धनगढी ।

धनगढी प्रिमियर लिगको उपाधि भिडन्तको जारी खेलमा पारस खड्काको टिम चौराहाले शरद भेषवाकरको बिराटनगर किङ्ग्सलाई बिजयको लागि १६० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर ब्याटिङ थालेको टिम चौराहाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनायो ।

खराब सुरुवात गरेको टिम चौराहाको लागि राजु रिजाल बिना रन पेभेलियन फर्के भने ४ रनको अवस्थामा एक विकेट गुमाएको कप्तान पारसको टिमले अनिल मण्डललाई गुमाउन पुगेको थियो ।

पृथु बास्कोटा र कप्तान पारस खड्काले पारी सम्हाल्ने प्रयास गरे । पृथु पनि १४ रन बनाएर आउट भएपछि आएका आरिफ शेखले चम्कँदै पारसँग ४४ रनको साझेदारी गरे ।

पारस २९ रनमा आउट भए, जतिबेला टिम चौराहाको स्कोर ८१ रन मात्र थियो र ५ ओभर एक बल मात्र खेल बाँकी थियो ।

तर, आरिफ र अमर रौतेलाले उत्कृष्ट ब्याटिङ गर्दै टिमको स्कोर उकासे । उनीहरुले पाचौं विकेटका लागि मात्र २४ बलमा ६३ रनको साझेदारी गरे । आरिफले ३० बलमा ४ चौका र ४ छक्कासहित ५४ रन बनाए ।

अमर ३१ रनमा अजिजित रहे भने शौरभ खनालले नटआउट १४ रन बनाए ।

शरद भेषावकरको टिम बिराटनगर किङ्ग्सले भर्खर जवाफी ब्याटिङ थालेको छ ।

बिराटनगर ।

उपप्रधान एंव स्थानिय विकासमन्त्री कमल थापाले केहीदिन भित्रै मधेशी मोर्चासंग सहमती जुटने वताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज विहान संचारकर्मीसंग कुरागर्दै मधेशी मोर्चा संग भइरहेको वर्ता सकारात्मक वन्दै गएकाले केहिदिनमै सहमती जुटने र मोर्चापनी निर्वाचनमा सहभागी हुने वताउनुभयो ।

उहाले संसदमा दर्ता भएको विधेयकलाई समान्य परिमार्जनगरी अघि वढाउने विषयमा मोर्चासंग सहमती वन्दै गएको बताउनुभयो ।

नागरिक्ता , भाषा, राष्ट्रियसभाको गठनविधि तथा परिमार्जन सहितको संविधान संशोधनका विषयमा मोर्चासंग छलफल भइरहेको उहाको भनाई थियो ।

उपप्रधानमन्त्री थापाले जनशख्याको विषयमा स्थानिय तहको शख्या कायम गर्नुपर्ने माग माधेशी मोर्चाको रहेकाले सहमती जुटे केही जिल्लामा स्थानियतहको शख्या थपघट हुने बताउनुभयो ।

उपप्रधानमन्त्री थापाले मधेशी मोर्चा निर्वाचनमा सहभागी भए केही जिल्लामा दुई चरणमा निर्वाचन गर्न सकिने प्रष्ट पार्नुभयो ।

उहाले वैशाख–३१ गते हुन लागेको निर्वाचनको मिति नर्सने भन्दै मोर्चा सहमतीमा आए दलहरुको सहमतीमा केही जिल्लामा दुई चरणमा निर्वाचन गर्न सकिने वताउनुभयो । उहाले सहमतीका लागी प्रतिपक्ष दल नेकपा एमालेलेको साथ र सहयोग आवश्यक रहेको वताउनुभयो ।

बारा ।

बाराको देवापुर टेटामा शुक्रबार नेपाल पासवान समाज बाराको बैठक सम्पन भएको छ ।

समाजका अधयक्ष र।ामेश्वर पासवानको अधयक्षतामा सम्पन सो बैठकले समाजमा हुने गरेको जातिय बिभेदलाई अन्त गर्नका लागि पासवानहरु एकतावद्ध भएर बिभेदको अन्त गर्ने तिर अग्रसर हुन आग्रह गर्ने निर्णय गरिएको छ ।

जिल्लाका पासवान जातीको शिक्षामा अवस्था निकै नाजुक रहेको निस्कर्ष निकाल्दै घरवाटै शिक्षामा जोड दिन एवम आफनो वालबाच्चाहरुलाई पठन पाठन गराउन तिर पनि सजग हुनु पर्ने कुरामा बैठकले जोड दिएको छ ।

कुलतबाट टाढा रहन् रचानात्मक काम तिर बढी ध्यान केन्द्रित गर्नका लागि जनतेचना जगाउनेमा पनि बैठकले निर्णय गरेको छ ।

