बालकृष्ण ढुङ्गेललाई सात दिनभित्र पक्राउ गर्न सर्वोच्चको आदेश

<p>काठमाडौं,चैत ३१ । सर्वोच्च अदालतले हत्या आरोपमा फरार रहेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेललाई &nbsp;पक्राउ गर्न प्रहरी महानिरीक्षकको नाममा सात दिनको आदेश जारी गरेको छ । अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको अवहेलना सम्बन्धी मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टरार्इको एकल इजलासले ढुंङ्गेललाई सात दिनभित्र पक्राउ गर्न आदेश जारी गरेको हो ।&nbsp;<br></p><p>सर्वोच्चले २०६६ साल पुस १९ गते ढुंगेललाई द्वन्द्वकालीन मुद्दामा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो। त्यसपछि बाबुराम भट्टराई नेतृत्वको तत्कालीन सरकारले २०६८ साल कात्तिक २२ मा सजाय माफीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। २०७२ साल पुस २३ गते सर्वोच्चले उत्प्रेषणको आदेश जारी गर्दै आममाफी सिफारिस कार्यान्वयन गर्न रोक लगाएको थियो। माओवादीले भने सशस्त्र द्वन्द्वकालीन मुद्दाको छिनोफानो सत्य निरुपण आयोगले मात्र गर्नुपर्ने भन्दै आएको छ । सर्वोच्चको आदेशपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अप्ठेरोमा परेको छ ।<br></p>

प्रतिक्रिया

TOP