बरुण नदिको बाढीले अरुण नदी थुनिंदा २ किलो मिटरको ताल, ८० घर जोखिममा

काठमाडौं ।

संखुवासभाको भोटखोलाको स्याक्सीला गोलामा बरुण नदीमा आएको बाढीले अरुण नदी थुनिंदा २ किलो मिटर लामो ताल बन्न पुगेको छ ।

संखुवासभाका प्रमूख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार नदी थुनिंदा २ किलो मिटर लामो ताल बन्न पुगेको छ । जसका कारण तत्काल ७ घरमा क्षति परेको छ भने ८० घर जोखिमा परेका छन् ।

प्रजिल जोशीले हिमताल फुटेर अरुण नदीमा बाढी आएको हुनसक्ने भन्दै सो क्षेत्रवरपरका वासिन्दालाई समेत हुन आग्रह गरिएको जानकारी दिनुभयो ।

गृहमन्त्री विमलेन्द्र निधिले अरुण नदीमा बनेको तालको पानी सुरक्षित रुपमा निकासा गर्न निर्देशन दिएपछि गृहमन्त्रालयबाट विज्ञ सहितको टोलि हेलिकोप्टरबाट निरिक्षणका लागि संखुवासभा जाँदैछ ।

‘हिन्दु राष्ट र राजसँस्था पुर्नबहाली गर्न राप्रपा राष्ट्रवादी’

७ बेशाख, विदुर । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले मुलुकलाई हिन्दु राष्ट्र र राजसँस्थाको पुनःस्थापनाको लागी नयाँ पार्टी गठन गर्नुपरेको बताउनुभएको छ ।

एकीकृत राप्रपा राष्ट्रवादी नुवाकोटको आयोजनामा बिहीबार बिदुरमा भएको बृहत्त जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले संसारभर एक अर्ब ३० करोड बासिन्दा हिन्दु धर्मालम्वी भएकाले त्यसको पहिचान हिमालय पर्वत रहेको नेपालबाट दिन हिन्दु राष्ट्र पुनःस्थापना अनिवार्य रहेको बताउनुभयो । “आफ्नो पार्टी सबै धर्मको सम्मान गरी ९४ प्रतिशत ओमकार परिवार रहेको हिन्दु धर्मालम्वी रहेको नेपाली भूमीलाई हिन्दु राष्ट्र घोषणाको लागी अभियान र दबाब चलाउछ ।” लोहनीने भन्नुभयो “मन्दिरहरुको शहर, गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको भूमीमा धर्मको व्यापार बन्द गराउन मुलुक हिन्दु राष्ट्र हुनुपर्छ ।”

पार्टी एकतापछि राप्रपाबाट असन्तुष्टी भएर नयाँ पार्टी स्थापना गर्नुभएका लोहनीले हिन्दु धर्मसगै पार्टीले राजसँस्थाको पुनःस्थापनाको एजेण्डा अघि सारेको बताउनुभयो । “मुलुकमा जाती, धर्म, भूगोल, भाषा सबै क्षत्रेमा अविस्वास र बिखण्डनको ठूलो खतरा रहेकाले त्यसको समन्वय गर्न विघठित राजसँस्थाको पुर्नबहाली हुनुपर्छ ।” उहाँले भन्नुभयो “ लाकेतन्त्रको लागी राजसँस्था समस्या हुदैन, यसलाई संबिधानको परिधिमा राख्नुुपर्छ ।”

कार्यक्रममा पार्टीका बरिष्ठ नेता केशरबहादुर विष्ट, सचिवालय प्रमुख भरतजंग उप्रेती, संगठन विभाग प्रमुख तारानाथ लुइटेल, केन्द्रीय सदस्यहरु सुष्मा शर्मा, माधव भण्डारी, नानीमैयाँ आचार्य, श्यामुकमार केसी, जिल्ला संयोजक झनक प्याकुरेल लगायतले नयाँ शक्तिको रुपमा उदाएको पार्टीलाई भ्रष्ट्राचार मुक्त समाजको स्थापना र विकासप्रेमी पार्टीको रुपमा संगठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

नयाँ पार्टीको रुपमा रहेको एकीकृत राप्रपा राष्ट्रवादीले स्थानीयतहको निर्वाचनमा चुनाव चिन्ह हलो नपाएपनि स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्ने जनाएको छ ।

जापानमा कति दिन लुक्छौ गोविन्द ? करोड ठगको कहाली लाग्दो कहानी (भिडियो सहित)

गोकर्ण अधिकारी-टोकियो ।

जापानमा रहेका नेपालीहरुको शिर नै नुग्नेगरि नेपालबाट जापान ल्याउने भन्दै दशौं लाख ठगेर बेपत्ता भएका भनिएका गोविन्द प्रसाद तिवारीका थप कर्तुत सार्वजनिक भएका छन् ।

ठमेलमा गार्मेन्टको पसल चलाउँदै आएकी गोरखा घर भएकी अमृता ढकालबाट जापान लगिदिने भन्दै ३१ लाख ठगेर व्यापारपनि गरिदिने भन्दै सामान समेत उठाएको आरोप लागेका डा. क्रिस त्रिपाठी नाम बताउने गोविन्दको जापान ठेगाना सार्वजनिक भइसकेको छ ।

उनको जापान परिचयपत्र समेत सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएका छन् ।

घर र ठेगाना ,Yokohama City Nishi-ku Sakuragicho 7-45-2 (YM Yokohama building ) room no 502

त्यसमाथि उनको कर्तुतमा साथ दिएकी जिवन संगिनि र परिवारका तस्विर समेत सार्वजनिक हुँदा उनीसँग असम्वन्धित व्यक्तिहरु समेत बदनाम हुने भय बढ्न गएको छ ।

जापानमा गार्मेन्टको सामान राम्रो मूल्यमा बेचिदिने भन्दै १४ बोरा सामान समेत झ्वाम पारेका गोविन्दले सामान मात्र पारेनछन् अन्य आधा दर्जन व्यक्तिको जिवनका सपना समेत डुबाइदिएका रहेछन् ।

