पार्टी एकताका लागि बाबुराम र उपेन्द्रको आयो यस्तो विज्ञप्ति

काठमाडौं,बैशाख ८ । नयाँ शक्ति पार्टी, नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालबीच पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ गठन गरिएको छ । शुक्रबार जारी संयुक्त विज्ञप्तिले दुर्इ पार्टीबीच छिट्टै एकता हुने संकेत गरेको छ ।

वार्ता समितिमा डा.बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई रहेका छन् । विज्ञप्तिमा भनिएको छ ‘दुबै पार्टीका तर्फबाट वार्ता समिति गठन गरी विभिन्न चरणका बैठकमार्फत पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणाली समेतमा समान दृष्टिकोण बन्दै गएको छ ।’ पार्टी एकतालाई निष्कर्षमा पु¥याउनका लागि ‘पार्टी एकता संयोजन समिति’ गठन गर्ने निष्कर्षमा पुगिएको छ ।

जापानमा अहिलेसम्मकै चोथो ठूलो चोरीको घटना, ३ करोड ८४ लाख येन लुटियो

टोकियो ।
जापानमा लुटेराहरुको एक समुहले ३ करोड  ८४ लाख येन लुटेका छन् ।

दोस्रो विश्वयुद्ध पछि हालसम्मकै चोथो ठूलो चोरीको घटना भएको भन्दै जापानी प्रहरीलाई उदृत गर्दै जानी सञ्चार माध्यमहरुले मिजुहो बैंकबाट यति ठूलो रकम चोरी भएको उल्लेख गरेका छन् ।

समाचारमा उल्लेख भए अनुसार नेपाली ३ करोड ५८ लाख ४२ हजार ५ सय साठी  बराबरको रकम बैंकबाट निकालेर गाडिमा राख्न लाग्दा लुटिएको हो । ३ करोड ८४ लाख जापानी येन बराबर नेपाली ३ करोड ५८ लाख ४२ हजार ५
सय साठी रुपैयाँ हुनेछ ।

लुटेराहरुले बैंक कर्मचारीले सुटकेसमा निकालेको पैसा गाडीमा राख्नै लाग्दा तरल पदार्थ मुखमा छ्यापेर वा छोपेर बेहोस बनाई रकम लुटेको अनुमान प्रहरीले गरेको छ ।

फुकुओकाको तेनजिन जिल्लामा भएको यो चोरीको घटनापछि प्रहरीले १ सय ५५ जनाको विशेष टोलिनै खटाएर लुटिएको रकमको खोजि र लुटेराबारे जानकारी बटुल्न थालेको छ ।

तर जापानी सञ्चार माध्यमहरुले अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गर्न नसकेको र रकमबारे समेत पत्ता लगाउन नसकेको उल्लेख गरेका छन् ।

बैंकबाट यति ठूलो रकम निकाल्दै गरेको सूचना कसरी बाहिर चुहियो र लुटेराहरुले बैंक नजिकै सेतो कार तयारी अवस्थामा राखेर कसरी रकम लुट्न सफल भए भन्ने बारेमा विभिन्न भिडियो फुटेज हेरेर छानविन गरिरहेको बताएको छ ।

बिहिबार भएको यो लुटको घटना लगत्तै ठूलो रकम सहित एक दक्षिण कोरियाली नागरिक पक्राउ परेपनि उनले निकालेको रकमको विवरण र श्रोत लुटको घटनासँग नमिलेपछि उनलाई छाडिएको बताइएको छ ।

लुटपाटको यो घटनामा कसैलाई पनी चोटपटक नलगाई योजनाबद्ध रुपमा लुटेराहरुले रकम लुटेको र घटनामा तत्काल तीन जनाको संलग्नता देखिएको प्रहरीको भनाई छ ।

लुटेराहरु बैंकबाट पैसा निकाल्दा गाडीमा एकजना पार्किंग स्थलमा एक र लुट्न एकजनाले भूमिका खेलेको र तीनैजना लुटिएको रकम लिएर सेतो रंगको कारमा भागेको विभिन्न भिडियो फुटेजहरुमा देखाइएको छ ।

ट्रम्प र उत्तर कोरियाली शासक जस्तै शक्तिशालि देखिइन् टोकियोकी गर्भनर कोईकी

जापान ।

जापानको राजधानी टोकियो जहाँ विश्व ओलम्पिक हुँदैछ सन् २०२० मा यहाँकी गर्भनर युरिको कोईकी विश्वको १०० प्रभावशालि व्यक्तित्वको शिर्ष स्थानमा देखिएकी छिन् ।

