बिराटनगर ।

मोरङको कानेपोखरी गाउपालिका वार्ड नम्वर–२ मा आज विहान आगलागी हुुदा एक युुवकको जलेर मृत्युु भएको छ ।

मृत्युु हुुनेमा २३ वर्षिय राजेस ऋषिदेव रहेको मोरङ प्रहरीले जनाएको छ ।

टुुकी वालेर घरमा सुुतिरहेको विहान चारवजे घरमा आगलागी हुुदा उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागी वाट ऋषिदेवको फृुुसको छाना भएको घर समेत जलेको छ ।

घुमाउनेको ढिस्कोले मुग्लिङ्ग नारायणगढ सडक अवरुद्ध

चितवन ।

चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९ घुमाउनेमा रहेको ठुलो (ढिस्को) ढुंगा नहटाएसम्म बाटो पुर्णरुपमा बन्द गरिने भएको छ ।

जसका लागि आज बिहान १० बजेदेखिनै ब्रेकर र लोडरले ढुंगा फुटाउने काम भइरहेको आयोजना इन्जिनयर शिवप्रसाद खनालले जानकारी दिनुभयो ।

“अहिले पानी परिरहेकोले खतरा झन बढेर गएको छ र झुण्डिएको ठूलो ढुंगा खस्ने संभावना फेरी देखिएको छ, उहांँले भन्नुभयो, यसलाई नहटाएसम्म बाटो खोल्न सकिंदैन ।

आज काम नसके रात्रीकालिन समयमा समेत कामलाइृ निरन्तरता दिने उहांँले बताउनुभयो । आजै काम सकिए बाटो खुल्ने र नसकिए भोली पनि खुल्न नसक्ने उहांँको भनाई छ ।

गत चैत २१ गते ढुंगा खसेर सो स्थानमा च्यापिएर दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाईते भएका थिए ।

चैत १५ यता विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सवारीसाधन रोकेर काम हुँदै आईरहेको छ । देशकै सो महत्वपुर्ण सडकमा झण्डै दैनिक ८ हजार सवारी साधन आवत जावत गछर्न।

स्व.क्षेत्रीको ‘रातोडोली’ सार्वजनिक

बैशाख ४, नुवाकोट । स्वर्गीय पत्रकार एंव गीतकार सूर्यकुमार क्षेत्रीको शब्दमा रहेको ‘रातो डोली’ बोलको लोकगित बजारमा आएको छ । स्व.क्षेत्रीले सन्सार छाडेर गएपनि उनको शव्दमा रहेको पञ्चेबाजामा आधारित रातो डोली लोकदोहारी गीत कलाकारहरु लेखनाथ आचार्य र पूजा गुरुङको स्वरमा बजारमा ल्याइएको छ ।

२०७३ बैशाख १६ गते ब्रेन ट्युमरको कारण निधन भएका क्षेत्रीको शव्दमा रहेको गितमाा बिमलराज क्षेत्रीले लय दिएका छन् । स्व.क्षेत्रीको शब्दमा रहेको अन्तिम लोकगित रातो डोलीलाई उज्यालो म्युजिक प्रालि, काठमाडौले बजारमा ल्याएको हो ।

पञ्चेबाजाको संगीतमा रहेको रातो डोली बोलको गितले प्रेमीप्रेमिकाको मायालाई बिबाहमा परिणत गर्न नसके पनि बाचुन्जेल मनमा राख्न सकिन्छ भन्ने उदाहरण दिन खोजिएको गितमा स्वर दिएका कलाकार लेखनाथ आचार्यले बताए ।

कुशल सञ्चारकर्मी तथा चर्चित लोक कलाकार क्षेत्रीले सन्सार छाडेर गएपनि उनको स्वरमा रहेको “धानको सिरौला, दुख पर्दा लाएको गुनैको पैचो तिरौला” “बादलुले चन्द्र छेकेको”, “धोका दिनेलाई के भनौ र खै”, “डाली पलायो तर, माया पलाएन”, “उडी जाने जेट” लगायतका दोहोरी गीत चर्चित रहेका छन् ।

