बिराटनगर ।

उपप्रधान एंव स्थानिय विकासमन्त्री कमल थापाले केहीदिन भित्रै मधेशी मोर्चासंग सहमती जुटने वताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज विहान संचारकर्मीसंग कुरागर्दै मधेशी मोर्चा संग भइरहेको वर्ता सकारात्मक वन्दै गएकाले केहिदिनमै सहमती जुटने र मोर्चापनी निर्वाचनमा सहभागी हुने वताउनुभयो ।

उहाले संसदमा दर्ता भएको विधेयकलाई समान्य परिमार्जनगरी अघि वढाउने विषयमा मोर्चासंग सहमती वन्दै गएको बताउनुभयो ।

नागरिक्ता , भाषा, राष्ट्रियसभाको गठनविधि तथा परिमार्जन सहितको संविधान संशोधनका विषयमा मोर्चासंग छलफल भइरहेको उहाको भनाई थियो ।

उपप्रधानमन्त्री थापाले जनशख्याको विषयमा स्थानिय तहको शख्या कायम गर्नुपर्ने माग माधेशी मोर्चाको रहेकाले सहमती जुटे केही जिल्लामा स्थानियतहको शख्या थपघट हुने बताउनुभयो ।

उपप्रधानमन्त्री थापाले मधेशी मोर्चा निर्वाचनमा सहभागी भए केही जिल्लामा दुई चरणमा निर्वाचन गर्न सकिने प्रष्ट पार्नुभयो ।

उहाले वैशाख–३१ गते हुन लागेको निर्वाचनको मिति नर्सने भन्दै मोर्चा सहमतीमा आए दलहरुको सहमतीमा केही जिल्लामा दुई चरणमा निर्वाचन गर्न सकिने वताउनुभयो । उहाले सहमतीका लागी प्रतिपक्ष दल नेकपा एमालेलेको साथ र सहयोग आवश्यक रहेको वताउनुभयो ।

26.12¡ÆC