अमेरिकाको टाईम पत्रिकाले सार्वजनिक गरेको विश्वका प्रभावशालि व्यक्तिहरुको सुचिमा कोईकी छानिएकी हुन् ।

दिर्घकालीन सोच र भिजन भएकी निडर महिलाको श्रपमा चित्रण गर्दै पत्रिकाले कोइकिलाई पेरिसकि पहिलो महिला मेयर अने हिदागोले कोईकीलाई टोकियोकि प्रभावशाली तथा महत्वकांक्षी र जस्तो सुकै समस्याको समाधानको लागि सामाना गर्न नडराउने व्यक्ति भनेको छ ।

टाईम पत्रिकाले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, ह्वाईट हाउसका योजना प्रमुख स्टेफन बानन , रेन्स प्रिबुस साथै रक्षा सचिव जिम माटिस पनि कोईकी छानिएकै सुची अन्तर्गत विश्वका प्रभावशाली व्यक्ति भएको लेखेको छ ।

उत्तर कोरियाका नेता किम जोंग उन समेत विश्वका प्रभावशाली व्यक्तित्वमा पर्दा कोईकी जापान र पुरै विश्वकै लागि एक उदाहरणीय महिला भएको भनि लखेको भन्दै जापानी सञ्चार माध्यमले समेत कोइकी बारेमा समाचारहरु प्रकाशित गरेको छ ।

सन् २०२० को ओलम्पिक आयोजना गर्ने जिम्मेवारी पाएको जापानले राजधानी टोकियोको मेयर रहेकी कोईकीको जिम्मामा महत्वपूर्ण निर्माण र व्यवस्थापन सहित सफल बनाउन जिम्मेवारी सुम्पेको छ ।

दाङमा चैते धान ९५ हेक्टरमा रोपाई

दाङ ।

दाङमा यस वर्ष चैते धान ९५ हेक्टर जमिनमा रोपाई भएको छ ।

सिचाईको सुविधा भएका दाङ र देउखुरी उपत्यकाका विभिन्न स्थानहरुमा गरी गत वर्षको भन्दा झण्डै १५ हेक्टर बढी ९५ हेक्टर जमिनमा चैते धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ ।

सिचाईको सुविधा भएका स्थानहरुमा दुई बाली धान खेतीका माध्यमबाट धानकोउत्पादन बृद्धि गर्ने उद्देश्यका साथ गत वर्षदेखि सञ्चालन भएको कार्यक्रम अन्तरगत दाङमा गतवर्ष ८० हेक्टर जनिममा चैते धान रोपाईभएको थियो ।

दुई सिजनमा धान खेती गर्दा घरको आर्थिक अवस्था सुधारसँगै चैते धान रोपाईँ गर्ने किसानहरुलाई प्रोत्साहन स्वरुप प्रतिहेक्टरपाँच हजार रुपैयाँ कार्यालयले अनुदान दिने गरेको छ ।

यो ब्यबस्था संगै सिचाईको व्यवसथा भएका स्थानहरुमा चैत धान रोप्ने किसानहरु बढेको जिल्ला कृषि विकास कार्यालय दाङका माटोविज्ञ दिगम्बर यादवले बताउनुभयो ।

यस वर्ष भबैभन्दा धेरै चैते धान देउखुरी बेलाको गुरुङखोलाका किसानहरुले २२ हेक्टर जमिनमा रोपाई गरेको माटोविज्ञ यादवले बताउनुभयो ।

उहाँका अनुसार देउखुरीकै रङसिङ खोलामा १२ हेक्टर, गढवामा साढे ११ हेक्टर, मुलाबारी र हाँसिपुरमा २४ हेक्टर, गहतेरामा ११ हेक्टर, पुरन्धारामा १३ हेक्टर र डुरुवामा पाँच हेक्टर गरी ९५ हेक्टर जमिनमा चैते धान रोपाई भएको छ ।

नेवाः देय दबुको छैठौँ राष्ट्रीय महाधिबेशन सुरु

दाङ ।

नेवार समूदायको छाता संगठन नेवाः देय दबुको छैठौँ राष्ट्रीय महाधिबेशन आज देखी दाङको घोराहीमा हुदैछ ।

आज र भोली दुई दिन सम्म चल्ने महाधीबेशनको सबै तयारी पुरा भएको नेवार सेवा समिती दाङका सचिब रोशनमान श्रेष्ठले जानकारी दिनु भयो ।

महाधिबेशनको उद्घाटन नेवाः देय दबुका केन्द्रिय संरक्षक मल्ल के सुन्दरले गर्ने कार्यक्रम रहेको छ ।

