक खण्ड तथा रेल्वे सडक खण्ड समेत रोकेपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

मधेशी मोर्चाले निर्वाचन बहिष्कारको घोषणा गरे लगतै शंकास्पद वस्तु भेटिएपछि स्थानियवासिन्दा त्रसित भएका छन् । नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद बस्तु डिष्पोज गर्ने तयारी गरी रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

गत बर्ष बिदेशी सहायत १ अर्ब ७ करोड ४० लाख अमेरिकी डलर

काठमाडौं ।

गत आर्थिक वर्षमा मुलुकमा विकास सहायता परिचालन अघिल्लो आर्थिक वर्षको तुलनामा ५.२२ प्रतिशतले बढेर एक अर्ब सात करोड ४० लाख अमेरिकी डलर पुगेको छ ।

कूल परिचालित सहायतामध्ये अनुदान ५० प्रतिशत, ऋण ३५ प्रतिशत र प्राविधिक सहायता १५ प्रतिशत रहेको छ ।

आइतबार अर्थ मन्त्रालयमा सार्वजनिक गरिएको गत आर्थिक वर्षको विकास सहायता प्रतिवेदनका अनुसार, गत आर्थिक वर्षमा सबैभन्दा बढी सहायता परिचालन गर्ने बहुपक्षीय विकास साझेदारमा विश्व बैंक र द्विपक्षीय विकास साझेदारमा संयुक्त राज्य अमेरिका रहेका थिए ।

गत आर्थिक वर्षमा कूल परिचालन भएको बैदेशिक सहायतामध्ये ६३ प्रतिशत राष्ट्रिय बजेट प्रणाली मार्फत परिचालन भएको छ भने ऊर्जा क्षेत्रमा परिचालन भएको सहायता सबैभन्दा बढी रहेको छ ।

प्रतिवेदनका अनुसार, गत आर्थिक वर्षमा मध्यमाञ्चल विकास क्षेत्रमा सवैभन्दा बढी २५ करोड ३२ लाख अमेरिकी डलर र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रमा सबैभन्दा कम सात करोड ५७ लाख अमेरिकी डलर विकास सहायता परिचालन भएको छ ।

वैदेशिक सहायतामा संचालित आयोजना तथा कार्यक्रमहरुमध्ये संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सबैभन्दा बढी ६५, स्वास्थ्य मन्त्रालयमा ६१, कृषि विकास मन्त्रालयमा ५० र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा ४० आयोजना तथा कार्यक्रमहरु संचालनमा रहेका छन् ।

गत आर्थिक वर्षको विकास सहायता प्रतिवेदन सार्वजनिक गर्नुहुँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले देशको माग, आवश्यकता र राष्ट्रिय मूल नीति अनुसार वैदेशिक सहायता परिचालन गर्न सरकार अडिग रहेको र पछिल्लो समयमा सोही अनुसार वैदेशिक सहायता परिचालन गर्न विकासका साझेदारहरु सहमत रहेको बताउनुभयो ।

अर्थ सचिव डा. शान्तराज सुबेदीले राष्ट्रिय आयोजना बैंकका आधारमा बैदेशिक सहायता लिने तर सानातिना छरिएका आयोजनाहरुका लागि भने वैदेशिक सहायता नलिने मान्यतामा अर्थ मन्त्रालय रहेको बताउनुभयो ।

जापान ८ महिना अघि आएका झापाका डाँगीको असामयिक निधन

टोकियो ।

बैदेशिक रोजगारिका शिलशिलामा जापान आएका झापा शनिश्चरे ३ का खेमराज डाँगीको असामयिक निधन भएको छ ।

८ महिना अघि मात्र कुक कामको लागि जापान आएका डाँगीको गएराति अअकस्मात निधन भएको डाँगीका साला राजकुमार कुँवरले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

कुँवरका अनुसार यहि अप्रिल १५ तारिखका दिन कार्यरत कम्पनिले आयोजना गरेको सभामा भोज खाएर सुतेकोमा शरिर चिसो पाएपनि उनलाई तत्काल अस्पताल लगिएपनि बाटैमा राती साँडे ९ बजे निधन भएको हो ।

जापानमा आफन्तको रुपमा कुँवर मात्र रहेका डाँगीको नेपालमा आर्थिक अवस्था कमजोर रहेको बताईएको छ ।

नेपाल शव पठाउन ठूलो रकम लाग्ने भएपछि मृतक डाँगीका श्रीमतीले एकपटक मात्र भएपनि श्रीमान्को अनुहार हेर्ने धोको रहेको भन्दै जापानमै दाहसंस्कार गर्न र एकपटक श्रीमान्को अनुहार हेर्न जापान आउन अनुरोध गरेको राजकुमार कुँवरे जानकारी दिनुभयो ।

३६ बर्षिय डाँगीको शवको दाहसंस्कारको लागि आर्थिक सहयोग गर्न भन्दै अभियान थालिएको छ । यसको लागि उनका साला राजकुमार कुँवरको जेपी बैंकको खातामा जापानमा रहनुभएका सबैलाई सक्दो सहयोग गर्न अनुरोध गरिएको छ ।

सबैलाई यो सन्देश शेयर गर्न भन्दै प्राप्त विवरण यस्तो छ

झापा सनिस्चरे ३ घर भयेको जापानमा ८ महिना अगाडी आउनु भयएको र हाल कामता स्थित राईस सेन्टर (बेन्तो ) मा कार्यरत खेम राज डाँगी को हिजो मिति २०१७ साल अप्रिल १५ तारिक मा कम्पनिको काम सकी साधारण सभा मा खानपिन गरी आराम को लागी १५ मीनेट जती सुतेको अवस्था मैं साला भाई ले उठाउन जादा शरीर चिसो भयको ले कामता स्थित तोहोइदाई हस्पिटलमा लैजादै गर्दा २१:३५ मा देहबसान भयेको छ ।

जापान मा नजिक को भनेको सालो राज कुमार कुंवर बाहेक अरु कोहि नभयेकोले मृत्रकको पार्थिब शरिर नेपाल लानको लागी आर्थिक अवस्था कम्जोर भएकोले जापान स्थित सम्पूर्ण सहयोगी मनहरु मा आर्थिक सहयोग को लागि अनुरोध गरिन्छ ।

फोटोमा मृतक खेम राज डाँगी र आर्थिक सहयोग को लागि सालो राजकुमार कुंवर को जापान को बैंक खाता राखीएको छ।

सहयोगी मन हरुमा अपिल सहित यो सूचना सबैमा पुग्न सक्नी forward गर्दिनु हुन अनुरोध गरिन्छ ।

अन्य कुनै सूचनाको लागि ०८० -३७०७ -९७००मा राजकुमार कुँवर लाई सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ।

Youth dies due to lightning

At least three people were killed when lightning struck them in Dhankuta and Ilam districts.

Chhatra Kumari Rai, 36, and Krishna Rai, 24, have been killed when they were struck with thunderbolt in Dhanlkuta district today.

Similarly, a youth, Sanjib Rai, 23, was killed when he was hit by lightening at Deumai Municipality-2 today. The deceased was sitting on the verandah of his house when the thunderbolt struck, leaving him critically injured. He breathed his last on the way while being rushed to the Ilam Hospital, according to police.

Youth dies due to lightning

At least three people were killed when lightning struck them in Dhankuta and Ilam districts.

Chhatra Kumari Rai, 36, and Krishna Rai, 24, have been killed when they were struck with thunderbolt in Dhanlkuta district today.

