जापानमा अहिलेसम्मकै चोथो ठूलो चोरीको घटना, ३ करोड ८४ लाख येन लुटियो

बैशाख ८, २०७४ मा प्रकाशित | 4451 views

टोकियो ।
जापानमा लुटेराहरुको एक समुहले ३ करोड  ८४ लाख येन लुटेका छन् ।

दोस्रो विश्वयुद्ध पछि हालसम्मकै चोथो ठूलो चोरीको घटना भएको भन्दै जापानी प्रहरीलाई उदृत गर्दै जानी सञ्चार माध्यमहरुले मिजुहो बैंकबाट यति ठूलो रकम चोरी भएको उल्लेख गरेका छन् ।

समाचारमा उल्लेख भए अनुसार नेपाली ३ करोड ५८ लाख ४२ हजार ५ सय साठी  बराबरको रकम बैंकबाट निकालेर गाडिमा राख्न लाग्दा लुटिएको हो । ३ करोड ८४ लाख जापानी येन बराबर नेपाली ३ करोड ५८ लाख ४२ हजार ५
सय साठी रुपैयाँ हुनेछ ।

लुटेराहरुले बैंक कर्मचारीले सुटकेसमा निकालेको पैसा गाडीमा राख्नै लाग्दा तरल पदार्थ मुखमा छ्यापेर वा छोपेर बेहोस बनाई रकम लुटेको अनुमान प्रहरीले गरेको छ ।

फुकुओकाको तेनजिन जिल्लामा भएको यो चोरीको घटनापछि प्रहरीले १ सय ५५ जनाको विशेष टोलिनै खटाएर लुटिएको रकमको खोजि र लुटेराबारे जानकारी बटुल्न थालेको छ ।

तर जापानी सञ्चार माध्यमहरुले अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गर्न नसकेको र रकमबारे समेत पत्ता लगाउन नसकेको उल्लेख गरेका छन् ।

बैंकबाट यति ठूलो रकम निकाल्दै गरेको सूचना कसरी बाहिर चुहियो र लुटेराहरुले बैंक नजिकै सेतो कार तयारी अवस्थामा राखेर कसरी रकम लुट्न सफल भए भन्ने बारेमा विभिन्न भिडियो फुटेज हेरेर छानविन गरिरहेको बताएको छ ।

बिहिबार भएको यो लुटको घटना लगत्तै ठूलो रकम सहित एक दक्षिण कोरियाली नागरिक पक्राउ परेपनि उनले निकालेको रकमको विवरण र श्रोत लुटको घटनासँग नमिलेपछि उनलाई छाडिएको बताइएको छ ।

लुटपाटको यो घटनामा कसैलाई पनी चोटपटक नलगाई योजनाबद्ध रुपमा लुटेराहरुले रकम लुटेको र घटनामा तत्काल तीन जनाको संलग्नता देखिएको प्रहरीको भनाई छ ।

लुटेराहरु बैंकबाट पैसा निकाल्दा गाडीमा एकजना पार्किंग स्थलमा एक र लुट्न एकजनाले भूमिका खेलेको र तीनैजना लुटिएको रकम लिएर सेतो रंगको कारमा भागेको विभिन्न भिडियो फुटेजहरुमा देखाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web