चितवन ।

चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९ घुमाउनेमा रहेको ठुलो (ढिस्को) ढुंगा नहटाएसम्म बाटो पुर्णरुपमा बन्द गरिने भएको छ ।

जसका लागि आज बिहान १० बजेदेखिनै ब्रेकर र लोडरले ढुंगा फुटाउने काम भइरहेको आयोजना इन्जिनयर शिवप्रसाद खनालले जानकारी दिनुभयो ।

“अहिले पानी परिरहेकोले खतरा झन बढेर गएको छ र झुण्डिएको ठूलो ढुंगा खस्ने संभावना फेरी देखिएको छ, उहांँले भन्नुभयो, यसलाई नहटाएसम्म बाटो खोल्न सकिंदैन ।

आज काम नसके रात्रीकालिन समयमा समेत कामलाइृ निरन्तरता दिने उहांँले बताउनुभयो । आजै काम सकिए बाटो खुल्ने र नसकिए भोली पनि खुल्न नसक्ने उहांँको भनाई छ ।

गत चैत २१ गते ढुंगा खसेर सो स्थानमा च्यापिएर दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाईते भएका थिए ।

चैत १५ यता विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सवारीसाधन रोकेर काम हुँदै आईरहेको छ । देशकै सो महत्वपुर्ण सडकमा झण्डै दैनिक ८ हजार सवारी साधन आवत जावत गछर्न।

17.44¡ÆC