महाधिबेशको उद्घाटन कार्यक्रम हुनु पुर्व बिहान ११ बजे बिभिन्न नेवारी भेष भुषा सहितको साँस्कृतीक झाँकी निकालिने भएको छ ।

घोराही काठेकोहोल स्थीत भिमसेन मन्दिरबाट निकालिने साँस्कृतीक झाँकी सहितको ¥यालीले बजारका बिभिन्न भागको परिक्रमा गरी घोराहीको नेशनल टे«डिङको परिसरमा पुगेर सभामा परिणत हुनेछ ।

देशभरका ३ सय बढि प्रतिनिधी रहने अबिधेसनले आगामि ३ बर्षे कार्यकालका लागि ३५ सदस्यीय नयाँ कार्यसमिती चयन गर्ने छ ।

Four dead in Kalikot landslide

Four persons including three of the same family died in a landslide that took place at Lalighat bazaar in Kalikot district yesterday evening.

Police Head Constable at the Humla-based temporary police post, Surendra Thapa, said that the rescue operation has affected as the landslide is yet to stop.

Nobody can stop election: PM Dahal

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that no force can stop the May 14 local level elections from taking place.

Addressing a program in Jhapa yesterday, he said elections are inevitable for institutionalizing the rights achieved through a long struggle of the people.

PM Prachanda said the local election taking place after a gap of twenty year will empower the people and reach the villages with power from Singha Durbar.

The Prime Minister also expressed dismay over the rejection of the second constitution amendment proposal registered at the parliament, which he claimed, was introduced as per an understanding with the Madhesi morcha.

Social awakening must for women’s empowerment: President Bhandari

President Bidya Devi Bhandari is returning home today concluding her 5 day state visit to India.

Yesterday, the President had attended an interaction on women’s empowerment organization in Bhubaneswar, the capital of the State of Odisha, where she pointed out the need for social awakening for women empowerment..

Speaking at the interaction, President Bhandari said the efforts for women’s empowerment will not bear fruit without representation of women in every sector of the national mainstream.

She lauded the role of the state of Odisha in women’s empowerment through control of women and child trafficking, rescuing the women survivors and providing rehabilitation service to them.

President Bhandari shared that the new constitution in Nepal has adopted a representative governance system based on proportional inclusion, while also making special provisions for the empowerment of the marginalized and backward communities.

Also guaranteed is positive discrimination for women and special opportunities for social security based on right to equal share in ancestral property.

पाकिस्तानी प्रधानमन्त्री तत्काल पदबाट हट्नु नपर्ने, भ्रष्टाचार आरोप छानविन गर्न अदालतको आदेश

एजेन्सी ।

पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ माथि लागेको भ्रष्टाचार आरोपबारे छानबिन हुनुपर्ने बताउँनु हुदै तत्काल सत्ताबाट हटाउनुपर्ने आधार भने नदेखिएको पाकिस्तानको उच्च अदालतले बिहीबार निर्णय सुनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शरिफ र उहाँको परिवारका सदस्यमाथि लागेको भ्रष्टाचार आरोप सम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ ।

सन् २०१६ मा पानामा पेपर्समा आएको सूचनामा शरिफका परिवारको विभिन्न विदेशी कम्पनीहरुमा संलग्नता रहेको भनी सार्वजनिक भएपछि पाकिस्तानमा यो मुद्दाले विशेष ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्रीको भ्रष्टाचार आरोपमा गहिरो अनुसन्धान आवश्यक हुने देखिएको, न्यायाधीश असिद सैयद खोसाले बताउनुभयो ।

चुनावमा उमेद्वार र मतदातालाई प्रभाव पार्ने काम नगर्न एनजिओकर्मीलाई चेतावनी

काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादवले आगामी निर्वाचनमा उम्मेदवार र मतदातालाई प्रभाव पार्ने गरी कुनै काम नगर्न/नगराउन गैरसरकारी संस्थाका प्रतिनिधिलाई निर्देशन दिनुभएको छ ।

स्थानीय तहको वैशाख ३१ गते हुने निर्वाचनका सन्दर्भमा गैरसरकारी संस्थाले पालन गर्नुपर्ने आचार संहिताका बारेमा जानकारी गराउनुहुदै प्रमुख निर्वाचन आयुक्त डा यादवले नेपाली जनताका नाममा आएको रकम र साधनस्रोत उहाहरुकै हितका लागि खर्च गरिनुपर्ने बताउनुभयो ।