तिवारीले ठमेलमै व्यवसाय गर्दै आएका जिवन पाण्डेबाट करिव १० लाख ठगेपनि दबाव दिएपछि केही फीर्ता गरेपनि ४ लाख ५० हजार ठगेर बेपत्ता भएको पाण्डेले बताएका छन् ।

यस्तै गोरखाका देवि प्रसाद ढकाललाई जापानमा काममा लगाइदिने भन्दै सपना देखाएर करिव २ बर्ष अघि ६ लाख २५ हजार ठगेका गोविन्दले गोरखाकै रविन दाहालको ५ लाख समेत लुट्न भ्याएका रहेछन् ।

तिम्रो नाम कन्फर्म भइसक्यो, उड्न ठिक पर भन्दै उल्टै हाम्रो इज्जत हुन्न भन्दै मागे रविनले भने अनि विश्वास लागेर पैसा दिएको यस्तो भयो ।

गोविन्दको ठगीको कथा यतिमा मात्र सिमित छैन । उनले झापाका सुमी राईलाई अहिले घर न घाटको हुनेगरि २५ लाख ठगेका रहेछन् ।

गोविन्दले श्रीमान् श्रीमतीलाई नै जापान लैजाने भनि ठगेको राईले बताएकी छिन् । राईले आफु ठगिएपछि पसल थापेको पनि बेच्नु परेको र ऋण तिर्न नसकेर समस्यामा परेको गुनासो गरिन् ।

अमृता ढकालले त्रिपाठीले ठगेको भनि उनि विरुद्ध मुद्धा दर्ता गरेपछि प्रहरी, सिविआई र ईन्टरपालले त्रिपाठी लाई खोजिरहेको छ ।

त्रिपाठी अहिले पनि जापानको योकोहामामा रहेको उनको गेठाना सार्वजनिक भएको छ ।

त्रिपाठीले किशोर शर्मा, सञ्जय सापकोटा, पुरुसोतम  आचार्य लगायत अन्य व्यक्तिसँग पनि लाखौं रुपैयाँ ठगेको विवरणहरु प्राप्त भएका छन् । तर ठग भनि नेपाल प्रहरीले मोष्ट वाण्टेड सुचिमा राखेका त्रिपाठी भने अझै जापानमै छन् ।

करिव दुई साता अघि मात्र नेपाल गएर आएको बुझिएका त्रिपाठीबारे जापानमा रहेका नेपालीहरुले तथानाम गाली गर्दै उनका तस्विरहरु राखिरहेका छन् । जुन समाचार क्रमश जापानी नागरिक हुँदै मिडियासम्म पुग्ने देखिएको छ ।

नेपालीहरुलाई ठगेर बिचल्ली बनाएर जापानमा आरामको जिन्दगी जिइरहेका भनिएका त्रिपाठीलाई नेपाल फिर्ता गराएर कारवाही गराउन नेपाली राजदूतावास जापानले कस्तो पहल गरिरहेको छ केही खुलेको छैन । तर सामाजिक सञ्जालहरुमा भने दूतावासले केही पहल नगरेको ठगहरुलाई कारवाही गराउन भन्दै आलोचना हुन थालेको छ ।

यस्तै नेपालीहरुको हक हितको लागि भन्दै खुलेका संघसंस्थाहरुले समेत नेपालीहरु लुटिएको प्रमाण सहितका खवर बाहिर आउँदा समेत त्यस्ता व्यक्ति पत्ता लगाएर कारवाहीको लागि सहयोग र पहल नगरेको गुनासो र आरोप लाग्न थालेको छ ।

यस्तो अवस्थामा जापानमा रहेका नेपाली मिडिया सहित सबै समुदायले जिम्मेवार निकाय र सरोकारवाला संघसंस्थाहरुलाई नेपालीलाई ठगेर जापानमा सम्मानीत जस्तो देखिने सुखसयलको जिन्दगी बिताइरहेका गोविन्द त्रिपाठीलाई कारवाही गर्न सहयोग गर्नुपर्ने देखिन्छ । जसले आगामी दिनमा जापानमा ठगेमात्र होइन नेपालीहरुलाई ठगेर जहाँ गएर लुगेपनि यस्ता व्यक्ति र प्रवृत्ति भएकाहरु कारवाहीमा परेरै छाड्छन् भन्ने उदाहरण बन्ने छ ।

फोटोहरु सामाजिक सञ्जाल फेसबुकबाट साभार गरिएका हुन् ।

टोकियोमा राजु लामा कन्सर्टको तयारी अन्तिम चरणमा, उपस्थितिको लागि अनुरोध

टोकियो ।

जापानको राजधानी टोकियोमा पप आधुनिक गायक राजु लामाको लाईभ कन्सर्ट आयोजना गरेको काभ्रेली समाज जापानले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

अप्रिल ३० आईतबारका दिन हुन लागेको कार्यक्रमको लागि टिकट विक्रि धमाधम भइरहेको भन्दै आयोजक संस्थाका अध्यक्ष मेख लामाले सडक बालबालिकाहरुको स्वास्थ्य र शिक्षामा सहयोग गर्ने उदेश्य सहित सांस्कृतिक कार्यक्रम गर्न लागिएकाले सबैको साध र सहयोग जुटेको जानकारी दिए ।

राजधानी टोकियोमा एक मात्र कार्यक्रम हुन लागेकाले पनि नेपाली पप तथा आधुनीक गितका पारखी र राजुलामाका फ्यानहरुको आकर्षणले कार्यक्रम सफल बनाउन सहयोग मिलिरहेको लामाले बताए ।

मनोरञ्जनसँगै सामाजिक सेवाको लागि कार्यक्रम गर्न लागिएको बताइएको कार्यक्रमको लागि सामान्य तर्फ ३ हजार येन र विशेष तर्फ १० हजार येनको टिकट राखिएको छ ।

टिकट विक्रि धमाधम भइरहेको भन्दै आयोजकले समयमै टिकट लिइदिनुहुन समेत आग्रह गरेको छ ।

कार्यक्रम राजधानी टोकियोको मेगुरो कुमिन सेन्टरमा हुँदै छ । अपरान्ह ४ बजेबाट हुने कार्यक्रमको लागि गायक लामा अमेरिकाबाट जापान आउने तय भइसकेको र कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।