Similarly, a youth, Sanjib Rai, 23, was killed when he was hit by lightening at Deumai Municipality-2 today. The deceased was sitting on the verandah of his house when the thunderbolt struck, leaving him critically injured. He breathed his last on the way while being rushed to the Ilam Hospital, according to police.

‘हत्यारा’ ढुंगेलको मुद्दा फिर्ता लिन बैद्यको माग

काठमाडौं ।

मोहन बैद्य नेतृत्वको माओवादीले हत्यारा ठहर माओवादी पूर्व सांसद बालकृष्ण ढुंगेलको मुद्दा फिर्ता लिनुपर्ने माग गरेको छ ।

सर्वोच्च अदालतले यसअघिनै सर्वस्व सहित जन्मकैदको फैसला सुनाउँदा समेत माओवादी पार्टी र नेताहरुको संरक्षणमा जोगिंदै आएका बालकृष्ण ढुंगेललाई दुईदिनअघि सर्वोच्च अदालतले ७ दिनभित्र पक्राउ गर्न आदेश दिएपछि बैद्य माओवादीको यस्तो प्रतिक्रिया आएको हो ।

बैद्यले सर्वोच्च अदालतद्धारा ढुंगेललाई ७ दिने पक्राउ पुर्जी जारी गरेकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

विज्ञप्तिमार्फत वैद्यले माओवादीले जनयुद्धकालीन मुद्दा समाधान गर्न दुईवटा आयोग बनिसकेको भन्दै राज्यको तर्फबाट जनयुद्धकालिन मुद्दा तत्काल फिर्ता लिनुपर्ने तर्क अघि सारेको छ ।

वैद्यको नै हस्ताक्षर रहेको विज्ञप्तिमा जनयुद्धको नेतृत्वको एउटा हिस्सा सरकारमा रहनु र जनयुद्धमा संलग्न भएका कार्यकर्ता उत्पीडित बन्नु गम्भीर चिन्ताको विषय भएको जिकिर गरिएको छ ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न रहेको प्रमाणित भएपछि सर्वोच्च अदालतले ढुंगेललाई दोषि ठहर गर्दै जेल सजाय सुनाएको छ ।

तर अदालतलाई नै चुनौती दिँदै ढुंगेल खुल्लम खुल्ला हिँड्ने गरेका छन् । उनले अदालतको अवहेलना गरेको भन्दै परेको अर्को मुद्दामा सर्वोच्चले बिहीबार सुनुवाई गर्दै ढुंगेललाई ७ दिन भित्र पक्रन प्रहरीलाई निर्देशन दिएको थियो ।

तर अदालतले आदेश दिएपनि सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले भने अटेर गर्दै ढुंगेललाई अझैसम्म पक्राउ गर्न दिएका छैनन् । प्रहरी उच्च श्रोतका अनुसार तत्काल ढुंगेललाई पक्राउ नगर्न प्रहरीलाई भनिएको छ ।

उत्तरद्धारा परमाणु आक्रमणका लागि तयार रहन अमेरिकालाई चेतावनी, यस्तो छ अवस्था

एजेन्सी ।

जे अपेक्षा गरिएको थियो ठिक त्यस्तै सैन्य र अस्त्र उपलब्धि सहित उत्तर कोरियाले आफ्ना संस्थापक नेता किल इल सुंगको १ सय ५ औं वर्षगाँठ धुमधामका साथ मनाएको छ ।

सँगै उसले यो उत्सवका बेलामा दिनसक्ने ठानिएको अभिव्यक्ति युद्धकै बारेमा बोल्दै अमेरिकालाई घातक आणविक आक्रमको लागि तयार रहन चेतावनी दिएको छ ।

उत्तरको सैनिक तामझाम र राष्ट्रिय दिवस

यो हप्ता उत्तर कोरियाको राजधानी प्यांगयांग भित्रि रुपमा निकै तनाव र बाहिरि रुपमा तामझाममा देखियो ।

राष्ट्रिय दिवसको अवसरमार राजधानी प्योंगयाङको सडक चम्कियो । महिलाहरु उत्तर कोरियाको पारम्परिक पोशाकमा सजिए भने पुरुष कालो र खैरो रङको सूटमा ।

प्योंगयांगमा छुट्टीको जस्तो देखिएको थियो भने सेनाको पुरानो खोलिएको ट्रकमा पुरुष र महिला सैनिक सवार देखिन्थे । महिला सैनिक मुस्कानका साथ मानिसहरुतर्फ हात हल्लाउँछन् भने पुरुष सैनिक गीत गाइरहेको देख्न सकिन्थ्यो ।

साधारणतया संसारबाट सम्पर्कविच्छेद गरेको उत्तर कोरियाले विदेशी मिडियालाई पनि यो समारोहको कभर गर्नका लागि करिव ३ सय बिदेशी पत्रकारलाई बोलाएको थियो ।

यो समारोहमार्फत उत्तर कोरियाले संसारलाई आफ्नो सैन्य ताकत देखाउन चाहेको प्रष्ट झल्किन्थ्यो ।

उत्तर कोरियाको इतिहासलाई पल्टाउने हो भने उक्त देश आफ्नो धेरैजसो सैन्य परिक्षण यस्तै विशेष मौकामा गर्दै आएको छ । यस्तोमा उनले अर्को परमाणु परिक्षणको आदेश दिनसक्ने प्रबल सम्भावना देखिन्थ्यो । यद्यपी तत्काल यस्तो घोषणा भने भएन ।

उत्तर कोरियाले भर्खरै परमाणु परिक्षण गरेकोमा पूरा कोरियाली प्रायद्वीपमा तनावको स्थिती छाएको छ ।

जापान र दक्षिण कोरियाले यी परिक्षणमाथि कडा आपत्ति जनाउँदै संयुक्त राष्ट्र सुरक्षा परिषदलाई यो मुद्दामा चर्चा गर्नका लागि आपतकालीन बैठक बोलाउनु परेको थियो ।

के भईरहेछ कोरियाली प्रायदिपमा अमेरिकी सैन्य भड्काउपछि

उत्तर कोरियामा तनाव बढिरहेको छ र त्यहाँ ‘कुनै पनि बेला’ युद्ध हुनसक्ने चेतावनी चीनले दिएको छ ।

चीनका विदेशमन्त्री वांग यीले यदि युद्धको सुरुवात भइहाले पनि जित कसैको हातमा नहुने सम्भावना व्यक्त गरेका छन् ।

वांगले भने, ‘एक अर्कालाई भड्काउने र धम्काउन बन्द गर्न म सबैलाई अपिल गर्न चाहन्छु । चाहे शब्दले होस् वा व्यवहारले अप्ठेरो स्थितीलाई कसैले पनि निम्त्याउनु हुँदैन ।’

चीनियाँ विदेशमन्त्रीको यो बयान यस्तो समयमा आएको छ जब अमेरिकामा उत्तर कोरियाको परमाणु हतियारको विकासको विषयमा चिन्ता बढिरहेको छ र उनले कोरियाली प्रायद्वीप नजिकै आफ्नो एक युद्धपोत तैनाथ गरेको छ ।

यसै बिच उत्तर कोरियाले शनिबार आफ्नो छैठौं परमाणु बम परिक्षण गर्नसक्ने आशंका गरिएको छ जुन सम्भवतः एक लामो यात्रा तय गर्ने परमाणु हुनेछ ।