वैशाख १५ गतेबाट गैरसरकारी सङ्घसंस्थाले पूर्णरुपमा आचार संहिता पालना गर्नुपर्ने जानकारी गराउनुभयो ।

पिपल्स क्याम्पसमा अनेरास्ववियु बिजयी

काठमाडौं ।

काठमाडौँको पकनाजोलस्थित पिपल्स क्याम्पसनमा अनेरास्ववियु विजयी भएको छ ।

सभापतिमा अनेरास्ववियुका आदित बोहोरा १ सय ७१ मत ल्याई विजयी हुनुभएको हो ।

उहाँका निकतम प्रतिद्वन्द्वी नेविसङ्घका अरुण घलेले १ सय २३ मत र अखिल क्रान्तिकारीका सचीन भुर्तेलले जम्मा ५६ मत प्राप्त गर्नुभएको थियो ।

सचिवमा उमेश विक (सिरिष) र कोषाध्यक्षमा अरुण धिताल विजयी हुनुभएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो ।

दुगढ उद्योग देखी चाउ समेत अखाद्य, ठूला उद्योगकै उत्पादन गुणस्तरहीन

काठमाडौंः

नाम चलेका नेपालका ठूला उद्योगकै उत्पादन गुणस्तरहीन भेटिएको छ । ख्यातिप्राप्त दुई दर्जनभन्दा बढी उद्योगका उत्पादन तयारी चाउचाउ, बिस्कुट, प्रशोधित खानेतेल र दूध गुणस्तरहीन भेटिएको हो । यस्ता उद्योगबाट उत्पादित उपभोग्य वस्तु मानव स्वास्थ्यका लागि हानीकारक पाइएको सरकारी प्रतिवेदनले उल्लेख गरेको छ । सरकारले हालै देशमा विभिन्न स्थानमा खाद्यवस्तुको गुणस्तरका सम्बन्धमा अध्ययन गरेको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार एसियन थाई फुड्स प्राइभेट, आरती भेजिटेबल घी प्रोडक्टस्, शिवशक्ति घिउ उद्योग, पार्ले एग्रो प्राइभेट लिमिटेड र दुगड फुड एन्ड वेभरेज प्राइभेट लिमिटेडको उत्पादन गुणस्तरहीन पाइएको छ । यसैगरी, जगदम्बा फुड एन्ड वेभरेज प्राइभेट लिमिटेड, कुसुम आयल इन्डस्ट्रिज, नन्दन घिउ एन्ड आयल इन्डस्ट्रिज, एसियन कन्फेक्सनरी फुड्स प्राइभेट लिमिटेड, न्युट्री फुड्स प्राइभेट लिमिटेडले उत्पादन गरेको खाद्य पदार्थ र खानेतेल गुणस्तरहीन अवस्थामा भेटिएको हो ।

यस्तै पशुपति बिस्कुट उद्योग, पशुपति खाद्य तेल उद्योग, रोयल फुड्स प्रोडक्ट, गणपति वनस्पति प्राइभेट लिमिटेड, कृष्ण आयल रिफाइनरी एन्ड भेजिटेबल, आरती भेजिटेबल प्रोडक्ट, सिद्धार्थ आयल इन्डस्ट्रिज, तारा फुड प्रोडक्टसबाट उत्पादन भएका सामग्री पनि न्यून गुणस्तर अवस्थामा भेटिएको छ ।

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले एसियन थाई फुड्सको उत्पादन तयारी चाउचाउ न्यून गुणस्तर अवस्थामा भेटिएको जानकारी दिनुभयो । विराटनगरमा रहेको उक्त एसियन थाई फुड्सले विभिन्न ब्रान्डमा चाउचाउ उत्पादन गर्दै आएको छ । यस्तै एसियन कन्फेक्सनरी फुड्सले उत्पादन गरेको ललिपप बालबालिकाका लागि घातक मानिएको छ । ललिपपमा चम्किलो हानीकारक रसायन प्रयोग गरिएको विभागले जनाएको छ ।

एसियन कन्फेक्सनरी फुड्सले उत्पादन गरेको ललिपप बालबालिकाका लागि घातक मानिएको छ । ललिपपमा चम्किलो हानीकारक रसायन प्रयोग गरिएको छ ।