यसैबिच कार्यक्रम सफल बनाउन जुटीरहेको आयोजक संस्था काभ्रेली समाजका संरक्षक तथा अगुवाहरुले कार्यक्रम सफल बनाउन र उपस्थितिको लागि जापानमा रहेका सबै संघसंस्था र व्यक्तिहरुलाई अनुरोध गरेका छन् ।

युवा व्यवसायि तथा काभ्रेली समाजका संरक्षक रहनुभएका भुवन अधिकारी, समाजका संरक्षक कपिलदेव थापा सहित हवल चन्द्र लामाले काभ्रेली समाजमा आवद्ध सहित सबै संघसंस्था र व्यक्तिहरुलाई कार्यक्रम सफल बनाउन सहयोग गर्न आग्रह गर्नुभएको छ ।

सपना ग्रुपका प्रमुख समेत रहनुभएका भुवन अधिकारीले भिडियो सन्देश मार्फत जापानमा हुने गरेका सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरुमा सबै संघसंस्था र व्यक्तिहरुले हातेमालो गरि कार्यक्रम गर्दै आएको भन्दै पहिलो पटक सामाजिक हितको लागि मनोरञ्जनात्मक तवरले गर्न लागिएको संस्थाको कार्यक्रम सफल बनाउन साथ, सहयोग र उपस्थित भइदिन आग्रह गर्नुभएको छ ।

काभ्रेली समाज जापानले आयोजना गरेको गोल्डेन विक विथ राजु लामाको यस सांगितिक कार्यक्रमको लागि काभ्रेका अगुवाहरुले गर्नुभएको अनुरोध सन्देश भिडियो सहित भोली प्रकाशित गर्नेछौं ।

मलेसियामा मृत्युदण्डबाट बचे एक नेपाली, १८ नेपालीको एकसाथ उद्दार

२० अप्रिल, मलेसिया ।

मलेसियाली नागरिकको हत्या आरोपमा पक्राउ परेका एक नेपालीले यहाँको अदालतवाट न्याय पाएका छन् । सिन्धुपाल्चोकको किमे–९, गुम्थाङ घर भएका लालबहादुर तामाङ अदालतको आदेशपछि मृत्युदण्ड पाउनबाट जोगिएका हुन् ।

तामाङ मलेसियाको एक सेक्युरिटि कम्पनीमा कार्यरत थिए ।

उनीमाथि ड्युटी समयमा मलेसियन नागरिक माथुभेलु ए गोविन्दनको हत्या गरेको आरोप थियो । यही आरोपमा १० नोभेम्बर २०१६ मा उनी पक्राउ परेका थिए ।तामाङ पक्राउ परेसँगै मृत्युदण्ड सजायको माग गर्दै पेनलकोर्टमा मुद्दा दर्ता गरिएको थियो ।

अदालतमा मुद्दा परेसँगै मलेसियास्थित नेपाली दूतावासले झुठा मुद्दा लगाइएको भन्दै १४ जुन २०१६ मा अदालतमा निवेदन पेश गरेको थियो । मार्च ८ मा उच्च अदालत शाहआलमले उनी निर्दोष रहेको फैसला सुनाएको थियो ।

निर्दोष ठहरिएका लामा नेपाली राजदूतावासको पहलमा वैशाख ६ गते नेपाल फर्किएका छन ।

अठार जनाको एकै दिन उद्धार

उता, वुधवार नै नेपाली राजदूतावास मलेसियाले अवैधानिक अवस्थामा पक्राउ परी डिटेन्सन सेन्टरमा रहेका १८ नेपालीको उद्दार गरेको छ । वुकित जलिल क्याम्पमा रहेका उनीहरुलाई उद्धार गरिएको हो ।

केही दिन अगाडि मात्रै नुवाकोटका विफ लामा, सिन्धुलीका लिला भोलन, भोजपुरका जयकुमार खवास, झापाका पदमवहादुर तामाङ, धनकुटाका धिरेन्द्र याक्खा, तनहुँका कमलवहादुर भुजेललाई पनि उद्धार गरी नेपाल पठाइएको थियो ।

नेपाल सरकारबाट उपलब्ध बजेटबाट हवाई टिकट खरिद गरेर नेपाल पठाइएको दूतावासले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

भारतीय कारागारमा ४४ जना निर्दोष नेपाली

काठमाडौं ।

४४ नेपाली कामदार १० महिनादेखि भारत, हिमाचलको कारागारमा अनाहकमा सजाय भोग्दै छन् । उनीहरूका आफन्तले रिहाइको पहल गरिदिन राष्ट्रिय मानव अधिकार आयोगलाई गुहारे । बुधबार आयोग अध्यक्ष अनुपराज शर्मालाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र रिहाइको पहल गरिदिन आग्रह गरे ।

‘उनीहरू निर्दोष छन्, रिहाइको पहल गरिदिनुपर्‍यो,’ आयोग अध्यक्ष शर्मालाई महेन्द्रनगरमा ज्ञापनपत्र बुझाउँदै शुक्लाफाँटा नगरपालिका ४ शिखलपट्टीकी धना भण्डारीले भनिन्, ‘कमाउने जेल परेपछि परिवारको बिचल्ली भयो ।’ उनका पति बहादुर हिमाचलको रामपुरस्थित उना जेलमा छन् । गत वैशाखमा घरबाट हिँडेका उनी साउनमा पक्राउ परेका थिए । कमाउन गएका पति जेल परेपछि धनालाई परिवारको गुजारासँगै उनलाई छुटाउने जिम्मेवारी थपिएको छ ।