शनिबार उत्तर कोरियाका प्रथम नेता किल इल–सुंगको १ सय ५ औं जन्मजयन्ती हो ।

चीन, उत्तर कोरियाको समर्थन गर्ने एकमात्र देश हो र चीन यो कुरामा चिन्तित छ कि यदि लडाईंबाट उत्तर कोरियामा किम जोंग–ऊनको सत्ता सिद्धियो भने यसले चीनको सीमामा शरणार्थी संकट उत्पन्न हुनसक्छ ।

चीनलाई यो पनि डर छ कि उत्तर कोरियाको सत्ता समाप्त हुँदा एक बफर क्षेत्र समाप्त हुनेछ जुन चीन र दक्षिण कोरियाबिच  एक तटबन्धको काम गर्दछ जहाँ अमेरिकाले आफ्नो सैन्य अड्डा बनाएको छ ।

यसै कारणले पनि चीन उत्तर कोरियालाई धेरै कुरा भन्नबाट बच्छ । यद्यपी, अहिलेको समयमा चीन आफ्नो छिमेकीलाई निराशा बनाउने संकेत मिलेको छ ।

चीनले उत्तर कोरिषबाट कोइलाको आयातमा रोक लगाइदिएको छ । साथै, चीनको सरकारी प्रसारण सेवा सिसिटिभीले दिएको जानकारी अनुसार चीनले आउँदा अप्रिल १७ बाट बेइजिङ र प्योंगयांगबिच एयर चाइनाको सिधा सेवा स्थगित गरिदिएको छ ।

अमेरिका र उत्तर कोरियाबिच बढिरहेको छ तनावः

चीनको चिन्ता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहिबार गरेको टिप्पणीले अझै थपिएको छ जसमा उनले भनेका थिए, ‘उत्तर कोरियाली समस्या’ लाई ‘हेरिनेछ’ ।

ट्रम्पले भने, ‘यदि चीन मद्दत गर्ने निर्णय गर्छ भने यो निकै राम्रो हुनेछ । यदि गर्दैन भने हामी चीन बिना नै समस्याको हल गर्नेछौं ।’

उत्तरक कोरियाको सेनाले अर्को दिन यसको जवाफमा भने, ‘कुनै पनि अमेरिकी हमलालाई निर्ममताका साथ लड्नेछौं ।’

अमेरिकी राष्ट्रपतिले अहिलेको समयमा सैन्य कारवाही गर्ने आफ्नो इच्छाको परिचय दिएको छ ।

उनले पहिला सिरियामा एक संदिग्ध रासायसनक हमलापछि सिरियामा मिसाइल हमलाको आदेश दिए, त्यसपछि अमेरिकी सेनाले अफगानिस्तानमा तथाकथित इस्लामिक स्टेटलाई ठेगानामा सबैभन्दा शक्तिशाली बम प्रहार गरे ।

अमेरिकालाई चिन्ता छ कि उत्तर कोरियाले अमेरिका सम्मै परमाणु हतियारले हमला गर्ने हो कि भन्ने ।

उत्तरको यस्तो उग्र चेतावनी

'हामी कुनै पनि पूर्ण प्रकृतिको युद्धलाई त्यसै अनुसारको जवाफ दिन तयार छौँ, ' उत्तर कोरियाली सैनिक अधिकारी चोइ र्योङ हेइले भने, 'कुनै पनि परमाणु आक्रमणको जवाफ हामी आफ्नै शैलीको परमाणु हमलाबाट दिन तयार छौँ।'

अमेरिकासँगको चुलिँदो तनावले द्वन्द्व निम्त्याउनसक्ने चिन्ता व्यक्त भइरहँदा शनिबार आयोजित कार्यक्रममा भव्य रुपमा सैन्य शक्ति प्रदर्शन गरिएको थियो।

शहरको केन्द्रमा रहेको किम इल सङ स्क्वायरमा सैनिकहरुले कवाज र ुमार्च पासु प्रदर्शन गरेका थिए।

प्रदर्शनीमा पहिलो पटक पनडुबीलाई मार हान्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र पनि देखाइएको थियो।

उक्त क्षेप्यास्त्रको क्षमता अभिवृद्धि गरी त्यसलाई विश्वको कुनै पनि निशानमा मार हान्न सक्ने बनाउन सकिने बताएको छ।

उत्तर कोरियाको सफलतापूर्वक परमाणु हतियार निर्माण गर्ने क्षमता बढ्दै गएको भन्ने चिन्ताका माझ शनिबारको प्रदर्शनीलाई आफ्नो सैनिक सामर्थ्य बाहिरी विश्वसामू प्रस्तुत गर्ने मौकाका रुपमा प्रयोग गरिएको देखिन्छ।

अमेरिकाबाट निरन्तर परमाणु कार्यक्रम अन्त्य गर्न दबाब खेपिरहेको उत्तर कोरियाका लागि उसका कार्यक्रमको महत्व पछिल्लो सैन्य प्रदर्शनीले पनि स्पष्ट पारेको प्योङयाङमा रहेका बीबीसी संवाददाता जन सुडवर्थ बताउँछन्।

हालै अमेरिकी सेनाले एउटा युद्धपोत कोरियाली प्रायद्वीप नजिकै खटाएपछि उक्त क्षेत्रमा तनाव चुलिएको छ।

उत्तर कोरियाले पाँचवटा परमाणु परीक्षण गरिसकेको छ र श्रृंखलावद्ध रुपमा क्षेप्यास्त्रहरुको परीक्षण गरिएको छ ।

उत्तर कोरियाको एकमात्र साझेदार रहेको चीनले कुनै पनि द्वन्द्वले त्यहाँ सत्ता पलट गराउन सक्ने र आफ्नो सीमा क्षेत्रमा समस्या निम्त्याउन सक्ने ठान्दै आएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अघिल्लो साता चीनले सहयोग नगरे अमेरिका एक्लैले उत्तर कोरियाविरुद्ध कदम चाल्ने चेतावनी दिएपछि जवाफमा उत्तरले यस्तो चेतावनी दिएको हो ।

अमेरिका सामु दुई बिकल्प

पहिलोमा उत्तर कोरियालाई परमाणु हतियार भएको राष्ट्रको रुपमा मान्यता दिने र दोस्रोमा कडा प्रतिबन्ध लगाउने अनि जोखिम नै मोलेर भएपनि सैन्य कारबाहीमार्फत उसलाई निशस्त्र पार्ने ।

राष्ट्रपति ट्रम्पले यी विकल्पहरुबारे विचार गरिरहँदा उत्तर कोरियालीहरु देशको संस्थापक नेताको जन्मोत्सव मनाउँदै युद्धमा तयार रहेको देखिएको छ ।

यस्तो अवस्थामा अमेरिकाको लागि केही समय दबाव दिएर उत्तरलाई चीनमार्फत दवाव बढाउँदै आफु बिरुद्ध उसबाट हुनेसक्ने आक्रमण र उत्तरबारेमा ढुक्क हुनुनै विकल्प हुने र त्यसले अमेरिका नभई सम्भावित दक्षिण कोरिया र जापानमा हुनसक्ने पहिलो चरणको ठूलो क्षति रोक्ने उत्तम उपाय हुने देखिन्छ ।

किनभने उत्तर कोरियाबाट सबैभन्दा नजिकको रहेको यि दुई देश कोरियाली प्रायद्धिपमा युद्ध भड्कीए पहिलो आक्रमणको निसाना र समस्यामा पर्ने निश्चित छ ।