समाजको बिकासमा पासवानको सहभागिता हुनु पर्ने भएको हुदा आफनो अधिकारका लागि अगाडी बढनु पर्ने बैठकका अधिकान्स बतmाहरुको धरण रहेको थियो । बैठकमा रामप्रसाद, सत्यनारायण, मोन्सी, रामसरण इमरीत पासवान लगाएकाले आफनो धरण राखेको थियो ।

बारा ।

हिन्दु स्यमसेवक संघ नेपालको आयोजनामा जिल्लाको सदरमुकाम कलैयामा शुक्रबार सस्कृर्ती रक्षा दौड सम्पन भएको छ ।

नेपालको आफनै पहिचान बिक्रम संम्वत हराउदै गएकोमा हिन्दु स्यमसेवक संघ नेपालले बिक्रम संम्बतलाई कायम राख्न एवम सो प्रति जनताको ध्यान केन्द्रित गराउने उदेश्यका साथ सो रक्षा दौड गरिएको हिन्दु स्यमसेवक नेपालका सम्बाद प्रचारक प्रल्लाह कुमारले बताउनु भयो ।

प्रतियोगितामा प्रथम प्रिन्स कुमार मंण्डल,दोस्रो हरिओम प्रसाद यादव, तेसा्रे छविलाल कुमार राम सन्तावान मनिलाल कुसवाहा र अर्जुन कुमार मंण्डलले सन्तावान पुरुस्कार पाएका छन् । त्यसै गरी महिलाहरुमा कबिता यादव, मोनी कुमारी र सबिना चौधरीले रेस जित्नु भएकी थिईन् ।

प्रमुख जिल्ला अधिकारी बिजय नारायण मनान्धरले पुरुस्कार बितरण गर्नु भएको थियो । प्रतियोगिताको पहिलोलाई पाँच हजार एक , दोसा्रेलाई ३ हहजार एक, तेसा्रेलाई २ हजार एक, सन्तवना पुरुसको तर्फबाट २ जनालाई जनही १ हजार एक र महिलाहरुको तर्फबाट पनि २ जनालाई सोही रकम बराबरको सन्तवना पुरुस्कार बितरण गरेको हिन्दु स्वयसेवक संघ नेपालको संयोजक दिलिफ चौधरीले बताउनु भयो ।

१ हजार मिटरको दौड प्रतियोगिता गरिएको थियो । प्रतियोगिताको उदघाटनमा प्रहरी उपरिक्षक नरेन्द्र कुमार उप्रेर्ती, शस्शत्र प्रहरीका उपरिक्षक कुमार न्यौपाने, राष्ट्रिय अनुसंनधानका प्रमुख उतम खनाल आयोजक संस्थाका तिरपुरारी साह, लगाएतकाले आफनो बिचार ब्यतm गर्नु भएको थियो ।

At least 20 people have died after a lorry rammed into a group of farmers staging a protest in the southern Indian state of Andhra Pradesh.

The farmers were outside a police station in Chittoor district, protesting against illegal sand mining.

Police said the driver of the truck appeared to have lost control of his vehicle, but locals alleged that he deliberately drove into the crowd.

State officials have ordered an investigation into the incident.

At least 50 Afghan soldiers have been killed in an attack by Taliban insurgents on a military base in northern Balkh province, military officials say.

Reports say the number of casualties is far higher than the eight deaths initially reported.

The military say that Friday's attack took place near a mosque at the base, located in the city of Mazar-e-Sharif. The Taliban said in a statement that they launched the attack.

Minister for Foreign Affairs, Dr Prakash Sharan Mahat, today expressed his belief that the Madhes –centric parties will also participate in the local level elections slated for May 14.
Speaking with journalists in Chitwan district , Minister Mahat shared that the government is intensifying talks with the Madhes-based parties and added that the election will be held on the stipulated date in a single phase.
He also said the Madhesi parties are progressing dialogue and preparations for the local polls simultaneously.
Stating that the government has registered an amendment proposal at the Parliament with modifications to resolve the problems of the Madhesi parties, Mahat emphasized the readiness on part of all for the polls.