गत साउनदेखि पतिको रिहाइका लागि जिल्लादेखि केन्द्रसम्म धाउँदा समेत कतैबाट पहल नभएको गुनासो गरिन् । उनी यसअघि पनि राष्ट्रिय मानव अधिकार आयोगसमक्ष पुगिन् । ‘जिल्ला प्रशासनदेखि प्रधानमन्त्री कार्यालयसम्म धायौं,’ उनले भनिन्, ‘तर आफन्त छुटाउन कतैबाट पहल भएन ।’ कारागारमा रहेकाहरूसँग भेट्न र कुरा गर्न समेत दिइएको छैन । हिमाचलको समथंग हाइड्रोपावर कम्पनीमा कार्यरत कामदारहरूले सरकारले निर्धारण गरेको सेवा सुविधा दिनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । त्यसपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएकामध्ये भारतिय कामदारलाई जमानतमा रिहा गरे पनि नेपाली भने हालसम्म कारागारमै छन् । आन्दोलन क्रममा प्रहरी र कामदारबीच झडपसमेत भएको थियो । आन्दोलनको २र३ दिनपछि नेपाली बस्ने कोलोनीमा पुगेका प्रहरीले सबैलाई धमाधम पक्राउ गरी लगेको आफन्तले बताए । उनीहरूसँगै केही भारतीय कामदार पनि पक्राउ परेका थिए । ‘४८ जनामध्ये ४ जनालाई जमानतमा छाडेको भन्ने सुनिएको छ, तर १ जना मात्रै सम्पर्कमा आएका छन्,’ धनाले भनिन्, ‘जमानत बस्ने समेत कोही नभेटिएर पनि समस्या भएको छ ।’

९ जना कञ्चनपुरका, १० बैतडीका, ४ कैलाली र अन्य जाजरकोट, प्यूठान, सुर्खेत, कालीकोट, सल्यान र नुवाकोट लगायतका जिल्लाका कामदार जेलमा छन् । ‘पक्राउ परेकाहरूलाई ज्यान मार्ने उद्योग ९अटेम्ट मर्डर० मा झूटो मुद्दा लगाएर फसाइएको छ,’ ज्ञापनपत्र बुझाउँदै पीडित नरबहादुर साउदले भने, ‘सोझा र निर्दोष कामदारलाई जानाजान फसाउन खोजियो ।’ यसबारे रामपुर उच्च अदालतमा मुद्दा चलिरहेको छ । राजनीतिक पूर्वाग्रहका आधारमा समेत नेपाली कामदारमाथि झुटो मुद्दा लगाइएको उनले बताए ।

ज्ञापनपत्र बुझ्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष शर्माले घटनाबारे बुझेर आवश्यक पहल गर्ने आश्वासन दिए । ‘घटना कस्तो प्रकृतिको हो, यसबारेमा बुझेर आवश्यक पहल गरिनेछ,’ उनले भने, ‘अदालतमा कस्तो प्रकतिको मुद्दा चलिरहेको छ । झुटो मुद्दा लगाइएको भए माथिल्लो अदालतमा जान सकिन्छ । नभए अदालतको फैसला पर्खिनुपर्छ ।

कान्तिपुरमा खवर प्रकाशित छ ।

थ्रेस होल्डको डरपछि ठाकुर देखी महतो सहितको पाँच दल एकता, चिनिराख्नुस् यि पाँच नेता

काठमाडौं ।

संसदीय निर्वाचनमा प्रत्यक्ष तर्फ एक सिट र समानुपातीकमा कम्तिमा ३ प्रतिशत मत नल्याए दल अस्तित्वनै नरहने भएपछि आत्तिएका तराई केन्द्रित दलहरु एकतामा जुटेका छन् ।

संसद बन्न र पार्टी खोलेर एउटा सांसदकै भरमा मन्त्री हत्याउन पल्केका तराई केन्द्रित पाँच दल एकता गर्न सहमत भएका छन् ।

तराई केन्द्रित राजनीति गर्दै आएको मधेसी मोर्चाका महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी, शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक बिच एकता भएको हो ।

चुनाव चिन्ह छाता राख्ने सहमती भएसँगै नेताहरुले पार्टीको नाम राष्ट्रिय जनता पार्टी भएको बताएका छन् ।

यद्यपी उनिहरुले आफुहरुलाई राष्टिय पार्टी देखाउन दलको नाममा मधेश शब्द भने नराख्ने बताएका छन् ।

स्मरणीय छ भारतले नेपालमाथि लगाएको बेलामा तराईका जिल्लामा हिंसात्मक आन्दोलन गरिरहेको मधेशी मोर्चा महन्थ ठाकुरकै नेतृत्वमा भारत बिहार पुगेर लालु यादवसँग भेटेको थियो ।

भारतीय अदालतबाट भ्रष्टाचारी ठहरपछि राजनीतिमा रहेपनि कम चर्चामा रहेका यादवकै नेतृत्वमा भारतमा यस्तौ राष्ट्रिय जनता दल नामको पार्टी रहेको छ ।

उस्तै लाग्नेगरि तराई केन्द्रित राजनीति गरिरहेका यि नेताहरुले नेपालमा राष्ट्रिय जनता पार्टी राख्नुले विशेष अर्थ राखेको देखिन्छ ।

मध्यरात डिनर सहितको पार्टी बैठकमा मोर्चाका दुई दल संघीय समाजवादी फोरम र नेपाल सद्भावना पार्टीलाई पनि एकतामा ल्याउने भनिएपनि सहमती नभएको र प्रयास भइरहेको बताईएको छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकताका लागि रहेकाले उनिहरुले यादवसँग एकता छलफल नगरेको बताए ।

महन्थ ठाकुरलाई सर्बसम्मत नेता मान्ने गरी नयाँ दल घोषणा गर्ने नेताहरुको तयारी छ । ठाकुर नेपाली काँग्रेस पार्टीबाट महामन्त्री पद छाडेर पहिलो संविधान सभा चुनाव अघि तराई केन्द्रित राजनीति गर्न नयाँ दल खोलेर लागेका थिए ।

शीर्ष नेताहरुले पालैपालो नयाँ पार्टीको नेतृत्व लिने सहमति अनुसार सुरुमा ठाकुरलाई नेतृत्व दिने बताइएको छ ।

पाँच दलको एकतापछि ठाकुर नेतृत्वको पार्टी संसदमा प्रतिनिधित्वका आधारमा सबैभन्दा ठूलो दल बन्ने भएको छ । जसको सिट संख्या २३ पुग्नेछ ।

हाल संसदमा तमलोपाको ११ सीट छ भने सदभावनाको ५ सीट छ । रामसपा र तमसपाको ३र३ सांसद छन् भने गणतान्त्रिक फोरमको १ सीट छ ।

संसदमा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको १६ सीट छ भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको १५ सीट छ ।