‘चालू आर्थिक वर्षमा तयारी चाउचाउ र ललिपपबिरुद्ध मुद्दा दायर गरेका छौुं, कर्णले भन्नुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षको मंसिरदेखि फागुनसम्ममा एक सय दुईवटा मुद्दा दायर भएको छ । यसमध्ये विभागमार्फत २३, क्षेत्रीय कार्यालय विराटनगरमार्फत २०, हेटौंडामार्फत २६, भैरहवामार्फत १९, नेपालगन्जमार्फत तीन र धनगढीमार्फत ११ वटा मुद्दा दायर भएको छ ।सहप्रवक्ता मदन चापागाईका अनुसार विराटनगरमै उद्योग रहेको क्वालिटी थाई फुड्स प्राइभेट लिमिटेडले उत्पादन गरेको तयारी चाउचाउ पनि न्यून गुणस्तर अवस्थामा भेटिएको छ ।

चाउचाउमा पाइने खानेतेल गुणस्तरहीन अवस्थामा भेटिएको छ । ‘यसले गर्दा उक्त चाउचाउ पनि मानव स्वास्थ्यका लागि हानीकारक मानिएको छु, चापागाईले भन्नुभयो, ‘एसियन थाई फुड्सविरुद्ध स्थानीय प्रशासन कार्यालयमा तीनवटा मुद्दा दायर गरेका छौं । यसैगरी बारास्थित आरती भेजिटेबल प्रोडक्ट्सले उत्पादन गरेको वनस्पति घिउ र प्रशोधित सोयाविन खानेतेल न्यून गुणस्तर अवस्थामा भेटिएको छ । उक्त उद्योगबिरुद्ध तीनवटा मुद्दा दायर गरिएको छ ।

विराटनगरको दुहवीमा रहेको पशुपति विस्कुट उद्योगले उत्पादन गरेको विस्कुट र सोनापुरस्थित पशुपति खाद्य तेल उद्योगले उत्पादन गरेको वनस्पति घिउ न्यून गुणस्तरको भेटिएकाले बिस्कुटबिरुद्ध एक र वनस्पति घिउ विरुद्ध दुई मुद्दा दायर भएको छ । विराटनगरकै श्रीराम रिफायनरी आयल प्रोडक्टसले उत्पादन गरेको शुद्ध प्रशोधित सोयाविन तेल पनि न्यून गुणस्तर भेटिएकाले मुद्दा दायर भएको छ । सुनसरीको रोयल फुड्स प्रोडक्टस्ले उत्पादन गरेको रेक्स र रोजा ब्रान्डको स्क्वास जुसमा कुल घुलनशील ठोस पदार्थ कम परिमाणमा भेटिएको छ । रोयलविरुद्ध पनि तीन वटा मुद्दा दायर गरिएको छ ।

बाराकै गणपति वनस्पति प्राइभेट लिमिटेडबिरुद्ध चारवटा मुद्दा दायर भएका छन् । तोरी तेल र प्रशोधित सूर्यमुखी तेल न्यून गुणस्तरको भेटिएको छ । बाराकै अर्को उद्योग श्रीकृष्ण आयल रिफायनरी एन्ड भेजिटेबल इन्डस्ट्रिजले सोयाविन तेल र वनस्पति घिउ न्यून गुणस्तरको उत्पादन गरेकाले उद्योगबिरुद्ध पनि चारवटा मुद्दा दायर भएको छ । बाराको नन्दन घिउ एन्ड आयल इन्डस्ट्रिज प्राइभेट लिमिटेडले उत्पादन गरेको आयातीत तोरी तेल, वनस्पति घिउ, पामोलिन तेल र प्रशोधित सोयाविन तेल गुणस्तरहीन अवस्थामा भेटिएकाले उद्योगबिरुद्ध पाँचवटा मुद्दा दायर गरिएको छ ।

बाराकै आरती भेजिटेबल घिउ उद्योगले उत्पादन गरेको वनस्पति घिउ न्यून गुणस्तर अवस्थामा फेला पारिएको छ । सोही जिल्लामा रहेको पार्ले एग्रो प्राइभेट लिमिटेडको फ्रुटी मापदण्ड विपरीत भेटिएको छ । कास्कीस्थित सुजल डेरीको घिउ पनि गुणस्तरहीन अवस्थामा भेटिएको छ । यस्तै रूपन्देहीस्थित जगदम्बा फुड्स प्राइभेट लिमिटेडको तयारी चाउचाउ, सोही उद्योगको पाम आयल पनि न्यून गुणस्तरको फेला परेको छ । यस्तै भक्तपुरस्थित जगदम्बा फुड एन्ड वेभरेजले उत्पादन गरेको प्रशोधित दूध दूषित र न्यून गुणस्तरको भेटिएको छ । उक्त उद्योगबिरुद्ध चारवटा मुद्दा दायर गरिएको छ ।

राजेश बर्माले अन्नपूर्णपोष्टका लागि लेख्नुभएको समाचार साभार गरिएको हो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web