काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न स्थानिय निर्वाचन बिरोध गरिरहेको तराईकेन्द्रित दलहरु चिर्वाचनमा आएमात्र केहीदिन सार्न सकिने बताएका छन् ।

दुई नेताबिचको भेटमा काँग्रेस नेताहरुले चुनाव सार्न सकिने भनि भाषण दिइरहँदा प्रधानमन्त्री दाहालले यसबारेमा जिज्ञासा राखेको र सभापती देउवाले मधेशी मोर्चा चुनावमा आएमात्र सार्नुपर्ने धारणा राखेको बताइएको छ ।

बैशाख ३१ को चुनाव कुनै हालतमा नसर्ने भन्दै दुई नेताले बिरोध र बन्द हडताल जसरीपनि टार्ने भन्दै यसको लागि दुई चरणमा निर्वाचन गर्न सकिने बारे छलफल गरेका छन् ।

निर्वाचनको मिति केही दिन सार्दैमा मधेसी मोर्चा चुनावमा भाग लिने कुनै ग्यारेन्टी नभएको देउवा लगायतका नेताहरुले बताएका थिए ।

देउवासँगको भेटमा प्रधानमन्त्री दाहालले पनि मधेसी मोर्चाले स्थानीय चुनावमा भाग लिने ग्यारेन्टी नभएको अवस्थामा चुनाव सार्न नहुने बताएका थिए ।

यसैवीच मधेसी मोर्चाका नेताहरुले आफूहरु स्थानीय चुनावमा कुनै हालतमा नआउने भन्दै पहिले संसदीय चुनाव गर्नुपर्ने कुबेलाको प्रस्ताव अघि सारेका छन् ।

श्रोतका अनुसार मोर्चाका नेताहरुसँग सत्तापक्षका नेताहरुको कुराकानी हुँदा उनीहरुले केही दिन मिति सारे पनि आफूहरु स्थानीय तहको चुनावमा नआउने भन्दै बरु पहिले संसदको चुनाव हुनुपर्ने र स्थानीय तहको चुनाव प्रदेशले गराउनुपर्ने बिवादास्पद माग अघि सारेका छन् ।

32.48¡ÆC