२०७४ सालको बार्षिक राशिफल यस्तो छ

ज्यो‍‍. ओजराज लोहनी

वार्षिक भविष्यको चर्चा गर्दा जगलाग्नलाई पनि विचार गर्नुपर्ने हुन्छ । यस वर्षको जगलग्न कुम्भ हो । लग्नेश शनि एकादश स्थानमा आम्दानीको हिसाबले राम्रो भए पनि वर्षारम्भमा शनि वक्र्र भएकोमा लग्नमा केतु तथा सप्तममा राहु भएकाले पुँजी परिचालन अव्यवस्थित हुने, वैदेशिक व्यापार घाटा अप्रत्यासित रुपले बढ्ने, समाजमा अराजकता फैलिने संभावना रहन्छ ।

मेष

मेष राशिलाई यस वर्ष अढैया शनिको प्रभाव केही समयको लागि हटेको अवस्था छ । वर्षारम्भको समय शुक्र, सूर्य, बुध तथा शनिसमेत अनुकूल रहेकोले आँटेका कार्य सफल हुनेछ । परि श्रमले केही लाभ पनि मिल्नेछ । व्यापारमा सफलता मिल्नेछ । नयाँ कामहरू पनि हात पर्नेछन् । अरूको विश्वास पनि जित्न सकिनेछ । जेठ ६ गतेदेखि पुनः अढैया शनि आरम्भ हुने, छैटा गुरु तथा साउन २१ बाट चतुर्थ भावमा राहु प्रवेश हुने हुँदा समय प्रतिकूल बन्नेछ । घरेलु समस्याले प्रशस्त मात्रामा सताउनेछ । नोकरी तथा राजनीतिमा ठूलो संकटको सामना गर्नुपर्नेछ । मित्रहरूले सहयोगको नाममा षड्यन्त्र गरेर फसाउन सक्नेछन् । परिवारहरू पूर्णरूपमा टेढिनेछन् । शत्रु प्रशस्त मात्रामा बढ्नेछन् । राज्यबाट समेत झुटा आरोप लगाउने प्रयत्न हुनेछ । तपाईंका राम्रै कुरालाई पनि बंग्याउने प्रयत्न गरिनेछ ।

धर्ममा मन नजाने, शरीरमा आलस्यताले डेरा जमाउने, सानो–सानो काम गर्न पनि आँट नआउने, आर्थिक अवस्था कमजोर रहने हुँदा मानसिक तनाव प्रशस्त मात्रामा बढ्नेछ । पेटका रोग र मिर्गौला रोगले सताउने सम्भावना रहन्छ । लेनदेनमा विवादको सामना गर्नुपर्ने, पढाइमा ढिलासुस्ती हुने, सन्तानहरूसँग विमति रहने भएकोले मन अशान्त रहनेछ । भदौ २१ देखि फागुन २५ सम्म सातौं गुरुको अनुकूल प्रभावले व्यापारमा सफलता, यात्रामा लाभ, धर्ममा रुचि बढाउने हुँदा काममा र पढाइमा अपेक्षित सुधार आउनेछ । भाग्यले पनि साथ दिनेछ । मंसिर १ गतेदेखि अढैया शनिले छोड्ने हुँदा आर्थिक कठिनाइमा कमी आउनेछ । लेनदेनको विवाद हटेर जाने, नोकारी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक हुने राज्यबाट लगाइएका झुटा आरोपहरू निराधार सावित हुनेछ । आफ्नो वर्चस्व बढ्दै जाने योग भएकोले महत्ववपूर्ण कामहरू मंसिर १ पछि फागुन २५ सम्म गरी सक्नु राम्रो हुनेछ । अन्य समय संयम भएर अघिबढनु राम्रो । जेठ, साउन, मंसिर, चैत्र महिना नराम्रो रहनेछ भने असार, असोज, कात्तिक, माघ, फागुन राम्रो रहनेछन् ।

वृष

ग्रहगोचर यस वर्ष मध्य रहनेछ । वर्षारम्भमा अढैया शनिको प्रभावको साथै चतुर्थ राहुको प्रतिकूल प्रभावले समय प्रतिकूल रहनेछ । पारिवारिक समस्याले धेरै सताउनेछ । मित्रहरू मित्रका नाममा कलंक नै हुनेछन् । स्वास्थ्य कमजोर भएर काम गर्ने उत्साह पटक्कै हुनेछैन । मनमा द्विविधाले दरिलो डेरा जमाउनेछ, आर्थिक कठिानाइ प्रशस्त मात्रामा बढ्नेछ, विश्वास गरेकाले महत्ववपूर्ण समयमा धोका दिनेछन् । लेनदेनमा चर्को विवादको सामना गर्नुपर्नेछ । पेटको रोगले सताउनुको साथै आमा हुनेहरूका लागि स्वास्थ्य पनि खराब हुनेछ । घरझगडाले घरै छोड्ने स्थिति पनि आउनेछ । राजनीतिमा प्रशस्त संकटको सामना गर्नुपर्ला । नोकरीमा आउने समस्याले स्थानान्तरण हुने अथवा सेवाबाट वञ्चित हुनेसम्म अवस्था आउने सक्छ । शत्रुले खैरो खन्नेछन् ।

आफूले आफैंलाई अति कमजोर ठान्ने अवस्था आए पनि जेठ ७ गतेदेखि कात्तिक ३० सम्म अढैया शनिले छोड्ने र साउन २२ देखि राहु तृतीय हुने हुँदा समय बलियो हुनेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने, नयाँ कामको अवसर प्राप्त हुनेछ । वैदेशिक कार्यमा सुधार आउने, यात्रा गर्ने अवसर मिल्ने, प्रेम गर्नेहरूको प्रेम जीवनयात्रामा रूपान्तरित हुने । नोकरी तथा राजनीतिमा आउने समस्यालाई सजिलै पार लगाइ गुमेको स्थान पुनः फर्काउन सक्ने, आम्दानीका अवसरहरू मिल्ने, सन्तान नहुनेलाई पुत्र लाभको योग, छात्रवृत्तिमा विदेश पढ्न जाने अवसर मिल्नेछ । भुलेका मित्रहरूले आफ्नो गल्ती महसुस गर्दै क्षमायाचनासहित सहयोगको तत्परता देखाउनेछ । घर तथा सवारी जोड्ने तरखरमा भए सजिलै प्राप्त हुने योग भए पनि भदौ २२ गतेबाट फागुन २५ सम्म गुरु षष्ठ स्थानमा, मंसिर १ देखि पुनः अढैया शनि प्रवेश हुने हुँदा महत्ववपूर्ण काम साउन २२ देखि भदौ २१ सम्म गर्नु बेस हुनेछ । जेठ, साउन, कात्तिक, फागुन, चैत्र महिना राम्रो र वैशाख, भदौ, पुस नराम्रो महिनामा पर्दछन् ।

मिथुन

ग्रह गोचरले पूर्ण रूपमा साथ दिनेछ । वर्षारम्भमा ग्रह अनुकूल रहेकोले वर्षभरि नै अवस्था राम्रो बन्न सक्ने देखिन्छ । परिवारहरूको केही गुनासो रहनेछ । मित्रहरूले खासै सहयोग नगर्ने भएकोले सजक रहनुपर्ला । अरूको विश्वासमा भन्दा आफ्नो प्रयासमा काम अघि बढाउनु उचित हुनेछ । साउन २० सम्म तृतीय राहुले पराक्रमका साथै मनमा उमंग धेरै बढाउने हुँदा रोकिएका कामलाई पुरा गर्ने एवं आम्दानीका अवसरहरू धेरै मिल्नेछन् । सेवकहरूले जीउज्यान दिएर सेवा गर्नेछन् । दाजुभाइहरूमा मत रहने हुनाले टाढै रहनु होला । व्यापारीहरूको वैदेशिक व्यापारमा सोचेभन्दा बढी सफलता मिल्नेछ । राजनीतिमा पनि विदेशी मित्रहरूको सहयोगले अघि बढ्ने अवसर मिल्नेछ । नयाँ स्थान र मानको अवसर पनि प्राप्त होला । भदौ २२ देखि पढाइमा धेरै सफलता मिल्नेछ सन्तान नहुनेको पुत्र लाभको योग बन्नेछ ।