धनगढी ।

धनगढी प्रिमियर लिगको फाइनल खेलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानहरुले राम्रो ब्याटिङ गर्ने टोलीले प्रतियोगिताको उपाधि जित्ने बताएका छन् ।

फाइनल खेल शनीबार बिहान ११ बजेदेखि सेती अञ्चल प्रहरी कार्यालयको मैदान धनगढीमा सुरु हुनेछ । धनगढी चौराहा र विराटनगर काङस दुवै टोली रुपन्देही च्यालेञ्जर्सलाई हराउँदै फाइनलमा पुगेका हुन् ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा शुक्रबार आयोजित प्रिम्याच पत्रकार सम्मेलनमा टिम चौराहा धनगढीका कप्तान पारस खड्काले शनीबारको फाइनलमा राम्रो ब्याटिङ गर्ने टोलीले उपाधि जित्ने सम्भावना अधिक रहेको बताए ।

बिराटनगरका कप्तान शरद भेषावकरले भने प्रतियोगितामा युवा खेलाडीको प्रदर्शनबाट भविश्यमा नेपाली क्रिकेटको भविश्य उज्वल देखिएको बताए ।

आफ्नो टोलीको प्रदर्शन पनि युवा खेलाडीहरुकै येगदान रहेको उनको भनाइ थियो ।

बिराटनगरले पहिल्लो एक खेलदेखि बिना प्रशिक्षक खेलिरहेको छ ।

प्रशिक्षक जितेन्द्र चौधरी एजुकेटर काचिङ कोर्सका लागि भारत गएपछि बिराटनगरले बिना प्रशिक्षक क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा पुगेको थियो ।

पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानहरुले सुदूरपश्चिममा आयोजना भएको धनगढी प्रिमियर लिग नेपली क्रिकेटकै केन्द्रीय प्रतियोगिता भएको भन्दै भविश्यमा नेपाली राष्ट्रिय टोलीको छनौट यसै प्रतियोगिताको प्रदर्शनको आधारमा हुनसक्ने बताए ।

काठमाडौं ।

आउँदो वर्ष हुने १६ वर्ष मुनिको एएफसी च्याम्पियनसिपको छनौट खेलमा नेपाल कठिन समूहमा परेको छ ।

नेपाल रहेको समूह डिमा डिफेन्डिङ च्याम्पियन इराकसहित भारत र प्यालेष्टाइन छन् ।

च्याम्पियनसिपमा ४५ देशको सहभागिता छ । ४५ देशका १६ वर्षमुनिको टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।

१० वटा समूहका विजेता र दोस्रो स्थानमा रहेका ५ टोली फाइनलमा पुग्नेछन् । छनौट खेल आगामी सेप्टेम्बर १६ देखि २४ सम्म हुनेछ ।

नेपाल रहेको समूह डिको छनौट खेल नेपालमै हुने एशियाली फुटबल महासंघ एएफसीले जनाएको छ ।

मुस्ताङ ।

पर्यटकीय मौसम सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् ।

चैत महिनाको पहिलो सातादेखि पर्यटकको आवागमन बढेपछि जिल्लाका होटल भरिभराउ हुन थालेका हुन् ।

फागुन अन्तिम सातादेखि असोज महिनासम्म मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम मानिन्छ ।

माटोको सहर लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोदरकुण्ड र फरक भू–बनोटका कारण मुस्ताङमा यस मौसममा हजारौँ आन्तरिक पर्यटक पुग्ने गरेका मुस्ताङका पर्यटन व्यवसायी खगेन्द्र तुलाचनले जानकारी दिनुभयो ।

नयाँ वर्ष मनाउन र चैतेदसैँ पर्वको अवसरमा मात्रै बेनी हुँदै सात हजार पर्यटक कागबेनी र मुक्तिनाथ पुगेको अनुमान गरिएको छ ।

मुस्ताङको “लेतेदेखि माथि मुक्तिनाथसम्म करिब १५० होटल सञ्चालनमा रहेका छन ।

काठमाडौं ।

नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको १० औं अधिवेशन आजबाट काठमाडौंमा शुरु भएको छ ।

अधिवेशनको उद्घाटन मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलाराज रेग्मीले गर्नुभएको थियो ।

उद्घाटन सत्रमा विभिन्न स्व। वरिष्ठ पत्रकारहरुको सम्मानमा विभिन्न पत्रकारहरुलाई सम्मान समेत गरिएको छ ।

लामो समय पत्रकारिता गरेका गगन बिष्ट ,पबन थापा कुन्तल, रेडियो नेपालमा कार्यरत उषा लोहनी लगायतका पत्रकारहरुलाई नगद १५ हजार सहित सम्मान गरिएको हो ।

जाजरकोट ।

जाजरकोटमा गत फागुन २६ गते भएको बस दुर्घटनामा मृत्यु हुनेका परिवारले राहत तथा घाइतेले उपचार नपाएको विरोधमा आजदेखि यातायात बन्द गराएका छन् ।

फागुन २६ गते भएको बस दुर्घटनामा २७ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएका थिए ।

मृतकका परिवारलाई किरिया खर्च स्वरुप २५ हजार उपलब्ध गराईए पनि विमा बापतको पाँचलाख रुपैयाँ अझै उपलब्ध नभएको भन्दै प्रभावित परिवारले अनिश्चितकालिन यातायात बन्द गराएका हुन् ।