जापान ।

जापानको राजधानी टोकियो जहाँ विश्व ओलम्पिक हुँदैछ सन् २०२० मा यहाँकी गर्भनर युरिको कोईकी विश्वको १०० प्रभावशालि व्यक्तित्वको शिर्ष स्थानमा देखिएकी छिन् ।

अमेरिकाको टाईम पत्रिकाले सार्वजनिक गरेको विश्वका प्रभावशालि व्यक्तिहरुको सुचिमा कोईकी छानिएकी हुन् ।

दिर्घकालीन सोच र भिजन भएकी निडर महिलाको श्रपमा चित्रण गर्दै पत्रिकाले कोइकिलाई पेरिसकि पहिलो महिला मेयर अने हिदागोले कोईकीलाई टोकियोकि प्रभावशाली तथा महत्वकांक्षी र जस्तो सुकै समस्याको समाधानको लागि सामाना गर्न नडराउने व्यक्ति भनेको छ ।

टाईम पत्रिकाले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, ह्वाईट हाउसका योजना प्रमुख स्टेफन बानन , रेन्स प्रिबुस साथै रक्षा सचिव जिम माटिस पनि कोईकी छानिएकै सुची अन्तर्गत विश्वका प्रभावशाली व्यक्ति भएको लेखेको छ ।

उत्तर कोरियाका नेता किम जोंग उन समेत विश्वका प्रभावशाली व्यक्तित्वमा पर्दा कोईकी जापान र पुरै विश्वकै लागि एक उदाहरणीय महिला भएको भनि लखेको भन्दै जापानी सञ्चार माध्यमले समेत कोइकी बारेमा समाचारहरु प्रकाशित गरेको छ ।

सन् २०२० को ओलम्पिक आयोजना गर्ने जिम्मेवारी पाएको जापानले राजधानी टोकियोको मेयर रहेकी कोईकीको जिम्मामा महत्वपूर्ण निर्माण र व्यवस्थापन सहित सफल बनाउन जिम्मेवारी सुम्पेको छ ।

18.12¡ÆC