भएका सन्तानको प्रगतिले मनोवल बढ्नेछ । साहित्यकारहरूले राम्रो लेखरचना सिर्जना गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कार पाउन सक्ने सम्भावना छ । पुराना प्रेमहरू विवाहमा परिणत हुनेछन् । नयाँ प्रेमको अवसर पनि मिल्नेछ । शत्रुलाई सजिलै परास्त गर्न सकिनेछ । कृषि व्यवसायीहरूले राम्रो लाभ पाउनेछन् । सिनेमा निर्माणमा संलग्नहरूका लागि यो वर्ष राम्रो अवस्था सिर्जना होला । शैक्षिक व्यवसायमा रहनेहरूले उन्नतिको फड्को मार्नेछन् । भदौ २० सम्म मित्रहरूसँग सजग रहनुहोला । साउन २२ पछि बोल्दा होस पुर्‍याउनु होला । जेठ ७ गतेदेखि कात्तिक ३० सम्म विपरीत लिंगीबाट सचेत हुनु राम्रो हुनेछ । पतिपत्नीमा विवाद हुन सक्ने भएकोले धैर्य धारण गरेर अघि बढ्दा वर्षैका सपनाहरू पूरा गर्न सकिने योग छ । वैशाख, भदौ, मंसिर, चैत्र, महिना शुभ रहनेछन् । जेठ, असोज, माघ महिना प्रतिकूल रहनेछन् ।

कर्कट

यो वर्ष ग्रह गोचर मध्यम रहनेछ । वर्षारम्भमा ग्रह अनुकूल रहेकोले शत्रु नास हुनुका साथै मित्रहरूको सहयोगले अधुरा काम पूरा हुनेछन् । नयाँ काम पाउने योग छ । नोकरीमा पदोन्नति र राजनीतिमा प्रगति सोचेभन्दा बढी नै मिल्नेछ । अरूको विश्वास पनि जित्न सकिनेछ । जोस र जाँगर बढ्नेछ । आम्दानीका अवसरहरू प्रशस्त मात्रामा प्राप्त हुनेछन् । वैदेशिक कार्य र व्यापारमा सोचेभन्दा वढी सफलता रामै्र पाउने योगछ । वैवाहिक कुराहरूले उच्च स्थान पाउनेछ यो वर्ष । विपरीत लिंगी मित्रले प्रेमको प्रस्तावसँगै विदेश जान अनुरोध गर्नेछन् । गृह, रक्षा र सैन्य क्षेत्रमा हुनेहरूका लागि समय अनुकूल रहनेछ । बौद्धिक तथा लेखक वर्गले धार्मिक र सामाजिक क्षेत्रमा रामै्र फड्को मार्न सक्नेछन् । रचिएका कृतिले सम्मान पाउनेछ । शैक्षिक उन्नतिका लागि स्वदेश तथा विदेश दुवै अनुकूल रहनेछ ।

भदौ २१ देखि चतुर्थ गुरु तथा द्वितीय राहुले सोच्ने शक्तिलाई कमजोर बनाउने हुँदा घरेलु विवाद बढाउनेछ, बोल्न अलि विचार गर्नुपर्ला । धनको क्षति हुन सक्ने भएकोले धनको ढुकुटीमा कडा नजर राख्नुपर्नेछ । स्वास्थको ख्याल वर्षभरि नै गर्नुपर्नेछ । मुटु तथा मस्तिष्कमा पीडा सिर्जना हुनेछ । शत्रुले आफ्नो कमजोरी खोजिरहेका बेला मित्रहरूले गोपनियता भंग गरिदिनाले बिनाकारण फन्दामा पर्न सक्ने सम्भावना रहनेछ । पतिपत्नीबीच बढ्ने मतभेदले कार्यक्षेत्रलाई अस्तव्यस्त बनाउनेछ । नोकरीमा स्थानान्तरण र राजनीतिमा संकट पनि भदौ २२ देखि बढ्नेछ । महत्ववपूर्ण कामहरू त्योभन्दा पहिले नै गर्नु होला । निर्माण व्यवसायका व्यक्तिहरूका लागि ग्रहले वर्षभरिनै साथ दिनेछ । शैक्षिक व्यवसायमा लाग्नेले भने सबै निर्णय भदौ २१ भित्र गरी सक्नुपर्नेछ । वैशाख, जेठ, असोज, पुस महिना राम्रोमा पर्नेछ । असार, कात्तिक, फागुन महिना नराम्रो देखिन्छ ।

सिंह

समग्रमा ग्रह गोचर राम्रो रहनेछ । वर्षारम्भलाई विचार गर्दा भाग्य चम्कने देखिन्छ । धार्मिक कार्यहरूमा निकै रुचि बढ्नेछ । सामाजिक क्षेत्रमा ऐतिहासिक सफलता मिल्नेछ । बोलीको प्रभाव राम्रो रहेकोले अरूको मन जित्न सजिलै सकिनेछ । राज्यले सम्मान गर्ने, राजनीतिमा ऐतिहासिक सफलता मिल्ने योग छ । कूटनीतिक क्षेत्रमा राम्रो सफलता पाउने योग छ । नोकरीमा सम्मानयुक्त पदोन्नति र स्थानान्तरण हुनेछ । सैन्य क्षेत्रमा काम गर्ने वा सैनिकसँग काम लिनेहरूका लागि यो वर्ष निकै राम्रो रहनेछ । वैदेशिक कार्यमा सोचेजस्तै सफलता पाउनुहोला । निजी र देशको कार्यका लागि विदेश यात्रा हुने सम्भावना बलियो छ । व्यापार, व्यवसायमा राम्रै सफलता मिल्नेछ । पढाइमा उन्नति र बौद्धिक कार्यमा प्रगति सोचेभन्दा बढी नै होला । घरघडेरी र वहान जोड्ने अवसर मिल्नेछ । मित्रहरूले राम्रो सहयोग गर्नेछन,् परिवारबाट पनि सहयोगको अपेक्षा गर्न सकिन्छ ।

शत्रुमाथि ऐतिहासिक विजय गरेर विभिन्न बिघ्नबाधालाई चिर्दै अगाडि बढ्न ग्रहले साथ दिएको छ । तर मित्र र पारिवारिक सहयोगसहितको सफलता भने जेठ ६ गतेसम्म र मंसिर १ गतेपश्चात् मात्र मिल्नेछ । जेठ ७ गतेदेखि कात्तिक ३० गतेसम्म अढैया शनिको पुनः आरम्भ हुने भएकोले परिवारहरू टेढिएर घरेलु समस्याले सताउनेछ, मित्रले धोका दिनेछन् । आफूमा भएको आत्मविश्वास पनि घटेर जानेछ । राज्यबाट बिनाकारण आक्रमण हुनेछ । नोकरीमा अनायास समस्या, स्वास्थ्यमा संकट आउनुको साथै मुटु र मस्तिष्कमा समस्या आउन सक्छ । हाड, जोर्नी दुःखेर मनो बल घटाउनेछ । लेनदेनमा विवादको सामाना गर्नुपर्नेछ । राजनीतिमा आउने एकपछि अर्को समस्याले अगाडि बढ्नबाट वञ्चित गराउँला । महत्ववपूर्ण कामहरू जेठ ६ गतेअघि र मंसिर १ गतेपछि गर्दा बढी सफलता मिल्नेछ । साउन, मंसिर र चैत्र महिना अशुभ रहनेछन् । जेठ, असार, कात्तिक, माघ राम्रोमा पर्दछन् ।