राप्रपाले ३७ सीट सहित संसदमा चौथो शक्तिको रुपमा उभिएको छ ।

नयाँ पार्टीको झण्डा तीन रंगको हुने सबैभन्दा माथि रातो रंग हुने वीचमा सेतो रंग हुने र तल हरियो रंग हुनेछ । क्रान्ति, शान्ति र समृद्धिको प्रतीकका रुपमा तीन रंग राखेर झण्डाको वीचमा पार्टीको चुनावचिन्ह छाता राख्ने बताइएको छ ।

एकतामा जुटेका सद्भावनाका महतो अंगिकृत नेपाली नागरिकता लिएका भारतीय हुन् जसले आफुले नागरिकता लिएपछि बाबुलाई नेपाली नागरिकता दिलाएका थिए ।

यस्तै शरतसिंह भण्डारी तिनै व्यक्ति हुन् जसले बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षामन्त्री रहँदै तराईका २२ जिल्लालाई टुक्राएर छुट्टै राज्य बन्न सक्ने भन्दै देशद्रोही अभिव्यक्ति दिएका थिए । लगत्तै देशभर भएको बिरोध र प्रतिपक्षि दलहरुको संसद अवरोधपछि भट्टराईले भण्डारीको बचाउ गरेपनि अन्तत यिनलाई रक्षामन्त्रीबाट हटाउन बाध्य भएका थिए ।

यस्तै महेन्द्र प्रसाद यादव अर्का त्यस्ता व्यक्ति हुन् सरकारमा उद्योग मन्त्री रहेको समयमा पार्टीले मन्त्रीबाट हटाउने भएपछि आफु आवद्ध तराई मधेश लोकतान्त्रीक पार्टीबाट ९ सांसद किनेर नयाँ दल बनाएका थिए । उनी पछिल्लो समय राजेन्द्र महतोसँगै लागेर तराईको हिंसात्मक आन्दोलन उक्साउने देखी भारतीय नेताहरुको दैलो चहार्न समेत पुगेका थिए ।

यस्तै मधेशी जनअधिकार फोरम गणतन्त्रीक पार्टी खोलेका राज किशोर यादव तिनै व्यक्ति हुन् जसले नेपाली काँग्रेसबाट राजनीति थालेपनि पद र सत्ताकै लागि नेकपा एमाले हुँदै एकीकृत माओवादीमा समेत छिरेर तराई केन्द्रित राजनीति गरिरहेका छन् ।

तराईमा मधेशी मोर्चाले हिंसात्मक आन्दोलन गर्दै भारतीय नाकाबन्दीलाई सहयोग गरेपछि तराईमा आफ्नो अस्तित्व सकिने देखेपछि यिनै यादवले नाकाबन्दीको समयमा बिजय गच्छदारको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक र शरदसिंह भण्डारीको राष्ट्रिय मधेश समाजवादी पार्टीसँग मोर्चा बनाउँदै तराईको बैकल्पिक शक्ति आफुहरु भएको दाबी समेत गरेका थिए ।

दुग्ध विकास संस्थानमा टेन्डर बिनै करोडौैं सामान किनेर अनियमीतता

काठमाडौं ।

दुग्ध विकास संस्थान ९डीडीसी० ले नियम विपरीत बजारबाट सोझै सामान खरिद गरेको पाइएको छ । संस्थानले आर्थिक प्रशासन विनियमावली, सिलबन्दी बोलपत्रसम्बन्धी सम्पूर्ण प्रक्रिया मिचेर अपारदर्शी रूपमा करोडौं रुपैयाँ बराबरको सामग्री खरिद गरेको हो ।

डीडीसीले प्रचलित व्यवस्था विपरीत काठमाडौं दुग्ध वितरण आयोजना, जनकपुर दुग्ध वितरण आयोजना, हेटौैंडा दुग्ध वितरण आयोजना र नेपालगन्ज दुग्ध वितरण आयोजनाका लागि १८ करोड ५० लाख १६ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न सामग्री खरिद गरेको फेला परेको छ ।

संस्थानको आर्थिक प्रशासन विनियावली र विनियमअनुसार एक पटकमा एक लाख ५० हजारसम्मको सामान मात्र सोझै बजारबाट खरिद गर्न पाइन्छ । यस्तै १० लाख रुपैयाँ बराबरको सामग्री खरिद गर्दा सिलबन्दी दरभाउमार्फत र १० लाख रुपैयाँभन्दा बढीको खरिद गर्दा बोलपत्र वा घटाघट प्रक्रियामार्फत खरिद गर्नुपर्ने व्यवस्था छ ।

तर, डीडीसी अन्तर्गतको काठमाडौं दुग्ध वितरण आयोजनाले कोल्ड स्टोरका लागि १० लाख रुपैयाँ बढीको सामग्री सोझै खरिद गरेको भेटिएको छ । यस्तै जनकपुर दुग्ध वितरण आयोजनाले पनि २० लाख ८२ हजार मूल्य बराबरको काठ र २० लाख मूल्य बराबरको चिनी खरिद गरेको पाइएको छ ।

नेपालगन्ज दुग्ध वितरण आयोजनाले ११ लाख मूल्य बराबरको दाउरा र हेटौंडा दुग्ध वितरण आयोजनाले तीन पटकमा गरी १७ लाख ३४ हजारको मोबिल र लुब्रिकेन्ट्स नियम विपरीत सोझै खरिद गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको २०७३ सालको ५४ औं वार्षिक प्रतिवेदनमा यस्तो जानकारी समावेश गरिएको छ ।

डीडीसीका प्रवक्ता ईश्वरी अधिकारीले नियम विपरीत कुनै पनि सामग्री खरिद गर्न पाउने व्यवस्था नभए पनि तत्कालीन समयमा भएको उक्त सामग्री खरिदको बारेमा छानबिन गरिने जानकारी दिनुभयो ।

‘डेढ लाख रुपैयाँसम्मको खरिद गर्दा पनि कुनै प्रक्रिया पालना गर्नुपर्दैन तर त्योभन्दा बढी रकमको खरिद गर्दा सिलबन्दी र बोलपत्रमार्फत टेन्डर गरेर मात्रै खरिद गर्न पाउने व्यवस्था छ’, अधिकारीले भन्नुभयो, ‘विनियावली र विनियम विपरीत कसरी खरिद भयो, त्यो मैले पनि बुझ्नुपर्ने हुन्छ । म यो विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्छु ।’

