राजविराज ।

सप्तरीको पोर्ता गाविस–६मा गए राति आगलागी हुँदा करिब १५ लाख रुपैयाँको क्षति भएको छ ।

स्थानीयवासी सतयदेव पघैया यादवको थ्रेसरमेसिन बाट सल्केको आगोले उनको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगद पूर्ण रुपमा जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयवासी, प्रहरी र राजविराजबाट आएको वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताइएको छ ।

16.65¡ÆC