कन्या

वर्षारम्भको समय ग्रह प्रतिकूल रहनेछ । सुरुमै अशुभ समाचार सुनेर चिन्तित हुनुपर्ला, स्वास्थ निकै कमजोर रहनेछ । सानातिना काममा सफलता मिले पनि महत्ववपूर्ण काममा अवरोध आउनेछ । मित्रहरूले पटकपटक धोका दिनेछन् । परिवारहरू कुरै नबुझी टेढिनेछन् । वहानले पनि दुःख दिनेछ, अरूको काम धेरै गर्नुपर्ने जस नमिल्ने हुन्छ । धातुरोगले पेटको समस्याले प्रशस्त मात्रामा सताउनेछ । लेनदेनको विवादले प्रतिष्ठामा समेत आँच आउन सक्छ । झुटा आरोप राज्यले लगाउने, नोकरीमा समस्या सिर्जना हुनेछ । राजनीतिमा पाएको मान, पद गुम्न सक्ने योग भए पनि जेठ ७ गतेदेखि कात्तिक ३० सम्म अढैया शनिले छोड्ने, भदौ २१ मा गुरु द्वितीय स्थानमा प्रवेश हुँदा योबीचको समय निकै महत्ववपूर्ण रहनेछ । मनमा उत्साह र शरीरमा स्फूर्ति बढ्नेछ । सानै प्रयासले पनि ठूलो काममा सफलता हासिल गरिनेछ । आम्दानीको स्रोतहरू चौतर्फी जुट्नेछन् ।

नोकरीमा आउने समस्यालाई सजिलै किनारा लगाउन सकिनेछ । राजनीतिमा गुमेको आफ्नो स्थान र मान फर्काउन सकिनेछ । बोलीको प्रभावमा राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तिहरूसँग गरिने अन्तरक्रियाले आफू र राष्ट्र दुवैको हित हुने ऐतिहासिक कार्य गरेर अघि बढ्ने अवसर मिल्नेछ । कूटनीतिक कार्यमा असहजलाई सहज गरी कीर्तिमानी बन्ने अवसर पनि मिल्नेछ । पढाइमा उल्लेख्य सफलता मिल्नेछ । लेखन मंसिरमा उत्कृष्ट लेखक बन्ने अवसर मिल्नेछ । कानुन व्यवसायी र कानुनी अध्ययनकर्ताहरूका लागि राम्रो अवसर प्राप्त हुनेछ । अनायास आउने प्रेमको प्रस्ताव अप्रत्यासित रूपमा वैवाहिक बन्धनमा रूपान्तरित हुँदा हर्षित भइनेछ । गोपनीयता वर्षभरि नै अपनाउनु होला, शत्रुले तपाईंको छिद्र खोजिरहने भएकाले संयमित हुनु जरुरी छ । वैशाख, भदौ, पुस महिना प्रतिकूल हुनेछ भने आषाढ, साउन, मंसिर र चैत्र भने शुभ रहनेछ ।

तुला

यो वर्ष ग्रहले मध्यम फल दिनेछ । वर्षारम्भको समय अनुकूल रहनेछ । बिदेसिएर भुलेका मित्रले याद गर्नेछन् । पढाइको सिलसिलामा वर्षको सुरुमै विदेशयात्रा हुन सक्छ । व्यापारमा पूर्ण सफलता मिल्नुको साथै भुलेका प्रेमीहरूले पुनः याद गर्नेछन् । लेखन मंसिरमा राम्रै सफलता मिल्नेछ । सिनेमा क्षेत्रका हस्तीको लागि ग्रहले साथ दिनेछ । कूटनीतिक क्षेत्रमा गरेका प्रयासहरू सकारात्क रहनेछन् । साउन २१ सम्म एकादश राहुको अनुकूलता प्रशस्त धन आर्जन हुनेछ । मनमा उत्साह र शरीरमा स्फुर्ति पनि बढ्नेछ । आँटेका काम धेरै पूरा हुनेछन् । अरूबाट प्रशंसा पाउनुहोला । विवाह नहुनेका विवाह लागि शुभ वर्षमै पर्दछ, सन्तानको योग पनि बलियो छ ।

घरजग्गा र सवारीसाधन जोड्ने अवसर मिल्नेछ । नोकरीमा पदोन्नति र राजनीतिमा प्रगतिको शुभ लक्षण देखिन्छ । जेठ ७ गतेदेखि कात्तिक ३० गतेसम्म समय प्रतिकूल रहनेछ । स्वास्थमा संकट आउनाको साथै काममा बिघ्नबाधा प्रशस्त मात्रामा आउनेछ । शत्रु सक्रिय हुन्छन् । मित्र तथा परिवारले सहयोगभन्दा बढी आक्रमण गर्नेछन् । पढाइमा अवरोध आउनेछ । बुद्धिले समयमा काम नगर्दा अरूबाट आलोचित हुनुपर्नेछ । हाडजोर्नीको समस्याले मनोबल कमजोर बनाउनेछ । अरूको काम धेरै गर्नुपर्ने, जस नपाउने भएकोले सचेत हुनुहोला ।

प्रेममा खटपट र पतिपत्नीबीचको विवादले दैनिकीमा अप्ठ्यारो बनाउनेछ । सन्तानसँगको विमतिले आफूलाई कमजोर बनाउनेछ । अनावश्यक परिआउने खर्चलाई धान्न हम्मेहम्मे पर्नेछ । त्यसैले महत्ववपूर्ण काम र निर्णयहरू यो बीचमा नगरी अरू समयमा गर्दा भने सहजसित अघि बढ्न सकिनेछ । जेठ, असोज, माघ महिना नराम्रो रहनेछ भने साउन, भदौ, पुस र चैत्र महिना शुभ रहनेछन् ।

वृश्चिक

वर्षारम्भमा ग्रह सामान्य अनुकूल रहे पनि वर्षभरिको ग्रह गोचर प्रतिकूल रहने देखिन्छ । भदौ २१ सम्म गुरुको अनुकूलताले आर्थिक क्षेत्रमा सकारात्मक अवस्था रहनेछ । पढाइमा लाभ मिल्नुका साथै व्यापारमा सफलता प्राप्त होला । सन्तान पक्ष अनुकूल रहनुको साथै बोलीको प्रभावले मान्यजन आकर्षण हुने तथा बौद्धिकवर्गहरूको सहयोग, सद्भाव रहनेछ । स्वास्थ वर्षभरि नै प्रतिकूल रहनेछ । मनमा बिनाकारण त्रास सिर्जना हुनेछ, परिवारहरूको गुनासो दिनानुदिन बढ्दै जानेछ । मित्रहरूको आफूप्रति रहने नकारात्मक भावनाले सफलताका पाइलाहरू कुण्ठित हुनेछन् । शत्रुले खोइरो खन्ने र राम्रो कामलाई पनि नराम्रो बनाउने प्रयासहरू निरन्तर चालिरहनेछन् । अनावश्यक खर्च धेरै गर्नु पर्नेछ ।