डीडीसी अहिले करिब ४७ करोड ३५ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा छ ।

डीडीसीले अपारदर्शीबाट सामग्री खरिद गरेको फेहरिस्त यतिमै सीमित छैन । आवश्यकताको पहिचान नगरी डीडीसीले टेन्डर बिना नै सोझै १७ करोड ७१ लाख मूल्य बराबरको २५ मेट्रिक टन धुलो दूध ९स्किम मिल्क पाउडर० पनि खरिद गरेको भेटिएको छ । सोही समयमा डीडीसीसँग एक करोड ६६ लाख मूल्य बराबरको धुलो दूध मौज्दात थियो ।

‘पर्याप्त परिमाणमा मौज्दात रहेको अवस्थामा कुनै प्रक्रिया नअपनाइ सोझै भएको खरिदका कारण संस्थानको चालू पुँजीमा नकारात्मक असर पुग्नुका साथै भण्डार खर्च बढेको र उक्त पाउडर दूधको गुणस्तरमा समेत ह्रास आएको देखिन्छ’, महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

डीडीसी अहिले करिब ४७ करोड ३५ लाखभन्दा बढी सञ्चित नोक्सानीमा छ । डीडीसीका अनुसार यो वर्ष थप घाटामा जाने सम्भावना छ । दूध र दुग्ध पदार्थको बजार प्रतिस्पर्धामुखी भएको र निजी उद्योगभन्दा सरकारी संस्थानले बिक्रेतालाई कमिसन थोरै उपलब्ध गराएकाले डीडीसीको बजार हिस्सा विस्तारै घट्दै गएको छ ।

‘कर्मचारीको तलब वृद्धि र कुल कर्मचारीमध्ये करिब आधा संख्यामा कर्मचारी अवकाश प्राप्त गरेकाले यो वर्ष थप घाटामा जाने अवस्था सिर्जना भएको छ’, प्रवक्ता अधिकारीले भन्नुभयोे ।

उधारोमा कारोबार

डीडीसीले उधारोमा कारोबार गर्दै आएको भेटिएको छ ।

बंैक ग्यारेन्टी बराबरको मात्रै दूध र दुग्धजन्य पदार्थ वितरकलाई उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि काठमाडौं दुग्ध वितरण आयोजना र जनकपुर दुग्ध वितरण आयोजनाले बैंक ग्यारेन्टी दुई लाखमात्रै राखेर २७ लाख मूल्य बराबरको दूध तथा दुग्धपदार्थ उधारोमा बिक्री गर्न दिएको भेटिएको छ ।

कोष अव्यवस्थित

अवकाश कोषमा उपदान व्यवस्था गरेको रकम प्रत्येक कर्मचारीको खाता खोलेर जम्मा गर्नुपर्ने व्यवस्था भए पनि डीडीसीले उपदान बापत व्यवस्था गरेको ७६ करोड ४४ लाख रुपैयाँमध्ये आठ करोड ६५ लाख ु११ प्रतिशतु रकम नागरिक लगानी कोषमा राखेको छ । संस्थानले सञ्चित बिदा बापत १८ करोड ७१ लाख व्यवस्था गरे पनि यो रकम प्रत्येक कर्मचारीको खाता खोलेर स्वीकृत अवकाश कोष खातामा राखेको भेटिएन ।

घटी रकम असुल गर

संस्थानको एक आयोजनाले अर्को आयोजनालाई हस्तान्तरण गरी पठाएका दुग्ध पदार्थ अर्को आयोजनाले घटी आम्दानी देखाएको अवस्थामा संस्थानको सञ्चालक समितिको निर्णयअनुसार नोक्सान भएको सामग्रीकोे जिम्मेवारी सम्बन्धित आयोजना प्रमुखले लिनुपर्ने व्यवस्था छ ।

निकासी र प्राप्ति हिसाबअनुसार धनगढीले नेपालगन्ज पठाएको फरक पाँच लाख ९५ हजार, जनकपुरले विराटनगरलाई पठाएको फरक पाँच लाख सात हजार, हेटौंडाले काठमाडौंलाई पठाएको फरक ३१ लाख ५७ हजार, विराटनगरले काठमाडौंलाई पठाएको फरक नौं लाख १५ हजार र लुम्बिनीले सुजल डेरीलाई पठाएको फरक आठ लाख २० हजार रुपैयाँ देखिएको छ ।

‘यो नोक्सान बापत फरक देखिएको रकमको जिम्मेवारी सम्बन्धित आयोजना प्रमुखले लिनुपर्छ । यो रकम सम्बन्धित आयोजना प्रमुखबाट असुल गर्नुपर्छ’, प्रतिवेदनमा उल्लेख छ । यस्तै विभिन्न आयोजनाबाट घाटा परेको ६ लाख रुपैयाँ पनि महालेखा कार्यालयले असुल गर्न निर्देशन दिएको छ । अन्नपूर्णपोष्टबाट साभार

साक्षात अर्जुन जस्तै बने गोहीले चपाएर बाँचेका अर्जुन

चितवन :

ठूल्ठूला जेब्रा, अर्नालगायत वन्यजन्तु गोहीले सजिलै मारेका घटना हामीले अन्तर्राष्ट्रिय टेलिभिजनबाट देख्छौँ । गोहीले समाइसकेपछि फुत्किने मौका कमै हुन्छ । तर चितवनमा गोहीको मुखमा पुगेका मामुली बालक फुत्किए् भन्दा तपार्इंलाई आश्चर्य लाग्ला । यो यथार्थ हो । गोहीले समाएका बालक सकुशल फिर्ता भए । अहिले उनी उपचाररत छन् ।

गत चैत २५ गते भरतपुर महानगर-२३ जगतपुर घैलाघारीका १२ वर्षीय बालक अर्जुन हरिजन सदाझैं चितवन निकुञ्जको छेवैमा रहेको राप्ती नदीमा पौडी खेल्न गए । सधैँ पौडी खेल्ने ठाउँमा त्यो दिन पनि साथीसँगै पुगे ।

