चितवन ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई विद्यार्थी सङ्गठनबीच आज दिउँसो झडप हुँदा छजना घाइते भएका छन् ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुबीच भडप हुँदा क्रान्तिकारीका तीन र अनेरास्ववियुका तीनजना घाइते भएका हुन् ।

नयाँ विद्यार्थीले कलेज प्रवेश गर्दा लगाउने टिसर्टको डिजाइनका विषयमा विवाद हुँदा दुई पक्षबीच झडप हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घुस लिएको आरोपमा तीन जना पक्राउ

चितवन । घुस लिएको आरोपमा आज चितवनको मालपोत कार्यालयबाट दुइ जना कर्मचारी र एक जना लेखापढी व्यवसायी पक्राउ परेका छन ।

जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा मालपोत कार्यालयका नायव सुव्वा मनोज निरौला, कम्युटर अप्रेटर प्रदिप पौडेल र लेखापढी व्यवसायी फणिन्द्रराज तिवारी रहेका छन् ।

उनीहरु एकजना सेवाग्राहीको जग्गा पारिवारिक नामसारी गर्न आउंँदा घुस लिएको अभियोगमा पक्राउ परेका हुन् ।

उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन

काठमाडौं ।

सरकारले उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन गरेको छ ।

बदलिँदो विश्व परिवेश सुहाउँदो परराष्ट्र नीतिको दस्ताबेज तयार गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि ठोस सुझाव दिन कार्यदल गठन गरिएको हो ।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा मन्त्रिपरिषदबाट गठित कार्यदलमा अर्थ, कूटनीति, श्रम, कानुन, सुरक्षालगायतका विभिन्न क्षेत्रका १६ जना विज्ञ रहनुभएको छ ।

जग्गा नभएका भूकम्पपीडितले दुई लाख पाउने

काठमाडौँ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा लाभग्राही सूचीमा परेका तर आफ्नो जग्गा नभई सार्वजनिक जग्गामा बसेका भूकम्पपीडितलाई घडेरी खरिद गर्न अनुदानस्वरुप रु दुई लाख दिन प्रस्ताव गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलको संयोजकत्वमा आज बसेको कार्यकारी समितिको बैठकले लाभग्राही सूचीमा परेका त्यस्ता पीडितलाई अनुदानस्वरुप दुई लाख उपलब्ध गराउने गरी कार्यविधि संशोधन गरेको प्राधिकरणका सहसचिव जनार्दन गुरागाईंले जानकारी दिनुभयो ।

यस्तै बैठकले भूकम्प अतिप्रभावित जिल्लाको अनुभवका आधारमा कम प्रभावित १७ जिल्लामा अर्को व्यवस्था नभएसम्मका लागि आवश्यक पर्ने प्रविधिक जनशक्ति अविलम्ब व्यवस्थापन गर्न सहरी विकास मन्त्रालय ९केन्द्रीय आयोजना कार्यान्वयन इकाइ०लाई निर्देशन दिने निर्णय गरेको छ ।

साथै बैठकले सहरी मन्त्रालयको कार्यालय ती जिल्लामा भएमा सोही कार्यालय र नभएका अवस्थामा त्यस्तो जनशक्ति संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेका जिल्ला समन्वय समितिको कार्यालयअन्तर्गत रहने व्यवस्था मिलाई प्रमाणीकरण, सिफारिस एवम् अनुगमन लगायतका कार्य गर्ने गराउने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ ।

बाबुराम भट्टराईको नयाँ शक्ति सहित नौ दल संयुक्त प्यानल बनाएर चुनाव लड्दै

महोत्तरी ।

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनमा नौ दलले संयुक्त प्यानल दिने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय मधेस समाजवादी पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा संयुक्त, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल लोकतान्त्रिक फोरम, नेपाल सदभावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी र तराई मधेस सदभावना पार्टीले आज संयुक्त विज्ञप्ति जारी गर्दै संयुक्त प्यानल खडा गर्ने बताएका हुन् ।

मधेस केन्द्रित दलले चुनाव बिथोल्ने रणनीति अख्तियार गरिरहेकै बेला बर्दिवासमा भने मधेस केन्द्रित दलसहितको चुनावी मोर्चा बन्नुलाई राजनीतिक क्षेत्रमा उत्साहका साथ लिइएको छ ।

अरुण नदीमा बनेको ताल क्रमशः घट्दै, संकट टर्यो

संखुवासभा ।

संखुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सीला गोलामा बरुण नदीबाट आएको बाढीले अरुण नदी थुनिएर बनेको ताल क्रमशः घ्टदै गएको छ ।