कक्षा ९ मा फेल भएकी किशोरीले आत्महत्या गरिन

नुवाकोट, बैशाख । कक्षा ९ मा फेल भएपछि नुवाकोट चौघडाकी १५ वर्षीयाँ किशोरीले विष सेवन गरी आत्महत्या गरेकी छिन् । क्षेत्रपाल माध्यामिक विद्यालयमा अध्ययनरत लिखु गाँउपालिका–४ साविकको चौघडा–७ की सञ्जु पण्डितले परीक्षामा अनुर्तिण भएपछि विष सेवन गरी आत्महत्या गरेकी छन् । चैत ३० गते सार्वजनिक भएको परीक्षामा फेल पछि ३१ गते विष सेवन गरी सिकिस्त भएकी सञ्जुको उपचारको क्रममा पाटन अस्पताल ललितपुरमा मृत्यु भएको उनको आमा नारायणी पण्डितले बताइन् ।

अध्ययनमा जेहेन्दार भएपनि कक्षा ९ को अन्तिम परीक्षामा असफल भएपछि उत्तरपुस्तिक हेर्न माग गर्दा नपाएपछि उनले आत्महत्या गर्न पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटको अनुसन्धानले देखाएको छ । परीक्षाको सबै विषयमा असफल भएकी पण्डितले विद्यालयका प्रध्यानध्यापक कृष्णबहादुर राईसंग उत्तरपुस्तिका हेर्न माग गर्दा नपाएपछि ३१ गते विष सेवन गरेको पाइएको प्रहरी नायव निरीक्षक लेखनाथ आचार्यले जानकारी दिनुभयो ।

परीक्षाको नतिजा सार्वजनिक भए लगत्तै सञ्जुले प्रअ राई समक्ष उत्तरपुस्तिका हेर्न माग गर्दा नमिल्ने बताएको र सोही दिन सञ्जुको आमा नारायणी समेत उत्तरपुस्तिका हेर्न जादाँ नमिल्ने बताएपछि भोलि पल्ट ३१ गते विष सेवन गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । उक्त विद्यालयमा गएको वर्ष पनि एस.एल.सी परीक्षामा असफल भएपछि एक छात्राले विष सेवन गरी आत्महत्या गरेकी थिइन् ।

पूर्णागिरिबाट फर्केका दुई जनाको मृत्यु

कैलाली ।

पूर्णागिरि दर्शन गरेर फर्किरहेका कैलाली हसुलियाका ३७ वर्षीय वसन्त विक र ३५ वर्षीय मीना विकको बसको ठक्करबाट मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका– ५ वन समिति नजिकै बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।

बसले ठक्कर दिएलगत्तै मोटरसाइकल चालक वसन्त विकको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएकी सोही ठाउँकी ३५ वर्षीया मीना विकको महाकाली अञ्चल अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको हो ।

दुर्घटनामा दुईको मृत्यु, २८ घाइते

नवलपरासी ।

नवलपरासीमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा अरूणखोला जङ्गलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ८४३२ नम्बरको बस आफैं अनियन्त्रित भई पल्टिँदा भएको दुर्घटनामा बसमा सवार बाँके जिल्ला बैदापुर– ४ का ४५ वर्षीय डिल्लीराम डाँगीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचार क्रममा भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ ।

यस्तै नवलपरासीको बर्दघाटमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

निजी विद्यालयमा बढाइएको शुल्क फिर्ता लिन आग्रह

काठमाडौँ ।

विभिन्न आठ विद्यार्थी सङ्गठनले निजी विद्यालयहरूमा वृद्धि गरिएको शुल्क फिर्ता गराउन आज शिक्षामन्त्री धनीराम पौडेललाई भेटी ध्यानाकर्षण गराएका छन् ।

शिक्षा मन्त्रालय सिंहदरबारमा ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले नियमविपरीत हुने शुल्क फिर्ता गराउन पहल गर्ने आश्वासन दिनुभएको अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्यले बताउनुभयो ।

विद्यार्थी संगठनहरुले नयाँ शैक्षिक सत्रमा भर्ना र मासिक शुल्कमा विभिन्न निजी ९संस्थागत० विद्यालयले २०० प्रतिशतसम्म शुल्क वृद्धि गरेको भन्दै फिर्ता गराउन माग गरेका हुन् ।

पारिजात केन्द्रद्वारा सम्मान घोषणा

काठमाडौँ ।

पारिजात स्मृति केन्द्रले वर्ष २०७३ का विभिन्न सम्मानबाट पुरस्कृत हुने प्रतिभाहरूको नाम घोषणा गरेको छ ।

‘शिरिषको फूल’ जस्ता लोकप्रिय उपन्यासका स्रष्टा पारिजातको २४ आँैं स्मृति दिवसका अवसर पारेर केन्द्रले ती सम्मान घोषणा गरेको हो ।

