महोत्तरी ।

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनमा नौ दलले संयुक्त प्यानल दिने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय मधेस समाजवादी पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा संयुक्त, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल लोकतान्त्रिक फोरम, नेपाल सदभावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी र तराई मधेस सदभावना पार्टीले आज संयुक्त विज्ञप्ति जारी गर्दै संयुक्त प्यानल खडा गर्ने बताएका हुन् ।

मधेस केन्द्रित दलले चुनाव बिथोल्ने रणनीति अख्तियार गरिरहेकै बेला बर्दिवासमा भने मधेस केन्द्रित दलसहितको चुनावी मोर्चा बन्नुलाई राजनीतिक क्षेत्रमा उत्साहका साथ लिइएको छ ।

32.48¡ÆC