नदी क्रमशः आफ्नो बहावमा फर्किएको र करिब सत्तरी प्रतिशत पानी बगिसकेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

पानी क्रमशः आफ्नो बहावमा फर्किएकोले बाँध फुट्ने सम्भावना कम रहेको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

उहाँले उच्च जोखिममा रहेका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको र विस्थापितहरुलाई तत्काल राहत समेत वितरण गरिएको बताउनुभयो ।

हिजो दिउँसो ४ बजेतिर बरुण नदीमा आएका ढुंगा, गिटी, बोटविरुवाले अरुण नदी छेकेपछि नदीमा ताल बनेको थियो ।

आजै गृह मन्त्रालयका तर्फबाट गएको प्रारम्भिक टोलीले हेलिकोप्टरबाट त्यस क्षेत्रको अनुमगन गरेको छ ।

टोलीमा खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्का, स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउत, भूगर्भविद, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि, नेपाली सेना लगायतका प्रतिनिधिले स्थलगत अनुगमन गरेको थियो ।

राष्ट्रपति भारत भ्रमण सकेर स्वदेश फिर्ता

बैशाख ।

राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कनु भएको छ ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा गत सोमबार राजकीय भ्रमणका लागि नयाँ दिल्ली जानुभएकी राष्ट्रपति भण्डारी केहिबेर अघि काठमाडौं आइपुग्नु भएको हो ।

राष्ट्रपति भण्डारी स्वदेश फर्कनु हँुदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई उपराष्ट्रपति नन्दबहादुर पुनले स्वागत गर्नुभयो ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु तथा उच्च पदस्थ अधिकारीहरु राष्ट्रपतिको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो ।

भारत भ्रमणका क्रममा राष्ट्रपति विभिन्न उच्चस्तरीय भेटघाटमा व्यस्त रहनुभयो । भ्रमणका क्रममा नयाँदिल्लीमा राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति मुखर्जीबीच भेटवार्ता भएको थियो ।

त्यसैगरी राष्ट्रपति भण्डारीसँग भारतीय उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय विदेशमन्त्री सुस्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्लीलगायतले शिष्टाचार भेट गर्नुभयो ।

राष्ट्रपति भण्डारीले भारतको गुजरात र उडिसा राज्यको भ्रमण गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले आज बिहान उडिसाको पुरीस्थित जगन्नाथ मन्दिर पुगेर दर्शन र पूजाआजा गर्नुभएको थियो ।

त्यहाँ भारतीय सञ्चारमाध्यमहरुसँग कुरा गर्नुहुँदै राष्ट्रपति भण्डारीले आफ्नो भ्रमणले दुई देश र जनताबीचको मैत्रिपूर्ण सम्बन्धलाई अझै प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

Disseminate balanced and objective news: CEC Yadav

Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged the media to take up the responsibility of a watchdog to make the upcoming local level election in a free, fair and fear-free manner.

CEC Yadav said this while addressing a workshop titled 'Dissemination of Balanced News in the Forthcoming Local Level Election and Importance of News', organized today by Tribhuvan University Central Department of Journalism and Japan International Cooperation Agency (JICA).

The country has been overwhelmed with the election fervor and the media has played a laudable role in this, he said.

CEC Yadav said he has found that the media has been together with the voters in the election mega campaign that is intensifying in the villages and localities in a positive way.

Chief of the TU Central Department of Journalism, Chiranjibi Khanal underlined the need for the journalists to work in an impartial manner while covering the election.

JICA representative in Nepal Jun Sakuma said the mass media has a significant role to play for a free, fair and impartial election.

she said it would provide logistics and technical assistance to the Election Commission.

All parties' participation makes election meaningful: CEC Yadav

Chief Election Commissioner Dr Ayodhi Prasad Yadav has urged all political parties to participate in the election to make it meaningful.

Receiving a memorandum submitted by the Interparty Women's Network today, CEC Yadav said, participation of all ethnic groups including women in election fosters democracy.

Ruling parties urge Front to participate in local poll

The ruling parties' meeting held at the Prime Minister's official residence at Baluwatar today has urged the Madhesi Front to participate in local poll slated for May 14.

Following the meeting, CPN (Maoist Centre) leader, Barsha Man Pun shared that the meeting was positive regarding the Front's participation in the election along with forwarding the amendment bill.

Leader Pun added that the amendment bill could be revised if the Front assures their participation in the election.

In the meeting, PM Dahal urged the Madheshi Front's leaders come on board and contest in the upcoming May 14 election by forging consensus on the constitution amendment bill registered in the parliament.