केन्द्रका सदस्य सचिव स्नेह साय्मिकाअनुसार ‘पारिजात सिर्जन सम्मान’ समालोचक हेमनाथ पौडेललाई, ‘पारिजात बालसाहित्य सम्मान’ बालसाहित्यकार विजय चालिसेलाई र ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ महिला नेत्री शशि श्रेष्ठ र ‘पारिजात कला सम्मान’ जनवादी गीतकार श्याम तमोटलाई गरिने निर्णय भएको छ ।

सबै सम्मानमा रु १५ हजार राशिको पुरस्कार रहेको छ ।

उपाधि बिजेता खेलाडीको स्वास्थ उपचार निशुल्क गर्न माग

काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद्ले अन्तराष्ट्रिय स्तरमा स्वर्ण पदक बिजेता नेपाली खेलाडीहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

परिषद्का पदाधिकारीहरुले मंगलबार स्वास्थ्य मन्त्री गगन थापासँग भेट गरी अन्तराष्ट्रिय स्तरमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन माग गरेका हुन् ।

नेपालमा दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेता एक सय २ जना र एशियन खेलकुदमा पदक विजेता खेलाडीहरुको संख्या ८ जना रहेका छन । दुवै समूहका एक सय १० जना खेलाडीलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न परिषदले मन्त्री थापालाई पुन ध्यानाकर्षण गराएको हो ।

त्यस अवसरमा मन्त्री थापाले खेलाडीहरुलाई सुविधा उपलब्ध गराउन आफू तयार रहेको बताए । परिषदले खेलाडीहरुको प्रोत्साहनवापत सरकारले रकम दिँदै आएकोमा पनि आभार व्यक्त गरेको थियो ।

राष्ट्रपति भण्डारी भारतमा भेटघाटमा व्यस्त

काठमाडौं ।

मित्रराष्ट्र भारतको पाँचदिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी आज दिनभर नयाँदिल्लीमा महत्वपूर्ण भेटघाटमा व्यस्त रहनु भयो ।

राष्ट्रपति भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय भवनमा आज शिष्टाचार भेट गर्नुभयो ।

राष्ट्रपति भण्डारीसँग आजै भारतका विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेट्लीले अलग अलग भेट गर्नुभयो ।

भेटका अवसरमा राष्ट्रपति भण्डारीले नेपाल भारतबीच साँस्कृतिक, धार्मिक तथा सामाजिक सम्बन्ध रहेको बताउँदै आफ्नो भ्रमणले दुइ देशबीचको मित्रता अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

आजै राष्ट्रपति भण्डारीलाई भारतीय सेनाले राजकीय सम्मानस्वरुप राष्ट्रपति कार्यालय परिसरमा गार्ड अफ अनर प्रदान गरेको थियो ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीका समकक्षी प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारतीय उच्च अधिकारीको सहभागिता थियो ।

त्यसलगत्तै राष्ट्रपति भण्डारी राजघाट पुगेर त्यहाँस्थित महात्मा गान्धीको समाधिमा पुष्पमाला अर्पण गरेर श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

उहाँले आजै बजिरावादस्थित यमुना जैविक विविधता संरक्षण उद्यानको अवलोकन गर्दै राष्ट्रपतिले महुवाको बिरुवासमेत रोप्नु भएको थियो ।

आजै राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति प्रणव मुखर्जीबीच भेटवार्ता हुने कार्यक्रम छ ।

तेस्रो मुलुकबाट सामान ल्याउन भारतले बल्ल दियो बैकल्पिक रेल मार्ग

बीरगञ्ज ।

नेपालमा तेस्रो मुलुकबाट आउने मालसामानका लागि भारतीय रेल्वेले बैकल्पिक रेल मार्ग संचालनमा ल्याएपछि यस प्रभाव नेपालको आयात निर्यात व्यापारमा परेको छ ।

बैकल्पिक रेल मार्गका कारण महिनौ देखि रेल्वे जाममा परेका नेपाली कन्टेनरहरु छिटोछरितो नेपालमा भित्रिन थालेपछि मासिक लाखौ डलरको बचत भएको व्यवसायिहरुले बताएका छन ।

नेपाली कार्गो बोकेर वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाहमा आउने रेल सेवालाई विशेष प्राथमिकतामा राखेर बैकल्पिक रेल मार्ग प्रयोग गर्ने व्यवस्था भारतीय रेल्वेले मिलाएको वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले बताउनु भयो ।

