निर्वाचनमा भाग लिन मोर्चा तयार संशोधन विधेयक परिर्माजन गर्न कार्यदल गठन

बैशाख ८, २०७४ मा प्रकाशित | 762 views

<p>काठमाडौं,बैशाख ८ । निर्वाचनमा भाग नलिने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अन्ततः निर्वाचनमा भाग लिन तयार देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दुई चरणमा भएको छलफलमा &nbsp;परिमार्जनसहित संविधान संशोधन गर्नेगरी मोर्चा चुनाबमा जान सहमत भएको हो।संविधान संशोधन विधेयक परिर्माजन गर्न कार्यदल गठन गरेको छ ।<br></p><p>कार्यदलमा मधेसी मोर्चाको तर्फबाट राजेन्द्र श्रेष्ठ, लक्ष्मण लाल कर्ण छन् भने सत्तारुढ दलहरुबाट कृष्णप्रसाद सिटौला र बृद्धिमान तामाङ छन् । कार्यदलले भोलि विहानभर गृहकार्य गर्नेछ र दिउँसो २ बजे फेरि शीर्ष नेताहरुको बैठक बस्नेछ । सरकार र मोर्चाबीच शुक्रबार विहान पनि वार्ता भएको &nbsp;थियो । मोर्चासँगको वार्तापछि पुनः सत्तारूढ दलको बैठक बसेपछि पुनः बेलुका मोर्चासँग वार्ता भएको हो । मधेसवादी दलहरूबीच एकता भएपछि केही लचिलो भएर निर्वाचनमा जाने तयारी गरेका हुन् ।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web