नोकरीमा एकपछि अर्को समस्या आइरहनेछ । राजनीतिमा झुटा लाञ्छना लगाएर पछि पार्ने खेलहरू प्रशस्तै हुनेछन् । मातापितासँगको सम्बन्ध पनि राम्रो हुने देखिन्न । उहाँहरूको स्वास्थमा पनि समस्या आउनेछ । भदौ २२ गतेपश्चात् गुरुसमेत प्रतिकूल हुने हुँदा समय झन् कठिन हुनेछ । खर्चको गति तीव्र हुनुको साथै गलत विचार प्रशस्त मात्रामा बढ्नेछन् । मुद्दामामिलाको सम्भावना पनि बलियो देखिन्छ । सन्तानसँग विमति हुनुका साथै एकसाथ वस्न गाह्रो हुने अवस्था आउनेछ । सानोसानो कामलाई पनि अघि बढाउने आँट आउने छैन ।

मनमा शंका उपशंकाले दरिलो डेरा जमाउनेछ । हाडजोर्नीको दुखाइ प्रशस्त मात्रामा बढ्नेछ । आर्थिक कठिनाइहरूले अस्तव्यस्त बनाउनेछ । पतिपत्नीबीच बढ्ने विवादले बिछोडको अवस्थासम्म सिर्जना गर्न सक्नेछ । धार्मिक क्षेत्रमा निराशिताले दरिलो डेरा जमाउनेछ । यो वर्ष अत्यधिक रूपले अध्यात्ममा जोेड दिनुहोला । धन माल हराउन सक्छ, सचेत हुनुहोला । असार, कात्तिक, फागुन महिना प्रतिकूल वैशाख, भदौ, असोज र माघ शुभ हुनेछन् ।

धनु

ग्रह गोचर यो वर्ष मध्यम रहनेछ । सुरुमा ग्रहले साथ दिनेछ, मन चञ्चल भए पनि धैर्य गरेर अघि बढ्दा धेरै कार्यहरूमा सफलता मिल्नेछ । शत्रुसँगको प्रतिस्पर्धामा जित हासिल गर्न सकिनेछ । आम्दानीका अवसरहरू प्रशस्त मात्रामा प्राप्त हुनेछन् । विवादको सामना गर्नु परे पनि आखिर सत्यले जित हासिल गर्नेछ । जोस र जाँगर बढ्नेछ । आँटेका कामहरू धेरै पूरा हुनेछन् । नयाँ कामको अवसर पनि मिल्नेछ । पढाइमा सफलता मिल्नुको साथै बौद्धिक कार्यमा राम्रै प्रगतिको योग छ । व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । वैदेशिक कार्यमा पूर्ण सफता मिल्नेछ । वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ । सन्तान नहुनेका लागि सन्तान प्राप्तिको वर्ष हो । छात्रवृत्तिसहितको विदेश पढ्न जाने अवसर पनि पाउनुहोला । भूमि वहान जोड्ने तरखरमा हुनुुहुन्छ भने त्यसका लागि वातावरण अनुकूल रहनेछ ।

मित्र तथा परिवारका सहयोग चाहेजति नै मिल्नेछ । भदौ २२ देखि गुरुको अनुकूल प्रभावले मनमा प्रसन्नता बढाउनेछ । नोकरीमा भनेजस्तै स्थान मान पाउने योग छ । भुलेका मित्रहरूले याद गर्दै सहयोग गर्ने मनसाय राख्नेछन् । प्रेम गर्ने अवसर पनि मिल्नेछ, राजनीतिमा राज्यका ठूला हस्तीहरूले तपाईंको आवश्यकता महसुुस गर्नेछन् । कूटनीतिक कार्यबाट राष्ट्रको हित अन्तराष्ट्रको खुस निर्माण गरी आफूलाई ऐतिहासिक व्यक्तित्वमा स्थापित गर्न सफल हुनुहोला । साउन २२ देखि अष्टमा राहुले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्नेछ । आर्थिक कारोबारमा कठिनाइ उत्पन्न हुनेछ ।

धातुरोग, मिर्गौलासम्बन्धी समस्याले चिन्तित पार्न सक्छ । हड्डी, नसाको दुखाइ सही नसक्नु हुनेछ । मनस्थिति कमजोर हुने भएकोले धैर्यमा जोड दिनु उचित हुनेछ । पानी यो वर्ष धेरै पिउनुपर्ला । धार्मिक कार्यहरूमा खासै प्रगति देखिन्न । गोपनीयता अपनाउनु बेस छ । साउन, मंसिर र चैत्र महिना अशुभ एवं जेठ, असोज, कात्तिक र फागुन शुभ छन् ।

मकर

वर्षारम्भमा ग्रह गोचर राम्रो रहे पनि शनिको प्रतिकूलताले खर्च, विवाद र चिन्ता बढ्ने योगछ । आम्दानीका मंसिरमा अवरोध सिर्जना गर्नेहरूदेखि सजग रहनुपर्ला । शत्रुले खोइरो खन्नेछन् । विश्वास गरेकाले धोका दिनेछन् । हड्डी र नसाको समस्या आउने प्रबल सम्भावना छ । जेठ ७ गतेपश्चात् कात्तिक ३० गते शनि र गुरुको अनुकूलताले भाग्य बलियो हुनुको साथै धार्मिक कार्यमा कीर्तिमानी काम गरेर बढ्दा सामाजिक कार्यमा सम्मान पाउनुहोला । पराक्रम बढ्नुको साथै अधुरा कामहरू पूरा हुने, नयाँ काम पाउने योग बलियो छ । आम्दानीका अवसर मिल्नुको साथै घरघडेरी, सवारीसाधन जोड्ने तरखरमा हुनुहुन्छ भने सहज हुनेछ । मित्रहरूबाट आर्थिक र बौद्धिक सहयोग पाउनुहोला । परिवारहरूको सहयोगले पढाइमा रुचि बढ्नुका साथै छात्रवृत्ति प्राप्त गरी परदेश पढ्न जाने अवसर मिल्नेछ ।

लेखनमा लाग्नेहरूका लागि यो समय अनुकूल रहनेछ । साहित्य, कलामा लाग्नेहरूका लागि समय राम्रो छ । व्यापार, व्यवसायमा सोचेजस्तै सफलता मिल्नेछ । वैवाहिक कुरा पनि अघि बढ्नेछ । ठूला व्यक्तिसँग अन्तरक्रिया गर्दै बौद्धिक विकास गर्ने अवसर मिल्नेछ । साउन २२ पछि राहु अष्टम भावबाट हट्ने हुँदा स्वास्थमा सुधार आउनेछ, लेनदेनका कठिनाइ पनि हटेर जानेछन् । सातौं राहुले पतिपत्नीबीचको सम्बन्धलाई भने कमजोर बनाउनेछ । नोकरीमा पदोनन्ति र इच्छित स्थानान्तरणको योग छ । राजनीतिमा उच्च पद प्राप्तिको अवसर मिल्नेछ तर त्यसका लागि जेठ ६ गतेपश्चात् प्रयास गर्दा सहजसँग सफलता मिल्नेछ । महत्ववपूर्ण निर्णयहरू भदौ २१ गतेभित्र गर्नुपर्ला । मंसिर १ गतेदेखि पुनः शनि साढेसाती आरम्भ हुने भएकोले अस्वस्थता, खर्च, विवाद र चिन्ता बढ्ने योग भएकोले संयम हुनुहोला । वैशाख, भदौ, पुस खराब महिना र असार, कात्तिक, मंसिर, चैत्र शुभ हुनेछन् ।