हाल कोलकताबाट बीरगंज आउने रेल्वे कन्टेनर ’रेल्वे ट्राफिकमा बढी जाम हुने रुटहरुमा बैकल्पिक मार्ग प्रयोग गरी आउने गरेको चौधरीले बताउनुभयो ।

बैकल्पिक रेल्वे मार्गको रुमा कोलकोता समस्तीपुर बीरगंजविचमा दुईवटा फरक रेल मार्गबाट हालै भारतीय रेल्वेले नेपाली कार्गो ओसार्न अनुमति दिएपछि रेल्वे ट्राफिकमा नेपाली कार्गो नफस्ने र यसबाट बाटोमा लाग्ने समय बच्ने मात्र होइन डेमरेज, डिटेन्सनमा जाने पैसा पनि जोगिएको बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले बताउनु भयो ।

नेपालका लागि भारतीय रेल्वेले बैकल्पिक रेल मार्ग संचालनका लागि अनुमति दिएपछि अहिले बीरगंजमा रेल मार्फत कन्टेनर मगाउने क्रम बढेर गएको छ ।

गत चैत्र महिनामा मात्रै बीरगंजमा कोलकोता बन्दरगाहबाट तेश्रो मुलुकबाट आयात गरिएका सामान बोकेका २ हजार ६ सय ४६ वटा कन्टेनर भित्रिने गरेको सुख्खा बन्दरगाह भन्सार कार्यालयले छ ।

EC urges political parties not to make election campaigning extravagant: CEC Yadav

Chief Election Commissioner Dr Ayodhi Prasad Yadav has urged the political parties not to make the election campaigning extravagant and costly, and maintain financial transparency by abiding by the election code of conduct.

During a discussion with the officials from the Federation of Nepalese Chamber of Commerce and Industry (FNCCI), Nepal Chamber of Commerce and Confederation of Nepalese Industry at the Election Commission today, CEC Yadav said, election Commission is firm against extravagant and costly election campaigning.

He directed the Anti-Money Laundering Department and Revenue Investigation Department to monitor the expense of the political parties and leaders. Assistance from all sides is essential to make the election free and fair, the CEC added.

Similarly, Election Commissioner Ila Sharma said a new provision is in place for the transparency of donation from industrialists and entrepreneurs to the parties.

President Bhandari-Indian PM Modi Meet

Indian Prime Minister Narendra Modi has paid a courtesy call on President Bidya Devi Bhandari, at the Rastrapati Bhawan today.

Earlier today, Indian Finance Minister Arun Jaitely also called on President Bhandari.

Similarly,

President Bidya Devi Bhandari has been called on by the Minister of External Affairs of India Sushma Swaraj and Minister of Home Affairs of India Rajnath Singh at Rashtrapati Bhavan today.

During the meeting, Minister of External Affairs stated that India has attached high priority to cooperative relations with Nepal and mentioned that her Ministry has been undertaking regular review of bilateral cooperation projects in order to ensure their timely progress, according to a statement issued by the Embassy of Nepal in New Delhi.

During the separate call on, Minister of Home Affairs mentioned of the excellent state of bilateral cooperation including in the area of security and stated that India would always be supportive for Nepal's progress and prosperity.

The President stated that the close and friendly bilateral relations should be further strengthened for mutual partnership and development.

In the afternoon, the President attended the interaction programme with business community organized jointly by the Ministry of External Affairs of India, Confederation of Indian Industry, Federation of Indian Chamber of Commerce and Industry and ASSOCHAM India.

In her brief remarks, the President said that cooperation and partnership has become the defining feature of inter-state relationship in today's globalized and interdependent world.

She called on the investors from India to visit Nepal and take advantage of the investment opportunities available in Nepal.

On the occasion, Minister for Foreign Affairs Dr Prakash Sharan Mahat also addressed the programme and highlighted the salient features of business friendly policy initiatives and other measures undertaken in Nepal.

Earlier today, President Bhandari was accorded a Ceremonial Reception at the Forecourt of Rashtrapati Bhavan, where she was received by the President of India Pranab Mukherjee, and Prime Minister of India Narendra Modi. During the ceremony, President Bhandari inspected the Guard of Honour.

The President visited the Samadhi of Mahatma Gandhi at Rajghat and signed the visitor's book. She also visited the Yamuna Biodiversity Park at the Bank of Yamuna River and planted a sampling there.

24.48¡ÆC