काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादवले आगामी निर्वाचनमा उम्मेदवार र मतदातालाई प्रभाव पार्ने गरी कुनै काम नगर्न/नगराउन गैरसरकारी संस्थाका प्रतिनिधिलाई निर्देशन दिनुभएको छ ।

स्थानीय तहको वैशाख ३१ गते हुने निर्वाचनका सन्दर्भमा गैरसरकारी संस्थाले पालन गर्नुपर्ने आचार संहिताका बारेमा जानकारी गराउनुहुदै प्रमुख निर्वाचन आयुक्त डा यादवले नेपाली जनताका नाममा आएको रकम र साधनस्रोत उहाहरुकै हितका लागि खर्च गरिनुपर्ने बताउनुभयो ।

वैशाख १५ गतेबाट गैरसरकारी सङ्घसंस्थाले पूर्णरुपमा आचार संहिता पालना गर्नुपर्ने जानकारी गराउनुभयो ।

16.6¡ÆC