नवौ जिल्लास्तरीय एन्फा लिग प्रतियोगिता सुरु

बैशाख ८, २०७४ मा प्रकाशित | 1015 views

नुवाकोट । नवौ जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगिता बट्टारमा सुरु भएको छ । नुवाकोट जिल्लामा क्रियाशिल रहेका ११ क्लबको सहभागितामा लिग चरणमा हुने प्रतिस्पर्धाको प्रतियोगिता आजदेखि नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा सुरु भएको हो । प्रतियोगितामा कोलनी युथ सर्कल, थ्रि डी युवा क्बल कोलनी, गणेशस्थान युवा क्लब, मालाकोट, न्यू भिजन युवा क्लब रातमाटे, ब्लु स्काई ब्लुमिन क्लब, तप्त युवा क्लब देवीघाट, दम्की युवा क्लब बट्टार, तादी त्रिशूली युवा क्लब माझीटार, देवीघाट जालपा युवा क्लब, नुवाकोट युनाइटेड फुटबल क्लब बट्टार र चण्डिमाई युवा क्लब इनारपाटी संलग्न रहेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै नुवाकोटका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले खेलले व्यक्तिलाई रचनात्मक सोचाई, स्वास्थ्यमा तन्दुरुस्ती र राष्ट्रियताको भावना सिर्जना गर्ने बताउनुभयो । प्रतियोगिताको उद्घाटन खेलमा कोलनी युथ सर्कलले थ्रि डी युवा क्लबलाई ४–० गोल अन्तरले हराएको छ ।

लिग चरणको आधारमा हुने प्रतिस्पर्धा बैशाख १५ गतेसम्म सञ्चालन हुने एन्फा नुवाकोटका महासचिव विष्णु चालिसेले जानकारी दिनुभयो । उत्कृष्ठ हुने क्बललाई नगद रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र सहित क्षेत्रीय प्रतियोगितामा छनोट हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web