One of the major parties of the Front, Rastriya Janata Party's leader Laxman Lal Karna clarified that they would contest in the election if the constitution amendment bill with revision would be endorsed by the parliament.

DPM Nidhi instructs outlet of water in blocked Arun river

Deputy Prime Minister (DPM) Bimalendra Nidhi has instructed the concerned authority to put in place a mechanism to outlet the water in the blocked Arun river in Sankhuwasabha carefully so as to mitigate the risk of inundation of human settlement in Barun Bazar.

The flood debris in Barun river in the district had been blocking the water in Arun river in Syakshila Gola in Bhote Khola rural municipality since last evening.

A two-kilometre long artificial lake was formed following the blockage of the river. Three houses in Barun Bazar received damages due to the damming of the river while four houses are said to be at high risk.

A team of technical officials from the Ministry of Home Affairs (MoHA), Nepal Army as well as Armed Police Force are preparing to fly to Barun Bazar in a chopper for the management of the disaster as well as for the mitigation of the risk, according to the MoHA.

The Barun river merges with the Arun river.

According to Chief District Officer in Sankhuwasabha, Shivaraj Joshi, there are 36 police personnel being deployed in the site where water in the Arun River is blocked.

State-Minister for Health, Taraman Gurung is learnt to be on his way for the inspection of the site.

नवौ जिल्लास्तरीय एन्फा लिग प्रतियोगिता सुरु

नुवाकोट । नवौ जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगिता बट्टारमा सुरु भएको छ । नुवाकोट जिल्लामा क्रियाशिल रहेका ११ क्लबको सहभागितामा लिग चरणमा हुने प्रतिस्पर्धाको प्रतियोगिता आजदेखि नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा सुरु भएको हो । प्रतियोगितामा कोलनी युथ सर्कल, थ्रि डी युवा क्बल कोलनी, गणेशस्थान युवा क्लब, मालाकोट, न्यू भिजन युवा क्लब रातमाटे, ब्लु स्काई ब्लुमिन क्लब, तप्त युवा क्लब देवीघाट, दम्की युवा क्लब बट्टार, तादी त्रिशूली युवा क्लब माझीटार, देवीघाट जालपा युवा क्लब, नुवाकोट युनाइटेड फुटबल क्लब बट्टार र चण्डिमाई युवा क्लब इनारपाटी संलग्न रहेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै नुवाकोटका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले खेलले व्यक्तिलाई रचनात्मक सोचाई, स्वास्थ्यमा तन्दुरुस्ती र राष्ट्रियताको भावना सिर्जना गर्ने बताउनुभयो । प्रतियोगिताको उद्घाटन खेलमा कोलनी युथ सर्कलले थ्रि डी युवा क्लबलाई ४–० गोल अन्तरले हराएको छ ।

लिग चरणको आधारमा हुने प्रतिस्पर्धा बैशाख १५ गतेसम्म सञ्चालन हुने एन्फा नुवाकोटका महासचिव विष्णु चालिसेले जानकारी दिनुभयो । उत्कृष्ठ हुने क्बललाई नगद रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र सहित क्षेत्रीय प्रतियोगितामा छनोट हुनेछ ।

निर्वाचनमा भाग लिन मोर्चा तयार संशोधन विधेयक परिर्माजन गर्न कार्यदल गठन

काठमाडौं,बैशाख ८ । निर्वाचनमा भाग नलिने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अन्ततः निर्वाचनमा भाग लिन तयार देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दुई चरणमा भएको छलफलमा परिमार्जनसहित संविधान संशोधन गर्नेगरी मोर्चा चुनाबमा जान सहमत भएको हो।संविधान संशोधन विधेयक परिर्माजन गर्न कार्यदल गठन गरेको छ ।

कार्यदलमा मधेसी मोर्चाको तर्फबाट राजेन्द्र श्रेष्ठ, लक्ष्मण लाल कर्ण छन् भने सत्तारुढ दलहरुबाट कृष्णप्रसाद सिटौला र बृद्धिमान तामाङ छन् । कार्यदलले भोलि विहानभर गृहकार्य गर्नेछ र दिउँसो २ बजे फेरि शीर्ष नेताहरुको बैठक बस्नेछ । सरकार र मोर्चाबीच शुक्रबार विहान पनि वार्ता भएको थियो । मोर्चासँगको वार्तापछि पुनः सत्तारूढ दलको बैठक बसेपछि पुनः बेलुका मोर्चासँग वार्ता भएको हो । मधेसवादी दलहरूबीच एकता भएपछि केही लचिलो भएर निर्वाचनमा जाने तयारी गरेका हुन् ।

27.05¡ÆC