<p>लहान ।</p><p>नयाँ बर्षको अबशरमा धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको सिराहा जिल्लाको लहान नगरपालिका १२ मा पर्ने सलहेश फुलबारीमा रहेको हारमको रुखमा एक दिन मात्र फुल्ने फुल हेर्न र फुलबारी भित्र रहेको राजा सलहेश र मालिनीको गहवर मंदिर मा पुजा अर्चना गर्न र मंदिरसंगै टांसिएको हारम जातको रुखमा हरेक बर्ष नयाँ बर्षमा मात्र फुल्ने बिश्वास गरिएको फुल हेर्न अहिले दर्शानार्थीहरुको घुईचो लागेको छ ।</p><p>तराईका पासवान जातीको ईष्टदेव मानिने सलहेसको पुजा गर्नाले मनोआकांक्षा पूरा हुने,सन्तान प्राप्ती हुने, छालाको रोग लगायतको रोग ब्याधी नलाग्ने जनबिश्वास रहेको छ ।
</p>
16.02¡ÆC