कैलाली ।

पूर्णागिरि दर्शन गरेर फर्किरहेका कैलाली हसुलियाका ३७ वर्षीय वसन्त विक र ३५ वर्षीय मीना विकको बसको ठक्करबाट मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका– ५ वन समिति नजिकै बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।

बसले ठक्कर दिएलगत्तै मोटरसाइकल चालक वसन्त विकको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएकी सोही ठाउँकी ३५ वर्षीया मीना विकको महाकाली अञ्चल अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको हो ।

दुर्घटनामा दुईको मृत्यु, २८ घाइते

नवलपरासी ।

नवलपरासीमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा अरूणखोला जङ्गलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ८४३२ नम्बरको बस आफैं अनियन्त्रित भई पल्टिँदा भएको दुर्घटनामा बसमा सवार बाँके जिल्ला बैदापुर– ४ का ४५ वर्षीय डिल्लीराम डाँगीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचार क्रममा भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ ।

यस्तै नवलपरासीको बर्दघाटमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

19.03¡ÆC