अपराह्न करिब ४ बज्दै थियो । एक्कासि हाम्फालेका अर्जुन गोहीको पिठ्यूँमा परेछन् । लेउले ढाकेर बसेको थियो गोही । लेउ नै सम्झेँ उनले । 'म हामफालेँ, गोहीको माथि परेछ, लेउ जस्तै बनेर बसेको रहेछ, म हाम्फालेपछि अनि झ्याप्पै हात समायो,ु सम्झँदै अर्जुन भन्छन् । देब्रे हातमा समाएर तीनचोटि पछार्‍यो । त्यसलगत्तै पानीमुनि लग्यो । सामान्यतया गोहीले समाइसकेपछि पानीमुनि लगेर सास फेर्न नदिई मार्छ । 'यो हात त सबै पड्यापुडुक भा छ,ु गोहीले समाएको देब्रेहात देखाउँदै उनले भने ।

यति गर्दा पनि बालकको होस भने गएको थिएन । गोहीले आफैँलाई गरेको आक्रमण हेर्दै थिए । फुस्कने कोसिस उनको व्यर्थ थियो । 'मैले साथीहरुलाई एउटा हातले बोलाएँ, धन्न उनीहरु आए, पानीमुनि नै साथीले गोहीको आँखामा हाने, अनि भाग्यो,ु अस्पताल श्ययाबाट खुसीका साथ उनले घटनाबारे बेलिविस्तार लगाए । गोहीको आँखामा लाग्ने बित्तिकै भाग्दोरहेछ भन्ने उनले त्यो दिनबाट चाल पाए । साथीहरुले पानीभित्रै गएर गोहीलाई डन्ठाले हानेको हेरिरहेका अर्जुन भन्छन्, ' बेहोस नै भएको थिइनँ, हेरिराथेँ, अब ज्यान बचेन भन्ने लाग्याथ्यो । एउटा हात त गोहीले छाडेकै थिएन । टाउको समाउने प्रयास गर्दै थियो । गोहीसँगको सङ्घर्ष सम्झँदै उनी भन्छन्, 'टाउको समायो भने मार्छ भन्ने लागेर मैले अर्को हातले रोक्न खोज्दा त्यो हात पनि टोक्यो ।

भुँडीमा प्वाल पारेको छ । छातीका विभिन्न ठाउँमा गोहीले टोकेको छ । खुट्टाभरि घाउ नै घाउ छ । देब्रे हात तीन ठाउँमा भाँचिएको छ । पाखुरा र नाडीमा पत्ता राखेको छ । गोहीको मुखबाट फुत्किएर नयाँ जीवन पाएका अर्जुन खुसी हुँदै भन्छन्, ठीकै भाछ सञ्चो हुन लाछ अब घर जाने  अब कहिल्यै पौडी खेल्न नजाने उनी बताउँछन् ।

पैसा तिर्न सकेनन् परिवारले

उनी सामान्य सुकुम्वासी परिवारका हुन् र सम्पत्तिका नाममा एक कट्ठा जमिन छ । त्यही पनि ऐलानी । घरको एउटा मात्रै छोरो, तीन छोरी र आमा फुलमायाँ अहिले १३ दिनदेखि छोराको उपचारमा चितवन मेडिकल कलेजमा छिन् । कलेजको अर्थोपेडिक वार्डको २९६ नम्बर श्ययामा उनी छन् । अर्जुनकी दिदी सरिता पनि अस्पतालमै उनको हेरचाहमा छिन् । अहिलेसम्म करिब रु दुई लाख पैसा लागेको छ । नौ दिन आइसियुमा राखिएको थियो । एकदिन पोस्टअपमा राखेर चार दिनअघि अर्थोमा सारिएको हो ।

औषधिको ऋण खोजेर नगद नै तिरे । अस्पतालको पैसा करिब रु डेढ लाख तिर्न बाँकी छ । अस्पतालको बिलको बिटो देखाउँदै आमा फूलमायाँ भन्छिन्, 'यो पैसा कसरी तिर्नु रुु बुबा रामबहादुर मजदुरको काम गर्छन् । फूलमायाँ मेलापात । 'घरमै थिएँ, गोहीले तेरो छोरालाई टोक्यो, छोरो लिन जा भने गाउँलेले, त्यो सुन्दै ढलेछु, अनि मलाई थाहै भएन । भोलिपल्ट होस आयो र हस्पिटलको आइसियुमा छोरो छ भेट्न जाउँ भनेपछि अनि आ‘को,ु फुलमायाँले भनिन् ।

पैसा तिर्न चन्दा सङ्कलन

चितवनका एक सामाजिक अभियन्ता द्रोण सिवाकोटीले फेसबुकमा उनको दर्दनाक तस्बिर हालेपछि घटनाबाहिर आएको हो । उनीलगायत गाउँलेले अहिले उनको उपचारका लागि चन्दा सङ्कलन सुरु गरेका छन् । सक्ने सहयोग गरिदिए उनको अस्पतालको ऋण घट्ने थियो भन्छन् सिवाकोटी । पैसा नभएर परिवार पनि रन्थनिरहेको छ । ुहिजो नै पैसा जम्मा गर भनेको थियो,ु अर्जुनकी दिदी सरिताले भनिन्, ुदश हजार जम्मा गर्‍र्यौं अरू गर्न सकिएन । गरिबले कहाँबाट ल्याउनु पैसा । गरिब परिवारलाई कसैले सहयोग गरिदिए हुन्थ्योु, उनी अनुनय गर्दै भन्छिन् ।

अस्पताल ल्याउँदा नरुने कोही थिएन

त्यो दिन सहयोगीका रुपमा आकस्मिक कक्षमा थिइन् अस्पतालकी कर्मचारी मञ्जु भट्ट । ुअर्जुनलाई ल्याउँदा अस्पतालमा नरुने कोही थिएन,ु मञ्जुले भनिन्, ुघाउहरु हेरिसाध्य थेन ।ु भुँडीमा पारेको प्वालबाट आन्द्रा नै देखिन्थ्यो भनेर चिकित्सकले भनेको कुरा उनी सम्झिन्छिन् । ुहड्डी नै टुक्रा भाथ्यो रेु, मञ्जु सुनाउँछिन् । साह्रै पीडामा देखिएका बालक अहिले यस्तो हुँदा आफूलाई पनि खुसी लागेको मञ्जुले बताइन् ।