कुम्भ

ग्रह गोचर यस राम्रो रहे पनि भदौ २१ सम्म अष्टम गुरुले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने, वाणी अशुद्ध र धन नास हुनेछ । काममा अवरोध आउने, मनमा अशान्ति सिर्जना हुने योगछ । कुरा काट्नेहरू बढ्नेछन् । विश्वासमा धोका हुने भए पनि शनिको अनुकूल प्रभाव वर्षभरि नै रहनेछ । साउन २२ मा राहु षष्ट भावमा जाने, भदौ २२ देखि गुरु पनि अनुकूल भएकोले समग्रमा वर्ष राम्रो रहनेछ । शत्रुमाथि ऐतिहासिक विजय हासिल गर्दै आफ्नो लक्ष्यमा पुग्न सफल हुनुहोला । आँटेका अधिकांश काम पूरा हुनेछन् । मनमा हर्ष र शरीर स्फुर्ति प्रशस्त मात्रामा बढ्नेछ । व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । विदेशयात्रा र वैदेशिक व्यापारमा लाभ प्रशस्तै हुने देखिन्छ । आम्दानीका नयाँ स्रोतहरू जुट्नेछन् । नोकरीमा चाहेअनुसारै स्थानान्तरण हुनेछ । राजनीतिमा गुमेको स्थान पुनः प्राप्ति गर्ने वातावरण बन्नेछ ।

भाग्य बलियो हुनेछ । धार्मिक कार्यहरूमा मन जानेछ । शैक्षिक सफलताले मन प्रसन्न रहनेछ । सन्तान नहुनेका लागि भदौ २२ पछि समय अनुकूल हुनेछ । घरघडेरी र सवारीसाधन जोड्ने अवसर पनि मिल्नेछ । राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा गरिएका कूटनीतिक प्रयासहरू प्रशंसनीय हुनेछन् । विद्वान्हरूको छत्रछायामा रहेर ऐतिहासिक काम गर्नै अवसर मिल्नेछ । बोलीको प्रभावमा अरूको मन सजिलै जित्न सकिन्छ । वैवाहिक बन्धनमा बाँधिने सम्भावना बलियो छ । आफूलाई भुलेका मित्र र बिदेसिएर टाढिएका मित्र तथा परिवारजनहरूले याद गर्दै सहयोगको हात अघि बढाउनेछन् । वैशाख, साउन, मंसिर, पुस महिना शुभ र जेठ, असोज, माघ महिना अशुभ हुनेछन् ।

मीन

वर्षको आरम्भमा ग्रह गोचर राम्रो रहनेछ । व्यापारमा उन्नति गर्ने अवसर मिल्नेछ । यात्राका अवसरहरू प्रशस्त मात्रामा जुट्नेछन् । प्रेम गर्ने अवसर पनि मिल्नेछ, वैवाहिक बन्धनमा बाँधिन बलियो सम्भावना छ । बोलीको प्रभाव बढ्नुको साथै कूटनीतिमा आफ्नो वर्चस्व बढाउन सफल हुनुहोला । पतिपत्नीबीच सुमधुर सम्बन्ध गाँसिनेछ । वैदेशिक कार्यमा ठूलै फड्को मार्ने अवसर मिल्नेछ । आम्दानीको स्रोतहरू प्रशस्त मात्रामा जुट्नेछन् । शत्रु पराजय हुनुको साथै मित्र तथा परिवारको सहयोग पनि अपेक्षित पाउनुहोला । घरघडेरी र सवारीसाधन जोडने अवसर मिल्नेछ । नोकरीमा पदोन्नति र लाभप्रद स्थानान्तरण हुने योग छ । राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिनेछ । पदक प्राप्तिको सम्भावना छ । साउन २२ बाट पञ्चममा राहु प्रवेश हुने र भदौ २२ देखि गुरु अष्टमा हुने भएको हुँदा समय प्रतिकूल हुनेछ ।

धातु र मिर्गौलासम्बन्धी रोगले सताउनेछ । तत्पश्चात् वर्षभरि नै सजग रहनुपर्ला, आपसी विश्वासमा ह्रास आउने, मन अशान्त हुने, आर्थिक संकट बढ्ने, नगद कारोबार गर्दा अनावश्यक विवादमा फस्ने सम्भावना रहन्छ । पढाइमा मन नजाने, सन्तानसँग मतभेद हुने, शत्रुले आक्रमण गर्ने अवस्था सिर्जना होला । सही कार्यलाई समेत गलत बनाउने प्रयत्न हुनेछ । नोकरीमा संकट आउने, राजनीतिमा झुटा आरोप लाग्न सक्ने बलियो सम्भावना छ । यो स्थितिमा आफन्तहरूले समेत साथ नदिन सक्छन् । वैदेशिक र कूटनीतिमा समेत रहेको छाप हट्न सक्छ । सोच्ने शक्तिमा कमी आउनुको साथै निर्णयको अभाव पनि देखिन्छ । महत्ववपूर्ण निर्णयहरू भदौ २२ पूर्व नै लिनु बेस हुन्छ । जेठ, भदौ, पुस, माघ महिना शुभ र असार, कात्तिक, फागुन, महिना अशुभ हुनेछन् ।

अन्नपूर्णपोष्टबाट साभार

बुद्धकृष्णले जिब्रो छेड्दै

भक्तपुर ।

बिस्केट जात्रा अन्तर्गत मनाइने बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा आज मनाईंदै छ ।चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि निराहार व्रत बसेका मध्यपुरथिमि नगरपालिका ८ बोडेका ४५ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले आज दिउसो सयौँ मानिसका अगाडि जिब्रो छेड्दै छन् ।

आज बिहानै जिब्रो छेड्ने कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्ने जात्रा गर्न दिउँसो बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा मञ्च बनाइ नायखि बाजागाजाका साथ जिब्रो छेड्ने ब्यक्तिलाई मञ्चमा राखिन्छ ।नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको  करिब १० इन्च लामो सुइरोले देवगणको पूजा एवम् प्रार्थना गरी सयाँै मानिसको अगाडि जिब्रो छेडिन्छ ।

जिब्रो छेडेपछि चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय् अर्थात् महाद्वीप बोकेर टोलटोल घुमेर जिब्रो छेड्ने ब्यक्तिले  पुनः भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको दायाँबायाँ ठोकिन्छ ।

जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्येश्वरको पूजा गर्ने प्रचलन रहेको छ ।

विगत आठवर्षदेखि जिब्रो छेड्दै आएका ३९ वर्षका जुजुभाई बाँसश्रेष्ठले पारिवारीक समस्याका  कारण यसवर्ष  जिब्रो नछेड्ने भएपछि जात्रालाई निरन्तरता दिन बुद्घकृष्णले  जिब्रो छेड्ने घोषणा गर्नुभएको थियो ।

बुद्धकृष्णले यसअघि २०६२ सालदेखि २०६५ सालसम्म चारवर्ष निरन्तर जिब्रो छेड्नु भएको थियो ।

सिन्दुर जात्रा मनाईंदै

यस अघि मध्यपुरथिमी क्षेत्रका वासिन्दाले अहिले  हर्षोल्लासका साथ ३२ खट सहितको सिन्दुरजात्रा अर्थात सुथ ः सिया जात्रा मनाई रहेका छन् । बालकुमारीलाई बिभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका वासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाउछन् ।

सिन्दुर जात्रा अन्तर्गत आज विहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ । विहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web