Source : रासस

तोचिगीमा उपचाररत दोलखाका उज्वलको उपचारमा सहयोग अनुरोध

टोकियो ।

बिगत ४ बर्ष देखि जापानको तोचिगी केनमा बस्दै आएका उज्वल बस्नेत 'बासु' को स्वास्थ्य उपचारको लागि तोचिगी नेपाली समाज, तोचिगी जापानले सहयोगको अपिल गरेको छ ।

दोलखा जिल्ला लाकुरी डाँडा गाबिस वडा नम्बर ३ घर भएका उज्वलको पेटमा समस्या आएपछि हाल गुन्न्मा केन ताकासाकि फुजिओका जनरल अस्पतालमा उपचार भइरहेको छ ।

उपनको उपचारको लागि थप सहयोग आवश्यक परेकाले तोचिगी नेपाली समाजले सहयोगका लागि जापानमा रहेका सबै संघसंस्था र व्यक्तिहरुलाइै अपिल गरेको हो ।

समाजले सहयोगकोलागि अपिल गर्दै बस्नेतको जिवन रक्षाको लागि सक्दो सहयोग गर्न विज्ञप्तिमा मार्फत अनुरोध गरेको छ ।

सहयोगको लागि बिरामीको जापान पोष्ट बैकको खाता १०७७०-१७९२३१२१

バスネト ウジエウル

थप जानकारीका लागि सम्पर्क

बिजय श्रेष्ठ ०८०-४३८२-८९२५, सरद गिरी ०८०-६४९७-०७४० र महेश लुइटेल ०८०-३३५९-८०७७मा खवर गरिदिनुहुन अनुरोध गरिएको छ।

बालुवाटारमा एमाले फोरम सहितको शिर्ष बैठकमा दुई चरण निर्वाचन गर्नेबारे छलफल

काठमाडौं ।

सत्ताधारी काँग्रेस सभापती देखी उपप्रधानमन्त्री समेत रहेका बिमलेन्द्र निधिले सार्वजनिक रुपमै बैशाख ३१ गतेको स्थानिय निकाय निर्वाचन दुई चरणमा हुनसक्ने विवादास्पद अभिव्यक्ति दिन थालेपछि शिर्ष दलले यसबारेमा छलफल गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको हाव्हानमा प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको छलफलमा प्रमुख पाँच दलका शीर्ष नेताहरुसँग निर्वाचन दुई चरणमा गर्ने हल्ला बारे नेताहरुको राय मागेका हुन् ।

तराई केन्द्रित मधेसी मोर्चाले लगातार नयाँ माग राख्दै निर्वाचनमा सहभागी नहुने कुरा गर्न थालेपछि पाँचदलबिच मोर्चा निर्वाचनमा आए दुई चरण र नआए एकै चरणमा निर्वाचन गर्नेबारे छलफल भएको हो ।

बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकका नेताहरु सहभागी थिए ।

बैठकपछि स्थानिय निकाय निर्वाचनबारे विवादास्पद अभिव्यक्ति दिंदै हिडेका गृहमन्त्री विमलेन्द्र निधिले 'मधेसी मोर्चा यदि निर्वाचनमा आउनसक्ने सम्भावना छ भनेदेखि दुई चरणमा गएर पनि चुनाव गराउन सकिन्छ भन्ने तर्कलाई कुन रुपमा लिने भन्ने बारेमा छलफल भएको  बताए ।

निधिले निर्वाचनका लागि सबै सुरक्षा प्रवन्ध मिलाइसकेको दाबी गर्दै पाँचै विकास क्षेत्रमा सुरक्षा गोष्ठी समेत गरिसकेको बताए ।

'प्रधानमन्त्री जीले मधेसी मोर्चा सहमति भएर आउँछ भने दुई चरणमा चुनाव गर्ने पनि तर्क आइरहेको छ, यो तर्कलाई के गर्ने रु भन्नु भएको छ ।' निधिले भने-'यो सरकारको प्रस्ताव होइन बैशाख ३१ गते चुनाव गर्ने नै । यसमा कुनै भ्रममा नपर्नुहोला'

दाङमा चिर्वाचनको लागि २ हजार कर्मचारी चाहियो

दाङ ।

यही बैशाख ३१ गते हुने स्थानीय तह निर्बाचनका लागि दाङमा २ हजार बढी कर्मचारीहरुको आवश्यक पर्ने भएको छ । १ सय ५१ मतदान स्थल र त्यस भित्र ३ सय ५१ मतदान केन्द्र रहने दाङमा २ हजार १ सय १ जना कर्मचारीको आबस्यकता देखिएको निर्बाचन कार्यालयले जनाएको छ ।

मुख्य निर्बाचन अधिकृत, सहायक निर्बाचन अधिकृत सहित सहयोगि सम्मका कर्मचारीको संख्या निर्धारण गरिएको र छिट्टै जनशक्ति व्यवस्थापन समितिले कर्मचारीलाई मतदान स्थलको जिम्मेवारी दिने निर्बाचन कार्यालयका प्रमुख विजयकुमार कार्कीले जानकारी दिनुभयो ।

जिल्लामा मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना गरि चुनाबको तयारीलाई तिब्र पारिएको छ । निर्बाचनलाई भयरहित र निष्पक्ष बनाउने जिम्मेवारी सबैको भएको भन्दै निर्बाचन कार्यालयले सहयोगिको भुमिका खेल्न मूख्य निर्वाचन अधिकृत चुडामण खड्काले सबैमा अपिल गर्नु भएको छ ।

अहिले जिल्लाका दश वटै स्थानिय तहमा ३ सय ४५ जना मतदाता शिक्षा कार्यकर्ताहरु पनि पुगेर जनताहरुलाई भोट हाल्ने तरीका, मत बदर हुनबाट रोक्ने तरीका र स्थानिय तहका बारेमा प्रशिक्षण दिईरहेका छन ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web